कोभिड – १९ प्रकोपको अर्को चरणमा नेपाल
लकडाउनको यो चरणको पर्याप्त तयारी र त्यसको प्रभावकारी कार्यान्वयन् हुन नसके धेरै नागरिकहरूको लागि लकडाउन आफैँ कोभिड—१९ को प्रकोप जत्तिकै पीडादायी हुन सक्छ ।
कोरोनाको संकट त छँदैछ तर तपाईँ मान्नुहुन्छ, परिवारमा रमाउने, घुलमिल हुने, अनुभव साटसाट गर्ने, बच्चाहरूलाई अभिभावकत्व महसुस गराउने समय धेरैपछि आएको छ ?
हिजोआज मनोविश्लेषक वासु आचार्यको दैनिकी फेरिएको छ । बच्चालाई कथा सुनाउँछन् । कोठाको साजसज्जा मिलाउँछन् । गीत सुन्छन् । पुस्तक पढ्छन् । श्रीमतीसँग रमाइला गफ गर्छन् ।
आचार्यलाई धेरैपछि यसरी घरमा आनन्द लिने अवसर जुरेको हो । व्यस्त दैनिकीबाट फुर्सद निकाल्न पहिला हम्मेहम्मे पर्थ्यो । दसैँ–तिहारजस्ता चाडपर्व पनि दौडधूपमै बित्थ्यो । श्रीमती, छोराछोरीसँग पुराना कथा हालेर रत्तिन पाइँदैनथ्यो ।
"कहिले फुर्सद होला र आनन्दले बस्ने बेला आउँछ भनेर सोच्थेँ," आचार्य भन्छन्, "कारोना संक्रमणको डरमा सुरु भएको लकडाउनले परिवारसँग रमाउने समय मिलेको छ ।"
मनोविश्लेषक आचार्यले समय कटनीका लागि जे गरिरहेका छन्, त्यसले लकडाउनको सदुपयोगमात्र भइरहेको छैन, पारिवारिक आत्मीयता पनि बढाएको छ । पुस्तान्तरका अनुभव साटफेर भइरहेका छन्, जसले नयाँ पुस्ता र पुरानो पुस्ताका सोचाइको फरकपन बुझिएको छ ।
यो पनि पढ्नुस
लकडाउनको यो चरणको पर्याप्त तयारी र त्यसको प्रभावकारी कार्यान्वयन् हुन नसके धेरै नागरिकहरूको लागि लकडाउन आफैँ कोभिड—१९ को प्रकोप जत्तिकै पीडादायी हुन सक्छ ।
आचार्यको जस्तो दैनिकी सामाजिक सम्बन्धलाई कसिलो बनाउन सहयोगी हुन्छ । सकारात्मक सोचको विकास गराउँछ । सकारात्मक सोचले प्रतिरोधात्मक क्षमताको विकास गराउँछ ।
अहिले कोराना संक्रमणको डरले हरेक व्यक्तिमा तनाव थपेको छ । अझ, विभिन्न सामाजिक सञ्जालमा आउने भ्रामक समाचार र अफवाहले मनोसामाजिक समस्या निम्तिन थालेका छन् । एकातिर अपुरा सूचनाले निम्त्याएको सन्त्रास छ भने अर्कातिर एक्कासि घरभित्रै लकडाउन हुनुपर्ने बाध्यता ।
आकस्मिक परिघटनापछि संसारभर नै मनोसामाजिक समस्या सिर्जना हुन्छ । त्यही कारण अहिले पनि आचार्यको फोन बजिरहन्छ, मनोपरामर्शका लागि । आचार्य भन्छन्, "कोरोनाका कारण सिर्जना भएको मनोसामाजिक समस्या लिएर फोन गर्नेहरूलाई निःशुल्क परामर्श दिइरहेको छु ।"
यो पनि पढ्नुस
आठ महिनादेखि मिर्गौलाको उपचार गराइरहेका सन्तोष यादव फलोअपका लागि भरतपुर पुगेका थिए । तर कोरोनाको शंकैशंकामा थुनुवाझैँ बनाएर राखियो । राम्रो उपचार नपाएरै उनको ज्यान गयो ।
लकडाउनको अघिल्लो दिनसम्म सयौँलाई मनोपरामर्श दिइरहेका आचार्यलाई पनि एक्कासि घरभित्र बस्दा छटपटी र औडाहा त भएकै थियो । तर मनलाई बाँधेर राखे, खुसी, सकारात्मक सोच, सामाजिक सम्बन्ध र दैनिकी परिवर्तन गरेर । त्यही कारण आपतकालीन अवस्थाबाट मुक्ति लिन सबैभन्दा पहिला व्यक्तिमा स्वीकार गर्ने क्षमता र आदत हुनुपर्ने आचार्य औँल्याउँछन् । भन्छन्, "आपतकालीन अवस्थाको स्वीकोरोक्तिले आत्मबल बढाउँछ र सुरक्षित हुन सिकाउँछ ।"
मनोविद्हरूका अनुसार अपर्झट आउने परिस्थितिले व्यक्तिको मनोविज्ञान प्रभावित भइरहन्छ । विपत्तिले चिन्ता र तनावमात्रै ल्याउँदैन, त्यसबाट उम्किन नजान्दा डिप्रेसन र मनोरोगसम्म पुगिन्छ । जब संसारभर कोराना संक्रमणको फैलावटले नेपाली सीमा छोयो, त्यसपछि नेपाली समाज पनि चिन्ता र तनावमा फसेको छ । सामाजिक सञ्जालमा आउने गलत र भ्रामक सूचना, पीडाजन्य घटनाको प्रचार, नकारात्मक सोचको विस्तारले कोरानाबाट बच्ने उपायको खोजीभन्दा डर, आतंक र अत्यासको फैलावट बढ्ता हुने गरेको छ ।
यो पनि पढ्नुस
स्वास्थ्य मन्त्री भानुभक्त ढकाल मन्त्रालयका अधिकारीहरूमाथि हस्तक्षेप गरेरै भए पनि आफू अगाडि देखिन चाहन्छन् । फलतः कोरोना रोकथामका लागि एकद्वार प्रणालीबाट काम अगाडि बढ्न सकेको छैन ।
१२ वैशाख ०७२ को भुइँचालोकै उदाहरण लिँदा पनि मनोसामाजिक समस्या जटिल देखिन्थ्यो । अकस्मात् आइलागेको त्यो विपत्तिको सन्त्रासबाट छुटकारा खोज्नेभन्दा त्यही घटनाको वरिपरि रहेर गरिने अनेकन अड्कलबाजीले मनोविज्ञानमा गम्भीर असर पुर्याएको थियो ।
त्रिभुवन विश्वविद्यालयका मनोविज्ञान विषयका प्राध्यापक शिशिर सुब्बाका अनुसार भुइँचालोको बेलामात्रै ३३ देखि ३६ प्रतिशत नेपालीमा मनोवैज्ञानिक समस्या थिए । त्यसमा पनि महिला र बालबालिकामा यो समस्या बढी थियो । एन्जाइटी र डिप्रेसनमा पर्ने त्यो संख्या निकै डरलाग्दो रहेको सुब्बाको अनुभव छ ।
तीमध्ये अधिकांश पूर्वावस्थामा फर्किए, जसको महत्त्वपूर्ण भूमिका सामाजिक सम्बन्ध थियो । सुब्बाको भनाइमा नेपाली समाजको बनोट, विश्वास र अन्तरसम्बन्धले भुइँचालोको समयमा धेरै हदसम्म मनोवैज्ञानिक समस्या पूर्वावस्था आउन सहयोगी बनेको थियो ।
सुब्बाको अनुभवमा ४ वर्षअघिको भुइँचालोमा समाजको बनोटले ठूलो संख्यामा नेपाली मनोसामाजिक समस्याबाट उम्किएका थिए । भुइँचालोबाट सिर्जित मनोसामाजिक समस्या तामाङ समुदायमा सबैभन्दा छिटो पूर्वावस्थामा आएको थियो । सुब्बा भन्छन्, "नेपाली समाजको बनोट सहयोगी छ, त्यसले गर्दा मनोसामाजिक समस्या छिटो पूर्वावस्थामा फर्किन्छ, तर युरोप व्यक्तिवादी समाज भएकाले समस्या जटिल हुन्छ ।"
यो पनि पढ्नुस
बिरामीको उपचार गर्न नमान्ने निजी अस्पतालहरूसँग मन्त्रालयले स्पष्टीकरण त लियो तर थप कारवाही के गर्ने ? मन्त्रालयका उच्च अधिकारीहरू नै अन्योलमा छन् ।
आपतकालीन विपत्ति र युद्धले सामाजिक संरचनामात्र होइन, मनोवैज्ञानिक प्रभाव पनि पारेको हुन्छ । विपत्तिपछिको अर्को आपतका रुपमा पनि व्याख्या हुन्छ, मनोवैज्ञानिक समस्याको ।
मनोविद् सुब्बा सामाजिक सञ्जालमा आउने अफवाह, व्यक्तिले सुनाउने अप्रमाणित कथ्यले तनाव सिर्जना गर्ने बताउँछन् । "अपुरा र गलत सूचनाको सिकारबाट तनाव, चिन्ता र डिप्रेसनमा पुगिन्छ," सुब्बा भन्छन्, "रुटिनमा बाँचेको मान्छे विपत्तिले दैनिकी छरपस्ट हुँदा पनि तनावमा जान्छ, त्यसकारण लकडाउनपछि मनोवैज्ञानिक असर पर्न थालेको छ ।"
मनोविद्हरूको भनाइमा आपतकालीन प्रकोप र विपत्तिको मनोवैज्ञानिक प्रभावले मानिस एन्जाइटी, डिप्रेसन र मनोरोगसम्म पुग्छन् । भलै त्यसमध्ये धेरैमा एन्जाइटी र डिप्रेसन हुन्छ, जो उचित परामर्शपछि पूर्वावस्थामा आइपुग्छन् ।
मनोविद्हरू विपत्तिले निम्त्याउने मनोवैज्ञानिक सन्त्रासलाई अस्वाभाविक भने ठान्दैनन् । तर, आफ्ना दैनिक क्रियाकलाप र सोचाइले डर, चिन्ता, तनाव र डिप्रेसनलाई जित्न सकिन्छ । आफ्नो नियन्त्रणमा रहन सक्ने विषयलाई मात्रै ध्यान दिने र दैनिक आवश्यकताका सामग्रीको बन्दोबस्तीमात्र होइन, साथीभाइ, नातेदारसँगको नियमित सम्पर्क र सम्बन्धले पनि मनोवैज्ञानिक असर कम गर्ने सुब्बा बताउँछन् ।
यो पनि पढ्नुस
पछिल्ला केही वर्षयताका राजनीतिक घटनाक्रम होउन्, या सामाजिक, निर्मला हत्याकान्डलाई छाड्ने हो भने बाँकी सबका सब मुद्दाहरूलाई हामीले बेवास्ता गरिदियौँ । यस्तै व्यवहार गरेका छौँ हामीले कोरोना स्वास्थ्य प्रकरणलाई पनि ।
विपत्तिलाई विश्लेषण गर्ने मानिसको प्रवृत्ति मूलतः तीन प्रकृतिको हुन्छ, एक यथार्थपरक, दुई विरोधाभासी र तीन हलुका रुपमा लिने । जसले विपतलाई यथार्थ रुपमा बुझ्छ, त्यस्ता व्यक्ति मनोसामाजिक समस्यामा कम पर्छन् । तर जो विरोधाभासी हुन्छन्, उनीहरू अन्टसन्ट सूचना मात्रै लिँदैनन्, त्यसरी नै व्याख्या गरेर सन्त्रास फैलाउँछन् र विपत्तिलाई सामान्य ठान्नेहरू पनि अपर्झट आउने आपतबाट संक्रमित हुन्छन् ।
आचार्यको भनाइमा रोगको फैलिँदो महामारीबाट व्यक्तिमा उत्पन्न डरले दिक्क मान्ने, असहज हुने, परिवारकै सदस्यबीच पनि समाहित हुन नसक्ने, घरभित्र टिक्नै नसक्ने समस्या हुन्छ । तर त्यसलाई सहजै सम्बोधन गर्न सकिन्छ । त्यसका लागि व्यक्ति स्वयंले विपत्तिलाई आपतकालीन घटनाभन्दा धेरै बुझ्न र व्याख्या गर्ने क्षमता हुँदैन । यस्ता आपतहरू आउँछन्, जान्छन् भन्ने मनोविज्ञान तयार गर्नुपर्छ । ताकि विगतमा पनि महामारी आएकै थिए । भुइँचालो आएकै थियो । युद्ध भएकै थिए । ती सबै आपतहरूबाट उम्किएर आएकाले कोरोना महामारीबाट उम्किन सकिन्छ भन्ने मनोबलको आवश्यकता बढ्ता परेको छ ।
यो पनि पढ्नुस
राष्ट्रिय स्वास्थ्य परीक्षण प्रयोगशाला टेकुमा मात्र कोरोना भाइरस परीक्षण हुने र काठमाडौँबाहिर पर्याप्त मात्रामा जनशक्तिका साथै चिकित्सकको प्रबन्ध नभएको अवस्था छ ।
मनोचिकित्सकहरूको भनाइमा पानी पर्दा छाता ओढ्ने हो भन्ने मनोविज्ञानमा कोरोना आउँदा घरभित्र बसेर सुरक्षित हुने ठान्नुपर्छ । त्रसित, चिन्तित, आतंकित, अलमल र अत्यासमा हराउनुभन्दा महामारी भए कसरी लड्ने तयारीमा जुट्दा पनि आत्मबल उँचो भइराख्छ । सुब्बा भन्छन्, "अहिले सबै जना डाक्टर भएका छन्, त्यस्तो नभई विज्ञहरूको कुरामात्रै सुन्नुपर्छ र उनीहरूको सुझावलाई गम्भीर रुपमा ध्यान दिनुपर्छ ।"
परिवारमा रमाउने, घुलमिल हुने, अनुभव साटसाट गर्ने, बच्चाहरूलाई अभिभावकत्व महसुस गराउने समय धेरैपछि आएको छ । परिवारका सदस्यको रुचि अनुसारका कार्य गरे घरलाई रमाइलो बनाउँदा नकारात्मक सोचको विकास हुनै पाउँदैन । अर्थात् परिवारमा रमाउँदै जानुस्, संकट टर्दै जान्छ ।
लकडाउनमा विज्ञको सुझाव
नागरिकले के गर्ने ?
सरकारले के गर्ने ?
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...