साताका ७ स्टोरी

- नेपाल संवाददाता

१. कर्णाली जानू, सल्यान नघुमी नफर्कनू (१५ तस्बिर)

मनमोहक प्राकृतिक छटा । लेखपोखराबाट देखिने सिस्ने हिमाल । पहेँलै तोरीबारी, सुन्तला, हरिया खेत अनि उन्मुक्त गाउँले जीवनको बेग्लै स्वाद । कुपिण्डे ताल अझ सुन्दर । ताल किनारमा सुस्ताउँदाको आनन्द र डुंगा सयर गर्दाको मज्जा नै बेग्लै । सरोज बैजुले खिचेका तस्बिरहरू हेरेपछि तपाईंलाई लाग्नेछ, भ्रमण वर्ष–२०२० मा घुम्ने ठाउँको सूचीमा कर्णालीको सल्यानलाई राख्नैपर्छ । 

२. नेपालको सहमतिबिनै सीमा क्षेत्रमा भारतीय सडक

रुपन्देहीको धकधही क्षेत्रसँग जोडिएको भारतीय सीमावर्ती क्षेत्रमा दिनरात डोजर, एस्क्याभेटर, टिपर, रोलरलगायत उपकरणसहित मजदुर कार्यरत छन् । वर्षायाममा नेपालतर्फ पानीको प्राकृतिक बहाव प्रभावित पार्ने गरी भारत सरकारले दसगजानजिकै चार लेनको सडक धमाधम तयार पार्दै छ । भारतीय प्रधानमन्त्री सडक परियोजनाअन्तर्गतको उक्त संरचना निर्माणबारे भारतीय पक्षले नेपाललाई जानकारी गराएको छैन । न त पूर्वस्वीकृति र अनुमति नै । पढ्नुस् माधव ढुंगानाको रिपोर्ट

३. एमसीसीमा के हो अमेरिकी स्वार्थ ? बुझ्नैपर्ने १० विषय

एमसीसीको वेबसाइटमा यो अनुदानले अमेरिकी हितलाई प्रवर्द्धन गर्ने भनिएको छ । ‘यो लगानीले साझेदार मुलुकहरुको स्थायित्व तथा समृद्धिमा सहयोग मात्र होइन, अमेरिकी हितलाई पनि प्रवद्र्धन गर्छ,’ वेबसाइटमा भनिएको छ । नेपालको सन्दर्भमा अमेरिकी हितलाई कसरी बुझ्ने ? यो बहस त छँदै छ । झन् यो शंकालाई बल दिने काम अमेरिकी अधिकारीहरुबाटै भएको छ । रविराज बरालको रिपोर्ट

४. कुहिरोले पनि छेक्न नसकेको शुक

गीतकार एवं संगीतकार शुक गुरुङको ५७ वर्षको उमेरमा ६ पुसमा निधन भयो । ०४९ मा अरुण थापाको जिन्दगीको यात्रा एल्बममा रहेको गीत ‘दोष कसैलाई दिन चाहन्नँ’ गुरुङको पहिलो चर्चित गीत थियो । चर्चित सांगीतिक समूह नेपथ्यका लागि पनि उनले कैयौँ गीत सिर्जना गरेका थिए । नेपथ्यको सिग्नेचर गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ उनैले लेखेका थिए । गुरुङले पछि नेपथ्य छाडे । पढ्नुस् सुनिता लोहनीको शब्द श्रद्धाञ्जलि 

५. प्रधानमन्त्रीको ट्‍वीटले जन्माएको जवाफदेहिताको प्रश्न

प्रधानमन्त्रीको ट्‍वीटरको पासवर्ड दुरुपयोग कसरी भयो ? कसले गर्‍यो ? सम्भवत: प्रहरी अनुसन्धानको विषय यही हो । तर नेपाल प्रहरीको भनाइलाई आधार मान्ने हो भने यसमा अनुसन्धान सुरु भएकै छैन । यता, प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीको निजी सचिवालयको दाबीलाई मान्ने हो भने प्रहरीलाई अनुसन्धानको जिम्मा दिइसकिएको छ र छानबिन सुरु भइसकेको छ । प्रहरी र प्रधानमन्त्री कार्यालय/सचिवालयको भनाइमा विरोधाभाष देखिन्छ । पढ्नुस् रविराज बरालको रिपोर्ट

६. नो हर्न प्लिज ! (शिशिर वैद्य)

ध्वनि प्रदूषणले आतंकित सहरका चोकमा ‘नो हर्न’ का सन्देश बोकेका तुल झुन्डिएका छन् । तर जति ठूला अक्षरमा लेखिएको भए पनि ‘नो हर्न’ को सन्देशले सहरका मानिसको मनलाई छोएको छैन । कहाँ के झुन्ड्याइएको छ, हेर्ने फुर्सद छैन सहरबासीलाई । ‘नो हर्न’ अभियान सुरु भएपछि ध्वनि प्रदूषणको मात्रा अप्रत्यासित ओरालो लागेको थियो । तर यो सफलता लामो समय टिकेन । सहर फेरि कोलाहलमय बनेको छ । ध्वनि प्रदूषणको ग्राफ उकालो लागेको छ । पढ्नुस् शिशिर वैद्यको विचार

७. पत्रु र स्वस्थकर खानाको बहस (अरुणा उप्रेती)

हाम्रा पुर्खाहरुले ‘विज्ञान’ नबुझ्दै के खाए स्वस्थ भइन्छ भन्ने जानिसकेका थिए । खानालाई उसिनेर, भुटेर, बफाएर, टुसा उमारेर खाादा के–के फाइदा हुन्छन्, गेडागुडीमा टुसा उमारेपछि त्यसको पौष्टिकता झन् बढ्छ भन्ने जानेका थिए । खाजामा रेसादार पदार्थ भयो भने कब्जियत हुादैन भन्ने कुराको ज्ञान थियो । अहिले पोषण विज्ञानले त्यही कुरा ठीक हो भनेर ठप्पा लगाएको मात्रै हो । पढ्नुस् अरुणा उप्रेतीको प्रतिक्रिया

प्रकाशित: पुस ११, २०७६

×