अफ्रिकाका नेपालीमा कोरोना प्रभाव
पर्यटन, होटल व्यवसायमा कार्यरत कयौँ नेपालीले रोजगारी गुमाइसकेका छन् भने कतिपय नेपाल फिर्तीको प्रयासमा छन् । कोरोना संकटका कारण धेरै नेपालीको रोजगारी र व्यापारमा प्रभाव पर्ने निश्चित छ ।
कोरोनाको तीव्र प्रकोपसँगै हङकङमा रहेका नेपालीहरूको अवस्था पनि दयनीय छ । नेपालीको लगानी रहेका होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसाय महँगो भाडादर र कामदारको तलब खर्चका कारण बन्द भएका छन् ।
चीनमा कोराना भाइरस (कोभिड–१९) संक्रमणको मात्रा तीव्र भएसँगै हङकङले सबै नाका बन्द गर्यो । नागरिकलाई विभिन्न माध्यमको प्रयोगले सचेत बनाउँदै गयो । युरोपेली मुलुक इटाली, अमेरिकामा जुन तवरले भाइरसले आक्रमण गरिरहेको छ र मानिसको मृत्यु भइरहेको छ, त्यसको तुलनामा हङकङले आफूलाई बलियो र सचेत बनाइरहेको छ ।
स्वशासित भूमि भएकै कारण पनि चीन र हङकङको सम्बन्ध परस्पर छ । दैनिकी आवतजावतको संख्या हजारौँ हुने गर्छ । संक्रमणको यो अवस्थामा अन्य देशको तुलनामा हङकङमा ४ जनाले मात्र ज्यान गुमाउनु पनि प्रकोप नियन्त्रणको उदाहरणीय कार्य मान्न सकिन्छ ।
हङकङमा ४० हजार हाराहारीमा नेपाली बसोबास गर्छन् । वीर गोर्खालीको पहिचान बनाएका नेपालीको आफ्नै गरिमा र स्वाभिमान छ, हङकङमा । बसोबासको तेस्रो पुस्तासम्म आइपुग्दा नेपालीले साहसिक, बलिष्ठ र आँटी छविसँगै व्यापार, व्यवसाय र शिक्षा क्षेत्रमा लोभलाग्दो सफलता हासिल गरिसकेका छन् । सुरक्षा र निर्माण क्षेत्रमा इमानदारीसाथ मजदुरी गर्ने नेपालीले रोजगारको सिर्जना गर्न थालेका छन् । हङकङका गगनचुम्बी भवन र आधुनिक निर्माणका क्षेत्रमा विशिष्ट स्थान बनाएका छन् भने शिक्षा क्षेत्रमा लगानी र संलग्नता देखाएका छन् ।
पछिल्लो समय कोरोनाको तीव्र प्रकोपसँगै नेपालीको अवस्था पनि दयनीय बन्दै गइरहेको छ । कोरोना संक्रमणको डर र सरकारले जारी गरेको प्रकोप व्यवस्थापनको नियमअनुसार नेपालीको लगानी रहेका विभिन्न क्षेत्रमध्ये रेस्टुरेन्ट व्यवसाय धरापमा परिरहेको छ । सरकारी तवरबाट केही आर्थिक रकम राहतस्वरूप प्रदान गरिए पनि महँगो भाडादर र कामदारको तलबलगायतका खर्चले केही बन्द अवस्थामा समेत पुगेका छन् ।
यो पनि पढ्नुस
पर्यटन, होटल व्यवसायमा कार्यरत कयौँ नेपालीले रोजगारी गुमाइसकेका छन् भने कतिपय नेपाल फिर्तीको प्रयासमा छन् । कोरोना संकटका कारण धेरै नेपालीको रोजगारी र व्यापारमा प्रभाव पर्ने निश्चित छ ।
भाइरसको संक्रमण बढेसँगै हङकङलाई कर्मथलो बनाएका हजारौँ नेपालीहरू कामविहीन बनेका छन् । रोजगारको मुख्य क्षेत्र सुरक्षा र निर्माण व्यवसाय धमाधम बन्द भएसँगै एकैसाथ हजारौँ नेपाली कामविहीन बनेका हुन् । निर्माण व्यवसायको विभिन्न क्षेत्रमा काम गर्ने कामदारमा कोरोनाको लक्षण देखिएसँगै अस्थायी रूपमा व्यवसाय बन्द भएको छ । हङकङको समग्र अर्थतन्त्रमै गिरावट आएपछि ठूल्ठूला कम्पनीसमेत केही समयका लागि बन्द छन् ।
भाइरस भयकै कारण अधिकांश होटलहरू बन्द भएका छन् भने केही बन्द हुने अवस्थामा छन् । बाहिरको खानपिन र भीडभाडमा जाँदा संक्रमणको खतरा हुने भएकाले होटलमा काम गर्ने कामदारहरूको संख्या पनि घट्ने क्रममा छ । फोटो पत्रकार राजभक्त राई भन्छन्, ‘हङकङमा काम पहिलो प्राथमिकता हो । घरबाट पाइला निकाल्नेबित्तिकै पैसाको कारोबार सुरु हुन्छ । कामको अभावमा घरभाडा, पानी, बिजुली र दैनिक उपभोग्य सामान खरिद गर्न कठिनाइ भइरहेको छ ।’ सेल्स म्यानेजरका रूपमा कार्यरत सोनु सुब्बाको गुनासो छ, ‘जोहो गरेको रकमबाट दैनिकी चलाइरहेका छौँ । कामना गरौँ, चाँडै राम्रो हुनेछ ।’
महँगो मास्क, चौपट व्यवसाय
मास्क र स्यानिटाइजर जीवन बाँच्ने अमृतजस्तै भइसक्यो । मानिसको कपडा र विभिन्न सामग्रीको प्रत्यक्ष सम्पर्कमा हावाको माध्यमबाट एकअर्कामा सजिलै सर्ने कोरोनाबाट बच्नका लागि मास्क र स्यानिटाइजर अनिवार्य रूपमा प्रयोग गर्नुपर्छ । हङकङका तालुकदार निकायहरूको निरन्तर अनुगमन र निरीक्षणपछि मास्क, स्यानिटाइजरलगायत अत्यावश्यक सामग्रीको कालोबजारी त रोकियो तर उपलब्ध सामग्रीको मूल्यवृद्धि भयो । चर्को मूल्यलाई बेवास्ता गर्दै मास्क, स्यानिटाइजर खपत गरिरहेको स्थानीयहरू बताउँछन् ।
यो पनि पढ्नुस
अस्ट्रेलियालाई लकडाउन गरिएको भए पनि नेपालमा जस्तो छैन । ठूलठूला जहाजहरूबाट कोरोना संक्रमितहरू सिड्नी ओर्लिरहेका । संक्रमितहरूको संख्या बढिरहेको छ । मानिसहरूको चहलपहल उस्तै छ ।
हङकङका शमशेर लिम्बूले करिब २ दशक भयो व्यापार सुरु गरेको । अहिले उनीसँग दुइटा फ्रेस हाउस, एउटा ग्रोसरी र स्टोर रूम भाडामा छ । प्रतिमहिना घरभाडा मात्र ८० हजार ५ सय हङकङ डलर तिर्छन् । बार्बिक्यु, पार्टी, विवाहलगायतका कार्यक्रमहरूमा फ्रेस मासु सप्लाइसँगै दैनिक उपभोगका सामग्रीको बिक्री–वितरण गर्ने उनको व्यवसाय धरापमा परेको छ ।
‘कोरोनाको प्रकोप बढेसँगै कुनै पनि कार्यक्रम भएका छैनन् । मासुबाट भाइरस फैलन सक्ने खतरा भन्दै फ्रेस हाउस पनि राम्रो चलेको छैन । दैनिक उपभोग्य सामग्रीको होम डेलिभरी गरिररहेका छौँ । घरभाडा व्यवस्थापन गर्नै गाह्रो भइसक्यो’, लिम्बू दु:खेसो पोख्छन् ।
हङकङमा नेपालीहरुद्वारा सञ्चालित दुई दर्जनभन्दा बढी रेस्टुरेन्ट बारहरू छन् । बार, क्लबमा भेला भएर नाइट लाइफ सेलिब्रेट गर्नेहरूमा भाइरस संक्रमणको घटना देखिएसँगै प्रशासनले अनिश्चितकालका लागि सम्पूर्ण बारहरू बन्द गरिदिएको छ । ‘तय भएका कार्यक्रम संक्रमणको जोखिमले गर्दा रद्द भए । लाखौँ लगानी गरेर सुरु गरिएको पार्टी प्यालेस र रेस्टुरेन्टहरू धराशयी बनिरहेका छन्’, ब्लु ओसन रेस्टुरेन्ट तथा पार्टी प्यालेसकी म्यानेजर जेसिका सुनुवार भन्छिन् ।
घर फर्कन नपाउनुको पीडा
हङकङ, नेपाल उडान भरिरहेको क्याथे प्यासिफिकअन्तर्गतको ड्रागन एयरलाइन्स र नेपाल एयरलाइन्सले क्रमश: अर्को सूचना जारी नहुँदासम्मका लागि आफ्ना सम्पूर्ण उडान स्थगन गरेका छन् । ‘आफन्तहरू नेपालबाट फोन गर्नुहुन्छ, चिन्ता व्यक्त गर्नुहुन्छ । दिनहुँ समाचारमा आएका संक्रमण र मृत्युको घटनाले डराउनुहुन्छ तर उडान नै नभएपछि कसरी नेपाल जानू ?’ स्थानीय अनु लामा भन्छिन्, ‘नेपालमा संक्रमणको जोखिम भित्रन नदिनका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्द भएको हो । तर जब पीडा पर्छ, अभाव महसुस हुने र घर अनि आफन्तको याद आउने रहेछ ।’
यो पनि पढ्नुस
कोरोनाको संकट त छँदैछ तर तपाईँ मान्नुहुन्छ, परिवारमा रमाउने, घुलमिल हुने, अनुभव साटसाट गर्ने, बच्चाहरूलाई अभिभावकत्व महसुस गराउने समय धेरैपछि आएको छ ?
कोरोनाको त्रासबीचमा धेरै हङकङेलीहरूले नेपाल फर्कने मनस्थिति बनाएका छन् । फोटो पत्रकार कृष्ण गुरुङ भन्छन्, ‘पछिल्लो समय नेपाल गएर झन् संक्रमण फैलन सक्ने जोखिम हुन्छ । जहाँ छौँ, आफू सुरक्षित भएर बस्नुपर्छ । आफ्नो देश तथा आफन्तको याद र चिन्ता अवश्य हुन्छ तर सबैको मनोबल उच्च बनाउनका लागि प्रयास गर्नुपर्छ ।’
पहिलो नेपाली कोरोना संक्रमित
हङकङमा पहिलो पटक कोरोना संक्रमित एक नेपाली भेटिए । उनलाई कोभिड–१९ को संक्रमणको पुष्टि गर्दै अस्पताल भर्ना गरिएको छ । गुरुङ थरका २८ वर्षे उनी नाइट हव लाङकाई फोङस्थित बारमा कार्यरत थिए । आफ्ना सहकर्मी साथीहरूमा कोरोना संक्रमण देखिएसँगै उनले गरेको परीक्षण रिपोर्ट पोजिटिभ आएको हो । गुरुङको हङकङस्थित सेङ सुई नर्थ डिस्ट्रिक आईसीयुमा उपचार भइरहेको छ ।
एक नेपालीमा कोरोना संक्रमण देखिएसँगै सम्पूर्ण नेपाली समुदायमा चासो र चिन्ता बढेको छ । हङकङस्थित महावाणिज्य दूतावासले सम्पूर्ण हङकङेलीहरूलाई संयमित भइदिन अपिल गरेको छ । संक्रमणको यो दु:खद घडीमा एकले अर्काको मनोबल उच्च बनाउँदै व्यक्तिगत सरसफाइ र प्रकोप नियन्त्रणका कार्यमा सचेत हुन उसले आग्रह गरेको छ ।
‘विगतमा सार्सजस्तो खतरनाक भाइरसको महामारी हुँदा पनि हङकङमा एक जना नेपालीलाई समेत संक्रमण देखिएको थिएन । सायद त्यही आत्मविश्वासले नेपालीहरू कोरोनाको संक्रमणमा पनि परिँदैन भन्ने भ्रम थियो,’ स्थानीय गीता लिम्बू भन्छिन्, ‘नेपालीको बाक्लो भेटघाट, असावधानीले समुदायमै प्रकोपको रूप लिन सक्छ । बेलैमा सचेत हुन आवश्यक छ ।’
हङकङमा एक नेपालीसहित ६ स य ४१ जनामा कोभिड–१९ संक्रमण देखिएको छ भने ४ जनाको ज्यान गइसकेको छ । संक्रमणको जोखिम बढेसँगै हङकङ सरकारले नाइट हबको रूपमा चिनिएका सम्पूर्ण सहरका बार, रेस्टुरेन्टहरू बन्द गरिदिएको छ चजे फुड हबका रेस्टुरेन्टमा समेत १.५ मिटरका टेबुल राख्न निर्देशन दिइसकेको छ । सार्वजनिक ठाउँमा ४ जनाभन्दा बढी भेला हुन नपाइने नियम छ भने बार्बिक्यु, क्याम्पिनलगायतका मनोरञ्जनात्मक कार्यक्रम अर्काे सूचना जारी नहुँदासम्मका लागि बन्द गरिदिएको छ ।