वातावरण पत्रकारिता पुरस्कार नेपालकर्मी यम बमलाई
राजधानी काठमाडौंसहित प्रदूषित सहरहरूबारे नेपाल म्यागजिनको मल्टिमिडिया प्याकेजलाई यस वर्षको वातावरण पत्रकारिता पुरस्कार
यस वर्षको वातावरण पत्रकारिता पुरस्कार नेपाल म्यागजिनका सम्वाददाता यम बमलाई प्रदान गरिने भएको छ । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले तीन दशकदेखि विश्व वातावरण दिवस (जून ५) का अवसरमा यो पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशि २५ हजार रुपैयाँ र प्रमाण–पत्र छ ।
सन् २०१९ मा वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनोट गरी विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकताका आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय नेपाल वातावरण पत्रकार समूहले जनाएको छ । पत्रकारहरूबाट आवेदन आह्वान गरी छनोट समितिमार्फत् पुरस्कारका लागि बमलाई छानिएको समूहले जनाएको छ ।
समूहका पूर्व अध्यक्ष तथा पत्रकार तीर्थ कोइराला संयोजक, पूर्व महासचिव तथा पत्रकार बद्री पौड्याल र वातावरणविद् बटुकृष्ण उप्रेती रहेको समितिले प्राप्त सामग्रीहरुको मूल्यांकन गरेको थियो ।
ग्रामीण विकासमा स्नातक बम नेपाल साप्ताहिकमा वातावरणसहित आर्थिक-समाजिक मुद्दाहरूमा रिपोर्टिङ गर्छन्
नेपाल वातावरण पत्रकार समूहद्वारा स्थापित यो पुरस्कार पाउने बम ३३ औँ पत्रकार हुन् । पुरस्कार समूहको वार्षिकोत्सवको अवसर पारेर वितरण गरिन्छ ।
पढ्नुस् यम बमका वातावरणीय मुद्दा समेटिएका पछिल्ला रिपोर्टहरूः
ग्यास च्याम्बर बन्दैछ काठमाडौँ : राजधानीको धुलोमा धातु, झन्डै एक चौथाइ जनताको स्वास्थ्य कसरी छ जोखिममा ?
२०७६ मंसिरमा माथिको रिपोर्ट नेपाल म्यागजिनको कभर स्टोरी बनेको थियो । मल्टिमिडिया, तथ्यांक, इन्फोग्राफिक, तस्बिरहरू, पोडकास्टसहितको यो प्याकेजले कसरी राजधानी काठमाडौं प्रदूषित बन्दै छ र यहाँको जनजीवन खतरामा छ विस्तृतमा खुलाएको थियो । स्टोरीसँगै छापिएको कभर तस्बिर नेपाल म्यागजिनका फोटो पत्रकार सरोज बैजुले खिचेका हुन् ।
यम बमले कसरी महिनौँ लगाएर यो स्टोरी गरेका थिए भन्ने बारेको नेपाल म्यागजिन पोडकास्ट सुन्नुहोस्ः
- विपद्पछि मात्रै तात्ने ? राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अझै अनिश्चित
- जोखिमको पर्खाइ : ३६ सय हिमतालमध्ये ४७ विस्फोटको जोखिममा, छैन अन्तर्देशीय सूचना प्रणाली
- बस्ती जोगाउने कि वन्यजन्तु ? वन्यजन्तुको वस्ती निर्भरता बढ्दै गएपछि सन्त्रासमा रैथाने समुदाय
- छैन वातावरणीय न्याय : अदालतले बोलेबाहेकका विषयमा सरकार चुप
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...