यसो गरे नेपाल कोरोना रोक्न सफल देश बन्न सक्छ
याे नयाँ रोगको औषधी र भ्याक्सिन छैन । तर यसबाट संक्रमित करिब ८२ प्रतिशत रोगी आफैँ निको हुन्छन्, १३ प्रतिशतजति अस्पतालमा निको भएका छन् भने ५ प्रतिशतजति गम्भीर अवस्थामा पुग्न सक्छन् ।
कोरोनाको आतंक नियन्त्रणमा कुनै एउटा मुलुकले गरेको प्रयासलाई अर्को मुलुकले नजरअन्दाज होइन, समझदारीका साथ हातेमालो गर्नुपर्ने समय हो यो ।
सन् २०१५ मा दक्षिण चीनको हाइनान प्रान्तमा पोआउ एसियाली सम्मेलन चलिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘साझा नियति समुदाय’ हेतु चार सहायक विचार अगाडि सारे । साझा नियति समुदायका लागि आपसी सम्मान, साझा जीत, सहकार्यमूलक प्रणाली र एकअर्कामार्फत सिकाइका अवधारणा सीले अघि सारेका थिए । यस अन्तरिक्षमा एउटा मात्रै पृथ्वी ग्रह छ, सबै देशले एउटै विश्व बाँडीचुँडी गर्नुपर्छ । पूर्वाग्रह वा अनिच्छाका कारण यसअघि सीको यस्तो अवधारणा नबुझ्नेहरूका लागि कोभिड–१९ ले साझा नियति समुदाय निर्माणको अवधारणा बुझ्न यतिखेर सहज बनाएको छ ।
सन् २०१२ देखि सी चिनफिङले आफ्नो भाषणमा सर्वाधिक प्रयोग गर्ने गरेको वाक्य नै साझा मानव नियति समुदाय भन्ने हो । अंग्रेजीमा ‘कम्युनिटी अफ कमन डेस्टिनी फर म्यानकाइन्ड’ अर्थात् चिनियाँमा रन लेइ मिङ्युन कुङथोङ्थी’ । सीले सन् २०१३ मा अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभको महत्त्व बढाउन यस्तो नारा अघि सारेको हुनुपर्छ । सन् २०१७ को अक्टुबरमा चिनियाँ जनकांग्रेसको १९ औँ सम्मेलनमा उनले प्रस्ट्याए, ‘वैश्विक सुशासन प्रणालीको विकासका लागि प्रोत्साहन गर्ने चीनले साझा मानव नियति समुदायको स्थापनार्थ लाग्नुपर्छ । यसबाट देखिनेछ, विश्वमा चीनको प्रभाव, प्रेरक क्षमता र चीनको विश्व शान्ति तथा विकासमा योगदान ।’
सन् २०१२ मा शक्तिमा आएपछि सीको यो अवधारणालाई चर्चामा ल्याइयो जबकि सन् २००७ नै पूर्वराष्ट्रपति हु चिनथाउले ताइवान र चिनियाँ मुख्य–भूमिबीचको सम्बन्धबारे व्याख्या गर्न यो वाक्य उच्चारण गरेका थिए ।
यो पनि पढ्नुस
याे नयाँ रोगको औषधी र भ्याक्सिन छैन । तर यसबाट संक्रमित करिब ८२ प्रतिशत रोगी आफैँ निको हुन्छन्, १३ प्रतिशतजति अस्पतालमा निको भएका छन् भने ५ प्रतिशतजति गम्भीर अवस्थामा पुग्न सक्छन् ।
चीनको वुहानमा फैलिएको कोरोना भाइरस निमोनिया अर्थात् कोभिड–१९ ले मानवको साझा घर नै पृथ्वी भएकाले ‘एउटाको समस्या अर्काको होइन’ भन्ने आत्मवादी मानसिकतालाई दनक दिएको छ । सुरूमा हुबेइ प्रान्तको वुहान सहरमा कोरोना भाइरसले जनजीवन आक्रान्त हुँदा कसैले पनि सोचेको थिएन कि भाइरस वुहानबाट उडेर संसारका डेढ सयभन्दा बढी देशसम्म पुग्नेछ । सोचिएको थियो, कोरोना प्रकोप नितान्त चीनको समस्या हो र चीनबाहेक अरूको टाउको दुखाइको विषय होइन ।
जनवरी २३ तारिखमा वुहान सहरमा सरूवा रोगविरूद्ध लड्न प्रथम पटक ‘लक डाउन’ अर्थात् बन्दावस्था अंगीकार गर्दा धेरैमा मानवअधिकारको चिन्ता सल्बलाएको पनि थियो । तर महामारीजस्तो गम्भीर विषयलाई चीनले हल्काफुल्का रूपमा लिएको थिएन भन्ने कुराको दसी प्रमाण यही थियो । लक डाउनकै कारण भयावह महामारी क्रमश: नियन्त्रणउन्मुख छ । विश्व स्वास्थ्य संगठनलगायत विश्वका अनेक मुलुकहरूले महामारी नियन्त्रणमा चालेका चिनियाँ कदमहरू अनुकरणीय भएको बताएका छन् । कतिपय देशले ठ्याक्कै चिनियाँ शैलीमा प्रकोपग्रस्त क्षेत्र लक डाउन गरेका छन् ।
यो संसारका मानव–जातिको एउटै नियति बनाउनुपर्ने सीको विधारधारा प्रकारान्तरले कोरोना प्रकोपका दौरान अझै परिपक्व र खुलस्त बन्दै गएको छ । साझा नियति समुदायका लागि सीले अघि सारेका विचारमा सबै मुलुकले एकअर्कालाई सम्मान र समानताका आधारमा व्यवहार गर्नुपर्छ भन्ने हो । कुनै देश सानो वा ठूलो भनेर भेदभाव हुनु हुँदैन । हरेक देशको आआफ्नै राजनीतिक व्यवस्था हुनसक्छ । हरेक देशका मानिसहरूको आआफ्नै रहनसहन हुन्छ । संसारमा मानिस–मानिस र देश–देशबीचमा सम्मान भाव हुनैपर्छ । हेपाहा प्रवृत्तिले प्रतिरोधको भावना जगाउँछ र अन्तत: विग्रह निम्त्याउँछ । चीनमा कोरोनाको कहर देखापर्नेबित्तिकै अधिकांश पश्चिमाको ध्याउन्न चीनलाई होच्याउनमा केन्द्रित थियो । सञ्चारमाध्यम होस् वा अन्य कुनै मञ्चमार्फत चीनमाथि कटुवाण हानिएका उद्गारहरू सुनिन थालेका थिए । चिनियाँ परराष्ट्र प्रवक्ताहरूले नियमितजस्तो पत्रकार सम्मेलनमा भन्दै आइरहेका थिए, ‘हामीले कोरोना भाइरस मात्रै होइन, राजनीतिक पूर्वाग्रहको भाइरसलाई पनि परास्त गर्नुपर्नेछ ।’
यो पनि पढ्नुस
यो संकटोन्मुख घडीमा गर्न सकिने न्यूनतम जिम्मेवारी पनि पूरा नगर्दा आज फेरि एक पटक राज्यका निकायहरूमाथि प्रश्न तेर्सिन गएको छ ।
अझ अमेरिकी राजनीतिज्ञहरूले त चीनको भविष्य अन्धकारमय भएकाले अमेरिकातर्फ आफ्ना उद्योग व्यवसाय स्थानान्तरण गर्न चीनमा रहेका विदेशी व्यवसायलाई उक्साइरहेका थिए । एउटा मुलुकको दु:खमा अर्को प्रतिस्पर्धी मुलुकको दु:स्वप्न नै आफ्नो ‘राजनीतिक रोटी’ सेक्नु बनेको थियो । कोरोनाले सीमा नाघेर शक्तिशाली भनिएका अरू राष्ट्रलाई पनि हायलकायल बनाउन थालेपछि बुझ्नुपर्छ, एकअर्कालाई हेपेर होइन कि सम्मान गरेर हातेमालो गर्नुपर्छ ।
साझा जीत अर्थात् ‘विन विन’ सहकार्य र साझा विकासबाट मानवीय नियति समूह बन्छ । खेलकुदमा हारजीत हुनु राम्रो हो तर विकासको मामिलामा होइन । एकले अर्कालाई सहयोगको नाममा दासत्वको हदसम्म पुर्याउनु ‘विन विन’ होइन । चीनले बीआरआईको अवधारणा ल्याएर विभिन्न देशसँग सहकार्य गर्नुको एउटा मिसन यो पनि हो । गरिबी मानव सभ्यताको अभिशाप हो । आफू मात्रै धनी भएर हुँदैन, अरूलाई पनि समृद्धिमा डोर्याउनु नै सबैको साझा विजय हो । कोरोना भाइरसले विश्व आक्रान्त भइरहेको छ । विश्वव्यापी रूपमा मिलेर नै यसमाथि विजय हासिल गर्नुपर्छ ।
हाल कोरोनाबाट उठ्न नपाउँदै विश्वमै यसै शीर्षकमा चीनले गर्न लागेको सहयोगको आशय पनि यही हो । भाइरसको प्रसार रोक्न पहिला आफ्नै नागरिकमाथि सीमितता अपनाएको चीनमाथि कतिपय पश्चिमाहरूले हिलो छ्यापेर जातीयताको झल्को दिन थालेका थिए । प्रतिशोधको भावना नलिईकन निरन्तर कोरोना प्रतिरोधमा गाम्भीर्य प्रस्तुत गर्नु र अरू देशसमक्ष आफ्नो अनुभव बाँड्नु चीनको जिम्मेवारी बन्यो । साझा जीत त्यतिखेर हुनेछ, जतिखेर सबै मुलुकले एकताबद्ध भएर दु:खको सामना गर्नेछन् ।
यो पनि पढ्नुस
संकटको मौका छोपेर उपभोक्ता लुट्ने कार्य सर्वथा निन्दनीय छ । उनीहरूमाथि सरकारले तत्काल कारबाही गर्नुपर्छ ।
साझा, बृहत्, सहकार्यमूलक तथा दिगो सुरक्षात्मक प्रणालीको अर्थ मिलेर उभिनु हो । कोरोनाको आतंक नियन्त्रणमा कुनै एउटा मुलुकले गरेको प्रयासलाई अर्को मुलुकले नजरअन्दाज गर्ने हो भने त्यो अन्त्यहीन हुनेछ । समझदारीका साथ हातेमालो गर्नुपर्ने समय हो यो । कसैले सहभागी नै नहुनेजस्तो अहंकार देखाउने वा सहकार्यको भावना नै नदेखाउने हो भने कोरोनाले कसैलाई छोड्नेवाला छैन । जसरी सार्कलाई बेवास्ता गर्दै आइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिले कोरोनाविरूद्ध लड्न सार्क एकजुट हुनुपर्ने कुरा बुझ्दै गइरहेका छन् ।
सीको विचारमा मानव सभ्यताबीच समावेशिता तथा आपसी सिकाइ सुदृढ पार्नुपर्छ । संसारमा विविधता छ, जुन रमणीय विश्वको एउटा सुन्दर पक्ष पनि हो । आदिमकालदेखि मानव सभ्यता पुस्तान्तरण हुँदै यहाँसम्म आइपुगेको हो । यो प्रणालीमा सबै अट्न सक्ने भावना जगाउनु जरूरी छ ।
यो पनि पढ्नुस
नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएको छैन । तर आएको छ कि छैन भन्नलाई हामीले पर्याप्त मात्रामा जाँचेकै छैनौँ ।
कोरोनाजस्ता विश्वव्यापी महामारीहरू स्वाइनफ्लु, इबोला, जिका, मर्सलगायत यसअघि नै भोगिसकिएको हो । त्यहीँबाट पाठ सिक्दै पुस्ता दरपुस्ता हस्तान्तरण हुँदै गएर नयाँ सिकाइको पाठ्यक्रम तयार पार्नुपर्नेछ । अर्थात् मानव सभ्यता एउटा साझा नियति भएको, उस्तै–उस्तै संवेदनशीलता र भावना भएको, उस्तै उल्झन र उतारचढावले घेरिएको छ । अहिले कोरोनाविरूद्धको चीनको लडाइँ एक अर्ब ४० करोड चिनियाँका लागि मात्रै होइन, उस्तै नियति भएका विश्वका सबै मानव–जातिका लागि हो ।
एउटा मानिसभित्र रहेर भाइरसले संसारभरि विचरण गर्न सक्छ । प्राकृतिक प्रकोपले एसियालीलाई जसरी पीडा दिन्छ, उस्तै अमेरिकीलाई पनि दिन्छ । भाइरसले भिसा नलगाईकन संसारको परिक्रमा गर्दछ । पृथ्वीमा हावा, पानी, माटो, आकाश, विज्ञान, साधन स्रोत, प्रकोप इत्यादि हरेक कुरा मानवको जीवनसँग जोडिएका छन् । पृथ्वीमा जे जस्तो समस्या छ, त्यसमा समग्र मानव–जातिको नियति जोडिएको छ । यहाँ प्रत्येक जीवनको मूल्य हुन्छ । साझा घर भएका कारण पृथ्वीमा देखा पर्ने हरेक समस्या मानव–जातिको साझा भोगाइ हो । मिलेर, डटेर सामना गर्नु नै साझा जीत हो । सीले अघि सारेको साझा मानव नियति समुदायको अवधारणालाई सार्थक रूपमा बुझ्न कोरोनाको महामारीले अहिले निकै सहज बनाएको हुनुपर्छ ।
यो पनि पढ्नुस
एक महिना पहिला हुनुपर्ने काममा अहिले बल्ल तदारुकता देखिएको छ, तर अहिले गर्नुपर्ने कुरा दुई चार हप्ता ढिला जाने डर छ ।
यो पनि पढ्नुस
कोरोना भयले कोरियाको जीवनशैली असामान्य बनिसकेको छ । यस्तो अवस्थामा यहाँ रहेका नेपालीहरू कत्तिको सुरक्षित छन् ?
यो पनि पढ्नुस
जलवायु परिवर्तन र व्यवस्थापनको लापरबाहीका कारण कोरोनालगायत संक्रामक भाइरसको जोखिममा नेपाल पनि
यो पनि पढ्नुस
अहिले वुहानमा जारी कोभिड-१९ संकटको घडीमा क्षति मात्रै भइरहेको छैन, नयाँ नयाँ सिर्जना र आविष्कारहरू पनि भइरहेको छ।
यो पनि पढ्नुस
कोरोना भाइरसका कारण चीन आन्तरिक विपत्तिमा त छ नै, यसैका नाममा बाह्य विभेदबाट आक्रान्त पनि ।
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...