लकडाउनले थपेको उपभोक्ता चिन्ता #Photo
कोरोना संक्रमणको सन्त्रास त छँदैछ, उपभोक्तालाई भान्साको चिन्ता पनि छ । दैनिक उपभोग्य सामग्रीको अभाव हुने चिन्ता उपभोक्ताहरूमा देखिन्छ ।
पछिल्ला केही वर्षयताका राजनीतिक घटनाक्रम होउन्, या सामाजिक, निर्मला हत्याकान्डलाई छाड्ने हो भने बाँकी सबका सब मुद्दाहरूलाई हामीले बेवास्ता गरिदियौँ । यस्तै व्यवहार गरेका छौँ हामीले कोरोना स्वास्थ्य प्रकरणलाई पनि ।
समय टक्क रोकिएझैँ भएको छ । केही साताअघिसम्म हामीलाई कोरोना महाव्याधिबारे उस्तो वास्ता थिएन । हामी त दैनन्दिनका कामहरूबाट रहेबचेको समय टिभीका चार–पाँचवटा ‘रियालिटी शो’ अनि ‘शो’जस्तै लाग्ने माननीय–मन्तव्यहरूमा रत्तिन बानी परिरहेका थियौँ । जब ‘लक डाउन’ नाम गरेको नयाँ किसिमको कर्फ्यु लाग्यो, अनिमात्रै हामीले कोभिड १९ बारे ध्यान दिन थालेका हौँ । हामीले बाँचिरहेको तीव्र जीवनशैली एकाएक चोटा, सिकुवा र आँगनसम्म सीमित हुन पुग्यो । यो आकस्मिक बिदाका लागि हामी तयार थिएनौँ । जबकि यो बेला पढ्नुपर्ने पुस्तक र हेर्नुपर्ने सिनेमाको अनेकन् सूची हामीलाई थमाइसकिएको छ । मर्निङवाकदेखि मांस–मदिरा सबै ठप्प छन् ।
काठमाडौं सहरको अनौठो विशेषता छ– आफूलाई नपरुन्जेल अनुभूति नै नगर्ने । पछिल्ला केही वर्षयताका राजनीतिक घटनाक्रम होउन्, या सामाजिक, निर्मला हत्याकान्डलाई छाड्ने हो भने बाँकी सबका सब मुद्दाहरूलाई हामीले बेवास्ता गरिदियौँ । उखु किसानका तस्बिर पनि त्यसबेला मात्रै हामीले फेसबुक र ट्वीटरमा राखेथ्यौँ, जतिबेला उनीहरू स्वयं खेतबारीबाट काठमाडौँ माइतीघर मन्डलामा व्यथा बिसाउन आइपुगेका थिए ।
२०७२ भदौको टीकापुर काण्डले हामीलाई उस्तो छोएन । नाकाबन्दी गलत र अमानवीय थियो, तर त्यो नहुँदासम्म हामीले मैदानी भूभागमा मारिएका ४३ नागरिकहरूको जीवनबारे संवेदनशीलता देखाएनौँ । उल्टै सत्ताशक्तिलाई प्रोत्साहन दियौँ । एकपल्ट राम्ररी सम्झौँ त, हामीले त्यसबेला के गरेका थियौँ ?
यो पनि पढ्नुस
कोरोना संक्रमणको सन्त्रास त छँदैछ, उपभोक्तालाई भान्साको चिन्ता पनि छ । दैनिक उपभोग्य सामग्रीको अभाव हुने चिन्ता उपभोक्ताहरूमा देखिन्छ ।
हो, यस्तै व्यवहार गरेका छौँ हामीले कोरोना स्वास्थ्य प्रकरणलाई पनि । यो यस्तो प्रकरण भइदियो, जसले कुनै राष्ट्र, वर्ग, समूदाय हेरेन । बेलायतका राजकुमारदेखि खाडी मुलुकबाट फर्केका मजदुरसम्मलाई एकैपल्ट समाउन सक्ने यो विषाणुलाई पश्चिमाहरूले सुरुमा ‘चिनिया भाइरस, वुहान भाइरस’ भनेर उडाउनु उडाए । चीनले के गर्नुपर्छ, के गर्नुपर्दैन भन्नेबारे लामा–लामा लेख लेखिए, भाषण छापिए । हामी त त्यसलाई मतलब गर्ने पक्षमै थिएनौँ । किनकि हाम्रासामू एकसेएक बाहुबली मन्त्रीहरू थिए, जो नेपाललाई ‘कोरोना फ्री’ बनाउने देखि ‘कोरोनालाई प्रवेश निषेध’ घोषणा गर्न एकअर्कासँग प्रतिष्पर्धा गर्दै थिए ।
मनकारी नेपाली राजदूत (तत्कालीन) ‘चुङको चायो, वुहान चायो’ भन्दै मन्डारिन भाषा बोलेर चीनलाई कोरोनाविरुद्ध लड्न ढाडस दिइरहेका थिए । प्रधानमन्त्री आफैँ मिर्गौलाको दोस्रो प्रत्यारोपणपछि भिडभाडमा मन्द मुस्कानमार्फत् आत्मबलको परिचय दिइरहेका थिए । पुसमै कोरोनाको पहिलो केस प्रमाणित भइसक्दा पनि हाम्रो बलिया प्रधानमन्त्रीले हाँकेको मन्त्रिपरिषद्को प्राथमिकतामा यो थिएन । सरकार बढ्ता बलियो हुँदा नागरिक निर्धा हुँदा रहेछन् ।
यो पनि पढ्नुस
राष्ट्रिय स्वास्थ्य परीक्षण प्रयोगशाला टेकुमा मात्र कोरोना भाइरस परीक्षण हुने र काठमाडौँबाहिर पर्याप्त मात्रामा जनशक्तिका साथै चिकित्सकको प्रबन्ध नभएको अवस्था छ ।
नागरिकहरूको ध्यानलाई प्रत्येक दिन केही न केही फन्डा निकालेर मोड्न सिपालु शासन संयन्त्र अहिले संकट सम्मुखमा आएपछि बल्ल हाँपदाँप गरिरहेको छ । जनस्वास्थ्यकर्मीहरू स्वयंसेवा गर्न इच्छुक छन्, तिनको उपयोग गर्ने विचार देखिन्न । एक जनस्वास्थ्यविद्ले मसँग टेलिफोनमा बताएअनुसार उनले सरकारी संयन्त्रलाई आफूलगायत विशेषज्ञको स्वयं–सहयोग लिन अघिल्लै साता आग्रह गरेकी थिइन्, तर अहिलेसम्म प्रतिक्रिया पाएकी छैनन् ।
यसर्थ आज काम नगरी बस्नु सकल देशवासीको कर्तव्य हुन आएको छ । बरु विभागीय मन्त्री भानुभक्त ढकाल सूचना एकद्वार प्रणालीबाट पठाउनु साटो स्वास्थ्य मन्त्रालयका प्रत्येक कर्मचारी प्रवक्ता बन्न खोजेको आरोप लगाइरहेका छन् । उनको घरमा आएका पाहुना पक्कै लक डाउनअघि फर्किसके, तर विभागीय कर्मचारी, निजी अस्पतालहरूबीच समन्वय र काठमाडौँबाहिर गर्नुपर्ने तयारीका लागि उनको फुर्सद मिलिसकेको छैन ।
एकातिर निजी अस्पताल आफूलाई कोरोना उपचारका लागि सरकारबाट कुनै सहयोग प्राप्त नभएको गुनासो गरिरहेका छन् । अर्कातिर सर्वसाधारण रुघा या खोकीको सामान्य लक्षणमात्रै देखिएका बिरामीलाई पनि जाँच नगरी कोरोनाको आशंकामा निजी अस्पतालहरूले उपचार नगरी फर्काइदिएको आक्रोश पोखिरहेका छन् । यस्ता अनेकौं प्रशासकीय कमजोरी त छँदै छन्, त्योभन्दा डरलाग्दो गरी शासकीय असक्षमता प्रकट भएको छ ।
यो पनि पढ्नुस
विदेशमा डराइडराइ काममा गइरहेका नेपाली कोरोना भाइरस संक्रमणले निम्त्याएको संकटका कारण रोजगारी नै गुम्ने हो कि भन्ने त्रासमा छन् ।
विडम्बना, आफ्नो त्यो असक्षमताप्रति नै गर्व गर्ने अनैतिक संस्कारले आज प्रश्रय पाइरहेको छ । यसैलाई देखाउँदै सत्तारुढ पार्टीका कमरेडहरू मन्त्रिपरिषद्मा बर्खास्त ‘गोकुल बाँस्कोटाको अनुपस्थिति खट्किइरहेको’ भन्दै चुकचुकाइरहेका छन् । गोकुल पनि के कम, व्यावसायिक घरानाहरू सार्वजनिक उत्तरदायित्वबाट पन्छेर आफ्नै मन्दिरमा हवन गर्न उद्दत रहेका बेला आफ्नो एक महिनाको तलब नै राज्यको नाममा घोषणा गर्न भ्याइसके । संकटकै बीचमा यहाँ आज रमिता छ ।
यस्तोमा सात दिनको लक डाउन घोषणा भएको छ । तीन दिन बितिसके । बाहिरी विश्वको दृष्टान्त हेरेको भरमा हामी भन्न सक्छौँ, यो अझै लम्बिने वाला छ । सात दिनमा यो महामारी रोकिन सम्भव छैन । अहिलेसम्म प्रधानमन्त्रीले ‘म घरैबाट काम गरिरहेको छु, तपाईंहरू पनि गर्नुहोला’ भनी सन्देश दिएको भरमा देश चलिरहेको छ । तर काम गरिखाने वर्ग होस् या उद्यमशील वर्ग नै– उनीहरूका लागि अब सरकार कसरी प्रस्तुत हुन्छ ? मानिसहरूले अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्था मिलाउन र सामान्य जीवनयापनमा जतिसक्दो चाडो फर्काउन राज्यले के कस्ता कदम चाल्न सक्छ भन्दै हेरिरहेका छन् ।
पक्कै, कुनै पनि सरकारले एकैपल्ट सबैथोक भ्याउन सक्दैन । यस्तो अपेक्षा स्वयं संयुक्त राज्य अमेरिकाजस्ता महाशक्तिहरूमा पनि सयका सय पूरा हुन सकेन । डोनाल्ड ट्रम्पले ट्वीटरबाट छद्मयुद्ध चलाइरहदा चीन अढाई महिनापछि महासंकट टार्ने दिशामा अघि बढेको छ । भारत सामुन्नेको संकटलाई दैविक शक्तिको पराक्रम, कृत्रिम मनोबल र सत्ताशक्तिको मुढेबलका भरमा पेल्ने पक्षमा देखिन्छ । अर्को छिमेकी पाकिस्तानले अहिलेसम्म लक डाउन भनिहाल्न सकेको छैन ।
यो पनि पढ्नुस
लकडाउनको अवस्थामा के गर्न हुन्छ ? के गर्न हुँदैन ? डा. समीरमणि दीक्षितको भिडियोः
नेपालको प्रसंग भने अलि बेग्लै हो । हामीकहाँ न लक डाउन अघि अपनाउनुपर्ने सावधानीबारे गम्भीरता देखियो, न अहिले नै । सबै सहर ठप्प छन् । चर्को जनदबाबपछि नै सही, भारतीय सीमा नाका हाललाई बन्द भएका छन् । यस्तोमा चिनियाँ नाका खोलिहाल्ने हतारो चाहिँ किन सरकारलाई परेको होला ? भूराजनीतिक तानातानका यी दिनहरूमा हामी उसका बाध्यताहरू अनुमान गर्न सक्छौं । तर नागरिकको मनमा प्रश्न उठ्नु बिलकुल जायज छ ।
क्यालेन्डरमा अप्रिल पल्टिन लाग्दा कोरोना संक्रमणको जोखिम ज्यामीतिय आकारमा बढ्दो छ । टिएस इलियटले ‘वेस्ट ल्यान्ड’ कवितामा अप्रिल एउटा क्रुर महिना चित्रण गरेका छन् । इतिहासकार र समाज वैज्ञानिकहरूले कोरोना भाइरसको विश्वव्याधिलाई मानव इतिहासको पानीढलो मान्न थालेका छन् । कोभिड १९ पछि जन्मिने बच्चाहरूलाई जेनेरेसन सी भन्न थालिसकिएको छ । जेनेरेसन सी, अर्थात् कोरोनापछिको पुस्ता ।
एटलान्टिक म्यागजिनमा एड योङले लङ फर्म लेख्दै यो महाव्याधि कुनै पनि बेला आउन सक्ने पूर्वसंकेतहरू वैज्ञानिकहरूले केही वर्षअघि नै दिइसक्दा पनि विश्व नेतृत्व अकर्मण्य बन्न पुगेको आलोचना गरेका छन् । इतिहासकार युभल नोअ हरारीले फाइनान्सियल टाइम्सको आफ्नो पछिल्लो लेखमा अझै ओरालो लाग्ने कि परस्परमा साझा सहकार्य गर्ने छनोट मानिसहरूको हातमा रहेको व्याख्या गरेका छन् ।
वैरागी काइँलाले लेखेझैं ‘सपना त रातभरिलाई हो । बिहानको उज्यालोमा जिन्दगीले आखा मिच्दै उठेपछि नै यस धर्तीमा मानिसले व्यथा सहनुपर्छ ।’ प्रश्न यतिमात्रै हो, यो दुस्वप्नको अन्त्य कहिले होला ? लक डाउनपछिको हाम्रो जीवन कस्तो होला ?
यो पनि पढ्नुस
विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाको मनोवैज्ञानिक त्रास सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म छ । तर टेकु अस्पतालमा बिरामी त परै जाओस्, एप्रोन लगाएका डाक्टर र नर्स बिनामास्क खुलेआम घुमिरहेका देखिन्छन् ।
यो पनि पढ्नुस
महामारीका रुपमा फैलिइरहेको कोभिड-१९ संक्रमण नेपालमा पनि देखिएपछि एक साताका लागि मुलुक लकडाउन ।
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...