रामराजाप्रसादको गिरफ्तारी
गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह सानै उमेरदेखि विद्रोही स्वभावका थिए। भारत, विहार राज्यको दरभंगास्थित मामाघरमा बसेर पढेका उनले भारत छोडो आन्दोलनकारी र तिनले जम्मा गरेको हतियार सप्तरीस्थित घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पार्यो।

जेलबाट छुटेपछि भारत बसाइका क्रममा सिंहले भारतीय विश्वविद्यालयमा कानुनको अध्ययन गरे। प्रधानमन्त्री इन्दिरा गान्धीलाई पटनामा भाषण गररिहेका बेला मञ्चमै गएर 'नेपालमा गणतन्त्र कायम गर' भनेर अभिनन्दन पत्र बुझाउँदा उनको साहस र बहादुरीको खुबै चर्चा भएको थियो। यसै क्रममा यिनको क्रान्तिकारी नेता चे ग्वेभारासँग बर्मामा भेट भयो र उनले सिंहलाई नेपालमा गुरल्िला युद्ध गर्न प्रेरति गरेका थिए। गणतान्त्रिक आन्दोलनको अभियानमा लागेका उनी सर्वस्वहरणसहित मृत्युदण्डको सजाय पाउने थोरै नेपालीमा पर्छन्।
यस्ता विद्रोही र क्रान्तिकारी नेतासँग मेरो धेरैअघिदेखि चिनाजान र घनिष्टता थियो। भारतीय स्वतन्त्रता आन्दोलन र त्यसमा क्रियाशील जयप्रकाश नारायण तथा राममनोहर लोहियालाई रामराजाका बुबा जयमंगल सिंहले समेत कोसी टप्पुमा लगेर लुकाएर राखेपछि यो परविारप्रति मेरो सम्मान झन् बढ्यो। साथै, ने पालको कानुनी क्षेत्रमा काम गर्दा उनी मसँग ज्यादै नजिक थिए। सर्वोच्च अदालतमा मविरुद्धको अवहेलना मुद्दामा उनले मेरा पक्षबाट लडेका पनि थिए। मेधावी, साहसी, विद्वान् र कानुन व्यवसायी भएकै कारण मसँग उनको निकटता भयो। कालान्तरमा जयमंगल सिंहका सम्पूर्ण छोरा-बुहारी तथा परविारजन मेरा आफन्त र परविारसरह हुन पुगे।
०२८ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा स्नातकतर्फबाट रामराजाप्रसाद सिंहसँगै म पनि उम्मेदवार बनेको थिएँ। सिंहले 'पञ्चायती व्यवस्थाको अन्त्य र संसदीय व्यवस्थाको स्थापना गर्ने' नाराका साथ स्नातक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका थिए। ०२४ सालको स्नातकतर्फको निर्वाचनमा पनि भाग लिएका उनले त्यति बेला भने पराजय भोगेका थिए। हाम्रो उद्देश्य राष्ट्रिय पञ्चायतमा प्रवेश गरी पञ्चायती व्यवस्थालाई समाप्त पारी प्रजातन्त्र पुनःस्थापना गर्नु थियो।
०२८ सालमा पञ्चायतले उठाएका चार उम्मेदवारका विरुद्ध सिंह, म, प्रयागराजसिंह सुवाल र शंकरप्रसाद घिमिरेले उम्मेदवारी दिएका थियौँ। टुँडिखेलमा मतदान भएको थियो। मतदानका दौरान सिंहका पछाडि पञ्चायतका गुप्तचरहरू लागेको हामीले सुइँको पाएपछि हरबिोल भट्टराईले नेविसंघका केही विद्यार्थीको सहयोग लिई उनलाई एउटा ट्याक्सीमा राखेर कोटेश्वरतिर लगेर लुकाएका थिए। धेरै समयसम्म उनी काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा भूमिगत ढंगले लुके। काठमाडौँमा पुरुषोत्तम बस्नेत र भक्तपुरमा बटुककृष्ण तिम्सिनाको घरमा उनी अधिकांश समय भूमिगत थिए।
जब निर्वाचन परण्िााम घोषणा भयो, सिंहसहित हाम्रा तर्फका तीन जनाको जित भयो। घिमिरेलाई झीनो मतले प्रकाशचन्द्र लोहनीले पराजित गरेका थिए। निर्वाचन परण्िााम अनुसार सिंहले सबैभन्दा धेरै मत प्राप्त गरे। १ हजार ३ सय ५० मतका साथ उनी पहिलो स्थानमा रहे भने दोस्रो सुवाल र तेस्रो अत्यधिक मत ल्याएर मैले जितेँ। चौथो भएर लोहनी पनि विजयी भए। त्यो चुनावमा पञ्चायती व्यवस्थालाई ललकार्दै स्नातक क्षेत्रबाट विजयी हुँदा सिंह राष्ट्रिय हिरोकै रूपमा चर्चित भएका थिए। त्यसपछि प्रशासनका तर्फबाट सिंहलाई शपथग्रहण गर्नुअगावै गिरफ्तार गर्ने चाँजोपाँजो मिलाउन थालियो।
सिंहदरबारमा शपथग्रहणको कार्यक्रम थियो। अघिल्लो साँझ पुतलीसडकस्थित मेरो घरमा सिंहलाई ल्याएर लुकाउने र त्यहाँबाट सीधै सिंहदरबार प्रवेश गराउने कार्यक्रम तय भयो। सोझो हिसाबकिताब थियो हाम्रो। तर, उनलाई मेरो घरसम्म ल्याउन सम्भव भएन। आउँदा आउँदै ढिलो भयो। नयाँ बानेश्वरमा राजेन्द्र खरे लको घरमा ल्याइयो। उनलाई मेरो घरमा ल्याएर राखेको भए सोही बेलुका उनी गिरफ्तार हुने थिए। किनभने, शपथग्रहणको अघिल्लो दिन बेलुकादेखि नै मेरो घर मात्र होइन, सिंहदरबार क्षेत्र पूरै प्रहरी घेराबन्दीमा पर्यो।
शपथग्रहणको दिन धेरै सोचविचारपछि वरष्िठ अधिवक्ता कुसुम श्रेष्ठसँग सल्लाह गरी हामीले एउटा ट्याक्सी भाडामा लियौँ र त्रिपुरेश्वरतिर खुब दौडायौँ। ट्याक्सी ड्राइभरलाई 'हामीले जे भन्छौँ, सोही अनुसार गर्नू' भनिएको थियो। कहिले कुन गल्लीभित्र लिएर जाऊ भनेको छ, कहिले कुन गल्लीभित्र। बिनाउद्देश्य दौ डाएजस्तो उनलाई महसुस भइरहेको थियो। कहिले दौडाऊ भन्छौँ, कहिले 'स्लो' गर भन्छौँ। उनी हामीले भनेजस्तो गर्दै गए। पछि सीधै नयाँ बानेश्वरतर्फ लिएर गयौँ। त्यहाँ एउटा गल्लीबाट दौरा-सुरुवाल र कोट लगाएको एउटा मानिस आएर जब उनको ट्याक्सीमा बसेपछि उनी पनि छक्क परे। सिंहले टोपी लगाउन बिर्सेछन्र लिन जान ठिक्क परे। तर, ट्याक्सी ड्राइभरले आफूसँग रहेको घेरा च्यातिएको जगेडा ढाकाटोपी दिए। त्यही लगाएर सिंह ट्याक्सीमा बसे, उनको दायाँबायाँ म र कुसुम बसेर सिंहदरबारतर्फ हुँइकियौँ।
हालको सर्वोच्च अदालत पुगेपछि हामीले ट्याक्सी बिस्तारै गुडाउन लगायौँ। किनभने, त्यहाँ ठूलो संख्यामा प्रहरीको उपस्थिति थियो। स्वाभाविक गतिमा चलेको हाम्रो ट्याक्सीलाई विशेष निगरानी केही भएन। हाम्रो ट्याक्सी सीधै राष्ट्रिय पञ्चायतको भवनअगाडि गएर रोकियो।
हामी पस्नासाथ राष्ट्रिय पञ्चायतमा होहल्ला भयो। हाम्रो पक्ष-विपक्षमा बहस भयो तर सिंहलाई शपथग्रहण गर्न दिइएन। अन्ततः राती ११ बजे सिंहलाई सिंहदरबारभित्रैबाट गिरफ्तार गरयिो। त्यो गिरफ्तारीलाई हामीले केवल मूकदर्शक भएर हेररिह्यौँ ।
प्रस्तुति- ईश्वरी ज्ञवाली