धर्मनिरपेक्ष भर्सेज हिन्दु राष्ट्र
अन्तरिम संविधानले देशलाई धर्मनिरपेक्ष घोषणा गरेको छ । यसअघिका दुईवटा संविधानले हिन्दु राष्ट्र घोषणा गरेका थिए ।

हिन्दु राष्ट्र घोषित हुँदा पनि नेपाल कहिल्यै कठोर धार्मिक राज्य थिएन । त्यस बखत पनि धार्मिक अल्पसंख्यकलाई राज्यले पर्याप्त स्वतन्त्रता दिएको थियो । त्यति मात्र होइन, बुद्धमार्गीका कैयौँ पूजा, अनुष्ठानमा त राजा आफैँ जान्थे, जहाँ आयोजकले निर्धारिण गरेका सबै विधि विधान गर्दै घन्टौँ बिताउँथे । स्थानीय विकास मन्त्रालयले संस्थागत रूपमै गुम्बाको संरक्षण र लामाहरूलाई सहयोग गर्ने प्रबन्ध मिलाएको थियो । हिन्दु राष्ट्रको ४३ वर्षको अवधिमध्ये पछिल्लो १६ वर्ष -०४७ देखि ०६३) त क्रिस्चियन धर्मको प्रसार र विस्तार बिनारोकटोक तीव्र र खुलेआमै भएको थियो । हिन्दु राजाकै दरबारको ठीक सामुन्ने बनेका मुसलमानका अग्लाअग्ला तकियाहरू सदियौँदेखि सञ्चालित थिए । यी सबै वास्तविकता अहिले दबाइएका छन्, इतिहास विजेताले लेख्ने भनेको सायद यही होला ।
हतपती प्रतिरोध नगर्ने शान्त स्वभावका हँुदा ८१ प्रतिशतभन्दा बढी जनसंख्या भएका शक्तिशाली समुदाय भए तापनि हिन्दु धर्मावलम्बीले धर्मनिरपेक्षता घोषणाको कार्यान्वयनमा बाधा गरेनन् । कुनै आन्दोलनलेे मागै नगरेको र सरोकारवालाबीच बहस-विमर्श नगराई धर्मनिरपेक्षतालाई पुनःस्थापित प्रतिनिधिसभाले अन्तरिम संविधानमा एकाएक र खुसुक्क घुसाउँदा पनि उनीहरूले त्यसको खासै प्रतिवाद गरेनन्, एकाध कालो झन्डा देखाउनेबाहेक । यस्तोमा नेताहरूले उनीहरूको सुझबुझ र सहयोगको प्रशंसा गर्नुपथ्र्यो, धन्यवाद दिनुपथ्र्यो र हिन्दु राष्ट्र नरहँदैमा उनीहरूको हित अनि संवेदनशीलताको बेवास्ता गरिने छैन भनी आश्वस्त पानर् ुपथ्र्यो । त्यसको उल्टो, उनीहरूलाई ललकार्ने काम भयो, खास गरी माओवादीबाट, जसले धर्मनिरपेक्ष घोषणा गर्नुलाई युद्धै जितेको जस्तो ठाने, दर्साए ।
हिन्दुइतरका धार्मिक/जातीय समूहले त्यस्ता कुरा गरेको भए ठीकै थियो । तर, जिम्मेवार राजनीतिक दलहरूले पनि धार्मिक/जातीय हिसाबले अत्यन्त संवेदनशील र विवादित मुद्दामा आफैँ विवादको एउटा पक्ष भएर बहुसंख्यक जनतालाई चुनौती दिनु, उत्तेजित तुल्याउनु भनेको गैरजिम्मेवार हर्कत त छँदै थियो, प्र त्युत्पादक पनि हुन गयोे । हिन्दु धर्मावलम्बीहरूको असन्तुष्टि र आक्रोश पनि एउटा महत्त्वपूर्ण 'प\\mयाक्टर' थियो, चुनावमा राप्रपा नेपालको हैसियत उकास्ने र एमाओवादीलाई तेस्रो शक्तिका रूपमा झार्ने थुप्रै प\\mयाक्टरमध्ये ।
देश धर्मनिरपेक्ष घोषणा भएयता खासै नचर्केकोे धर्मनिरपेक्षताको विरोध र हिन्दु राष्ट्रको समर्थनको नारा आज किन चर्केको छ त ? प्रश्न यो हो, जसको उत्तर खोजिनुपथ्र्याे । जसमा अध्ययन, अनुसन्धान गरिनुपथ्र्याे । तर, गरिएन, त्यसो गर्नेहरूलाई गाली गरेपछि समस्याको समाधान स्वतः भइहाल्छ भन्ने मानसिकता रह ्यो स्वघोषित अग्रगामी/प्रगतिशीलहरूको । वास्तवमा, सुरुमै गरिनुपर्नेचाहिँ के थियो भने धर्मनिरपेक्ष र हिन्दु राष्ट्र दुबै नभनीकन धर्मको विषयमै संविधान मौन बस्नुपथ्र्याे । त्यसबाट धर्मनिरपेक्षताको उद्देश्य पनि पूरा हुन्थ्यो र हिन्दु राष्ट्र पक्षधरहरूको अहंमा पनि चोट पुग्दैनथ्यो ।
हो, हिन्दु राष्ट्र लबीले अन्तर्राष्ट्रिय समर्थन, खास गरी पश्चिमाहरूको समर्थन पाउँदैन । संसारमा एउटा पनि हिन्दु राष्ट्र छैन, करिब ८० प्रतिशत हिन्दु जनसंख्या रहेको भारत नै हिन्दु राष्ट्र छैन । अहिले हिन्दुत्वको नारा दिने भारतीय जनता पार्टी दिल्लीको सत्तामा आएकै कारण नेपाल हिन्दु राष्ट्रमा र्फकनेछ भन्ने ठान्नु एकथरीको दिवास्वप्न र अर्कोथरीको हीनताग्रस्त र भयाक्रान्त मानसिकता हो । भावनामा बगेर वा भ्रातृत्व भाव दर्साएर सत्तामा आउनुपूर्व नेपाल हिन्दु राष्टै्र रहेको देख्न चाहन्छौँ भन्नु बेग्लै कुरा हो तर सत्तामा आइसकेपछि भूराजनीतिको माग र आप\\mनो राष्ट्रिय स्वार्थ एवं सहमतिमा आधारित विदेश नीति अनुकूल भए मात्र त्यस्तो चाहना कार्यान्वयन गर्न खोजिन्छ, नत्र गरिँदैन । र, नगरिने छाँट गएको आठ महिनामा दिल्लीले देखाइसकेको छ । यसरी, अहिलेलाई हिन्दु राष्ट्र र्फकने वस्तुगत स्थिति न देशभित्र देखिन्छ, न बाहिर । तर, यदि खस उच्च जातिमा भन्दा पनि हिन्दु धार्मिक भावना प्रबल रहेको मधेसी समुदाय आन्तरिक वा बाह ्य जुनसुकै कारणबाट कुनै विन्दुमा गएर हालको पहिचानको आन्दोलनबाट हिन्दु राष्ट्र पुनःस्थापनाको आन्दोलनतर्फ मोडियो र तराई-पहाडका हिन्दु एक भएर हिन्दु राष्ट्र आन्दोलनमा लागे भनेचाहिँ स्थिति अर्कै हुन सक्छ ।
अब केही प्रश्न हिन्दु राष्ट्र पक्षपोषक नेता र धर्मगुरुहरूलाई पनि हिन्दु राष्ट्र त पहिले पनि थियो, किन वा कसका कमीकमजोरीले त्यो टिक्न सकेन, के त्यसको समीक्षा गर्नुपर्दैन ? पश्चिमा चलखेललाई दोष दिएर मात्र पुग्छ ? हिन्दु धर्मका नाममा अभ्यास गरिएका जातपात, उँचनिच, छुवाछूतलाई भजाउँदै गरिबी र अशिक्षाको फाइदा उठाउँदै ठूलो संख्यामा सीमान्तीकृत समुदायका हिन्दुहरूलाई क्रिस्चियन बनाइन्छ, त्यो पनि सबैलाई थाहा छ । भोलि हिन्दु राष्ट्र भएछ भने पनि धर्मान्तरणको पहिरो रोक्न नसक्ने हो भने त्यस्तो हिन्दु राष्ट्र ल्याउनै किन पर्यो ? यस्तोमा हिन्दु राष्ट्र फर्काउन र फर्काएर जोगाइराख्न धार्मिक सुधार, आथिर् क विकास, सामाजिक जागरण, सामाजिक परिचालन, समता र समावेशिताका भिजन र कार्यक्रम चाहिन्छ कि रथयात्रा गरेर या सप्ताह लगाएरै पुग्छ ? भारतमा उन्नाइसौँ शताब्दीमै राजा राममोहन रोय र स्वामी दयानन्द सरस्वतीजस्ता सुधारकले आर्यसमाज र ब्रह्मो समाजजस्ता धार्मिक सुधारका ठूल्ठूला आन्दोलन थालेका थिए, जसको सान्दर्भिकता आज पनि छ । हामीकहाँ खोइ त त्यो ?
गलत हो तर 'राजनीतिक इस्लामवालाहरू'ले, जोसँग अहिले आएर त झन् तेलको पैसा पनि छ, 'मिलिट्यान्सी' छ उहिल्यैदेखि युद्ध गर्दैै, ठूलो संख्यामा विजितहरूको धर्मान्तरण गर्दै, आप\\mनो धर्मको विस्तार गरे । क्रिस्चियनहरूसँग पैसा त छ नै, संसारका कुनाकुना पुगेर शिक्षा, स्वास्थ्य, स्वावलम्बनलगायतका समाजसे वाका क्षेत्रमा खट्ने मिसनरीहरू पनि छन् । झूटा सपना बाँडेर र प्रलोभनमा पारेर मात्र सो धर्म आज संसारभर विस्तारित भएको होइन । त्यो सेवाभाव, धर्मलाई जीवनोपयोगी, समाजोपयोगी बनाउने र मानव कल्याणसँग जोड्ने कल्पनाशीलता खोइ हाम्रोमा ? हिन्दु धर्मगुरुहरू त अरू धर्मबाट धर्मान्तरण गरेर हिन्दु बन्न चाहनेलाई स्वीकारसम्म पनि गर्दैनन् । जन्मैले हिन्दु मात्र हिन्दु हुन्छ भन्ने अन्तरमुखी सोच राख्छन् र आफ्नो संख्या आफैँ घटाउँछन् । उनीहरूका भेला, प्रवचनहरूमा गयो भने युवा देखिँदैनन् । हिन्दुुत्वप्रति युवा अर्थात् अबको पुस्ता नै आकषिर्त हुँदैन भने त्यो कुरा चिन्ता र चिन्तनको विषय हुनुपर्ने हो कि होइन- हिन्दु राष्ट्र पक्षधरहरूका लागि ?