खारिएको ब्लुस्ट्याक्स
एन्ड्रोइड एप्लिकेसन्स विन्डोज तथा आईओएस कम्प्युटरमा चलाउन सकियोस् भनी निर्माण गरिएको ब्लुस्ट्याक्सले पर्फमेन्स सुधार्दै लैजाने क्रममा पहिलेभन्दा धेरै गतिमा चल्ने नयाँ भर्सन ल्याएको छ ।

एन्ड्रोइड एप्लिकेसन्स विन्डोज तथा आईओएस कम्प्युटरमा चलाउन सकियोस् भनी निर्माण गरिएको ब्लुस्ट्याक्सले पर्फमेन्स सुधार्दै लैजाने क्रममा पहिलेभन्दा धेरै गतिमा चल्ने नयाँ भर्सन ल्याएको छ । यसलाई ब्लुस्ट्याक्स–४ नाम दिइएको छ । ब्लुस्ट्याक्स प्रयोग गर्ने अर्बौं प्रयोगकर्ता यसबाट लाभान्वित हुने निश्चित छ ।
ब्लुस्ट्याक्स प्रयोग गरी एन्ड्रोइडका गेम सामान्य कम्प्युटरमा खेल्दा कम्प्युटरले आफ्नो गति गुमाउने गर्थे । बीचबीचमा गेम अड्किन्थे । अझ, मल्टिटास्किङ त सम्भव नै थिएन । ब्लुस्ट्याक्स–४ ले ती सब समस्याको निराकरण गरी प्रयोगकर्तालाई तीव्र गतिमा चल्ने कम्प्युटरको अनुभव गराउनेछ ।