परिवारसँग रमाउँदै जानुस्, संकट टर्दै जान्छ
कोरोनाको संकट त छँदैछ तर तपाईँ मान्नुहुन्छ, परिवारमा रमाउने, घुलमिल हुने, अनुभव साटसाट गर्ने, बच्चाहरूलाई अभिभावकत्व महसुस गराउने समय धेरैपछि आएको छ ?
प्रकोपका बेला कुनै व्यवस्थालाई दोष दिनु उपयुक्त नहोला तर यो उदार अर्थव्यवस्थाको उपज हो भन्ने अनुभवले पुष्टि गरेको छ ।
जनसंख्याको प्राकृतिक नियन्त्रणका लागि विश्वले पटक–पटक महामारी बेहोर्नु परेको छ । माल्थसले १७ औँ शताब्दीमै सिद्धान्त प्रतिपादन गरे पनि उनले कल्पना नगरेको विज्ञान र प्रविधिको विकासले यसको रोकथाममा प्रवर्द्धनात्मक नियन्त्रणको पनि उत्तिकै विकास भएको छ ।
पृथ्वीमा असन्तुलन भएपछि प्रकृतिले नै सन्तुलन कायम गर्छ भन्ने माल्थसको विचार अहिले पनि उत्तिकै सत्य छ भन्ने विश्वभर फैलिएको कोरोना महामारीले पुष्टि गरेको छ । अहिलेको विज्ञान प्रविधिको विकासले गर्दा पहिलाजस्तो ठूलो क्षति हुन नदिई महामारीको प्रत्यक्ष प्रकोप अबको दुई महिनाभित्र सकिनेछ । तर यसले विश्वलाई एउटा नयाँ सवक सिकाएर जानेछ । विशेषगरी अहिलेको भौतिक युगमा यसले पार्ने आर्थिक संकट दूरगामी हुनेछ । जुन संरचनामा विश्वले आर्थिक वृद्धि गर्दै आएको थियो, अब त्यो संरचनामै परिवर्तन हुनेछ ।
कतिपय मुलुकका लागि यसले थप अवसर पनि सिर्जना गर्नेछ । विशेषत: यसले जनस्वास्थ्य कार्यप्रणालीका क्षेत्रमा नयाँ प्रोटोकल स्थापित गर्नेछ भने सोअनुरूपको नयाँ प्रविधिको विकास पनि गर्नेछ । तथापि हालको प्रकोपले मात्र पृथ्वीमा पूर्ण सन्तुलन भने कायम हुन सक्ने छैन । त्यसका लागि विज्ञान र प्रविधिलाई प्रवर्द्धनात्मक नियन्त्रणमा उच्चतम प्रयोग गर्नुपर्ने हुन्छ । अन्यथा माल्थसले भनेजस्तै प्राकृतिक नियन्त्रणका रूपमा नयाँ–नयाँ प्रकोपहरू दोहोरिइरहनेछन् । विश्वले सिक्नुपर्ने मूल विषय नै यही हो ।
यस्तो प्रकोपका बेला कुनै व्यवस्थालाई दोष दिनु उपयुक्त नहोला तर यो उदार अर्थव्यवस्थाको उपज हो भन्ने अनुभवले पुष्टि गरेको छ । सरसर्ती हेर्दा पनि उदार अर्थतन्त्रका हिमायती अमेरिका र युरोपमा यसको फैलावटको प्रकोप तुलनात्मक रूपमा उच्च छ । जबकि बन्द अर्थव्यवस्था भएका मुलुक क्युबा, उत्तर कोरिया, रसियन मुलुकहरू र हाम्रै नेपालमा कम प्रभाव परेको देखिन्छ ।
यिनीहरूमा प्रकोप उत्थानशीलता पनि प्रभावकारी देखियो । भलै यसको उद्गमस्थल राज्य नियन्त्रित पुँजीवाद (स्टेट क्यापिटालिजम) भएको मुलुक चीनबाट भयो ।
यो पनि पढ्नुस
कोरोनाको संकट त छँदैछ तर तपाईँ मान्नुहुन्छ, परिवारमा रमाउने, घुलमिल हुने, अनुभव साटसाट गर्ने, बच्चाहरूलाई अभिभावकत्व महसुस गराउने समय धेरैपछि आएको छ ?
चीनमा यसको उद्गम हुनुमा पनि त्यसले अँगालेको आर्थिक खुलापन केही हदसम्म जिम्मेवार छ । सत्य के हो भने मानव सभ्यताको विकासक्रममा जुन नश्लको मानिस जहाँ विकास भएको छ, त्यहाँ वरिपरिको जडीबुटीयुक्त खानाले उसमा रोगप्रतिरोधी क्षमता प्राकृतिक रूपले नै बनाएको हुन्छ । तर नवउदारवादले त्यस्तो स्थानीय खाद्य प्रणालीलाई नष्ट गरी खानाको सर्वव्यापीकरण गर्यो, जसले गर्दा सम्बन्धित नश्लका व्यक्तिमा हुने प्रतिरोधी क्षमता गुम्दै गयो । परिणामत: जुनसुकै रोग पनि निमेषभर विश्वव्यापी हुन सक्ने अवस्था रह्यो ।
अहिलेकै अनुभवले पनि कम उदार अर्थतन्त्र भएका मुलुकमा त्यस्तो क्षमता गुमेको रहेनछ कि भन्ने देखाएको छ । त्यसैले अबको विश्व अर्थतन्त्रलाई पुनर्संरचना गर्नु जरुरी भएको छ । त्यसैले संरक्षित उदारवाद (प्रोटेक्टिभ लिबरालिज्म) को अवधारणा ल्याइएको हो । यसले हुने–नहुनेबीचको खाडल त पुर्छ पुर्छ, नश्लअनुसारको स्थानीय खाद्य प्रणालीको विकास गरी प्रतिरोधी क्षमता बढाउँछ । यसबाट वातावरण जोगिने मात्र होइन, मानवीय बहुलता पनि कायम हुन्छ ।
कोरोना महामारीपछि सबैभन्दा बढी असर अर्थव्यवस्थामा पर्नेमा दुई मत छैन । यसले जनजीवनमा पार्ने बहुआयामिक प्रभाव त छँदै छ, मानिसमा पर्ने आर्थिक त्रास (इकोनोमिक सक) भयानक हुने सम्भावना उत्तिकै छ । अर्थशास्त्रीहरुले सन् २०१८ देखि नै अर्को चरणको आर्थिक संकट सुरु भइसकेको प्रक्षेपण गरिसके पनि त्यो बाहिर देखिएको थिएन । तर अहिलेको महामारीले त्यसलाई सतहमा ल्याउने मात्र हैन, पहिलेका आर्थिक संकटभन्दा गम्भीर र दीर्घकालीन हुने अवस्था देखिन्छ ।
यो पनि पढ्नुस
आठ महिनादेखि मिर्गौलाको उपचार गराइरहेका सन्तोष यादव फलोअपका लागि भरतपुर पुगेका थिए । तर कोरोनाको शंकैशंकामा थुनुवाझैँ बनाएर राखियो । राम्रो उपचार नपाएरै उनको ज्यान गयो ।
चीनको वुहानमा सुरु भएको प्रकोपको एक महिनामै विश्वले ५ ट्रिलियन डलर नोक्सान बेहोरेको थियो । अहिले विश्वको अर्थतन्त्र २.९ प्रतिशतले वृद्धि भइरहेकामा यस्तो वृद्धि १.५ प्रतिशत बिन्दुले खुम्चिने प्रक्षेपण अर्थशास्त्रीहरूले गरिसकेका छन् । त्यसै पनि विज्ञान र प्रविधिका कारण खुम्चिँदै गएको रोजगारीमा यो महामारीले विश्व बजारमा २.५ करोड रोजगारी गुम्ने आकलन अन्तर्राष्ट्रिय श्रम संगठनले गरेको छ । विप्रेषणमा आधारित अर्थतन्त्र भएका अधिकांश मुलुकहरूले डच डिजिजको प्रकोपबाट गुज्रिनु पर्नेछ । विप्रेषणको वैकल्पिक अर्थव्यवस्थाबारे कुनै तयारी नभएका नेपालजस्ता मुलुकमा सिर्जना हुने भयावह अवस्था थप जोखिमपूर्ण हुनेछ । यो महामारीपछि उत्पादन प्रणालीमै संरचनागत परिवर्तन हुनेछ, जसमा रोजगारी सिर्जना गर्नेभन्दा कमसेकम मानिसको प्रयोगले उत्पादन बढाउने उपाय खोजिनेछ ।
बैंकिङ तथा बजार कारोबार विद्युतीय प्रणालीबाट हुने हुँदा तत्तत् क्षेत्रमा रहेको रोजगारीमा समेत भारी कटौती हुनेछ । अमेरिका, युरोपलगायतका सम्पन्न मुलुकमा समेत आर्थिक संकट हुने हुँदा विकासशील देशमा हुने वैदेशिक सहयोग र लगानीमा गिरावट आउनेछ । यसले गर्दा श्रम आपूर्ति गर्ने मुलुकलाई देशभित्रै ठूलो मात्रामा रोजगार सिर्जना गर्न दबाब पर्नेछ । यसका लागि राज्यको आन्तरिक स्रोतले कति थेग्न सक्छ तथा यसको परिचालन कति प्रभावकारी ढंगले हुन्छ भन्नेमा भर पर्छ ।
नेपालजस्तो सार्वजनिक खर्च गर्न सक्ने क्षमता तथा राजस्व प्रभावकारिता सन्तोषजनक नभएको मुलुकलाई यो ठूलो चुनौतीको घडी हुनेछ । यस्ता मुलुकहरूले अर्थव्यवस्थामा हुने उच्च राजनीतीकरण, बिचौलियापन, अदृश्यता तथा अनुत्पादक भद्दा संरचनालाई संरक्षित उदारवादको नयाँ ढाँचामा पुनर्संरचना नगरी अर्थव्यवस्थाको पुनरुत्थान हुन सम्भव देखिँदैन ।
यो पनि पढ्नुस
स्वास्थ्य मन्त्री भानुभक्त ढकाल मन्त्रालयका अधिकारीहरूमाथि हस्तक्षेप गरेरै भए पनि आफू अगाडि देखिन चाहन्छन् । फलतः कोरोना रोकथामका लागि एकद्वार प्रणालीबाट काम अगाडि बढ्न सकेको छैन ।
विश्वव्यापी महामारीले केही अवसरहरू पनि सिर्जना गर्नेछ । सर्वप्रथम त यसले उच्च भौतिक मूल्यबाट विश्वलाई मानवीय मूल्यतर्फ डोर्याउनेछ । अर्कोतर्फ विश्व नै एक गाउँको रूपमा रूपान्तरण भएको कुरा यो महामारीले झनै पुष्टि गरेको छ । तसर्थ, अबको दिनमा डोनाल्ड ट्रम्पले भनेजस्तै अमेरिका अमेरिकी जनताका लागिजस्ता जडवादी राष्ट्रिय आडम्बरले काम गर्ने छैन । हामी जे गर्छौं, विश्वका लागि अर्थात् पृथ्वी, मानव र ब्रह्माण्डकै लागि गर्नुपर्छ भन्ने तथ्यलाई उजागर गरेको छ । यसले अल्पविकसित मुलुकहरूलाई आफ्नो आर्थिक हैसियत उठाउने मौका पनि प्रदान गर्नेछ ।
यी मुलुकले आफ्नो मुलुकमा रहेको मानवीय संसाधनलाई सही परिचालन गरी प्राकृतिक स्रोत–साधनको उच्चतम उपयोग गर्न सक्नेछन् । यस्तो मौका विकसित कहलिएका मुलुकसँग अति कम हुनेछ किनकि ती देशहरूले यो अवस्था पार गरिसकेका छन् । बजार र स्रोत दुवै कुरा अल्पविकसित मुलुकका भण्डारमा छन् । यसले विश्वको आर्थिक, सामरिक शक्ति सन्तुलनमा समेत परिवर्तन ल्याउनेछ ।
स्वाभाविक रूपमा अमेरिका अब न आर्थिक रूपमा, न त सामरिक रूपमा सर्वशक्तिमान रहनेछ । युरोपेली मुलुकहरूको हालत पनि खस्कनेछ । कोरोना प्रकोपले गर्दा चीनले यो सन्तुलनमा रूपान्तरण ल्याइसकेको छ । यसैगरी एसिया र अफ्रिकी मुलुकहरूले आर्थिक उडान (टेक अफ) भर्ने मौका पाउनेछन् । यी देशहरूले केही हदसम्म स्वाधीन अर्थव्यवस्था र स्वाधीन बजार निर्माण गर्ने अवसर पाउनेछन् ।
अहिले विकसित भनिने मुलुकहरूको हस्तक्षेप पनि न्यून हुनेछ किनकि यी मुलुक आफ्नै घरेलु मामिलामा व्यस्त रहनेछन् । यसबाट अर्थ राजनीतिमा नयाँ–नयाँ मौलिक शैलीको विकास हुनेछ र उदारवादलाई प्रतिस्थापन गरिनेछ । चाहे जेसुकै होस्, यसले संरक्षित उदारवादमा भनिएजस्तै स्वास्थ्य, सुरक्षा र संरक्षणलाई जोड दिनेछ, जसले मानव अर्थशास्त्र (बजार अर्थशास्त्र हैन) को विकास गर्नेछ ।
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...