कृष्णप्रसाद भण्डारी

कृष्णप्रसाद भण्डारीका लेखहरु
पानीजहाज काण्ड

नेपाल भूपरिवेष्टित राज्य हुँदाहँुदै पनि एक समय पानीजहाज भित्र्याएर देशको उन्नति गर्ने सोच बनेको थियो।

त्यो डलर काण्ड

वि सं २०३६ तिर प्रकाश थापाद्वारा निर्देशित नेपाली चलचित्र सिन्दुरमा गरेको अभिनय र सफलताले अभिनेत्री मीनाक्षी आनन्दलाई धेरैले चिन्थे।

अदालतमा घूस

न्यायिक जगत्मा घूस खाने र ख्वाउने प्रक्रिया बडो विचित्रका छन् । मुद्दाका क्रममा वकिल/न्यायाधीश घुमाउरो र खुलेआम दुवै किसिमले घूस खान्छन् ।

बीपीको बयानपत्र

सशस्त्र क्रान्तिका निम्ति बीपी कोइरालालाई भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले ठूलो धनराशि सहयोग गरेकी थिइन्।

रामराजाप्रसादको गिरफ्तारी

गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह सानै उमेरदेखि विद्रोही स्वभावका थिए। भारत, विहार राज्यको दरभंगास्थित मामाघरमा बसेर पढेका उनले भारत छोडो आन्दोलनकारी र तिनले जम्मा गरेको हतियार सप्तरीस्थित घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पार्‍यो।

स्नातकलाई जागिर

बीपी कोइराला दूरदर्शी राजनेता थिए। ०१५ सालको आमनिर्वाचनपश्चात् प्रधानमन्त्री भएपछि निर्णय नै गरििदए, 'स्नातकहरू कसैले पनि अब बेरोजगार बस्नुपर्ने छैन, आफ्नो योग्यताको प्रमाणपत्रका साथ निवेदन देऊ, रोजगारी पाऊ।'

केआई सिंहको मुद्दामा भारतीय वकिल

२०१५ सालको आमनिर्वाचनका सन्दर्भमा पूर्वप्रधानमन्त्रीद्वय टंकप्रसाद आचार्य र केआई सिंह तथा रंगनाथ शर्माले संयुक्त रूपमा राजालाई एउटा स्मृतिपत्र बुझाएका थिए।

कलेजको स्थापना

आईए उत्तीर्ण भाइ सोमनाथलाई जागिर खुवाउनका लागि काठमाडौँ आएको थिएँ,विसं २०११ मा । मेरा साथीहरू निर्वाचन आयोगमा जागिरे थिए ।

तलाकविरुद्धको मुद्दा

मुस्लिम धर्म अनुसार कुनै पुरुषले आफ्नी पत्नीलाई तीनपटक 'तलाक, तलाक, तलाक' भन्यो भने स्वतः उसको पारपाचुके हुने व्यवस्था छ।

न्यायसेवातर्फको पाइला

जुद्धशमशेर राणाले विसं १९९७ तिर एउटा सनद जारी गर्दै जिल्लामा स्थापित गोस्वाराहरूलाई पुनरावेदन आदि सुन्ने न्यायिक काम गर्न बन्द गराइदिए।

LOAD MORE