चिया पर्यटन
वैशाखको पहिलो साता अमेरकिाबाट आएको चिया व्यापारी टोली साना कृषकका चिया बगानमा भेटियो।
केही महिनाअघि आयरल्यान्डस्थित रायन एयरका सञ्चालक माइकल रायन सपरविार पूर्वी फिक्कलको चियाबारी अवलोकन गर्दै थिए। उनले चिया टिपे अनि कारखानाको प्रशोधन शैली नियाले।
एक दशकअघि विषादी देखिएको भन्दै पश्चिमा मुलुकमा निर्यात बन्द भएपछि सुस्ताएको नेपाली चिया बजारमा विदेशी चिया व्यापारी र गन्यमान्यको आउजाउ बाक्लिएको छ। उनीहरू होमस्टेमा बसेर चिया टिपाइदेखि कटिङ, प्रशोधनलगायत सबै प्रक्रियामा सहभागी हुन्छन्।
चिया खरदि या अध्ययनबाहेक अन्य कामका लागि आउने पश्चिमाहरूको पहिलो रोजाइ पनि चियाबारी भएको छ। कतिपय कारखानामा चिया अध्ययनकै लागि महिनौसम्म बस्ने पर्यटक पनि छन्। त्यसमा पनि डेढ सय वर्ष पुरानो इलाम चिया बगान र कारखाना पनि पाहुनाको रोजाइमा छन्।
नेपाली चिया उत्पादकहरू आफैँ कृषक, मजदुर, व्यवसायी र प्राविधिकसमेत भएको देख्दा पश्चिमाहरू छक्क पर्ने गरेका छन्। यहाँ उत्पादित अर्थोडक्स चिया जर्मन, बेलायत, नेदरल्यान्ड्सलगायत युरोपियन मुलुकका साथै जापान र क्यानडा निर्यात हुन्छ।
केही विदेशी कम्पनीले ठूला चिया कारखानासँग प्रतिस्पर्धा गर्न नसकेका मझौला उद्योगलाई लक्षित गरेका छन्। अमेरकिन टी-लेट कम्पनी सदरमुकामका चारवटा साना खाले उद्योगको उत्पादन टेस्टिङ गरेपछि कृषकको बगान र उद्योगतिर सोझिएको छ।
"हामी चिया उत्पादनका सबै प्रक्रियालाई नजिकबाट नियाल्छाँै र विभिन्न देशमा छरएिका ग्राहकलाई जानकारी गराउँछौँ," टी-लेटकी एलिस पिटरसन भन्छिन्, "बिचौलियाले धेरै रकम लिन नपाओस् र कृषकलाई फाइदा पुगोस् अनि नेपाली चियाको प्रवर्द्धन होस् भन्नु नै हाम्रो उद्देश्य हो।"
गएको वर्ष पाँचथरस्थित पाथीभरा उद्योगको चिया अमेरकिामा प्रतिकिलो १३ हजार रुपियाँभन्दा बढीमा बिक्री भयो। तर, उद्योगले पायो ३ हजार ३ सय रुपियाँ मात्र। पिटरसन ढुवानी खर्च कटाएर ८० प्रतिशत रकम सीधा कृषकलाई दिने बताउँछिन्।
"विदेशीले धेरथोर चिया लैजानु मात्रै समाधान होइन," केन्द्रीय चिया सहकारी संघका सचिव रविन राई भन्छन्, "उनीहरूको अपेक्षा, गुणस्तर र मापदण्ड अनुसारको चिया बनाउन सकियो भने मात्र बजार विस्तारमा सहयोग मिल्छ।"
चिया उत्पादनमा विदेशी कम्पनीहरूले निर्धारण गरेको कडा मापदण्डमा छिर्न मुस्किल रहेको चिया उद्योगीहरूको भनाइ छ। त्यसमा पनि पश्चिमा व्यापारीको मोह सीमापार िदार्जीलिङले गुणस्तरका लागि अब्बल मानिने सिजनको 'फस्टफल्स'तिरै छ। यसपटक फस्टफल्स चिया अन्त्ार्राष्ट्रिय बजारमा पठाउन नसकिएको साँखेजुङस्थित हिमालयन सांगि्रला चिया कारखानाका आरसी नेपाल बताउँछन्।
नेपालमा वाषिर्क उत्पादन हुने करबि ३५ लाख किलो अर्थोडक्स चियामध्ये १० प्रतिशत पश्चिमा बजारमा निर्यात हँुदै आएको छ। १० प्रतिशत आन्तरकि खपत हुन्छ भने ८० प्रतिशत भारतीय बजारमा जान्छ।
अर्थोडक्स चिया उत्पादनको मुख्य हिस्सा इलामका दुई दर्जन, धनकुटा र पाँचथरका केही ठूला कारखानाले ओगटेका छन्। इलामसहित मुलुकभरका ४६ साना तथा मझौला कारखानाले वाषिर्क डेढ लाख किलो तयारी चिया उत्पादन गर्छन्। विदेशीको प्राथमिकतामा गुणस्तरीय अर्गानिक चिया रहेकाले कृषकले सोही अनुरूप उत्पादन गर्नुपर्ने केन्द्रीय चिया सहकारी संघका अध्यक्ष गोविन्द दाहालको भनाइ छ।
सन् १९८४ देखि बर्सेनि व्यापारीको टोली बगान र कारखाना घुमाउँदै विश्व बजारमा नेपाली चिया बिक्रीमा सघाउ पुर्याउँदै आएका थोमसमा निर्भर छन् हरेक कारखाना। "जति उत्पादन भए पनि यहाँको चिया हामी लैजान सक्छौँ," थोमस भन्छन्, "तर, यसका लागि क्वालिटी र भेराइटी आवश्यक छ।"
उनकै सुझाव अनुसार गोर्खा, साँखेजुङका हिमालयन सांगि्रला, पाँथरको कञ्चनजंघालगायत ठूला कारखाना र अधिकांश साना कारखानाले अग्र्यानिक उत्पादनलाई प्राथमिकतामा राख्न थालेका छन्। नेपालमा अक्सन बजार नभएको र भारतको कोलकाताको अक्सनमा नेपाली चियालाई हेर्ने दृष्टि नै खराब रहेकाले नेपाली किसानले अपेक्षित मूल्य लिन सकेका छैनन्।
यस्तो स्थितिमा सरकारले चिया नीति र कृषकदेखि उद्योगीसम्मलाई प्रवर्द्धन र सहयोग गर्ने कार्यक्रम नल्याएको सरोकारवालाको भनाइ छ। फिक्कलस्थित चिया विस्तार आयोजनाका प्रमुख देउकुमार सिगो भन्छन्, "नेपालमै अक्सन मार्केट स्थापना भए बजारको समस्या स्वतः
समाधान हुन्छ ।"
सम्बन्धित
राष्ट्रको आर्थिक योजनाको मेरुदण्ड मानिने बजेटमा निश्चित व्यक्ति एवं घरानाको स्वार्थ हावी ह...
बजेटमा चलखेल, पहिलो घटना भने होइन
निश्चित व्यापारी पोस्ने ध्येयले भन्सार दर परिवर्तन गर्ने अर्थमन्त्री खतिवडाको व्यापारीसँग ...
गुलियो चकलेटभित्रको नमीठो खेल
लकडाउनको उकुसमुकुसमा अनौपचारिक क्षेत्रका श्रमिकहरू...
भाइरसबाट बच्न खोज्दा भोकै परिने डर
गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाएर गाउँ फर्किएका युवालाई कृषि पेसामा प्रोत्साहन गर...
खाद्यान्न बढी फलाउनेलाई नगदै पुरस्कार
सरकारले कोरोनापछिको अर्थतन्त्र चलायमान बनाउन स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारी सिर्जनाल...
आउँदो बजेटमा प्राथमिकताका तीन क्षेत्र
सय दिन नेपाली आकाशमा रहने मनसुनले अनुकूल वर्षा गराउने आकलन...