न्यायसेवातर्फको पाइला
जुद्धशमशेर राणाले विसं १९९७ तिर एउटा सनद जारी गर्दै जिल्लामा स्थापित गोस्वाराहरूलाई पुनरावेदन आदि सुन्ने न्यायिक काम गर्न बन्द गराइदिए।

वास्तवमा राणा शासन सुशान्ति र स्थिरता चाहँदैनथ्यो। आदर्श व्यक्तिहरू समाजमा स्थापित हुँदा उनीहरू डराउँथे। खड्गशमशेरका छोरा तुंगशमशेरको प्रभाव रौतहटमा बढ्न थालेको देखेपछि त राणाहरू झन् सशंकित भए। उनीहरू विरोधीको लोकपि्रयतालाई देखिसहँदैनथे। आफूले नै निकालाबास गरेका राणाका सन्तानहरू जनता जागरुक गराउने काममा सरकि भएको त झन् कहाँ देखिसहन्थे र ! तत्काल 'एक्सन' लिइहाल्थे।
रौतहटमा तुंगशमशेरको बडाहाकिमत्वमा रौतहट-सर्लाहीको गोस्वारा निर्माण भएको थियो। त्यसको असिसटेन्ट सुब्बाका रूपमा बीएबीएल गरेका महिकरदेवनारायण थारू थिए। त्यस बेला गोस्वाराले पनि मुद्दा-मामिला सुन्थ्यो। पढेलेखेका र जनताका सुखदुःख बुझ्ने र उनीहरूका पिरमर्कामा साथ दिने स्वभावका थिए उनी। हामी पनि उनको पछिपछि हिँड्थ्यौँ। उनले छिनेका मुद्दा-मामिला हेर्न र उनको कारबाही सुन्न हामी बरोबर अड्डा पुग्थ्यौँ। उनको आदर्शवादी जीवनले मलाई ज्यादै प्रभाव पारेको छ। जुद्धशमशेरको सनदपछि गोस्वारा खारेजसँगै थारू त्यहाँबाट सरुवा भए र अपिल अड्डाको दौर सुरु भयो।
रौतहटवासीको शौभाग्य, अपिल अड्डामा पनि महेन्द्रबहादुर महतजस्ता महान् व्यक्ति मुख्य सुब्बा भएर आए। उनी ज्यादै धार्मिक स्वभावका व्यक्ति थिए। बिहानै उठेर वाग्मतीको स्नान गर्ने र राजदेवी मन्दिरको दर्शन गरी बाटामा पर्ने हाम्रो घरमा आई मेरो बुबा पशुपति भण्डारीसँग एक घन्टाजति धर्मशास्त्रका कुरा गर्थेे। केटाकेटी उमेरकै भए पनि मलाई धर्मशास्त्रप्रति सानैदेखि रुचि थियो। उहाँहरूबीचका कुरा सुन्दा ज्यादै आनन्द आउँथ्यो।
अपिल अड्डामा बसेर न्याय दिलाउने क्रममा उनी ज्यादै जनपि्रय भए। राणाहरूलाई त्यो कुरा चित्त बुझिरहेको थिएन। फेर ियत्तिकैमा गौर हाई स्कुलको प्रधानाध्यापकमा ठाकुर मल्लिक आएपछि त शिक्षा र न्यायको क्षेत्रमा गौरमा क्रान्ति नै भयो। दुवै जना जनताका बीचमा ज्यादै लोकपि्रय भए। दुई जना मिलेर जिल्लाको विकास निर्माणका साथसाथै त्यहाँका जनताका पिरमर्का बुझ्ने र न्याय निसाफ दिने काम द्रुत गतिमा हुन थाल्यो। राणाहरूलाई शंका लाग्यो। एकातिर शिक्षाका माध्यमले जनताका बीचमा उज्यालो छर्ने काम भइरहेको थियो भने अन्यायमा परेका जनताले पनि धमाधम न्यायको अनुभूत गर्न थालेका थिए। यसपछि उनीहरूलाई त्यहाँ राख्नु उपयुक्त नहुने ठहर गरी दुवैलाई सरुवा गरयिो।
राम्रो काम गरेर लोकपि्रय व्यक्तिलाई जनस्तरमा भने कस्तो सम्मान दिइन्थ्यो भन्ने कुरा पहिलोपटक मैले त्यहाँ देखेँ। महत सरुवा भएर बैरगनिया जाँदाको प्रसंग हो। त्यस बेला कुनै टमटम गाडीहरू थिएनन्। गौरबाट बैरगनियासम्म पैदलै जानुपथ्र्यो। तर, महतको बिदाइमा गाउँलेले झन्डै आठवटा घोडा, त्यत्ति नै स ंख्यामा हात्ती जम्मा गरेका थिए। महतले घोडा र हात्तीमा चढ्न इन्कार गरे र आफू जनतासँग पैदलै हिँडेर जाने भने। उनको बिदाइमा हजारौँ हजार मानिसको ताँती लाग्यो। महत बैरगनिया पुग्दासम्म जुलुस उत्तिकै थियो। बैरगनियाका मानिस पनि त्यो जुलुसमा सामेल भएपछि थामिनसक्नु भयो। करबि १५ मिनेट त रेल पनि रोकियो। केटाकेटी उमेर नै भए पनि त्यो जुलुस सम्भिmँदा अहिले पनि ज्यादै रोमाञ्चित हुन्छु। अन्यायमा परेका जनतालाई न्याय दिनु ठूलो कुरा रहेछ र जनताले त्यसको पुरस्कार यस रूपमा दिँदा रहेछन् । यसै घटनाले मलाई न्यायालयप्रति विशेष रूपमा अभिप्रेरति गर्यो र न्यायसेवातर्फको आकर्षण बढायो।
विसं २००६ मा त्रिचन्द्र कलेजमा बीएमा पढ्दै थिएँ। रौतहटका रामसिंह राजपुतलाई जथाभावी रूपमा राष्ट्रिय वन फाँडानी गरी काठ काटेको अभियोगमा अडिटर जनक सिंहले १ लाख १८ हजार रुपियाँ जरविाना तोकेछन्। त्यति बेला नेपाली कांग्रेसले आह्वान गरेको प्रजातान्त्रिक आन्दोलनमा जनता सरकि नहून् भनेर राणा सरकारले जिल्ला जिल्लामा अडिटरका नाममा आन्दोलन दबाउन स्थानीय प्रसिद्धिप्राप्त व्यक्तिलाई सो पदमा नियुक्त गरेको थियो। उनीहरू प्रत्यक्ष/अप्रत्यक्ष रूपमा प्रजातान्त्रिक आन्दोलनलाई सघाउने सोझासीधा जनतालाई विभिन्न अभियोग लगाएर फसाउने काम गर्थे। त्यही प्रयोजनका निम्ति जनक सिंह रौतहटमा खटिएका थिए भने रामराजाप्रसाद सिंहका बुबा सप्तरीमा।
मेरा फुपाजू शोभाकर अधिकारी ललितपुरको विचारी हुनुहुन्थ्यो। उहाँसँग सल्लाह गरेर जनक सिंहका विरुद्ध एउटा निवेदन लेखी प्रधानन्यायालयमा दर्ता गराएँ। त्यो निवेदन महेन्द्रबहादुर महतकै फाँटमा पर्यो। बहसपछि सर्जमिन र तथ्य प्रमाणहरूका आधारमा उहाँले राजपुतलाई गरएिको सजाय अधिकाररहित भएकाले जरविाना बदर गरएिको र उनलाई सफाइ दिइएको निर्णय सुनाइदिनुभयो। त्यो मेरो पहिलो बहस थियो, जसले मलाई एकदम उत्साही बनाइदियो।
दोस्रोपटक ०११ सालमा आफ्नै एउटा जग्गा मुद्दामा बहस गरेँ। त्यो मुद्दा भगवतीप्रसाद सिंह र भैरवप्रसाद पन्तको फाँटमा पर्यो। राजनीतिक कार्यकर्ता भएकाले भाषण गर्न निकै खप्पिस थिएँ। तसर्थ, बहस गर्न मलाई धेरै अप्ठ्यारो परेन। पहिलो मुद्दाले केही हौसला पनि दिएको थियो। तसर्थ, यस मद्दामा पनि सहज ढंगले नै बहस गरेँ। भगवतीप्रसाद सिंह त मेरो फुपाजूसरहको व्यक्ति हुनुहुन्थ्यो। उहाँको सद्भाव रहनु स्वाभाविक थियो। तर, भैरवप्रसाद पन्तले मेरो बहस सुनेर खुबै तारपिm गर्नुभयो। त्यो तारपिm मेरो न्यायिक क्षेत्रमा हौसलाको प्रमुख कारण बन्न पुग्यो। यसरी दोस्रो मुद्दा जितेपछि ज्यादै ठूलो हौसला मिल्यो। तसर्थ, उपयुक्त वातावरण र अवसरले मान्छेलाई सही गन्तव्यतर्फ डोर्याउँछ। आफ्नो उन्नति र प्रगतिमा मेरो सक्षमता एउटा कारण होला तर 'पुल एन्ड पुस'ले पनि ज्यादै ठूलो भूमिका निर्वाह गरेको छ ।
प्रस्तुति: ईश्वरी ज्ञवाली