कोभिड – १९ प्रकोपको अर्को चरणमा नेपाल
लकडाउनको यो चरणको पर्याप्त तयारी र त्यसको प्रभावकारी कार्यान्वयन् हुन नसके धेरै नागरिकहरूको लागि लकडाउन आफैँ कोभिड—१९ को प्रकोप जत्तिकै पीडादायी हुन सक्छ ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकाल मन्त्रालयका अधिकारीहरूमाथि हस्तक्षेप गरेरै भए पनि आफू अगाडि देखिन चाहन्छन् । फलतः कोरोना रोकथामका लागि एकद्वार प्रणालीबाट काम अगाडि बढ्न सकेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ११ चैतमा मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को अवस्थाबारे लाइभ भिडियोमार्फत प्रेसलाई जानकारी गराए । त्यसको अघिल्लो दिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रालयमा गरेको भीडभाडसहितको पत्रकार सम्मेलनको तीव्र आलोचना भएपछि उनले भिडियो लाइभ गरेका थिए । मन्त्री ढकालले फ्रान्सबाट स्वदेश फर्किएकी १९ वर्षीया छात्रामा कोरोना भाइरसको संक्रमण पुष्टि गर्न पत्रकार सम्मेलन गरेका थिए । जब कि, गृह मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन नपाउने सर्कुलर त्यसअघि नै गरिसकेको थियो । त्यसको मन्त्रीले नै उल्लंघन गरिदिए ।
मन्त्री ढकालले अब कोरोनाबारे मन्त्रालयका प्रवक्ताले नै प्रेसलाई भिडियो लाइभमार्फत जानकारी गराउने बताए पनि १२ चैतमा फेरि उनै अघि सरे । त्यति मात्र होइन, संयुक्त अरब इमिरेट्स (यूएई) बाट ६ चैतमा नेपाल आएका व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएकामा उनले कतारबाट आएका व्यक्तिमा कारोनाको संक्रमण पुष्टि भएको गलत सूचना दिए ।
"मन्त्रीज्यूको वक्तव्यमा यूएई नै लेखेका थियौँ, तर उहाँले बोल्दा त्रुटि गर्नुभएको हो," स्वास्थ्य मन्त्रालयका एक अधिकारीले नेपालसँग भने । त्यसको केही घन्टामै स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर क्षमा माग्दै संक्रमित व्यक्ति एयर अरेबियाको जी ९५३७ बाट ६ चैत राति १०ः०९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उल्लेख गर्यो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ पुगेकामा १ जना घर फर्किसकेका छन् ।
हुन त मन्त्री ढकालले प्रेस ब्रिफिङ गर्नुअघि नै कारोना संक्रमितबारेको जानकारी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट बाहिरिसकेको थियो । उपचारमा संलग्न चिकित्सकलाई नै जानकारी नहुने तर मिडियाबारे खबर थाहा पाउनुपर्ने अवस्था रहेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक र कर्मचारी रुष्ट बने । उनीहरू अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीको कार्यकक्ष नै घेर्न पुगे । यो पहिलो पटकको घटना थिएन । १० चैतमा फ्रान्सबाट फर्किएकी छात्रालाई कोरोना पुष्टि भएको पनि त्यहाँका चिकित्सकहरूले बाहिरबाटै थाहा पाएका थिए ।
मन्त्री ढकालले स्वास्थ्यका कर्मचारी र चिकित्सकलाई विश्वासमा लिन नसकेको प्रमाणका लागि यी प्रकरण नै काफी छन् । बरु उनी मन्त्रालयका अधिकारीहरूमाथि हस्तक्षेप गरेरै भए पनि आफू अगाडि देखिन चाहन्छन् । फलतः कोरोना रोकथामका लागि एकद्वार प्रणालीबाट काम अगाडि बढ्न सकेको छैन । टेकु अस्पतालका निर्देशक डा. राजभण्डारी समन्वय अभाव खड्किएको स्वीकार्दै भन्छन्, "१३ चैतमा बैठक बस्यो । अब टिमवर्कमा अगाडि बढ्ने सहमति भएको छ ।"
'कस्तो मनोविज्ञान स्थापित भयो भने स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा उपकरण (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट - पीपीई) बिना घरमा भात पकाउन पनि खतरा हुन्छ भन्ने खालको..,' स्वास्थ्य मन्त्री ढकालले हालै मात्र निजी स्वास्थ्य संस्थाहरूसँगको अन्तर्क्रियामा चिकित्सकलाई लक्षित गरी दिएको अभिव्यक्ति हो ।
कोरोना भाइरसका कारण मुलुक लकडाउनको अवस्थामा पुगे पनि उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पीपीईको अभाव छ । चिकित्सकहरूले भन्न थालेका छन्, 'सुरक्षाबिना कसरी उपचार गर्नु ?' सरकारले पीपीई खरिद गर्ने निर्णय गरे पनि अझै भित्रिएको छैन । यो अवस्थामा मन्त्री ढकालले उनीहरूको हौसला बढाएर अगाडि बढ्नुपर्नेमा उल्टै हतोत्साहित गरिरहेका छन् ।
मन्त्री ढकालको विवादित अभिव्यक्तिपश्चात प्रधानमन्त्री केपी ओलीले चिकित्सक र स्वास्थ्यकर्मीलाई थमथमाउने प्रयास गरेका छन् । उनले १३ चैतमा सामाजिक सञ्जाल फेसबुकमा लेखे, 'तपाईंहरूकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन्, धैर्य गरौँ । कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौँ । सरकार तपाईँहरूसँगै छ, चिन्तित नहोऔँ ।
यो पनि पढ्नुस
लकडाउनको यो चरणको पर्याप्त तयारी र त्यसको प्रभावकारी कार्यान्वयन् हुन नसके धेरै नागरिकहरूको लागि लकडाउन आफैँ कोभिड—१९ को प्रकोप जत्तिकै पीडादायी हुन सक्छ ।
मन्त्री ढकाल गत फागुन अन्तिम साता ‘नेपालमा कोरोना संक्रमण फैलिए सबैलाई क्वारेन्टाइनमा राख्न सकिँदैन’ भनेर अभिव्यक्ति दिएपछि संसदमा समेत तीव्र आलोचना भयो । जब कि, कोरोना रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको १२ चैतको बैठकले प्रदेश र स्थानीय तहहरूले क्वारेन्टाइनको व्यवस्था गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । यद्यपि, सेल्फ र होम क्वारेन्टाइनको व्यवस्था कायमै छ ।
मन्त्री ढकाल उक्त समितिका सदस्य पनि हुन् । कोरोना रोकथामका लागि तालुक मन्त्रालय पनि स्वास्थ्य नै हो । तर प्रश्न उठ्छ, 'उनी कसबाट बिफ्रिङ लिन्छन् ?'
स्वास्थ्य मन्त्रालयमा २ सचिव (प्रशासन र प्राविधिक) को दरबन्दी छ । तर अहिले प्रशासनतर्फ यादव कोइराला मात्र छन् । लामो समय गृह मन्त्रालय र त्यसअन्तर्गतका निकायको अनुभव रहेका कोइरालालाई मन्त्री ढकालले आफू कानुनबाट स्वास्थ्यमा सरुवा भएसँगै संघीय मामिलाबाट ल्याएका थिए ।
यो पनि पढ्नुस
बिरामीको उपचार गर्न नमान्ने निजी अस्पतालहरूसँग मन्त्रालयले स्पष्टीकरण त लियो तर थप कारवाही के गर्ने ? मन्त्रालयका उच्च अधिकारीहरू नै अन्योलमा छन् ।
सचिव डा. पुष्पा चौधरी राजीनामा दिएर विश्व स्वास्थ्य संगठनमा गएपछि प्राविधिकतर्फको सचिव पद रिक्त छ । यसअघि चिकित्सक नै स्वास्थ्य सचिव रहन्थे । तर २ वर्षअघि मात्र २ सचिवको दरबन्दी कायम गरिएको थियो ।
सचिव कोइरालाले १३ चैतमा मिडिया ब्रिफिङमार्फत दिएको अभिव्यक्ति पनि विवादमा तानिएको छ । सरकारले ५० वा त्यसभन्दा बढी शय्या भएका अस्पतालमा 'फिभर क्लिनिक' खोल्न निर्देशन दिए पनि निश्चित अस्पतालबाहेकले सम्भावित संक्रमितलाई भर्ना लिन मानेका छैनन् । बरू आशंका लागेकालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानमा रेफर गरिरहेका छन् ।
स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षालाई मजबुद बनाउँदै उक्त निर्णय कडीकडाउका साथ कार्यान्वयन गर्नुपर्नेमा सचिव कोइरालाले भनेका थिए, 'रुघाखोकी र ज्वरो आएका सम्भावित संक्रमितलाई चेकजाँच गर्न पीपीई चाहिँदैन, मास्क, ग्लोब, चस्मा र क्याप लगाएर जाँच गर्नुपर्नेछ ।' स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. लक्ष्मीराज पाठक टिप्पणी गर्छन्, "यो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति हो । सम्भावित संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि पीपीई अनिवार्य छ । जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मीको मनोबल खस्किने गरी अभिव्यक्ति दिनु विडम्बना हो ।"
अहिले कोरोनाको आशंकमा रहेकाहरूको जाँच, स्वास्थ्यकर्मी परिचालन, किटको पूर्ति, औषधि र स्वास्थ्य उपकरणका लागि ठोस कार्ययोजना बनाउनुपर्ने अवस्थामा मन्त्री ढकालले प्राविधिक कर्मचारीलाई साथमा लिन सकेका छैन । विशेषगरी भारतसहित बाह्य मुलुकबाट आएकालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखेर नमुना जाँच गर्नुपर्नेमा त्यसो हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन्, "मन्त्रीज्यू म कानुन मन्त्रालय चलाएर आएको भनेर भन्नुहुन्छ, जहिल्यै कटाक्ष गरेर बोल्नुहुन्छ ।"
यो पनि पढ्नुस
पछिल्ला केही वर्षयताका राजनीतिक घटनाक्रम होउन्, या सामाजिक, निर्मला हत्याकान्डलाई छाड्ने हो भने बाँकी सबका सब मुद्दाहरूलाई हामीले बेवास्ता गरिदियौँ । यस्तै व्यवहार गरेका छौँ हामीले कोरोना स्वास्थ्य प्रकरणलाई पनि ।
मन्त्री ढकालले ८ फागुनमा हेल्थ इन्स्पेक्सन समूहका महेन्द्र श्रेष्ठलाई महानिर्देशकमा नियुक्त गरे । उनले पनि मुलुकभरका स्वास्थ्य संस्थासँग समन्वय गर्न सकेका छैनन् । श्रेष्ठ नेकपा निकट हुन् । चिकित्सकको छाता संगठन नेपाल चिकित्सक संघले गैरचिकित्सकलाई महानिर्देशक नियुक्तिको विरोध नै गरेको थियो । जब कि, विभाग स्थापनाकालदेखि चिकित्सकलाई नै महानिर्देशक नियुक्ति गरिँदै आएको थियो ।
यति मात्र होइन, ढकालले स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. रोशन पोखरेललाई मन्त्रालयमा तानेर भूमिकाविहीन बनाए । सहायक प्रवक्ता भनिए पनि उनलाई मिडियामा बोल्न दिइएको छैन । मन्त्री ढकाल स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका स्वास्थ्य समन्वय महाशाखाका प्रमुख डा. विकास देवकोटा लगायतको ब्रिफिङ लिन्थे । तर पछिल्लो पटक सूचना प्रवाहको विषयमा उनीहरूबीच खटपट भएको छ ।
मन्त्री ढकालले आफूसँग सल्लाह नगरी सूचना प्रवाह नगर्न डा. देवकोटालाई समेत निर्देशन दिएका छन् । देवकोटा र पोखरेल कांग्रेस निकट हुन् । मन्त्री ढकाल अभिभावकत्व निर्वाह गर्न छाडेर कर्मचारीलाई छायामा राखेरै भए पनि अग्रपंक्तिमा देखिन चाहन्छन् । ढकालले नीति तथा योजना महाशाखाका प्रमुख डा. गुणराज लोहनीको साथ लिन थालेका छन् । लोहनी नेकपा (तत्कालीन माओवादी केन्द्र) निकट हुन् ।
मन्त्री ढकालले उपल्लो तहका कर्मचारीलाई साथ लिन नसकेका बेला १० चैतमा मात्र डा. खेम कार्की स्वास्थ्यविज्ञ सल्लाहकारमा भित्रिएका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का समुदाय चिकित्सक विभाग प्रमुख समेत रहेका डा. कार्कीलाई मन्त्री ढकालको प्रस्तावमा मन्त्रिपरिषद्ले विज्ञ सल्लाहकारका रुपमा नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्री ढकालले हिजोआज डा. कार्कीबाटै सरसल्लाह लिने गरेका छन् ।
यो पनि पढ्नुस
कोरोना संक्रमणको सन्त्रास त छँदैछ, उपभोक्तालाई भान्साको चिन्ता पनि छ । दैनिक उपभोग्य सामग्रीको अभाव हुने चिन्ता उपभोक्ताहरूमा देखिन्छ ।
यो पनि पढ्नुस
विदेशमा डराइडराइ काममा गइरहेका नेपाली कोरोना भाइरस संक्रमणले निम्त्याएको संकटका कारण रोजगारी नै गुम्ने हो कि भन्ने त्रासमा छन् ।
यो पनि पढ्नुस
महामारीका रुपमा फैलिइरहेको कोभिड-१९ संक्रमण नेपालमा पनि देखिएपछि एक साताका लागि मुलुक लकडाउन ।
यो पनि पढ्नुस
विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाको मनोवैज्ञानिक त्रास सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म छ । तर टेकु अस्पतालमा बिरामी त परै जाओस्, एप्रोन लगाएका डाक्टर र नर्स बिनामास्क खुलेआम घुमिरहेका देखिन्छन् ।
यो पनि पढ्नुस
लकडाउनको अवस्थामा के गर्न हुन्छ ? के गर्न हुँदैन ? डा. समीरमणि दीक्षितको भिडियोः
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...