कोरोना महामारीपछि अर्थव्यवस्थाको पुनरुत्थान
प्रकोपका बेला कुनै व्यवस्थालाई दोष दिनु उपयुक्त नहोला तर यो उदार अर्थव्यवस्थाको उपज हो भन्ने अनुभवले पुष्टि गरेको छ ।
भविष्यमा पनि मानव जातिले पटक-पटक महामारी वा यस्ता समस्यासँग जुधिरहनु पर्ने हुन्छ। कोरोनासँगको लडाइँमा अहिले देखिएका प्रश्नहरूको हल खोज्ने हो भने आउने दिनमा हाम्रो मोर्चा थप बलियो हुन्छ।
कोरोना सन्त्रास फैलँदै जाँदा हरेक मुलुक जानेको-सकेको उपायका साथ लडिरहेका छन्। आज विश्वको पहिलो चुनौति आँखाले नदेखिने भाइरसलाई युद्ध मैदानमा परास्त गर्नु हो। यो युद्धमा मानवसभ्यताको जित सम्भव मात्रै होइन, अवश्यम्भावी छ। चाँडै हामी कोरोनापछिको समयमा बाँचिरहेका हुनेछौँ।
यसबाहेक कोरोनासँग जोडिएका केही प्रश्न छन्, जसमा बौद्धिकहरू घोत्लिरहेका छन्। यी प्रश्नका दुई वर्ग छन्। पहिलो वर्ग, यस्ता महामारीका कारण के हुन् ? यसका लागि हामी मानिस कति जिम्मेवार छौँ ? यो मानवीय गतिविधिले निम्त्याएको हो कि होइन ? यसमा हाम्रा राजनीतिक-आर्थिक पद्धति कति जिम्म्वार छन् ? हाम्रा विश्व दृष्टिकोण कति जिम्मेवार छन् ?
दोस्रो वर्ग, के हामी आउने दिनमा यस्ता महामारीलाई रोक्न सक्छौँ ? हाम्रासामू महामारीबाट सदासर्वदाका लागि मुक्त हुने उपाय छ ? कि मानवजाति महामारीसँग युद्ध लडिरहन विवश छ ? लड्नै पर्ने भए आफ्नो मोर्चामा थप बलियो कसरी हुन सक्छौँ ?
अहिले केहीदिन यी प्रश्नमाथिको बहस व्यर्थ लाग्न सक्छ, किनभने यी प्रश्नले हाम्रो अगाडि रहेको चुनौतिको समाधान दिँदैनन्। कोरोना फैलिनबाट तत्काल रोक्ने उपाय पनि सुझाउन सक्दैनन्। त्यसका लागि राज्यसंयन्त्रको परिचालन, भ्याक्सिनको खोजी लगायतका उपाय नै आवश्यक छन्।
तर, यी प्रश्नमा सबैभन्दा बढी बहस हुने पनि यही बेला हो। यी प्रश्नहरू मानव सभ्यताको सुदुर भविष्यका लागि महत्त्वपूर्ण छन्। यस्तै, आउने दिनमा हामीसामू देखा पर्नसक्ने अरू महामारीसँग जुध्ने आधार यी नै प्रश्नको जवाफले तय गर्छ।
यो पनि पढ्नुस
प्रकोपका बेला कुनै व्यवस्थालाई दोष दिनु उपयुक्त नहोला तर यो उदार अर्थव्यवस्थाको उपज हो भन्ने अनुभवले पुष्टि गरेको छ ।
औद्योगिक पूँजीवादले प्रकृतिको निर्मम शोषण गरेको छ। मुनाफाको प्रतिस्पर्धाले प्रकृतिको प्रतिकृया के हुन्छ, त्यसले मानवजातिलाई के असर पर्छ भन्ने नबुझिकनै प्रकृतिको चरम दोहन गरेको छ। साढे तीन सय वर्षदेखिको त्यो शोषण अहिलेसम्म जारी छ। पृथ्वीको तापमान वृद्धि, जल-जमिन-वायु-ध्वनी प्रदुषण यसैका उपज हुन्। हामी ती उपजले निम्त्याएका समस्याका भूक्तभोगि हौँ। त्यसैले, हामीलाई लाग्न सक्छ कि कोरोनाजस्ता कहरका लागि पूँजीवाद जिम्मेवार छ। यो आंशिक सत्य मात्रै हो ।
एक्काइसौँ शताब्दीको सुरूवाती दुई दशकमै हामीले विभिन्न महामारी देख्यौँ। हरेक महामारीले मानवजातिलाई यसैगरी त्राही-त्राही पारेका छन्।
हामी कम्तीमा पनि आजभन्दा करिब ५० हजार वर्षअघिसम्मका महामारीसँग जानकार हुन थालेका छौँ। म केही समयअघि हावर्ड विश्वविद्यालयका जेनेटिसिस्ट तथा ‘एन्सिएन्ट डिएनए’ परीक्षणका अगुवा वैज्ञानिक डेविट रेखको पुस्तक ‘हु ह्वी आर एन्ड हाउ ह्वी गट हियर’ (हामी को हौँ र कसरी यहाँ आइपुग्यौँ) पढिरेहको थिएँ। युरोप र पश्चिम तथा मध्यएसियामा पाइएका निन्डरथलका डिएनए अध्ययनबाट उनीहरूको संहारका लागि महामारी पनि जिम्मेवार हुनसक्ने प्रमाणहरू उनले राखेका छन् । निन्डरथल अर्को प्रजातिको मानिस हो ।
रेखका अनुसार आजभन्दा चालिस हजार वर्षपहिले आधुनिक मानव (स्यापियन्स) युरोपमा फैलन थालेको थियो। आधुनिक मानिससँग जम्काभेट भएको एक हजारवर्षभित्र पृथ्वीबाटै निन्डरथल लोप भएको उनले उल्लेख गरेका छन्। निन्डरथललाई समेत महामारीले सताएको प्रमाण भेटिनु, यसअघि दशौं लाख वर्षको इतिहासमा प्राचीन मानिसले यस्ता अनेकौँ महामारीको सामना गरेका थिए भन्ने संकेत हो।
यो पनि पढ्नुस
बिरामी जाँच्नुपर्ने डाक्टरद्वारा कोरोना आशंकामा बिरामीलाई घरमै बस्न सुझाव
अहिलेसम्म प्राप्त प्रमाणहरू अनुसार निन्डरथल लोप भएसँगै मानिसले आफ्ना सबै दाजुभाइ प्रजाति गुमायो र पृथ्वीमा अस्तित्वमा रहेको एक्लो मानवजाति बन्यो। (निन्डरथल लोप भएपछि पनि केही मानव प्रजाति पृथ्वीमा रहेको हुनसक्ने संकेत मिलेको छ, प्रमाणित भए यो बुझाइ परिवर्तन हुनसक्छ।) यसपछिको करिब ३०-३५ हजारवर्षमा मानिसले अनेकपटक अनेक किसिमका महामारी व्यहोर्यो।
उदाहरणका लागि रेखकै किताबमा उल्लेख भएका दुई परिघटना हेरौँ। पाँचहजार वर्षअघिदेखि मध्यएसियाली पशुपालकहरू युरोपतिर बसाईं सर्न थाले। यसैबेला युरोपको पुरानो किसान जनसंख्यामा अनौठो महामारी फैलियो। आदिवासी किसानसँग त्यो रोगविरूद्ध लड्ने प्राकृतिक गुण थिएन, जुन मध्यएसियाली पशुपालकहरूले आफूमा विकास गरेका थिए। यो महामारीले युरोपको जनसंख्या बनावटमा नै बदलाव ल्याउन भूमिका खेल्यो। यसका अरू कारण पनि हुनसक्छन्, तर महामारी एउटा प्रमुख कारण भने थियो। आजको युरोपेली जनसंख्याको पुर्ख्यौली साइनोको ठूलो हिस्सा ती नै मध्यएसियाली पशुपालकको छ, जब कि पुराना युरोपेली किसानको हिस्सा नगन्य छ।
महामारीको यो इतिहास ४५ सय वर्षपछि यसैगरी दोहोरियो। आजभन्दा ५ सय वर्षअघि कोलम्बसलाई पछ्याउँदै हजारौं युरोपेली अमेरिका बसाईं सरे। अमेरिकामा फेरि महामारी फैलियो। यसले ठूलो संख्यामा अमेरिकी आदिवासीको संहार गर्यो।
यी उदाहरण हुन्, अफ्रिकाबाट बसाईं हिँडेपछिको लगभग पचास हजार वर्षको इतिहासमा मानिसले यस्ता अनेक महामारी सहेका छन्। प्राचीन मानिसबाट आधुनिक मानिसमा उद्विकास हुँदै, ढुंगे युगको शिकारी जीवनबाट खेती किसानी सिक्दै, विभिन्न सहर-सभ्यता बनाउँदै र त्यसको पतनको साक्षी बस्दै पूँजीवादसम्म आइपुग्दा मानिसले अनेकपटक आफ्नो विश्वदृष्टिकोण परिवर्तन गरेको छ। तर महामारीसँगको पौठेजोरी अझै जारी छ।
यो पनि पढ्नुस
कोरोनाको संकट त छँदैछ तर तपाईँ मान्नुहुन्छ, परिवारमा रमाउने, घुलमिल हुने, अनुभव साटसाट गर्ने, बच्चाहरूलाई अभिभावकत्व महसुस गराउने समय धेरैपछि आएको छ ?
बहुचर्चित ‘स्यापियन्स’ मा युभल नोह हरारीले लेखेका छन्, कृषियुग सुरू हुनुअघिको मानिस सबैभन्दा बुद्धिवान थियो। हरेक व्यक्ति आफ्नो जिविकाका लागि पूर्णरूपमा सक्षम रहन्थ्यो। प्रकृतिसँग उसको घनिष्ट सम्बन्ध थियो। यसपछि अन्नले मानिसलाई ‘डोमेस्टिकेसन’ गर्यो, र मानिस कृषि युगमा प्रवेश गर्यो।
कृषियुग अघिको मानिस निरन्तर बसाईं सरिरहन्थ्यो । यसक्रममा नयाँ वातावरण, नयाँ खानपिन वा मांस परिकार आदिका कारण उसले पटकपटक महामारी सामाना गरिरह्यो। के थाहा, कति मानव समूहहरू नेन्डरथलजस्तै महामारीको कहरलाई जित्न नसकेर आफ्नो वंश नै नछोडी लोप पो भए कि ! कति मानवसमूह जनसंख्याको ठूलो हिस्सा गुमाएर थोरै संख्यामा मात्रै बाँचे, र फेरि आफ्नो सृष्टी फैलाए। यसरी जनसंख्याको ठूलो हिस्साको संहार हुने र सानो हिस्सा बाँचेर फेरि फैलने चरणलाई ‘बोटल नेक’ नाम दिइएको छ। ‘बोटल नेक’का विभिन्न कारणमध्ये महामारी पनि एक हो।
कृषियुगमा पहिलेभन्दा तुलनात्मक रूपमा धेरै मानिस एकै ठाउँ बस्ने, अनेक घरपालुवालाई नजिकै राख्ने, राम्रोसँग सरसफाइ नगर्ने आदिकारणले अझ नयाँ नयाँ महामारीले सताउन थाल्यो। मानिसले त्यस्ता महामारीसँग जुध्न सिक्दै गए। त्यसपछि उनीहरूले अझ ठूल्ठूला सहरी सभ्यता बनाए। हामीले पटक-पटक नाम सुन्ने सिन्धु उपत्यकाको सभ्यता त्यस्तै विशाल सहरी सभ्यता थियो। लगभग ६ हजार देखि ४ हजारवर्षअघिसम्म अस्तित्वमा रहेको यो सभ्यताको अन्तिम कालखण्डमा त्यहाँ महामारी फैलिएको हुनसक्ने संकेत पुरातत्वविदहरूले फेला पारेका छन्।
यसपछिको इतिहासका पाना पनि महामारीको विवरणविहीन छैनन्। जसरी, मानव इतिहासको कुनै पनि कालखण्ड महामारीको प्रकोपबाट मुक्त थिएन, त्यसैगरी पूँजीवादको समय पनि त्यसबाट मुक्त छैन। त्यसैले, सपाट रूपमा पूँजीवाद वा यस समय विकसित हाम्रो विश्वदृष्टिकोणलाई दोष दिनु तथ्यसँगत हुँदैन। यसले हामीलाई प्रकृतिप्रति मानिसको रवैया फेरिने बित्तिकै महामारीजस्ता समस्या आउँदैनन् भन्ने निष्कर्षमा पुर्याउँछ।
यो पनि पढ्नुस
आठ महिनादेखि मिर्गौलाको उपचार गराइरहेका सन्तोष यादव फलोअपका लागि भरतपुर पुगेका थिए । तर कोरोनाको शंकैशंकामा थुनुवाझैँ बनाएर राखियो । राम्रो उपचार नपाएरै उनको ज्यान गयो ।
मानव इतिहासले भन्छ- त्यो निष्कर्ष गलत हुनेछ। कृषियुग अघिको मानिस प्रकृतिसँग अति मैत्री थियो, र प्रकृतिको दोहन गर्नुपर्ने आवश्यकता पनि कम थियो। यसबेलासमेत उसले महामारीको सामना गर्दै, लड्दै जित्दै आयो। र, आजको पूँजीवादी युगमा पनि हामी कोरोनाजस्ता महामारीको सामना गरिरहेकै छौं। हामीले प्रकृतिप्रतिको रवैया बदल्नु जरूरी छ तर यसले महामारीबाट मुक्ति दिँदैन।
पूँजीवादका आफ्ना दुर्गुणहरू छन् तर यसले हामीलाई केही उपहार पनि दिएको छ। त्यसमध्ये सबैभन्दा महत्वपूर्ण हो: विज्ञान । आज जुन महामारी फैलिएको छ, त्यसलाई कोरोना हो भनेर पहिचान गर्न हामी सक्षम भयौं। र, यो यसअघि फैलिएको सार्स भाइरसकै समूहको भनेर पनि चिन्न सक्यौं। नाङ्गो आँखाले नदेखिने यो भाइरसलाई हेर्नसक्छौं। त्यो कसरी सर्छ, कसरी सर्दैन भनेर थाहा पाउने भएका छौं।
आज संसार भर लाखौं स्वास्थ्यकर्मी सुरक्षाकवचसहित संक्रमितको उपचारमा छन्। यतिबेला लाखौं बिरामीको उपचार भइरहेको छ र झन्डै डेढ लाख मानिस ठीक भएर घर फर्किएका छन् । आज कोरोनाभाइरसविरूद्धको भ्याक्सिन तयार पार्न केही मानिसहरू दिनरात नभनी खटिरहेका छन्। हामीलाई थाहा छ, उनीहरू चाँडै सफल हुनेछन्। यो सबै केले सम्भव तुल्यायो? विज्ञानले। आज विज्ञान जुन रूप र शक्तिमा हामीसँग छ, त्यो पूँजीवादको देन हो। यसअघिका सामान्तवाद वा पशुपालक युगमा यो सम्भव थिएन।
पूँजीवादको अर्को पनि देन छ, शक्तिशाली राज्य र त्यसका संयन्त्र। आज राज्यहरू जे-जस्तो अवस्थामा छन्, तिनको जे जति शक्ति छ, यो निर्धारण गर्नमा पूँजीवादको भूमिका छ। आज नरेन्द्र मोदीको सिमित व्यक्ति सम्मिलित क्याबिनेट-निर्णयले भारतमा करिब एक अर्ब तीस करोड मानिसलाई एक महिनासम्म घरभित्र राख्न सक्छ। भारतको विशाल भू-भाभागमा हिजोसम्म भइरहेका आर्थिक गतिविधि, दौडधूप एकाएक ठप्प पार्न सक्छ। राज्यको यो शक्ति र संरचना पनि पूँजीवादको देन हो। यदी हामी हजार वर्षअघिकोजस्तो विशाल साम्राज्य वा २५ सय- तीन हजार वर्षअघिको जस्तो शहरी राज्य प्रणालीमा हुन्थ्यौं भने कोरोनासँग यसरी लड्न सक्थौं त ? थाहा छैन।
यो पनि पढ्नुस
स्वास्थ्य मन्त्री भानुभक्त ढकाल मन्त्रालयका अधिकारीहरूमाथि हस्तक्षेप गरेरै भए पनि आफू अगाडि देखिन चाहन्छन् । फलतः कोरोना रोकथामका लागि एकद्वार प्रणालीबाट काम अगाडि बढ्न सकेको छैन ।
आज विश्व स्वास्थ्य संगठनका साथै संयुक्त राष्ट्र संघ र यसका अनेक निकायहरू कोरोनासँग लड्ने राज्यको इम्युनिटी पावर बढाउन मेहेनत गरिरहेका छन्। प्रविधि र सूचना आदानप्रदानमा लागिरहेका छन्। यी अन्तर्राष्ट्रिय संस्थाहरू पूँजीवाद अन्तर्गतका परिकल्पना हुन्।
यसको अर्थ, अनेक समस्याका बावजुद आज कोरोनासँग लड्ने जुन शक्ति मानवजातिले हासिल गरेको छ, त्यो पूँजीवादको देन हो। तर पूँजीवादका आफ्ना सीमा छन्, कमजोरी छन्। ती कमजोरी संकटका बेला देखापर्छन्। कोरोना त्यस्तै एउटा संकट हो, जसले पूँजीवादका कमजोरीहरू प्रष्ट्याइ दिएको छ।
आज जसरी इटाली, अमेरिका लगायतका पश्चिमा देशहरू संक्रमण नियन्त्रण गर्न विफल भइरहेका छन्, त्यसले पूँजीवादी राज्यभित्र निर्मित संरचनाको कमजोरी देखाइरहेको छ। लामो समय समाजका शक्तिशालीहरूले स्वास्थ्यलाई व्यक्तिगत रूपमा बुझे र त्यसलाई नीजी क्षेत्रको पोल्टामा हालिदिए। कुनैबेला यस्तो क्षण आउँछ र अर्को बिरामीले उपचार नपाउँदा आफूलाई पनि मृत्युको जोखिम हुन्छ भन्ने उनीहरूले ख्यालै गरेनन्। स्वास्थ्य-उपचार मानिसको नैसर्गिक अधिकार हुनुपर्ने थियो तर त्यो नाफाको व्यापार भयो। स्वभाविक हो, नाफामुखी व्यवसायी युद्धस्तरमा यस्तो जोखिमविरूद्ध लड्न हिच्किचाए। उनीहरूलाई तयार पार्दासम्म समय घर्किसकेको थियो।
यो प्रश्न नागरिकको उपचार खर्च कसले व्यहोर्ने भन्ने मात्र होइन, सम्पूर्ण स्वास्थ्य क्षेत्रलाई राज्यले कुन दृष्टिकोणले हेर्ने भन्ने हो। आज चीनले विभिन्न मुलुकमा सहायता सामग्री बाँडिरहँदा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र, विश्वको सबैभन्दा ठूलो सैन्य शक्ति अमेरिका आफ्नै मुलुकको समस्या देखेर अत्ताल्लिइ रहेको छ। कोरोनाविरूद्ध अन्तर्राष्ट्रिय सहयोगमा उसको प्रत्यक्ष उपस्थिति नै छैन भन्दा पनि हुन्छ। अमेरिकाजस्तो मुलुकमा डाक्टरहरू सुरक्षाकवच नपाएर बिरामीको उपचार गर्न नसक्ने स्थितिमा छन् भन्दा हामीलाई अचम्म लागिरहेको छ। यो डोनाल्ड ट्रम्पको व्यक्तित्व वा वर्तमान सरकारको अक्षमता मात्रै होइन, यो प्रणालीको कमजोरी उजागर भएको हो।
यो पनि पढ्नुस
अस्ट्रेलियालाई लकडाउन गरिएको भए पनि नेपालमा जस्तो छैन । ठूलठूला जहाजहरूबाट कोरोना संक्रमितहरू सिड्नी ओर्लिरहेका । संक्रमितहरूको संख्या बढिरहेको छ । मानिसहरूको चहलपहल उस्तै छ ।
स्वास्थ्य मात्रै होइन, विज्ञानमा राज्यको दृ्ष्टिकोण पनि यो क्षतिका लागि त्यतिकै जिम्मेवार छ। आज विज्ञान र प्रविधिमा संसारकै अग्रणी मुलुक अमेरिका र उसलाई पछ्याइरहेको चीनले गर्ने लगानी असाध्यै न्युन छ। कुनै पनि मुलुकको विज्ञान बजेटलाई सैन्य बजेटसँग तुलना गरेर हेर्नुस्, विज्ञानलाई राज्यहरूले दिएको प्राथमिकता थाहा हुन्छ। त्यो बजेट पनि के काममा खर्च भइरहेको छ ? सम्पूर्ण मानव जाति र पर्यावरणको पक्षमा हुनुपर्ने विज्ञान आज निश्चित वर्गको सेवामा समर्पित छ। छिमेकी देश भारत हेर्नुस्, त्यहाँको विज्ञान बजेटले चन्द्रयान उडाउन सक्छ, तर दिनदिनै आत्महत्या गरिरहेका किसानलाई कुनै राहत दिन सक्दैन। आज विज्ञान र प्रविधिको जति प्रगति भए पनि त्यसबाट लाभ पाउन नसकेको सबैभन्दा ठूलो वर्ग भनेको परम्परागत किसान वर्ग हो।
विज्ञान आज अष्ट्रेलियाबाट उडेर कतै नबिसाइ युरोप पार गर्दै अमेरिका पुग्ने विमान बनाउन सक्षम छ। तर, अष्ट्रेलियाको आगलागि महिनौं दन्किरहँदा केही गर्न सक्दैन। आदिवासीहरू महिनौं चिच्याउँदा अमेजनको आगो निभाउन सक्दैन। आज विज्ञान चालकरहित कारका लागि तयार छ, तर वायु प्रदुषण रोक्न विफल छ। संसारको बढ्दो तापमान रोक्न विफल छ। पक्कै पनि यसअघिका महामारीबाट पाठ सिकेको भए कोरोनाजस्ता महामारीसँग लड्न विश्व थप शक्तिशाली हुनसक्थ्यो। आज हामी थप सुरक्षित हुनसक्थ्यौं। तर, यी क्षेत्रमा गरिने लगानीले कसैलाई नाफा दिँदैन। कसैको सैन्य क्षमता बढाउँदैन। आज विज्ञान मुठ्ठीभर धनाढ्यको हितमा प्रयोग भइरहेको छ।
अहिले संसारको अधिकांश सम्पत्ति केही धनाढ्यसँग छ। उनीहरू विज्ञानमा लगानी गरिरहेका छन्। टेस्ला, फोर्ड, भक्सवागनजस्ता कम्पनीहरू विज्ञानमा लगानी गर्छन्। आज अन्तरिक्ष पर्यटनदेखि अन्तरिक्ष रेष्टुरेन्टमा समेत लगानी भइरहेको छ। पृथ्वीमा साँच्चिकै ठूलो प्रलय हुने भयो भने आफ्ना-आफन्तसहित भाग्ने ठाउँ होस् भनेर केही धनाढ्य पृथ्वीबाहिर गेस्टहाउस खोजिरहेका छन्। के यी लगानी मानवजातिले आज झेलिरहेका समस्या समाधानमा केन्द्रीत गर्न सकिन्छ ? पूँजीवादको समस्या यहाँ आएर प्रष्ट हुन्छ।
यो पनि पढ्नुस
लकडाउनको यो चरणको पर्याप्त तयारी र त्यसको प्रभावकारी कार्यान्वयन् हुन नसके धेरै नागरिकहरूको लागि लकडाउन आफैँ कोभिड—१९ को प्रकोप जत्तिकै पीडादायी हुन सक्छ ।
सघन जनसंख्या भए पनि चीन स्रोतसाधनयुक्त मुलुक थियो, त्यसैले कोरोनाविरूद्ध लड्न सक्यो। यस्तै समस्या बंग्लादेश वा पाकिस्तानबाट सुरू भएको भए के हुन्थ्यो ? अथवा युद्धको चपेटामा रहेको सिरियाबाट सुरू भएको भए के हुन्थ्यो ? गरिब अफ्रिकी मुलुकमा सुरू भएको इबोलाले कसरी विश्वभरी संकट ल्याएको थियो? आज विश्वमा जुन असमानता छ, त्यसले सबैलाई कोरोनाजस्ता महामारीसँग लड्न स्रोत र ज्ञान उपलब्ध गराउँदैन। तर, यस्ता महामारीले राजनीतिक सिमाना चिन्दैन।
चीनले कोरोनाविरूद्ध कुसलतापूर्वक लड्यो। आजको दुनियाँले चीनबाट धेरै कुरा सिक्न सक्छ। हामीलाई यो पनि थाहा छ, कोरोना एउटा आँधी हो। आँधीले थुप्रै चीज उडाए पनि फेरि हामी सामान्य जीवनमा फर्कनु पर्छ। कोरोनापछिको सामान्य समयमा हामीलाई अभिव्यक्ति स्वतन्त्रता र अरू अधिकारहरू उत्तिकै प्रीय लाग्ने छ।
जलवायु परिवर्तनजस्ता समस्याले भनिरहेका छन्, हामीले प्रकृतिप्रतिको रवैया बद्ल्न बिलम्ब भइसकेको छ। तर महामारीको सन्दर्भमा महत्वपूर्ण प्रश्न महामारीसँग जुध्ने तयारी कसरी गर्ने भन्ने हो। भविष्यमा पनि मानव जातिले पटक-पटक महामारी वा यस्ता समस्यासँग जुधिरहनु पर्ने हुन्छ। कोरोनासँगको लडाइँमा अहिले देखिएका प्रश्नहरूको हल खोज्ने हो भने आउने दिनमा हाम्रो मोर्चा थप बलियो हुन्छ। आउने दिनमा यस्ता समस्याले निम्त्याउने क्षति अहिलेभन्दा कम हुन्छ।
यसका लागि स्वास्थ्यलाई राज्यको दायित्वभित्र ल्याउनु र स्वास्थ्य सेवालाई मानिसको नैसर्गिक अधिकारको रूपमा स्थापित गर्नुपर्ने हुन्छ, कानुनमा होइन व्यवहारमै। स्वास्थ्य सेवा प्रणालीलाई अझ चुस्त-दुरूस्त बनाउनु पर्नेछ। विज्ञान र अनुसन्धानमा व्यापक लगानी बढाउनु पर्ने छ। र, यो लगानीलाई आम मानव जाति र पर्यावरणको हितमा हुनेगरि परिचालन गर्नुपर्ने छ। विश्वमा बढ्दो स्रोत र प्रविधिमा पहुँचको असमानतालाई कम गर्नु छ।
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...