जवानीमै ज्यानमा लगानी
ज्येष्ठ नागरिक हुन कसैलाई मन नभए पनि सबै जना हुनैपर्छ (बूढो हुन मन छैन, १ भदौ) । विश्व पौडेलको लेख पढेपछि हामीले छलफल गरेका थियौँ– ‘बुढ्यौलीलाई रोक्न सकिन्न तर स्वस्थ रहन केही उपाय गरियो भने ज्येष्ठ नागरिक स्वस्थ भएर बाँच्ने सम्भावना बढ्छ ।’
ज्येष्ठ नागरिक हुन कसैलाई मन नभए पनि सबै जना हुनैपर्छ (बूढो हुन मन छैन, १ भदौ) । विश्व पौडेलको लेख पढेपछि हामीले छलफल गरेका थियौँ– ‘बुढ्यौलीलाई रोक्न सकिन्न तर स्वस्थ रहन केही उपाय गरियो भने ज्येष्ठ नागरिक स्वस्थ भएर बाँच्ने सम्भावना बढ्छ ।’
विशेषगरी महिलामा जब उमेर ढल्कँदै जान्छ, अनेक किसिमका शारीरिक समस्या थुप्रिन्छन् । शरीरमा रहेका हर्मोनले महिलालाई प्रजनन उमेरमा मुटुका कतिपय समस्या देखिन सक्छन् । प्रजनन उमेर (नेपालमा १५ देखि ४० वर्षसम्म) छिप्पिएपछि महिलाको हर्मोन रक्षा शक्ति बिस्तारै हराउँछ ।
त्यसैले महिलाले २५–३० वर्षको उमेरमै भविष्यको ख्याल राखेर जीवनचर्यादेखि खानपिनमा ध्यान दिए यस्ता चुनौती कम हुन सक्छन् । विदेशतिर ज्येष्ठ नागरिक महिला हिँड्ने, दौडने, योग आदि युवावस्थामै गर्नुपर्छ भन्ने विचारले जिम जान्छन् । दौडन, हिँड्न, योगासन गर्न कुनै पनि सामान किन्नै पर्दैन ।
महिनावारीका बेला हुने दुखाइ कम गर्न र सुत्केरी अवस्थामा पनि सहज रुपले गरिने योगले स्वस्थ रहन र तंग्रिन धेरै मद्दत गर्छ । पहिले गाउँघरका महिलाको ढिकी, जाातो गर्नेदेखि लिएर पानी लिन जाँदासम्म हिँडाइ हुन्थ्यो । उनीहरुको खाना पनि मकै, भटमास, कोदो र फापरको रोटी हुन्थ्यो । त्यसले उनीहरुको शरीरलाई स्वस्थ राख्न र हड्डी बलियो बनाउन सहयोग गर्थ्यो । तर अहिले त्यो सबै चलन हराइसक्यो ।
पहिले–पहिले मधुमेह रोग सुनिँदैनथ्यो गाउँमा । अहिले गाउँमै समेत यो रोग देखिएको छ । समयमै ध्यान नदिने हो भने चिनी रोगका जटिलताले महिलामा अनेकौँ समस्या देखिन सक्छन् । उमेर नपुग्दै घुँडा दुख्ने, उच्च रक्तचाप, मधुमेह, ढाड दुख्ने, अनेक समस्याले गाँजेपछि ज्येष्ठ नागरिक भइसक्दा त अस्पतालमा डाक्टर र औषधी सेवन गर्नुपर्ने अवस्था आउने नै भयो । औषधीकै कारण कतिपय ज्येष्ठ नागरिकको मनमा अशान्ति थोपरिन्छ । पैसा र समयको क्षति पनि त्यत्तिकै हुन्छ । आफ्नो काम र सामाजिक जीवनमा पनि व्यवधान हुने गर्छ । जतिसुकै पैसा कमाए पनि मन र शरीर स्वस्थ छैन भने त्यसको केही अर्थ रहन्न ।
हाम्रा पुर्खाको जीवनशैली गहिरिएर हेर्दा पूजा, व्रत, मन्दिर धाउने, चाडपर्व मनाउने विधिलगायतले स्वास्थ्य राम्रो हुने रहेछ भन्ने मलाई अनुभूति हुन थालेको छ । सायद ती नियम पालना नगरेर नै हामीले समयभन्दा चाँडै बुढ्यौली निम्त्याएका हौँ कि !
मेरी हजुरआमा ७५ वर्षमा ४ दिनको ज्वरोले बित्नुभयो । उहाँले मृत्यु हुनु ४ दिनअघिसम्म हाम्रो पुरानो घरको ४ तला दैनिक ५–६ चोटि तलमाथि गर्नुहुन्थ्यो । म ६ वर्षसम्म स्कुल भर्ना नहुन्जेल दिनभर उहाँको साथमा रहेर ४ तला ओहोरदोहोर गर्थें । त्यतिबेला हजुरआमाले घुँडा दुखेको, ढाड दुखेको गुनासो कहिल्यै गर्नुभएन ।
उत्तर प्रदेशको लखिमपुर गाउँमा हजुरआमाकहाँ ८ कक्षा पढ्ने बेलासम्म म हरेक वर्ष जाडोका २ महिना जान्थेँ । उहाँसँग खेतमा गएर पानी लगाएको, काम गरेको हेर्थें । दिनभर खेतमा काम गरेर बेलुकी आँगनमा बसेर पुराना दिनका सुख–दुःखका कथा सुनाउनुहुन्थ्यो । जीवनका अन्तिम वर्ष मेरा दुई मामाको मृत्युले हजुरआमा नै मानसिक रुपमा गल्नुभयो र ओछ्यान पर्नुभयो ।
मेरो मावली हजुरआमा ९९ वर्षको उमेरमा बित्नुभएको हो । वृद्धावस्थामा समेत हजुरआमाको स्वास्थ्य समस्या कम थियो । त्यसको कारणचाहिँ उहाँको जीवनशैली, शारीरिक काममा व्यस्त, समय–समयमा लिने व्रत र वरपर सन्तानले घेरिएकाले पनि होला, हजुरआमालाई भिटामिन डीको समस्या थिएन । किनभने खेतमा बसेर काम गर्दा भिटामिन डी पाइन्थ्यो । शाकाहारी भएकाले दाल र तरकारी पर्याप्त खानुहुन्थ्यो ।
हरेक महिनामा २–३ वटा व्रत गर्दा सावदाना र फलफूल मात्रै खाने गर्नुहुन्थ्यो । ती दिनले मलाई कसरी स्वस्थ रहने भन्ने सिकायो । ६० वर्षको उमेरमा पनि म ४० वर्षभन्दा बढी स्वस्थ महसुस गर्छु । छोरीलाई भन्ने गरेकी छु– ६०/७० वर्षपछि पनि स्वस्थ भएर बाँच्न चाहन्छौ भने अहिलेदेखि नै आफ्नो स्वास्थ्यमा लगानी गर ताकि भविष्यमा घुँडा र ढाड दुख्ने समस्या, मधुमेह, उच्च रक्तचाप आदिबाट सकेसम्म बच्न सकियोस् । मलाई जीवनशैलीमा ध्यान दिने विचार २५ वर्षमै आएको थियो ।
७ वर्षअघि अफगानिस्तानमा काम गर्दा मलाई एक्लोपनका कारण डिप्रेसनजस्तै भएको थियो । त्यसबेला बाहिर एक्लै हिँड्न नपाइने हुँदा घरभित्रै दुई घन्टाजति योगासन थालेँ । त्यसले मेरो मानसिक र शारीरिक स्वास्थ्यमा सघायो ।
अतः महिलाले आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर पछिसम्म स्वस्थ भएर बाँच्ने हो भने युवावस्थाबाटै ध्यान दिनुपर्छ । बुढ्यौलीलाई भनेर बैंकमा पैसा जम्मा गर्ने हामीले शरीरको स्वास्थ्य सुरक्षित राख्न युवावस्थामा लगानी गर्न किन हिचकिचाउने ?
साथमा यो पनि पढ्नुहोस : बूढो हुँदैछौँ हामी, बूढो हुन मन छैन [भिडियोसहित]
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...