सबथोक मेचीवारि
झुल्केघाम दृश्यावलोकनका लागि मुलककै अब्बल मानिएको इलामस्थित अन्तुडाँडा र पर्यटकीय गतिविधि फस्टाएको भारतको दार्जीलिङको मिरकि आमने-सामने छन्।
सीमावारकिा गाउँमा चिल्ला सडक छैनन्। विद्युत् र टेलिफोन विस्तार हुने क्रममा छ। त्यसैले चियाको बोटमा पैसा फल्ने सोचेर दार्जीलिङका बगानलाई गन्तव्य बनाएका थुप्रै मानिस उतै हराए। उतै घरजम गरे अनि जन्मथलो बिर्सिए।
अहिले भने मेची खोला तरेर कामका लागि जाने चलन झन्डै झन्डै सकिएको छ। बरू त्यहाँको कृषिबालीमा रमाउने लर्को मेची खोला तरेर फर्किएको छ। स्थानीय प्रयासमै आम्दानीको स्रोत बढेसँगै पूर्वका श्रीअन्तु, समालबुङ, पशुपतिनगर, फिक्कल, पञ्चकन्या, गोर्खे, जिर्मले, कोल्बुङलगायत गाउँको जीवनशैली फेरएिको छ। चिटिक्क परेका घर, फूलबारी, टेलिभिजन, कम्प्युटर, फोनलगायत मनोरञ्जनका साधन अनि सोखिन जीवनले दार्जीलिङलाई बिर्साउँछ।
"पहिला उता सुख छ भन्थे। सबैको लक्ष्य मुग्लान पस्ने नै हुन्थ्यो," बाजेकै पालादेखि दार्जीलिङको सौरेनीलाई थातथलो बनाएका विनोद शर्मा भन्छन्, "हामी जहाँको तहीँ छौँ। नेपालतर्फ फस्टाएको कृषि प्रणालीले त्यहाँ कोही दुःखी देखिँदैन।"
शर्माका अनुसार मुग्लानको दैनिकी दिनरात चिया बगान र कारखानामा काम गर्ने हो। निश्चित रकमले घर चलाउनुपर्ने बाध्यता छ। सरकारी नोकरी पाउने र व्यापार-व्यवसाय गर्नेको जीवनस्तर तुलनात्मक रूपमा राम्रै भए पनि अरूको जीवन कामचलाउ मात्रै छ।
विगतमा चिया टिप्नदेखि अनेक रोजगारीमा दार्जीलिङतिर नगई नहुने बाध्यता भएकाहरू अहिले कामदारको खोजीमा छन्। अन्तु क्षेत्रमा दुई छाक टार्नकै लागि पार िधाउनेहरू अहिले बगान मालिक भएका छन्। पर्यटन व्यवसायमा समेत लागेकी गुडिया आले भन्छिन्, "पहिला काम गर्न जानेहरू अहिले पारबिाट कामदार ल्याउँछन्।"
पूर्वका गाउँमा अहिले झन्डै दुई दर्जन ठूला चिया कारखाना सञ्चालित छन्। ती कारखानामा प्रबन्धकदेखि प्राविधिक र मजदुरसम्म दार्जीलिङेहरू पर्याप्त भेटिन्छन्। "इलामका अधिकांश चिया कारखानामा दार्जीलिङे जनशक्ति छन्," फिक्कलथित गोर्खा टी स्टेटका एसके प्रधान भन्छन्, "फस्टाउँदो चिया व्यवसायका कारण सीमापारकिा काम जान्नेहरू इलामतिर तानिएका छन्।"
चियासँगै फस्टाएको अलैँची, अदुवा, ओलन, अकबरे खुर्सानी, आलु आदि नगदेबालीका साथै गाईपालन र सब्जी खेतीले जीवनस्तर जुरुक्कै उठाएको छ। कृषि विकास कार्यालयको तथ्यांक अनुसार इलाममा कृषिजन्य सामग्रीबाट वाषिर्क ३२ अर्ब रुपियाँभन्दा धेरै भित्रिन्छ। यसबाहेक जिल्लाका कृषकले दूधबाट मासिक डेढ करोड रुपियाँ आम्दानी गर्छन्। "पेट पाल्नकै लागि वषार्ंै पार िधाइयो," सीमावर्ती उत्तरी जमुनाका नर्बु शेर्पा भन्छन्, "अहिले यता गाउँमै कृषि र पशुपालनमा लागेका छौँ।"
साना चिया कारखाना, दर्जनजति चिज फ्याक्ट्री, ललिपपलगायत दुग्धजन्य उद्योगले सयौँलाई रोजगारी दिएको छ। "दार्जीलिङको जस्तै चियाखेती गर्न सकिन्छ भनेर धेरै मिहिनेत गर्यौँ," साढे तीन दशकदेखि चिया खेतीको विस्तारमा लागेका श्रीअन्तुका पासाङ लेप्चा भन्छन्, "पूर्वी गाउँमा चिया खेती सरकारी जागिरजस्तो भएको छ।" यहाँको फस्टाउँदै गएको चिया बगानलाई हेरेर भारतीय लगानीकर्ता भित्रिँदै छन्।
मिरकिका सञ्चारकर्मी दीपमिलन प्रधान बितेको दशकमा नेपालतर्फका सीमावर्ती क्षेत्रमा आएको व्यावसायिक कृषि प्रणालीका कारण हरेकको आर्थिक हैसियत उचो भएको ठान्छन्। भन्छन्, "दार्जीलिङ क्षेत्रमा चलेको आन्दोलन र साँघुरएिको कषि प्रणालीले निम्नवर्गीयको अवस्था सुध्रन सकेको देखिँदैन।"
दार्जीलिङ र सिक्किमको सीमावर्ती रम्फुबजारस्थित अध्यागमन कार्यालयमा सिक्किम छिरेर पलायन हुने नेपालीले छाडेका नागरकिता र परचियपत्रको चाङ नै छ। एक कर्मचारी भन्छन्, "अहिले कामकै लागि भनेर सिक्किम भासिनेको संख्या न्यून छ।"
सम्बन्धित
राष्ट्रको आर्थिक योजनाको मेरुदण्ड मानिने बजेटमा निश्चित व्यक्ति एवं घरानाको स्वार्थ हावी ह...
बजेटमा चलखेल, पहिलो घटना भने होइन
निश्चित व्यापारी पोस्ने ध्येयले भन्सार दर परिवर्तन गर्ने अर्थमन्त्री खतिवडाको व्यापारीसँग ...
गुलियो चकलेटभित्रको नमीठो खेल
लकडाउनको उकुसमुकुसमा अनौपचारिक क्षेत्रका श्रमिकहरू...
भाइरसबाट बच्न खोज्दा भोकै परिने डर
गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाएर गाउँ फर्किएका युवालाई कृषि पेसामा प्रोत्साहन गर...
खाद्यान्न बढी फलाउनेलाई नगदै पुरस्कार
सरकारले कोरोनापछिको अर्थतन्त्र चलायमान बनाउन स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारी सिर्जनाल...
आउँदो बजेटमा प्राथमिकताका तीन क्षेत्र
सय दिन नेपाली आकाशमा रहने मनसुनले अनुकूल वर्षा गराउने आकलन...