लकडाउनमा के गर्न हुन्छ, के गर्न हुँदैन ? #Video
लकडाउनको अवस्थामा के गर्न हुन्छ ? के गर्न हुँदैन ? डा. समीरमणि दीक्षितको भिडियोः
राष्ट्रिय स्वास्थ्य परीक्षण प्रयोगशाला टेकुमा मात्र कोरोना भाइरस परीक्षण हुने र काठमाडौँबाहिर पर्याप्त मात्रामा जनशक्तिका साथै चिकित्सकको प्रबन्ध नभएको अवस्था छ ।
कोभिड– १९ को उद्गम थलो चीनमा ठूलो संख्यामा मृत्यु र संक्रमितको पहिचान भइसकेको छ । यसको सीमा भारत–नेपालसँग समेत जोडिएकाले थप सतर्क हुनैपर्छ । नेपालमा एउटा मात्र संक्रमित पहिचान भई उपचार गरिए पनि यसलाई सामान्य ठान्नु हुँदैन । कोरोना भाइरसको वृद्धि गुणात्मक रूपमा हुने हुँदा सुरक्षाका लागि विभिन्न उपाय जरुरी छ ।
पहिलो– नेपालमा यदि कुनै व्यक्ति कोरोनाबाट संक्रमित छ भन्ने शंका लागे पहिले त्यस्ता शंकास्पद व्यक्तिलाई सरुवा रोग अस्पताल टेकुमा पठाउने गरिएको छ । शंकास्पद संक्रमित व्यक्तिको नाक, घाँटीबाट नमुना लिई राष्ट्रिय स्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागि पठाइन्छ । शंकास्पद संक्रमित व्यक्तिमध्ये निजी तथा सरकारी स्तरबाट कति जनालाई परीक्षणका लागि सम्बन्धित स्वास्थ्य निकाय पठाइयो, प्रयोगशालामा पठाइयो, कति संख्यामा संक्रमण फेला पर्यो र कति व्यक्तिको सम्पर्कमा संक्रमित रहेजस्ता विषय यकिन हुने गरी तथ्यांक राखिनुपर्छ ।
यदि कुनै संक्रमित व्यक्तिमा कोरोना भाइरसको असर देखापरे वा पोजेटिभ देखिए त्यस्ता केस स्वास्थ्य परीक्षणका लागि ध्यानाकर्षणमा रहनुपर्ने हुन्छ । कुनै बिरामीमा यो पोजेटिभ देखापरे कसरी पहिचान गर्ने र उसलाई अलग्गै राख्ने प्रक्रियाबारे सोच्नुपर्ने हुन्छ । टिचिङ, पाटन अस्पताल, नेसनल मेडिकल कलेज र निजी अस्पतालका चिकित्सकहरूसँग गत ५ चैतमा कुराकानी गर्दा तिनले कोरोना संक्रमितको पहिचान गर्नुका साथै त्यस्ता बिरामी कहाँ पठाउनुपर्ने हो भन्ने विषयमा जानकार रहेको पाइयो । तर संक्रमितको सम्पर्कमा रहेका व्यक्तिबारे अभिलेख, तथ्यांक कसरी, कसले संकलन र परीक्षण गर्छ भन्नेबारे जानकार र पर्याप्त गृहकार्य नभएको देखियो ।
यो पनि पढ्नुस
लकडाउनको अवस्थामा के गर्न हुन्छ ? के गर्न हुँदैन ? डा. समीरमणि दीक्षितको भिडियोः
पाटन अस्पतालका एक डाक्टरले आफूले आइसोलेसन वार्डबारे सुनेको तर संक्रमित बिरामीलाई राख्ने वार्ड हालसम्म नदेखेको बताए । कोरोना बिरामीको सहज उपचारको व्यवस्था कसरी गर्न सकिन्छ भन्ने विषयमा चिकित्सकहरू नै जानकार नभएको देखियो ।
त्यति मात्र होइन, सरकारले सम्भाव्य महामारी रोकथामका लागि गरिएका सचेतना तयारी, कोरोना संक्रमणबाट बच्न/बचाउन थालिएको पूर्वतयारी सामान्य स्तरको भएको पाइयो । प्रत्येक स्वास्थ्यकर्मीलगायत अस्पतालमा कार्यरत चिकित्सक, विशेषज्ञ आदिलाई कोरोना भाइरस संक्रमणमा परेका बिरामीको उपचार गर्दा सुरक्षित तवरले अरूलाई असर नपर्ने गरी पूर्वतयारीको जानकारी गराउन जरुरी छ । यद्यपि अग्रपंक्तिमा उपचार गर्न/गराउन संलग्न हुनुपर्ने डाक्टरहरू आफैँ कोरोना संक्रमणबारे अनभिज्ञ देखिएका छन् भने आम जनतामा कसरी सचेतना जगाउने भन्ने प्रश्न तेर्सिएको छ । कागजी योजना मात्रै पर्याप्त हुने रहेनछ ।
यो पनि पढ्नुस
विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाको मनोवैज्ञानिक त्रास सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म छ । तर टेकु अस्पतालमा बिरामी त परै जाओस्, एप्रोन लगाएका डाक्टर र नर्स बिनामास्क खुलेआम घुमिरहेका देखिन्छन् ।
दोस्रो– कोरोना प्रभावित एक बिरामीको मृत्यु भएको विषय अध्ययन गर्दा अनुमानित ४९ प्रतिशत मधुमेह, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग र अर्बुद रोगले ग्रसित देखिएकाले तिनीहरूलाई यसको भाइरसले छिटो संक्रमण गरेको पाइएको छ । त्यस्तै, ४६ हजार २ सय ४८ प्रभावित बिरामीको अध्ययन गर्दा उच्च रक्तचाप, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोगग्रस्त देखिएकाले तिनीहरूलाई कोरोनाले तत्कालै संक्रमण गरेको देखियो ।
कोरोना पहिचानका क्रममा गत तीन महिनाभित्र श्वासप्रश्वास, दम रोग वा मधुमेह अथवा रक्तचाप भएका कति व्यक्तिमा कोरोना भाइरसको परीक्षण गरियो । कोरोनाका कारणले वा पुराना उल्लिखित रोगले मृत्यु भएका व्यक्तिको अभिलेख राखिएको पाइएन । विश्व स्वास्थ्य संगठनले प्रवाहित गरेको सुझावअनुसार कोरोना भाइरसबाट संक्रमित बिरामीमा श्वासप्रश्वाससम्बन्धी लक्षण नाक, घाँटी मात्र नभई खकार, रगत र फोक्सोमा रहेको र्याल तथा दिसापिसाबसमेत परीक्षण गर्नुपर्ने भनिएकामा के–कति संख्याका व्यक्तिमा उक्त परीक्षण गरियो भन्ने कुराको कहीँ पनि तथ्यांक र अभिलेख भेटिएन । हालसम्म गरिएको अनुसन्धानमा खासगरी कोरोना भाइरसले संक्रमित बिरामीमध्ये २० प्रतिशतलाई सघन उपचार कक्ष (आईसीयु) मा भर्ना गरी उपचार गर्नुपर्ने देखियो ।
सरकारले कोरोनाबाट सुरक्षित रहन र त्यो भाइरस भए/नभएको पहिचान गर्न सार्वजनिक–निजी–साझेदारी कार्यक्रम सञ्चालनमा ल्याई परीक्षण गरेर रोग पहिचान कार्य छिटो सम्पन्न गर्नुपर्छ । यसरी सरकारी र निजी क्षेत्रबाट कोरोना संक्रमित बिरामीको परीक्षण थालनी गर्ने हो भने तिनको संख्यामा कमी ल्याउन सकिन्छ ।
यो पनि पढ्नुस
महामारीका रुपमा फैलिइरहेको कोभिड-१९ संक्रमण नेपालमा पनि देखिएपछि एक साताका लागि मुलुक लकडाउन ।
तेस्रो– ‘डाइमन्ड प्रिन्सेस क्रुज सिप’ पानीजहाजको २०२० को अध्ययनअनुसार ३ हजार ६३ जनामा कोरोना भाइरस परीक्षण गर्दा १७.९ प्रतिशत प्रभावित व्यक्तिमा त्यसको लक्षण पाइएन । त्यसरी नै चीनको वुहानबाट उद्धार गरिएका जापानीको कोरोना भाइरस परीक्षण गर्दा ३० प्रतिशत प्रभावित व्यक्तिमा कुनै लक्षण देखिएन । यद्यपि कोरोना नदेखिएका वा हल्का लक्षण देखिएका बिरामीबाट समेत यो सर्ने जानकारी उपलब्ध भएको छ ।
त्यसैले नेपालले कोरोना भाइरसको महामारी रोक्न धेरै प्रयत्न गर्नुपर्ने हुन्छ । यो भाइरसले व्यक्तिबाट व्यक्तिमा मात्र नभएर संक्रमितले छोएको र प्रयोग गरेको कुनै पनि सामानबाट पनि सजिलै केही घन्टा, केही दिनबीचमा फैलिने र नयाँ व्यक्तिमा संक्रमण बनाउने हुन्छ । यदि हामीमा संक्रमणसम्बन्धी जानकारी नभए कोरोना भाइरसका किटाणु यत्रतत्र रहने हुँदा संक्रमण विस्तार हुँदै जाने र त्यसलाई रोकथाम गर्न सरकारी तथा निजी क्षेत्रबाट तत्कालै उपयुक्त कदम नचालिए यसले महामारीको रूप लिनेछ ।
यो पनि पढ्नुस
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घटना हुनेछ ।
चौथो– विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको सम्बन्धमा प्रयोगशालाको माध्यमबाट परीक्षण गर्न सिफारिस गरेको छ । प्रत्येक राष्ट्रिय स्तरका प्रयोगशालामा कोरोना भाइरस परीक्षण गर्नुभन्दा पहिले ५ वटा पोजेटिभ र १० वटा नेगेटिभ नमुना संकलन गरी विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका प्रयोगशालामा परीक्षण गर्न प्रोत्साहन गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस परीक्षणका लागि सिफारिस गरेको मापदण्डअनुसारका प्रयोगशाला हालसम्म १६ मुलुकमा मात्र रहेको उसको आधिकारिक सूचनामा पाइएको छ ।
नेपालले राष्ट्रिय प्रयोगशालाबाट सयौँ परीक्षण गरे पनि अहिलेसम्म विश्व स्वास्थ्य संगठनले भनेबमोजिम १० वटा नेगेटिभ नमुना पुन: परीक्षणका लागि ती १६ वटा मुलुकमा पठाएको विवरण पाइएको छैन । राष्ट्रिय स्वास्थ्य परीक्षण प्रयोगशाला टेकुमा मात्र कोरोना भाइरस परीक्षण हुने र काठमाडौँबाहिर पर्याप्त मात्रामा जनशक्तिका साथै चिकित्सकको प्रबन्ध नभएको अवस्था छ । त्यसले गर्दा नमुना संकलन गरेर पठाउने, संकलित नमुना ओसारपसार गर्दा एउटा निश्चित तापक्रम हुनुपर्नेमा सो कुराको जानकारी भए/नभएको यकिन गर्न सकिने अवस्था छैन ।
यो पनि पढ्नुस
विश्वभर कोरोना भाइरस संक्रमणका कारण ठूलो जनधनको क्षति भइरहेका बेला नेपालमा पनि सम्भावित संक्रमणबाट बँच्न विभिन्न तयारी गरिएको छ । तर के ती तयारीहरू पर्याप्त छन् ? प्रदेशहरूमा सम्भावित संक्रमण रोकथामका लागि कस्तो तयारी छ ?
पाँचौँ– विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेकाले निजी स्वास्थ्य बिमाभित्र यो रोग नपर्ने भन्दै बिमा कम्पनीहरूले बिमा नगर्न सक्छन् । तसर्थ सरकारी स्तरबाटै बिमा कम्पनीहरूलाई निर्देशन जारी गरी घातक रोगको सूचीमा कोरोना संक्रमणलाई समावेश गरिनुपर्छ । साथै, कोरोनाको परीक्षण र उपचार गर्नका लागि धेरै देशहरूमा सरकारले अतिरिक्त शुल्कबिना परीक्षण र उपचार गर्न निर्देश गरेको छ । स्वास्थ्य सेवा सबै नेपालीको मौलिक हकभित्र पर्ने हुँदा रोग परीक्षण र उपचार गर्ने व्यवस्था मिलाउन सरकारले सहजीकरण गरिदिनुपर्छ ।
छैटौँ– अन्त्यमा कोरोना भाइरसका सन्दर्भमा संक्रमितको परीक्षण र उपचारभन्दा पहिले सार्वजनिक रूपमा सर्वसाधारणले बुझ्ने स्थानीय भाषामा समेत यो के हो, यसले कसरी संक्रमित बनाउँछ, यसबाट बच्न के–कस्ता पूर्वतयारी आवश्यक हुन्छन् भन्ने विषयमा सूचना, पम्प्लेट, अन्य जानकारीका विषय समाजमा निरन्तर उपलब्ध गराउन जरुरी छ ।
यो पनि पढ्नुस
समय छँदै देखाइने अग्रसरता यही स्तरमा कायम रहे हामी सम्भवत: यो विश्वव्याधि छल्न सफल राष्ट्र बन्न सकौँला । तर त्यसका लागि प्रार्थना गरेर बस्ने बेला छैन, नआत्तिईकन सक्दो कदम चालौँ ।
धेरै मुलुकमा कोरोना भाइरसको संक्रमण गुणात्मक रूपले बढ्ने हुँदा यसले छिटोभन्दा छिटो सयौँ मानिसलाई प्रभावित पार्ने र ज्यान लिने खतरा देखिएको छ । कोरोना संक्रमणको बोझ हटाउन संक्रमितको पहिचान गर्ने, परीक्षण गर्ने, एकान्तमा राख्ने, उपचार गर्नेजस्ता विधि अपनाउनु त छँदै छ, त्यसभन्दा पहिले त्यसको स्रोत नियन्त्रण प्रक्रिया थालनी गर्न अत्यन्त जरुरी छ । यी सब प्रक्रियाका लागि विश्व स्वास्थ्य संगठनले लागू गरेको निश्चित मापदण्ड अपनाउन पनि उत्तिकै आवश्यक छ ।
दक्षिण कोरियाद्वारा हालै सञ्चालन गरिएको परीक्षण विधि, उपचार प्रक्रिया आदिबाट कोरोना भाइरस संक्रमित व्यक्तिको मृत्युदर घटाउन जुन सत्प्रयास भयो, त्यसको विश्व स्वास्थ्य संगठन एवं विश्वभरका विशेषज्ञहरूले प्रशंसा गरेका छन् । दक्षिण कोरियाले पहिलो चरणमै कोरोना भाइरस परीक्षण गर्ने साधनको विकास गरेको र त्यसको संकटबाट संक्रमितलाई उद्धार गर्न सफल भएको छ ।
कोरोना संक्रमणबाट दक्षिण कोरियाले अनुसरण गरेको विधि पछ्याउन नेपालको सरकारी र निजी स्तरबाट ढिला गरिए ठूलो धनजनको क्षति हुन सक्नेमा द्विविधा छैन । अत: सरकारले बेलैमा सचेत र सचेष्ठ रही कोरोना भाइरस नियन्त्रण र संक्रमितको उपचार समयमै गरेर जीवन रक्षा गर्ने चासो देखाउन सके मात्र आम नागरिकले राहत महसुस गर्नेछन् ।
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...