ग्राहकसँग प्रविधिको साइनो
ग्याजेटका खासै सोखिन होइनन् तर एप्पलको घडी र आइफोन एक्स प्रयोग गर्छन्, लेदर उद्यमी बिलाल अहमद शाह, २४ । सामाजिक सञ्जाल प्रयोग गर्न आइफोन एक्स काम आउँछ भने नोटिफिकेसन मात्र हेर्न घडी ।
ग्याजेटका खासै सोखिन होइनन् तर एप्पलको घडी र आइफोन एक्स प्रयोग गर्छन्, लेदर उद्यमी बिलाल अहमद शाह, २४ । सामाजिक सञ्जाल प्रयोग गर्न आइफोन एक्स काम आउँछ भने नोटिफिकेसन मात्र हेर्न घडी । स्वाध्ययनका लागि उनी डेलको ल्यापटप प्रयोग गर्छन् । तर, यी सबैभन्दा प्रिय उनका लागि वर्षौंअगाडि घरझगडा गरेर किन्न लगाएको नोकियाको फोन नै छ । सुनाउँछन्, “कक्षा ७ मा पढ्थेँ । तर, मोबाइल चलाउन मन लाग्थ्यो ।”
लेदर व्यवसाय ल्याटिडो लेदर्सको प्रचारप्रसार तथा बजार व्यवस्थापन उनी सामाजिक सञ्जालबाट गर्छन् । “सामाजिक सञ्जाल मेरा लागि संघर्ष र सफलताका कथा सुनाउने माध्यम बनेको छ । ग्राहकसँग यहाँ अन्तक्र्रिया गर्दा धेरै ‘कनेक्टेड’ अनुभूति हुन्छ,” उनी अनुभव साट्छन् । विदेशका ग्राहकले ज्याकेट बनाउन परे भिडियो च्याट गरेर उनलाई लम्बाइ–चौडाइ टिपाउने गर्छन् । त्यसैले बिलाल आफ्नो व्यावसायिक सफलताको श्रेय प्रविधि र सामाजिक सञ्जाललाई दिन्छन् ।
सम्बन्धित
जब हामी मस्तिष्कभन्दा धेरै कृत्रिम बौद्धिकतामा भर पर्न थाल्छौं, मान्छेमा निर्णय गर्ने अधि...
डाभोसमा हरारी : प्रविधिको विकासले समाप्त हुनसक्छ मानव जाति
काठमाडौँ विश्वविद्यालय र आबारीको संयुक्त प्रयासमा नेपाली मौलिकता झल्काउने बाँसबाट निर्मित ...
बाँसको कार्गो बाइक
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पारित गरेको विधेयकका दफामा यस्ता कैयौँ व्यवस्था छ...
नियन्त्रित गणतन्त्र - ५ : सूचना प्रविधि विधेयकसँग झस्किनुपर्ने ८ कारण
फेसबुक पेज र ग्रुपमार्फत तन्नेरीहरु सकारात्मक अभियानमा ...
फेसबुक पेज र ग्रुपमा तन्नेरीहरुकाे सुकर्म
असीम पाण्डे नेतृत्वको सात युवाको समूहले यात्री नामक विद्युतीय मोटरसाइकल बनाएको हो । उक्त म...
यस्तो छ नेपालमै बनेको यात्री मोटरसाइकल
ट्रोलले तपाईँ हामीलाई क्षणिक मनोरञ्जन पक्कै दिन्छन् । तर ट्रोलले बनाउने सामाजिक मनोविज्ञान...