वानप्लसको नयाँ स्मार्टफोन
चिनियाँ स्मार्टफोन कम्पनी वानप्लसले नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । यो निकै रुचाइएको ब्रान्ड पनि हो । अहिले आएको स्मार्टफोनलाई वानप्लस फाइभ नाम दिइएको छ ।

चिनियाँ स्मार्टफोन कम्पनी वानप्लसले नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । यो निकै रुचाइएको ब्रान्ड पनि हो । अहिले आएको स्मार्टफोनलाई वानप्लस फाइभ नाम दिइएको छ ।
यो स्मार्टफोनमा डुअल क्यामेरा छ । यसको पछाडिको क्यामेरामा १२ र २० मेगापिक्सेलका सेन्सर प्रयोग भएका छन् । यसको सेल्फी क्यामेरा पनि १६ मेगापिक्सेलकै छ । यो एन्ड्रोइडको पछिल्लो अपरेटिङ सिस्टम नुगाटमा आधारित छ ।
वान प्लस फाइभमा ५.५ इन्चको डिस्प्ले स्क्रिन छ । र, यसमा मल्टिटच फिचर पनि छ । यो ६ वा ८ जीबी र्यामसहित ६४ वा १२८ जीबी अन्तरिक स्टोरेज क्षमतामा उपलब्ध छ । फिङ्गर प्रिन्ट सेन्सर, फोटो भिडियो एडिटर, फास्ट ब्याट्री चार्जिङ यसका अन्य राम्रा फिचर हुन् । ६ जीबी र्याम र ६४ जीबी मेमोरी भएको यो स्मार्टफोनको मूल्य भारतमा ३३ हजार रुपियाँ छ । त्यस्तै आठ जीबी र्यामसहित १२८ जीबी मेमोरी भएको वानप्लस फाइभलाई ३८ हजार भारतीय रुपियाँ पर्छ ।