मल्टिमिडिया
१७ माघ २०७६ शुक्रबार
काठमाडौं
माथिकै छायामा टाक्सिएको नेविसंघ (भिडियो)
नेविसंघको केन्द्रीय अधिवेशन गराउन एक वर्षपछि तदर्थ समिति गठन गरिएको छ तर विधान मिचेर ।

नेविसंघको महाधिवेशन सुरु भइसकेको थियो । २२ जिल्लामा अधिवेशनहरू सम्पन्न भइसकेका थिए । तर अधिवेशन जारी रहेकै बेला एक वर्षअघि कांग्रेसले नेविसंघ केन्द्रीय समिति भंग गरिदियो ।
निर्वाचन गराइरहेको समिति भंग गराउनुका पछाडि पनि विद्यार्थीको यो मोर्चामा आफ्नो नियन्त्रण गुम्छ कि भन्ने नेतृत्वको मनसुवाले काम गरेको थियो । केन्द्रीय अधिवेशन गराउन एक वर्षपछि तदर्थ समिति गठन गरिएको छ तर विधान मिचेर ।