मिस्टर भर्सटाइल प्रमोद अग्रहरि
चंखे शंखे पंखेले राम्रो व्यापार त गरेन तर जतिले हेरे, इग्लिंस यादव बनेका प्रमोद अग्रहरिको अभिनयको प्रशंसा गरे ।

चंखे शंखे पंखेले राम्रो व्यापार त गरेन तर जतिले हेरे, इग्लिंस यादव बनेका प्रमोद अग्रहरिको अभिनयको प्रशंसा गरे । बीचबीचमा जबरजस्त अंग्रेजी घुसाएर बोल्ने पुलिस अधिकृतको भूमिकामा निकै जमेका छन् उनी । ताउ लगाएको जुंगा उत्तिकै सुहाएको छ । उसो त प्रमोदले तारिफ बटुलेको यो पहिलो फिल्म भने होइन । डेब्यु फिल्म उमादेखि ताण्डव हुँदै सुन्तलीसम्म आइसक्दा उनले आफूलाई ‘भर्सटाइल एक्टर’का रूपमा चिनाइसकेका छन् ।
रंगमञ्च पृष्ठभूमिको भएकाले होला, सानो भूमिका पाउँदा पनि दर्शकमाझ ‘मार्क’ हुन सक्ने खुबी छ उनीसँग । त्यसैले त फिल्मवृत्तमा प्रमोदलाई उम्दा अभिनेताका रूपमा हेर्न थालिएको छ । तर, उनी आफ्नो ध्यान भूमिकामा विविधता र अभिनयमा स्वाभाविकता ल्याउन मात्र केन्द्रित रहेको बताउँछन् । प्रमोदको नयाँ फिल्म ठमेल डटकम दसैँको छेकोमा कात्तिक पहिलो साता रिलिज हुँदैछ भने अर्को फिल्म फागु रिलिजको पर्खाइमा छ । त्यस्तै, छिरिङ रितार शेर्पा निर्देशित सिंहदरबार टेलिफिल्म ४ कात्तिकबाट नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ । भन्छन्, ँयी फिल्म र टेलिफिल्मले मप्रतिको दर्शकको अपेक्षा पूरा गर्ने आशा छ ।” ध