स्वास्थ्य संकटकाल : मिलेर सामना गरौँ [विशेष सम्पादकीय]
समय छँदै देखाइने अग्रसरता यही स्तरमा कायम रहे हामी सम्भवत: यो विश्वव्याधि छल्न सफल राष्ट्र बन्न सकौँला । तर त्यसका लागि प्रार्थना गरेर बस्ने बेला छैन, नआत्तिईकन सक्दो कदम चालौँ ।
विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाको मनोवैज्ञानिक त्रास सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म छ । तर टेकु अस्पतालमा बिरामी त परै जाओस्, एप्रोन लगाएका डाक्टर र नर्स बिनामास्क खुलेआम घुमिरहेका देखिन्छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा सागरराज भण्डारीले आफूलाई ‘कोरोना अस्पतालका डाइरेक्टर’ का रूपमा चिनाउन थालेका छन् । ३ चैत दिउँसो नेपाल प्रतिनिधि टेकु अस्पताल पुग्दा उनी कोभिड–१९ को त्रासमा रहेका डाक्टर र नर्सहरूलाई काउन्सिलिङ दिएर भर्खरै कार्यकक्ष फर्किएका थिए ।
चीनको वुहानबाट फैलिएको महामारी कोरोना भाइरसको उपचारमा संलग्न थुप्रै स्वास्थ्यकर्मीको मृत्यु भएको थियो । भारतमा मात्रै ४३ स्वास्थ्यकर्मीलाई संक्रमण भएको छ । इटालीमा ३ हजार स्वास्थ्यकर्मी संक्रमित छन् । कोरोना प्रभावित देशहरूबाट फर्किएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सीमा नाकामा जाँच गर्दा रुघाखोकी र ज्वरो देखिए सीधै टेकु अस्पताल पठाउने गरिएको छ ।
अन्य सरुवा रोगभन्दा दस गुणा बढी सर्ने सम्भावना भएको कोरोनाबाट स्वास्थ्यकर्मी जोखिममा देखिएका छन् । विभिन्न सूचनाले आतंकित स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न दैनिक परामर्श दिने गरिएको डा भण्डारी बताउँछन् । भन्छन्, “स्वास्थ्यकर्मी त्रासमा भए पनि काममा निरन्तर लागिरहेका छन् ।”
ती व्यक्तिलाई आइसोलेसन (अरू बिरामीबाट अलग राख्ने प्रक्रिया) मा भर्ना गरेर नमुना परीक्षण गरिएको छ । निर्देशक डा भण्डारीका अनुसार कोरोना भाइरस हो कि होइन भन्ने थाहा पाउन र अन्य बिरामीमा संक्रमण हुन नदिन अहिले ५ बेडको छुट्टै आइसोलेसन वार्ड बनाइएको छ । त्यसमा दुई बिरामी छन् भने एक जना आईसीयुमा छन् ।
विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाको मनोवैज्ञानिक त्रास सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म छ । तर टेकु अस्पतालमा बिरामी त परै जाओस्, एप्रोन लगाएका डाक्टर र नर्स बिनामास्क खुलेआम घुमिरहेका देखिन्छन् । सरकारले बजारमा सहजै मास्क पाइने प्रबन्ध गर्न सकेको छैन ।
यो पनि पढ्नुस
समय छँदै देखाइने अग्रसरता यही स्तरमा कायम रहे हामी सम्भवत: यो विश्वव्याधि छल्न सफल राष्ट्र बन्न सकौँला । तर त्यसका लागि प्रार्थना गरेर बस्ने बेला छैन, नआत्तिईकन सक्दो कदम चालौँ ।
सरकारी तथा निजी अस्पतालले रुघाखोकी लागेकालाई पनि इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) को परीक्षण नगरी कोरोना आशंका गरी टेकु अस्पताल पठाउने गरेका छन् । ३ चैतमा रुघाखोकी र ज्वरोको उपचार गराउन जाँदा चतुर्भुज घिमिरेलाई बी एन्ड बी अस्पताल ग्वार्कोले कोरोनाको आशंकामा टेकु पठाइदियो । उनी आत्तिँदै अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाको कार्यकक्ष छिरे । डा अनुप सुनाउँछन्, “अस्पतालले रुघाखोकीका बिरामीको इन्फ्लुएन्जासमेत परीक्षण नगरी पठाउँछन्, यति कुरा त बुझ्नुपर्ने हो ।”
हुन पनि बिरामीलाई परामर्श दिन नसकेर नर्सहरू डराएका देखिन्छन् । उनीहरू पटक– पटक अस्पतालका प्रवक्ताको कक्षमा पसे । आइसोलेसन कक्षमा छुट्टै विशेषज्ञ खटाउनुपर्ने भए पनि डाक्टरहरूले अन्य सरुवा रोग लागेका बिरामीको पनि चेकअप गर्नु परेको छ ।
मौसम परिवर्तनसँगै अहिले रुघाखोकी र ज्वरोका बिरामी बढिरहेका छन् । स्वास्थ्यकर्मीहरूले सामान्य रुघाखोकी र ज्वरोलाई पनि कोरोना ठान्न थालेकाले बिरामीलाई दैनिक परामर्श दिएर पठाउने गरेको सुनाउँदै अनुप भन्छन्, “डाक्टरलाई पनि काउन्सिलिङ गर्नुपर्ने अवस्था आयो ।”
कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएका व्यक्ति पनि घर नफर्की टेकु अस्पतालकै क्वारेन्टाइनमा बस्ने गरेका छन् । आइसोलेसन कक्षमा छुट्टाछुट्टै बस्नुपर्छ । आफन्त पनि भेट्न पाइँदैन ।
यो पनि पढ्नुस
लकडाउनको अवस्थामा के गर्न हुन्छ ? के गर्न हुँदैन ? डा. समीरमणि दीक्षितको भिडियोः
एकान्तबासमा उपचारकर्मी : कोरोना आशंकामा आइसोलेसनमा भर्ना भएका बिरामीको उपचार गरिरहेका डा विकेश श्रेष्ठ परिवारसँग बस्दैनन् । भन्छन्, “परिवार संक्रमित नहोस् भनेर एक्लै बस्ने गरेको छु ।” विकेशका अनुसार बिरामी आइसोलेसनमा भर्ना भएदेखि नमुना परीक्षणको रिपोर्ट नआउँदासम्म रोगको पुष्टि हुँदैन ।
विश्व स्वाथ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसारको पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई) लगाएर बिरामीे उपचार गरिए पनि संक्रमणबाट शतप्रतिशत सुरक्षित नहुने डा श्रेष्ठको भनाइ छ । भन्छन्, “कोरोना संक्रमित धेरै बिरामी आएको भए हामीलाई पनि संक्रमण हुन्थ्यो, डर लागे पनि उच्च आत्मविश्वासका साथ काम गरिरहेका छौँ ।”
आइसोलेसन कक्षमा बिरामीको जाँच गर्ने डा विकेश जनरल वार्ड र ओपीडीका बिरामी पनि हेर्छन् । आइसोलेसन इन्चार्जसमेत रहेकी अस्पताल नर्सिङ निरीक्षक बेली पौडेल पनि घरको छुट्टै कोठामा बस्छिन् । “आफूलाई सरे पनि परिवारका सदस्यलाई नसरोस् भनेर उनीहरूको नजिक जाँदिनँ, पीपीई लगाउँदा र खोल्दा सामान्य त्रुटि भए पनि सर्ने सम्भावना हुन्छ,” उनी भन्छिन्, “घरमा छुट्टै बसे पनि अस्पताल जाँदा र आउँदा बस चढ्नुपर्छ ।”
यो पनि पढ्नुस
सरकारले कोरोनाको उपचारका लागि तयारी गरेको दाबी गरे पनि प्रदेशका अस्पतालमा पर्यापप्त मात्रामा आइसोलेसन कक्ष, आईसीयु, पीईई प्रोटोकल र दक्ष जनशक्ति छैनन् ।
आइसोलेसन वार्डमा रहेका बिरामी र स्वास्थ्यकर्मीलाई समेत काउन्सिलिङ गरिरहेका अस्पतालका प्रवक्ता डा बाँस्तोला भन्छन्, “अस्पताल बसेका ५५ जना कोरोना पोजेटिभ भेटिएको भए हामी पनि संक्रमित भइसक्थ्यौँ ।” अहिले सुरक्षाका लागि १ हजार पीपीई मात्रै मौज्दात रहेको उनको भनाइ छ ।
काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै कोरोना परीक्षण हुन्छ । ल्याब परीक्षणबिना कोरोनाबारे यकिन हुँदैन । कोरोना यकिन गर्न बिरामीको मुख र नाकको र्यालको नमुना परीक्षण गरिन्छ ।
कोरोनाको त्रासबीच प्रयोगशालामा स्वास्थ्यकर्मीहरू निरन्तर काम गरिरहेका छन् । प्रयोगशालाका माइक्रो बायोलोजिस्ट डा रञ्जित शाह त्रास फैलिएदेखि आफन्त र साथीहरू नजिक नै नपरेको अनुभव सुनाउँछन् ।
कोरोना प्रभावित देशबाट फर्किएका व्यक्तिको नमुना परीक्षण गर्दा सामान्य लापरबाही भए पनि संक्रमण हुन सक्ने खतरा हुन्छ । डा शाह भन्छन्, “जोखिमपूर्ण इन्फ्लुएन्जासहित विभिन्न संक्रमण फैलिने रोगको परीक्षण गर्दै आएकाले अभ्यस्त छौँ, संक्रमण फैलिए पनि काम छाड्ने छैनौँ ।”
३ चैतमा स्वास्थ्यकर्मीको आत्मविश्वास बढाउन कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले चिकित्सक र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरिसकेको छ ।
यो पनि पढ्नुस
महामारीका रुपमा फैलिइरहेको कोभिड-१९ संक्रमण नेपालमा पनि देखिएपछि एक साताका लागि मुलुक लकडाउन ।
५ सय ३० नमुना नेगेटिभ : १० माघ ०७६ देखि ५ चैतसम्म कोरोनाको आशंकामा परीक्षण गरिएका ५ सय ३० नमुना नेगेटिभ देखिएका छन् । तीमध्ये चीनको वुहानबाट फर्किएका एक जनामा मात्रै कोरोना संक्रमण देखिएको थियो । उपचारपछि उनी निको भइसकेका छन् ।
प्रयोगशालाका प्रवक्ता डा राजेशकुमार गुप्ताका अनुसार परीक्षण गरिएका प्रत्येक तीन वटा नमुनामा इन्फ्लुएन्जा देखिएको छ । नेगेटिभ देखिएका प्रत्येक दुइटामा पनि कोरोना जाँच गर्दा नेगेटिभ देखिएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको बायोसेफ्टी ल्याब ‘टु’ र ‘थ्री’ रहेकाले परीक्षणमा शंका गर्ने ठाउँ नभएको गुप्ता बताउँछन् । भन्छन्, “नमुना क्रस चेकका लागि हङकङ पठाउँदा पनि त्यही रिपोर्ट आयो । ल्याब परीक्षणमा कुनै खराबी छैन ।”
प्रयोगशालाले दैनिक ६ सय जनाको परीक्षण गर्न सक्छ । १ हजार ५ सयको परीक्षण गर्ने क्षमता भए पनि जनशक्ति अभाव रहेको उनी बताउँछन् । “आवश्यक परे ६ जनालाई तयारी हालतमा राख्न सक्छाँै,” गुप्ता भन्छन्, “चार वटा पीसीआर मेसिनबाट नमुना परीक्षण भइरहेको छ, तीन वटा परीक्षणका लागि तयारी अवस्थामा छन् ।” वुहानबाट फर्किएका १ सय ७९ नेपालीको परीक्षण गरिसकेकाले स्वास्थ्यकर्मीको मनोबल उच्च रहेको उनको बुझाइ छ । भन्छन्, “महामारी फैलिए पनि कोरोनासँग लड्न तयार छौँ ।”
यो पनि पढ्नुस
याे नयाँ रोगको औषधी र भ्याक्सिन छैन । तर यसबाट संक्रमित करिब ८२ प्रतिशत रोगी आफैँ निको हुन्छन्, १३ प्रतिशतजति अस्पतालमा निको भएका छन् भने ५ प्रतिशतजति गम्भीर अवस्थामा पुग्न सक्छन् ।
बिरामी सरुवा : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको जनरल वार्डमा राखिएका बिरामी सार्ने तयारी गरिएको छ । विभिन्न अस्पतालले कोरोना आशंकामा बिरामी पठाउन थालेपछि जनरल वार्डका ४० बिरामीलाई वीर अस्पताल र टिचिङमा सार्ने तयारी भएको अस्पतालका निर्देशक डा सागरराज भण्डारी बताउँछन् ।
कोरोना संक्रमित पनि अस्पतालमा आउन सक्ने भएकाले अन्य बिरामीलाई संक्रमण नहोस् भनी सार्न लागिएको हो । डा भण्डारी भन्छन्, “टेकु अस्पतालमा कोरोना बिरामीको मात्रै उपचार गराउने तयारी गरिरहेका छौँ ।”
अस्पताल प्रशासनका अनुसार टेकु अस्पतालमा ५ वटा आइसोलेसन र ३ वटा आईसीयु कक्ष रहेका छन् । २० वटा आइसोलेसन कक्ष, ४० क्वारेन्टाइन र १० वटा आईसीयु थप्न लागिएको छ । अस्पतालमा २ सय ४२ स्वास्थ्यकर्मी कार्यरत छन् भने आइसोलेसन कक्षमा २० जनालाई खटाइएको छ ।
यो पनि पढ्नुस
कोरोनाको आतंक नियन्त्रणमा कुनै एउटा मुलुकले गरेको प्रयासलाई अर्को मुलुकले नजरअन्दाज होइन, समझदारीका साथ हातेमालो गर्नुपर्ने समय हो यो ।
तयारी के छ ? : सरकारले कोभिड–१९ का संक्रमितको उपचार गर्न काठमाडौँ उपत्यकामा १ सय २० र बाहिर १ सय १५ वटा आईसीयु थप्ने तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार वीर अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल र टेकु अस्पतालमा कोरोना उपचारका लागि आईसीयु विस्तार गर्ने तयारी छ ।
विश्वभर महामारीको रूप लिइसकेको कोरोना नेपालमा नदेखिए पनि छिमेकी भारतमा संक्रमितको संख्या बढ्न थालेपछि सतर्कता बढाइएको हो । मन्त्रालयले बजेटको सुनिश्चितता सरकारले गर्ने भन्दै तयारी प्रक्रिया अघि बढाउन अस्पताललाई निर्देशन दिएको हो । यी चार अस्पतालले आईसीयु थप्नका लागि ७३ करोड ८० लाख रुपैयाँ माग गरेका छन् ।
सशस्त्र प्रहरी अस्पतालले २० बेडको आईसीयु ब्लक तयार गर्नेछ । वीर र पाटन अस्पतालले पनि २० बेडको थप आईसीयु विस्तार तथा फर्निचर, उपकरण र मर्मतका लागि रकम माग गरेका छन् । त्यसैगरी टेकु अस्पतालले १० बेडको आईसीयु विस्तार र जनशक्ति व्यवस्थापनका लागि बजेट माग गरेको छ ।
यो पनि पढ्नुस
बजारमा मास्कसमेत अभाव छ । कोरोनाको सन्त्रासले देखायो, परनिर्भरता कति हानिकारक हुन्छ । यसैबाट सिकेर ललितपुर महानगरभित्रकाले मास्क उत्पादनका लागि स्थानीयहरूलाई तालिम दिएर उत्पादन थालेको छ । यसले माग धान्दैन । तर हामी जानुपर्ने बाटोभने पक्कै संकेत गर्छ ।
कोरोनाको महामारी फैलिएको अवस्थामा उपचारका लागि विद्युत् प्राधिकरणको भक्तपुरस्थित खरिपाटीमा १ हजार बेडको अस्पताल बनाउने तयारी थालिएको छ । यसअघि चीनबाट फर्किएका विद्यार्थी राख्न बनाइएको खरिपाटीलाई नै क्वारेन्टाइन अस्पतालमा परिवर्तन गर्न लागिएको हो । महामारी फैलिएको अवस्थामा अन्य बिरामीमा समेत संक्रमण फैलिने र झन् जटिलता थपिन सक्ने खतरालाई ध्यानमा राखी छुट्टै अस्पताल बनाउन लागिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटा बताउँछन् । भन्छन्, “एक साताभित्रै आईसीयुसहितको अस्पताल निर्माण हुन्छ ।” प्रधानमन्त्री केपी ओलीले मिर्गौला प्रत्यारोपण गरी निजी निवास बालुवाटार फर्किएपछि छुट्टै अस्पताल बनाउन निर्देशन दिएका थिए ।
मन्त्रालयले अस्पताललाई एक साताभित्र प्रक्रिया पुर्याएर टेन्डर प्रक्रियामा जान पत्राचार गरिने जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटा कोभिड–१९ संक्रमण देखिए उपचारको जिम्मा राज्यले लिने बताउँछन् । भन्छन्, “हामी नेपालमा संक्रमण छिर्नै नदिने गरी तयारीमा लागेका छौँ र संक्रमण भइहाले उपचारमा कमी हुन दिने छैनौँ ।” मन्त्रालयले कोरोना संंक्रमणको परीक्षण गर्ने स्वास्थ्यकर्मीका लागि २० हजार थान सेफ्टी (पीपीई) किन्ने निर्णय गरिसकेको छ ।
विज्ञहरूले कोरोनाको जोखिम, रोकथाम तथा नियन्त्रणका लागि सरकारको तयारी कमजोर भएको आरोप लगाएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनी सरकारले छिटो थाहा पाएर पनि पूर्ण तयारी नगरेको बताउँछन् ।
डा मरासिनीका अनुसार कोरोनाबाट बच्न सरकारले पहिलो प्राथमिकताका रूपमा परीक्षण र निगरानीमै विशेष जोड दिनुपर्छ । दोस्रो– कोरोना भाइरसबारे सही सूचनाको प्रवाहलाई बढाउनुपर्छ । तेस्रो– सरकारसँग सर्भिलेन्स र रेस्पोन्स प्लान हुनुपर्छ । चौथो– कानुनी ढाँचा (लिगल फ्रेमवर्क) बनाउनुपर्छ ।
आइसोलेसन र क्वारेन्टाइनमा बस्न नमान्नेका लागि सरकारले कानुन बनाउनुपर्ने उनको सुझाव छ । “आइसोलेसन र क्वारेन्टाइनमा बस्न नमान्ने का लागि सरकारले कानुन नै बनाउनुपर्छ,” भन्छन्, “यसले कोरोनाको जोखिम र क्षति घटाउनुका साथै समयमै नियन्त्रण गर्न सघाउँछ ।”
डा मरासिनी कोरोनाको संक्रमण फैलिन नदिन सरकारले छुट्टै अस्पताल बनाउन ढिलाइ गर्न नहुने बताउँछन् । सबै बिरामीलाई एकै ठाउँ राखेर उपचार गर्न नहुने उनको तर्क छ । भन्छन्, “कोरोनाको उपचार गर्ने स्वास्थ्यकर्मीलाई पनि छुट्टै राख्नुपर्छ । उनीहरूको मनोबल बढाउन तालिम दिनुपर्छ, त्यसो नभए स्वास्थ्यकर्मी नै अस्पताल छाडेर भाग्ने दिन आउँछ ।”
विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाको मनोवैज्ञानिक त्रास सर्वसाधारणदेखि स्वास्थ्यकर्मीस...
महामारीका रुपमा फैलिइरहेको कोभिड-१९ संक्रमण नेपालमा पनि देखिएपछि एक साताका लागि मुलुक लकडा...
२७ खर्ब ३८ अर्ब बराबर को अवैध कारोबार...
रामचन्द्र पौडेल र कृष्ण सिटौला समर्थकहरुलाई पद दिएर महाधिवेशनबाट फेरि सभापति हुने देउवा रण...
प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेर एक दशकयता खोजिरहेका अभियुक्त कालीबहादुर खामका अपराध–शृ...
पाँच अपराधमा अदालतबाट दोषी ठहरिएका प्रमुख सेनानी भरत गुरुङको अकुत सम्पत्ति सरकारबाटै फिर्त...