हिजो ठट्टा ठानिएको कोरोनाले थर्किएको बेलायत
केही समय अघिसम्म बेलायत मात्र होइन, पूरै युरोपभरि कोरोना ठट्टा बनेको थियो, भट्टीहरूमा चुट्किला बन्थ्यो र हाँसोको फोहरा बनेर सडकका पेटीहरूमा गुन्जिन्थ्यो । तर आज ?
कुनै न कुनै रूपमा पर्यटन उद्योग सम्बद्ध क्षेत्रमा कार्ययरत नेपालीहरूको रोजगारी संकटमा छ ।
कतार एयरवेजको जहाज चढेर परदेशी भूमिमा पाइला टेकेको ठ्याक्कै ११ महिना भएछ । यसबीच सुरुका दिनहरू केही अत्यासलाग्दा भएरै बिते, केही लोभलाग्दो गरी । मेरा लागि सबैभन्दा ठूलो चुनौती यहाँको वातावरणमा मानसिक रूपमा आफूलाई समायोजन गर्नु नै थियो ।
नेपाल छँदा विकासे परियोजनाको काममा डुलिरहने जागिरे म यता करिब ८ सय मिटर लामो मानव निर्मित टापुमा आफूलाई रोकेर राखिरहनु नै गाह्रो थियो । अर्काे कुरा, पहिलो पटक घरदेखि यति टाढा हिँड्दा राम्रोसँग अनुहार पनि सम्झिन नसक्ने २ महिने छोरी मस्त निद्रामा हुँदा घर छाडेर निस्केको थिएँ । यस्तै कुराहरूले अलिक समय बिथोलिए पनि समय र परिस्थितिअनुसार आफूलाई समायोजन नगरी सुखै थिएन ।
मैले काम गर्ने कम्पनी मालदिभ्सको हालसम्मको सबभन्दा ठूलो लगानीको परियोजना हो । राजधानी मालेदेखि करिब १० मिनेटको द्रुतमा बोटमा पुगिने मानव निर्मित टापु हो ।
हाल ३ मानव निर्मित टापुमा २ वटा पाँच तारे रिसोर्ट सञ्चालन भए पनि परियोजना सकिने बेलासम्म ९ वटा पाँच तारे रिसोर्ट सञ्चालनमा आउनेछन् । मालेदेखि नजिक ठूलो लगानीमा यस्तो परियोजना सञ्चालनमा आउनुले मालदिभ्सको पर्यटन क्षेत्रमा विशेष अर्थ राख्छ नै ।
केही चरण अन्तर्वार्ताबाट छनोट भएपछि म यता आउने प्रक्रिया सुरु गरेँ । तर हाम्रो देशको व्यवस्था र कानुनी जटिलताले गर्दा देश छाडेर जाने श्रमिकले कस्तो कष्ट भोग्नुपर्ने रहेछ भन्ने कुरा नजिकबाट अनुभव गर्ने मौका पाएँ । जब म अन्तर्वार्ताबाट छानिएँ, मेरो रोजगारदाता कम्पनीले भनेको पहिलो वाक्य थियो– अफर लेटर र टिकट सँगै पठाऔँ कि के गरौँ । मैले यता बुझेर खबर गर्छु भने । त्यसपछि मेरो महाभारत सुरु भयो ।
यो पनि पढ्नुस
केही समय अघिसम्म बेलायत मात्र होइन, पूरै युरोपभरि कोरोना ठट्टा बनेको थियो, भट्टीहरूमा चुट्किला बन्थ्यो र हाँसोको फोहरा बनेर सडकका पेटीहरूमा गुन्जिन्थ्यो । तर आज ?
सुरुमा श्रम तथा रोजगार विभागमा फोन गरेर सोधेको मालदिभ्समा व्यक्तिगत श्रम स्वीकृतिमा जान त पाइन्छ तर श्रीलंकास्थित नेपाली दूतावासले उक्त कम्पनी आधिकारिक भएको प्रमाणित गरिदिएपछि मात्रै भनेर जवाफ दियो । श्रीलंकास्थित नेपाली दूतावासमा फोन गरेर सोध्दा ‘हजुरलाई कम्पनीले उपलब्ध गराएको कागजात इमेल गर्नुस्, हामीले हेरेर बुझ्छौँ’ भन्यो । मैले उतिबेलै कागजपत्र इमेल गरेँ । तर इमेल गरेको ११ महिना बित्यो । यता काम गरिसकेर नियमित वार्षिक बिदामा घर जाने बेला भइसक्दा पनि इमेलको प्रतिउत्तर आएको छैन । कुनै बेला सेन्टमेलमा देखिन्छ । देख्दा फिस्स हाँस्छु ।
यो एउटा प्रतिनिधि उदाहरण हो– दूतावासहरूले कसरी काम गर्ने रहेछन् भन्ने । करिब १५ दिनसम्म पनि जवाफ नआएपछि फेरि वैदेशिक रोजगार विभागमा सम्पर्क गर्दा सक्कल कागजात मगाउनुस् भन्ने जानकारी आयो । सक्कल कागजात कुरियर गरेर उपलब्ध गराउँदा फेरि मालदिभ्सको लिगल एजेन्ट (नोटरी पब्लिक) को छाप चाहिन्छ भनेर पुन: कागजात त्यही फिर्ता गरेर सबै प्रक्रिया पूरा गर्दा ८२ दिन लाग्यो । मेरो ट्राभल डकुमेन्ट ९० दिनको थियो । मनमा थियो– सबै कानुनी प्रक्रिया गरेर वैधानिक तरिकाले जान्छु भनेर । सबै आफैँ गर्दा ११ हजार ७ सय रुपैयाँमा विदेश आइपुगेँ । यसर्थमा कि मसँग त्यो रकम तिरेको वैधानिक रसिद छ । त्यही बेला हो– मैले म्यानपावरहरूको फ्रि भिसामा कति लुट हुने रहेछ भन्ने अनुभव गरेको ।
मसँगै ओरियन्टेसन कक्षामा बस्ने अधिकांश तराईबासी दाजुभाइहरूको भिसा व्यक्तिगत भए पनि उनीहरू म्यानपावर कम्पनीलाई कम्तीमा १ लाखदेखि साढे २ लाखसम्म बुझाएका थिए ।
यो पनि पढ्नुस
कोरोनाको तीव्र प्रकोपसँगै हङकङमा रहेका नेपालीहरूको अवस्था पनि दयनीय छ । नेपालीको लगानी रहेका होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसाय महँगो भाडादर र कामदारको तलब खर्चका कारण बन्द भएका छन् ।
अधिकांशको हवाई टिक रोजगारदाताले उपलब्ध गराउने सर्त थियो, कागजमा । तर उनीहरू टिकट बराबरको रकम म्यानपावरलाई दिन बाध्य थिए । नेपालमा कुनै क्षेत्रमा खुलेआम लुट छ भने त्यो वैदशिक रोजगार नै हो । सरकारले सहज हुने कानुनभन्दा सामान्य मानिसले बुझ्नै नसक्ने गरी कानुनी जटिलता थप्दै छ, अर्धशिक्षित युवा समूह, जो सरकारी जटिलता बुझ्दैनन्, उनीहरू म्यानपावरको सहजै सिकार हुने गर्छन् ।
यसो भन्दैमा हाम्रो सरकारले विदेसिने कामदारका लागि लिएको नीति गलत छ भन्ने होइन । दक्षिण एसियाली राष्ट्रका तुलनामा अन्य देशहरूभन्दा हाम्रो सरकारले कामदारको रूपमा विदेसिने नागरिकका लागि ल्याएका सुरक्षाका कार्यक्रम प्रशंसनीय छन् । चाहे वैदेशिक रोजगारमा जानेहरूका लागि गरिने बिमा होस् या अनिवार्य अभिमुखीकरण कक्षा लिनुपर्ने नै किन नहोस्, राम्रोसँग अभिमुखीकरण कक्षामा भाग लिएकालाई त्यस कुरामा निकै मद्दत गर्छ । यस्तो व्यवस्था अरू देशमा छैन ।
अर्काे प्रसंग, नारायणहिटीस्थित राहदानी विभागमा राहदानी बनाउँदा १ जनाको सहयोगस्वरूप फारम भरिदिँदै गर्दा मलाई सरकारी कर्मचारी ठानेर लाइन बस्न खोज्दै थिए केही मानिस । १ जनासँग मैले जिस्किएर भनेँ, ‘भाइ पासपोर्टमा फारम भरेर हस्ताक्षर गर्न त जान्दैनौ । तिमी विदेश गएर के गर्छु भन्ने सोचेका छौ ।’ यसो भन्दा ती भाइले मेरो अनुहार हेरेरर खिस्स हाँस्दै दिएको भनेको जवाफ अझै पनि कानमा आइरहन्छ, ‘दाजु विदेशमा मलाई थोडै कलम र कम्पेटर दिन्छ र काम गर्न ? बेल्चा चलाउनलाई किन पढालिखा हुुनुपर्यो र ?’ यसले थाहा हुन्छ, देशबाट बाहिरिने अधिकांश जनशक्ति कुन स्तरको छ भन्ने ।
यो पनि पढ्नुस
प्रकोपका बेला कुनै व्यवस्थालाई दोष दिनु उपयुक्त नहोला तर यो उदार अर्थव्यवस्थाको उपज हो भन्ने अनुभवले पुष्टि गरेको छ ।
जहाजले रनवे छाड्ने बेलामा झ्यालबाट बाहिर हेरेर टोलाइरहँदा ‘पहिले बार मुल्क छाड रहे हो क्या’ भनेर कपाल सुम्सुम्याउने छेउको सिटमा बस्ने बुबा उमेरको मानिससँग गोडामा थियो– तलुवा खिइसकेको चप्पल, झोलामा १ जोर लुगा, केही कागजपत्र अनि सानो नातिको टोपी ।
उनीसँग एउटा कागजको चिर्कटमा रोजगारदाता कम्पनीको फोन नम्बर थियो । दह्रोसँग त्यही चिट समातेका थिए । त्यसबाहेक अर्काे मूल्यवान चीज उनीसँग अरू केही थिएन । त्यस्तो उमेरमा देश छाड्दा उनीसँग कसैप्रति गुुनासो थिएन । थियो त एउटै कुरामा– उनीसँग फोटो खिच्न मिल्ने मोबाइल थिएन । मोबाइल भएको भए उनले नातिको फोटो खिचेर ल्याउँथे । उसको सम्झनाका लागि घर छेउको बारमाा सुकाएको टोपी सुटुक्क झोलामा हाल्नुपर्ने थिएन ।
सायद, उनीसँग केही सपना थिएन न त कुनै गुनासो नै थियो कसैप्रति । घरिघरि उनी मैले लगाएको सेतो जुत्ता हेरेर सोध्थे– यस्तै जुत्ता सानो पनि पाउँछ भनेर । तलुवा खिइएको चप्पलमा मध्यरातमा देश छाडेका उनी फर्किने बेला आफ्नो नातिलाई जुत्ता किनेर कुनै एक बिहान फर्किने आशमा थिए ।
सरकारले देशबाट कामदारको रूपमा बाहिरिने आफ्ना नागरिकको सुरक्षाका लागि अपनाएका नीति ठीक छन् । समस्या सरकारी निकायहरूले त्यस नीति कार्यान्वयनमा चासो नदिनुले हो । केही जनशक्ति थपेर कडाइका साथ कार्यान्वयन गर्ने हो भने यो क्षेत्रमा सुधारका लागि धेरै समय पर्खिनुपर्छ भनेर !
यो पनि पढ्नुस
पर्यटन, होटल व्यवसायमा कार्यरत कयौँ नेपालीले रोजगारी गुमाइसकेका छन् भने कतिपय नेपाल फिर्तीको प्रयासमा छन् । कोरोना संकटका कारण धेरै नेपालीको रोजगारी र व्यापारमा प्रभाव पर्ने निश्चित छ ।
मालदिभ्स मुख्य रूपमा पर्यटनमा आधारित देश हो । यहाँको अर्थतन्त्रमा जीडीपीको ७० प्रतिशत योगदान यो क्षेत्रको छ । मार्च पहिलो साता पहिलो पटक कुरेदु आइजल्यान्ड रिसोर्टस्थित इटालियन पर्यटकमा कोरोना संक्रमण देखिएपछि मालदिभ्समा संकट हुन थाल्यो । सरकारले भोलिपल्टदेखि पहिलो चरणमा संक्रमण फैलिरहेका देश र यात्रा ‘ट्राभेल हिस्टोरी’ का आधारमा ती देश हुँदै यात्रा गरेका पर्यटकको आवागमनमा रोक लगाउन सुरु गर्यो । त्यसपछि संकटहरू गहिरिन सुरु भए ।
सरकारले मार्च १२ देखि स्वास्थ्य संकटकाल घोषणामार्फत मालेलाई लक डाउन गर्दै आवागमन निषेध गरेपछि स्थिति भयावह हुँदै गयो । हाल मालदिभ्समा १ सय ५५ वटा रिसोर्ट सञ्चालनमा छन्, जसमा हजारौँ कामदार आश्रित छन् । यो क्षेत्र नै मुख्य रूपमा प्रभावित भएपछि सरकारलाई आफ्नो अर्थतन्त्रलाई गति दिन आगामी दिनमा निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । सरकारले यो क्षतिबाट माथि निस्कनलाई केही प्याकेज पक्कै ल्याउँछ भन्ने आशमा व्यवसायी छन् ।
मालदिभ्समा हाल ५ हजार नेपाली रहेको अनुमान छ । तीमध्ये अधिकांश कामदार नै हुन् । एकाध मानिस व्यवसायमा संलग्न रहे पनि करिब ९ सय ९५ नेपाली कामदारकै रूपमा भित्रिएका छन् । यहाँका रिसोर्ट, अस्पतालमा करिब २ सय डाक्टर, १ हजार महिला हाउसमेडको रूपमा कार्यरत छन् ।
विश्व अर्थतन्त्र नै प्रभावित रहेको यस समय यता कार्यरत नेपाली प्रभावित नहुने कुरै भएन । अधिकांश नेपालीहरू पर्यटन क्षेत्रसँग कुनै न कुनै रूपमा संलग्न भएकाले उनीहरूको रोजगारी संकटमा छ, रिसोर्टहरू धमाधम बन्द हुँदै छन् । प्राय: सबै ५ तारे लक्जरियस रिसोर्टहरू बन्द भइसके । केही बन्द हुने क्रममा छन् ।
केही रिसोर्टहरू सरकारको नीतिको पर्खाइमा छन् । अधिकांश रिसोर्टले कामदारलाई बिदा दिने प्रक्रिया सुरु गरिसके । १ अप्रिलदेखि अधिकांश रिसोर्टले नयाँ बुकिङ लिएका छैनन् । धेरै रिसोर्टहरू ३ महिने समय दिएर आफ्ना कर्मचारी बिदा गर्ने प्रक्रियामा छन् ।
यो पनि पढ्नुस
अस्ट्रेलियालाई लकडाउन गरिएको भए पनि नेपालमा जस्तो छैन । ठूलठूला जहाजहरूबाट कोरोना संक्रमितहरू सिड्नी ओर्लिरहेका । संक्रमितहरूको संख्या बढिरहेको छ । मानिसहरूको चहलपहल उस्तै छ ।
आर्थिक रूपमा सबल कम्पनीहरूले रोजगारको ग्यारेन्टीसहित ३ महिना तलबी बिदा, स्थिति सुधार नभए त्यसपछि लागू हुने गरी बेतलबी बिदा विदेशी कर्मचारीको हकमा दुईतर्फी टिकटको घोषणा गरे भने संकटमा रहेका रिसोर्टले खाली हात पठाउँदै छन् । मालदिभ्सको नयाँ नियमअनुसार अन्तिम ‘गेस्ट’ गएको १४ दिनपछि मात्र रिसोर्ट कर्मचारीले छाड्न पाउँछ । त्यो समय सकिएपछि रिसोर्टहरूले कामदार बिदा गर्न सुरु गर्नेछन् ।
रिसोर्टबाहेक पनि यहाँ कार्ययरत नेपाली कुनै न कुनै रूपमा पर्यटन उद्योग सम्बद्ध क्षेत्रमा काम गर्ने भएकाले उनीहरूको रोजगारी संकटमा छ । जस्तो, मालेस्थित सप्लाई कम्पनीमा काम गर्ने सूर्य पौडेलले फोनमा गुनासो गर्दै हुनुहुन्थ्यो– रिसोर्ट बन्द भए कान्छा । हामीले सामान कता पठाउने ? हामीले २०–२२ वटा रिसोर्टमा सामान पठाउँथ्यौँ । सब बन्द भए मालिकले पाल्न सक्दिनँ भनेको छ । घर जाने हो ।
जागिर त जाने नै भयो । तर समस्याको चुरो, उहाँ फर्केर आउन पाउँदिनँ कि भन्ने चिन्तामा हुनुहुन्थ्यो । त्यस्तै, मालेमै भन्सार क्लियरिङको काम गर्ने अर्का साथीको अवस्था पनि उस्तै थियो । ‘सामान आउन पूरै बन्दजस्तो छ । कम्पनीले मान्छे घटाउँछु भन्दै छ । हेरौँ, घर त जाने हो तर कहिलेसम्म हो थाहा छैन’, साथीको चिन्ता थियो ।
यहाँ रिसोर्टमा काम गर्नेहरूको सेवा–सुविधा अनि तलब आकर्षक नै छ । त्यसैले पनि यो क्षेत्र नै मुख्य रूपमा प्रभावित हुँदा अबको बाटो के भन्ने अन्योलमा छौँ, सबै । केही नेपालीहरू निर्माण क्षेत्रमा काम गर्ने हुनाले सबभन्दा जोखिममा उनीहरू नै छन् । मासिक २५०/३०० डलरसम्म तलब बुझ्ने उनीहरूको अवस्था चिन्ताजनक हुने देखिन्छ । आफैँ टिकट काटेर फर्किनु परेको अवस्थामा महिनाभरको तलबको पैसाले समेत नपुग्ने अवस्था छ । यता बसौँ काम छैन, फर्किनका लागि पैसासमेत नभएको अवस्थामा उनीहरूका आगामी दिन कस्ता हुने हुन्, थाहा छैन ।
करिब ५० लाख नागरिक बाहिर भएको हाम्रो देशले विदेशबाट नागरिक उद्धार गर्न सक्ने क्षमता छँदै छैन । चीनबाट उद्धार गरेर केही समय प्रशंसा पाए पनि त्यसरी उद्धार हुनुमा अधिकांश ठूलाबडा अनि दबाब दिन सक्नेहरूका परिवार फस्नु नै थियो । यसमा कुनै शंकै छैन । शंका यस अर्थमा पनि छैन कि गरिब र बोल्न नसक्नेहरूको केसमा राज्यको रबैया कस्तो हुन्छ भन्ने सीमामा भोकै छट्पटिएर नांगै देश छिरेका र छिर्न चाहने नागरिकका समस्याप्रति परराष्ट्रमन्त्रीको अभिव्यक्तिले दर्शाउँछ ।
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...