कोरोना कहरपछिका प्रश्न
भविष्यमा पनि मानव जातिले पटक-पटक महामारी वा यस्ता समस्यासँग जुधिरहनु पर्ने हुन्छ। कोरोनासँगको लडाइँमा अहिले देखिएका प्रश्नहरूको हल खोज्ने हो भने आउने दिनमा हाम्रो मोर्चा थप बलियो हुन्छ।
विषम परिस्थितिमा मानवता र विश्व शान्ति/न्यायको अवधारणा सबैलाई प्यारो लाग्छ । तर जब त्यो विषम परिस्थिति टर्छ, मान्छे आफ्नो पुरानो स्वभावमै फर्किन्छ ।
कोरोनापछिको विश्व अर्कै हुनेछ भन्ने कुरा पनि एक किसिमको हावामै तीर हान्नु हो । एउटा– कोरोनापछिको विश्व कोरोनाअघिको विश्वभन्दा केही फरक हुने छैन । यसले न अधिनायकवादको सर्वोत्कृष्टता प्रमाणित गर्छ, न त चीनले अमेरिकालाई पछि पार्छ । यो कथ्य मानिसले आफैं बिर्सिनेछन् । संसार कोरोनाअघि जस्तो थियो, त्यस्तै हुन्छ ।
इतिहासका उदाहरण काफी छन् । प्रथम विश्वयुद्धपछि पनि यस्तै सोच थियो । पेरिस शान्ति सम्झौतालाई त सबै लडाइँ अन्त्य गर्ने उपलब्धिका रूपमा धेरैले लिएका थिए । तर त्यो सम्झौताको नाटक नजिकबाट नियालिरहेका आर्चिबाल्ड वाभेल यसलाई सबै शान्ति ध्वस्त गर्ने सम्झौता देख्दै थिए । उनको कुरो दुई दशक नबित्दै प्रमाणित पनि भयो– दोस्रो विश्वयुद्ध सुरु भएर ।
निश्चय नै विषम परिस्थितिमा मानवता र विश्व शान्ति/न्यायको अवधारणा सबैलाई प्यारो लाग्छ । तर जब त्यो विषम परिस्थिति टर्छ, मान्छे आफ्नो पुरानो स्वरूप र स्वभावमै फर्किन्छ । प्रथमपछि दोस्रो विश्वयुद्ध, शीतयुद्ध र हतियारको दौड यसको प्रमाण हो । संयुक्त राष्ट्रसंघ बन्यो तर बन्नेबित्तिकै जसले बनाएका हुन्, तिनैले यसलाई पर्वाह गरेनन् । कोरियाली युद्ध, भियतनामी युद्ध संयुक्त राष्ट्रसंघको बडापत्रविपरीत थिए ।
हो, प्रथम विश्वयुद्धले युरोपको भूमिका घटाएर अमेरिकी वर्चस्व स्थापित गर्यो । दोस्रो विश्वयुद्ध र शीतयुद्धले अमेरिकी वर्चस्व झन् बलियो बनायो । तर के अहिलेको चीन त्यसबेलाको अमेरिकाजस्तो छ ? के चीनले अमेरिकालाई विश्व परिदृश्यमा ओझेल पार्न वा उछिन्न सक्छ ? के कोरोनाले मान्छेलाई नयाँ ढंगको राज्य वा पश्चिमा शैलीको प्रजातन्त्रको पनि विकल्प छ भनेर सोच्न बाध्य बनाउँछ ?
तिनै प्रश्नको जवाफ हो : सक्दैन ।
यो पनि पढ्नुस
भविष्यमा पनि मानव जातिले पटक-पटक महामारी वा यस्ता समस्यासँग जुधिरहनु पर्ने हुन्छ। कोरोनासँगको लडाइँमा अहिले देखिएका प्रश्नहरूको हल खोज्ने हो भने आउने दिनमा हाम्रो मोर्चा थप बलियो हुन्छ।
पहिलो– चीन धनी छ तर अझै पनि ऊ अमेरिका नजिक छैन । अझै पनि चीनमा भविश्य खोज्ने अमेरिकी नागरिकभन्दा अमेरिकामा सुनौलो भविश्य खोज्ने वा खोज्न चाहने चिनियाँ नागरिक धेरै छन् ।
दोस्रो– अमेरिका हतियार बेचेर धनी भएको हो । जबकि चीनको हतियार पत्याउने देश धेरै छैनन् । अझ ऊ आफैँले अरूबाट हतियार किन्छ । चिनियाँ मिडियाले जे फुके पनि त्यसको नेतृत्वले अझै आफू सैन्य प्रविधिमा अमेरिकाको नजिक छौँ भन्ने ठान्दैन । यो हाम्रो युगको गेम चेन्जर भनेको प्रथम खाडीयुद्ध नै हो । त्यो युद्धमा प्रयोग भएको प्रविधिले धेरै देशलाई निद्राबाट ब्युँझायो । सोच्दै नसोचेको प्रविधि प्रयोग गरेर अमेरिकाले त्यो युद्ध जितेको हो ।
अहिले धेरैले नयाँ प्रविधि विकास गरे । तर सैन्य बजेट र अनुसन्धान, विकास अमेरिकाको जस्तो कसैको छैन । अहिले हेरौं या पहिले, सैन्य प्रविधि र सैन्य शक्ति नै शक्ति राष्ट्रको मापदण्ड बनेको छ । नहुँदो हो त ८० को दशकमै जापानले अमेरिकालाई चुनौती दिनुपर्ने होइन र ?
तेस्रो प्रश्नको उत्तर : हो, केही समय केही बौद्धिक वर्गलाई विभिन्न मोडलको विश्लेषण गर्न पर्याप्त सामग्री हुन्छन् । नयाँ–नयाँ वाद पनि निस्कन सक्छन् । तर वर्षौंदेखि पढिएको पाठले दिमाग धुलाई भएका मानिस परिवर्तन हुन गाह्रो हुन्छ । एक–दुई वर्षसम्म खास खास बेला कोरोनालाई सम्झिन्छन् । त्यसपछि बिर्सिन्छन् ।
यो पनि पढ्नुस
प्रकोपका बेला कुनै व्यवस्थालाई दोष दिनु उपयुक्त नहोला तर यो उदार अर्थव्यवस्थाको उपज हो भन्ने अनुभवले पुष्टि गरेको छ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा त चीनले कोरोनापछिको विश्वमा आफ्नो शक्ति निकै खस्केको अनुभव गर्नेछ । अहिले उसले संसारलाई जति सहयोग गरे पनि थुप्रै देशका सर्वसाधारण, मिडिया र बौद्धिक वर्गले कोरोनाको उद्गमस्थल चीनको वुहान भनेर लेख्न छाड्दैनन् । फेरि चीनले हलिउडका स्टुडियोहरूमा आफ्नो लगानी बढाएर आफूलाई सुहाउने चलचित्र बनाउन लागेजस्तो संसारमा प्रभुत्व जमाएका र न्यारेटिभ सेट गर्ने मिडिया, पुस्तक प्रकाशकहरू अमेरिका र उसकै सहयोगीहरूकै नियन्त्रणमा छन् । र, तिनले यो भाइरसलाई लिएर बौद्धिक र बृहत् प्रकाशनमा कुनै न कुनै रूपले चीनलाई यसको जिम्मेवार बनाइरहन्छन् ।
चिनियाँ मिडिया र प्रकाशकले निश्चय नै एउटा अलग धार दिन्छन् र दिइरहेकै छन् । तर तिनले विश्वव्यापी फैलिएको पश्चिमा मिडियाको वर्चस्वलाई अहिले नै चुनौती दिन सक्ने स्थिति छैन । कोरोना त झन् चीनलाई होच्याउने, गैरजिम्मेवार देखाउने पश्चिमा अस्त्र बन्न सक्छ ।
एउटै कुरो मात्र परिवर्तन हुन सक्छ र त्यो भनेको सक्ने देशले यस्तो महामारीविरुद्धको शोध/अनुसन्धानको बजेट बढाउने र बढी क्वारेन्टाइन सुविधा बनाउने । त्यसबाहेक केही परिवर्तन हुने छैन । अर्को महामारी आउनेछ । जो तयार छ, त्यसले चाँडै समाधान गर्नैपर्छ । जो तयार छैन, त्यहाँ जनता भकाभक मर्नेर्छन् । फेरि नयाँ बौद्धिक गन्थन सुरु हुन्छन् र सेलाउने छन् ।
त्यसबाहेक केही परिवर्तन हुने छैन । शक्ति राष्ट्रहरूले तिनैलाई नाम मात्रको सहयोग दिनेछन् ।
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...