कोरोना संकटमा हङकङका नेपाली
कोरोनाको तीव्र प्रकोपसँगै हङकङमा रहेका नेपालीहरूको अवस्था पनि दयनीय छ । नेपालीको लगानी रहेका होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसाय महँगो भाडादर र कामदारको तलब खर्चका कारण बन्द भएका छन् ।
केही समय अघिसम्म बेलायत मात्र होइन, पूरै युरोपभरि कोरोना ठट्टा बनेको थियो, भट्टीहरूमा चुट्किला बन्थ्यो र हाँसोको फोहरा बनेर सडकका पेटीहरूमा गुन्जिन्थ्यो । तर आज ?
बेलायत आफ्नो इतिहासमा पहिलो पटक मानवीय संकटको अवस्थाबाट गुज्रिरहेको छ । चौबीसै घन्टा व्यस्त रहने यहाँका सडकहरू एकाएक शून्य भएका छन्, सहरहरू ठप्प छन्, मान्छेहरू आफैँ बन्दी बनेका छन् ।
हावा रोकिएजस्तो, दिन नउदाएजस्तो, पानीका बाछिटाहरू आकाशमै अड्किएजस्तो, दुनियाभर डंका पिटेको यत्रो साम्राज्य एकाएक चुपचाप छ, मृत्युको भयानक उपस्थिति यत्रतत्र छ ।
कोरोना महामारीले मान्छेहरूलाई थर्काएको छ, देशलाई चेतावनी दिएको छ । केही समय अघिसम्म बेलायत मात्र होइन, पूरै युरोपभरि कोरोना ठट्टा बनेको थियो, भट्टीहरूमा चुट्किला बन्थ्यो र हाँसोको फोहरा बनेर सडकका पेटीहरूमा गुन्जिन्थ्यो ।
करिब–करिब ६ हजार माइल टाढाको एउटा सहरमा देखिएको मौसमी रोगले शक्तिशाली युरोपको पूरै नलिहाड टुक्रा–टुक्रा बनाउँछ भन्ने कसैले सोचेकै थिएन । अझ बेलायतले त झनै सोचेको थिएन ।
उत्तरी ध्रुवको माथिल्लो घेरामा एक्लै बसेको आफ्नो देशमा कोरोना महामारीले प्रवेश गर्न नसक्नेमा प्रधानमन्त्री बोरिस जोन्सन ढुक्क थिए । त्यसैले महामारी रोकथामका लागि कुनै तयारी थिएन ।
यो पनि पढ्नुस
कोरोनाको तीव्र प्रकोपसँगै हङकङमा रहेका नेपालीहरूको अवस्था पनि दयनीय छ । नेपालीको लगानी रहेका होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसाय महँगो भाडादर र कामदारको तलब खर्चका कारण बन्द भएका छन् ।
संक्रमणका केही केस देखिएको भए पनि देश उसरी नै चल्यो, सरकार गम्भीर देखिएन । बेलायती सरकार मात्र होइन, युरोपभरिका सरकारहरूको अवस्था उस्तै थियो । मानवीय क्षति रोक्न पर्याप्त तयारी देखिएन । बेलायत पछिसम्मै दोधारमा थियो, आधा युरोप लकडाउन भइसक्दा यहाँ स्कुलहरू बन्द गरिएका थिएनन्, होटल, पबहरू उसरी नै चलिरहेका थिए । मानौँ, कहीँ–कतै केही भएकै छैन । जब इटालीका गिर्जाघरहरूले गाड्ने जमिनको अभावमा लास फर्काइदिएको भन्ने एउटा मुटु हल्लाउने समाचार आयो, तब प्रधानमन्त्री बोरिस जोन्सन जुर्मुराए ।
मन्त्रिपरिषद्ले दुई साताका लागि देश लकडाउन भएको घोषणा गर्यो । लकडाउन अझै लम्बिनेछ किनभने संक्रमण मत्थर हुने लक्षण कतै देखिएको छैन । प्रधानमन्त्री बोरिस जोन्सन आफैँ थलिएका छन् । उनलाई कोरानाको माइल्ड लक्षण देखिएको बताइएको छ । उनी सेल्फ आइसोलेसनमा छन् । गत साता कोरोना पोजेटिभ देखिएपछि उनको एउटा भिडियो म्यासेज आयो । प्रधानमन्त्री आफैँले भने, ‘मलाई कोरोना पोजेटिभ देखिएको छ र म आजैदेखि सेल्फ आइसोलेसनमा जाँदै छु ।’ तर उनले भनेका छन्– 'म काममै छु ।'
प्रधानमन्त्रीले भनेजस्तै उनी मात्र होइन, यहाँको स्वास्थ्य निकायले करिब २० हजारको संख्यामा रहेका पूर्वस्वास्थ्यकर्मी सबैलाई काममा फर्काएको छ तर पनि परिणाम गतिलो आउन सकेको छैन । संक्रमित हुनेको संख्यामा केही स्थिरता देखिएको भए पनि मर्नेहरूको संख्या तीव्र गतिमा थपिएको छ । र, उदेकलाग्दो कुरा के भने उपचारपछि निको भएर फर्किनेहरूको संख्या अन्य देशको तुलनामा न्यून छ ।
यो पनि पढ्नुस
पर्यटन, होटल व्यवसायमा कार्यरत कयौँ नेपालीले रोजगारी गुमाइसकेका छन् भने कतिपय नेपाल फिर्तीको प्रयासमा छन् । कोरोना संकटका कारण धेरै नेपालीको रोजगारी र व्यापारमा प्रभाव पर्ने निश्चित छ ।
दुई साताअघि मात्र स्थानीय सरकारहरूले लास घरहरू निर्माण गर्न लागेको खबर बाहिरिएपछि देशव्यापी त्रास झन् बढेको छ । खासगरी आप्रवासी समुदाय यसबाट अझै विचलित भएको अनुमान लगाउन सकिन्छ । नेपाली समुदाय अछूत रहने सक्ने कुरै भएन । कोभिड–१९ संक्रमण बढेसँगै बेलायतमा तीन नेपालीको मृत्यु भएको छ, जुन कोरोना नै कारण थियो भन्ने पुष्टि हुन सकेको छैन । यी मृत्युको कारण कोरोना नभए पनि नेपाली समुदाय भने आतंकित बनेको छ ।
व्यापार गर्नेहरूका व्यवसाय बन्द भएका छन्, जागिरेहरूका जागिर छुटेका छन् । काम गरिखाने नेपालीहरूको एउटा तप्का बेलायतमा पनि असमन्जसमा छ । सरकारले व्यापार, व्यवसाय र जागिरेहरूको हकमा राहतको घोषणा गरेको छ । तर हजारौँ नेपालीहरू यस्ता छन्, जो काम गर्ने अनुमति अपिल गरेका छन् वा विद्यार्थीको हैसियतमा रहेका छन् । तिनीहरू सरकारको यस राहत कार्यक्रमबाट बञ्चित हुनेछन् ।
केही दिनअघि मात्रै हडर्सफिल्ड विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीले एउटा भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेर आफूहरूले खानसम्म नपाउने स्थिति भएको बताएका छन् । उनले आफूहरूलाई उद्धार गरिदिनसमेत आग्रह गरेका छन् । यो वर्षको सुरुआतमा करिब एक हजार विद्यार्थी बेलायत आएको अनुमान छ, जसमा १ सय २० भन्दा बढी हडर्सफिल्ड विश्वविद्यालयमा छन् ।
यो पनि पढ्नुस
अस्ट्रेलियालाई लकडाउन गरिएको भए पनि नेपालमा जस्तो छैन । ठूलठूला जहाजहरूबाट कोरोना संक्रमितहरू सिड्नी ओर्लिरहेका । संक्रमितहरूको संख्या बढिरहेको छ । मानिसहरूको चहलपहल उस्तै छ ।
तीमध्ये अधिकांशसँग न जागिर नै छ, न त पर्याप्त खाना र गतिलो बास । यस्तो अवस्थामा महामारी संक्रमणको जोखिम झनै उच्च रहन्छ । एनआरएनले नेपाली विद्यार्थीको सहयोगमा के गरिरहेको छ त ? केन्द्रीय सदस्य रामशरण सिंखडा भन्छन्, ‘संक्रमणको जोखिममा परेकाहरूको उद्धारका लागि हामीले सम्बन्धित समुदायमा कुरा गरिरहेका छौँ । समस्यामा परेका र जोखिममा रहेकाहरू पत्ता लगाई सुरक्षित गर्न समिति नै बनाएका छौँ ।’
तर विद्यार्थीहरूले त हामीले खानै नपाउने स्थिति छ भनिरहेका छन् भन्ने प्रश्नमा उनले भने, ‘त्यसबारे एनआरएनलाई अहिलेसम्म कुनै जानकारी आएको छैन । यदि कोही साँच्चिकै समस्यामा छ भने सम्पर्कमा आउनुपर्यो । दूतावास छ, एनआरएन छ, अन्य सामाजिक संघ–संस्था छन् । जता सम्पर्कमा आए पनि हुन्छ, अनि बल्ल सहयोगका कुरा आउँछन् । यदि विद्यार्थीहरू समस्यामा छन् भने एनआरएन सहयोग गर्न तयार छ ।’
सिंखडाले क्षणिक चर्चाका लागि सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्नुभन्दा एनआरएन अथवा दूतावासमा सम्पर्क गर्न आग्रह गरे ।
यतिबेला बेलायतमा चेरी फुलेका छन्, सडकहरू बसन्तको रौनकले रंगीन भएका छन् । मौसम फेरिएको छ, तिख्खर घाम छ । धेरै मान्छेहरूका बिदा मनाउने टिकट बनिसकेका थिए, भित्तामा झुन्डिएका क्यालेन्डरमा वर्षभरिका कार्यक्रम लेखिसकिएका थिए । तर सबैका सबै अधुरा रहे । कतिका सम्पूर्ण कार्यक्रम क्यालेन्डरसँगै पुराना हुँदै जानेछन् र अर्को वर्ष च्यातिनेछन् । कतिका सपनाहरू सदाका लागि छोपिए । अब कहिल्यै फक्रिने छैनन् ।
ब्राड्फोर्ड युनिभर्सिटीका प्रोफेसर फिल कोटेस भन्छन्, ‘अब चेरी नफुले हुन्थ्यो, हामीलाई रंगीन हुन पटक्कै मन छैन । कोरोना संक्रमणले जति मान्छेहरू मरे, मर्नेहरू संसारबाट पखालिए, बाँच्नेहरू न पखालिन पाए, न त सम्हालिन पाए ।’ प्रोफेसर कोटेस भन्छन्, ‘मलाई लाग्दैन कि हाम्रा मन छिट्टै सम्हालिनेछन् । चेरीका फूल त फेरि पनि पलाउलान् तर हाम्रा मन पलाउन वर्षौं लाग्नेछ ।’
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...