को तेस्रो ?
सुरुमा एप्पल र त्यसपछि अमेजन ट्रिलियन अमेरिकी डलर कम्पनी बनेसँगै सूचना प्रविधि क्षेत्रमा काम गर्ने ठूला मात्र नभएर साना कम्पनी पनि उत्साहित बनेका छन् । त्यसमाथि अल्फाबेट र माइक्रोसफ्ट तेस्रो ट्रिलियन डलर कम्पनी बन्ने होडमा लाग्दा अन्य व्यवसायभन्दा आईटीमै भविष्य खोज्नेको संख्या बढ्दै जानु स्वाभाविक नै हो ।

सुरुमा एप्पल र त्यसपछि अमेजन ट्रिलियन अमेरिकी डलर कम्पनी बनेसँगै सूचना प्रविधि क्षेत्रमा काम गर्ने ठूला मात्र नभएर साना कम्पनी पनि उत्साहित बनेका छन् । त्यसमाथि अल्फाबेट र माइक्रोसफ्ट तेस्रो ट्रिलियन डलर कम्पनी बन्ने होडमा लाग्दा अन्य व्यवसायभन्दा आईटीमै भविष्य खोज्नेको संख्या बढ्दै जानु स्वाभाविक नै हो । सोही दौडमा फेसबुक, नेटफ्लिक्सजस्ता कम्पनी पनि लागिपरेका छन् । एप्पलको छलाङ आश्चर्य पार्ने खालको पक्कै होइन । यसका ग्याजेट अत्यधिक मूल्यमा बिक्री हुनेमा पर्छन् । बेलाबखत अन्य कम्पनी तथा ग्याजेट समीक्षकले यसका उपकरणमा खोट लगाउने गरेको पाइए पनि तिनको बिक्रीमा कमी आएको छैन । त्यसमाथि एप्पलका उपकरण प्रयोग गर्नुलाई विलासिताका दृष्टिले हेरिने हँुदा यसको व्यवसाय बढ्दो छ ।
वेब सेवा र प्राविधिक उपकरण मात्र नभई अन्य सानातिना वस्तुसमेत आफ्नो ई–कमर्स पोर्टलमा बिक्री गर्ने अमेजन संसारकै दोस्रो ट्रिलियन डलर कम्पनी हो । यसको अभूतपूर्व छलाङलाई विभिन्न स्टार्टअप ई–कमर्स पोर्टलले प्रेरणाका रुपमा लिएका छन् । यसका संस्थापक जेफ बेजोस अहिले संसारकै सबैभन्दा धनी व्यक्ति हुन् । धेरै वर्षसम्म सर्वाधिक धनीको स्थानमा रहेका बिल गेट्सलाई पछि पारेका बेजोसले अहिले स–साना प्राविधिक स्टार्टअपमा पनि लगानी गरिरहेका छन् ।