हिउँमा सिकारी
हिउँ परेका बेला सिकार खेल्न झनै कष्ट हुने र कहिलेकाहीँ रित्तै फर्कनुपर्ने उनीहरूको अनुभव छ ।

डाँडाकाँडामा हातमा बन्दुक बोकेका मानिस देख्दा माओवादी द्वन्द्वको झझल्को आउँछ । तर यो द्वन्द्वकालीन तस्बिर भने होइन । बन्दुक बोकेका युवाको यो दृश्य हो, रुकुम, तकसेराको ।
तकसेराका युवा अहिले पनि बन्दोबस्ती सामानसहित काँधमा बन्दुक बोकेरै सिकारमा निस्कन्छन् । उनीहरूले जनावर लुकेको स्थान फेला पार्न कुकुर पनि सँगै लिएर जान्छन् । यसरी सिकारमा निस्किएकाहरू तीन–चार दिनसम्म जंगलमै बस्छन् । हिउँ परेका बेला सिकार खेल्न झनै कष्ट हुने र कहिलेकाहीँ रित्तै फर्कनुपर्ने उनीहरूको अनुभव छ ।
पहिले–पहिले राजा–महाराजा पशुपन्छीलाई मारेर पेट भर्नुभन्दा पनि सोखका लागि सिकार खेल्न जंगल धाउँथे । अहिले पनि समाजमा सोखिन सिकारी भेटिन्छन् । तर त्यो सिकार मासुको स्वाद लिनैका लागि हुन्छ ।