उस्ताद उवाच
अरू देशलाई जेसुकै गर्नूस्, नेपाललाई चाहिँ समानुपातिक समावेशी तरिकाले डीभी दिनूस् ।
अरू देशलाई जेसुकै गर्नूस्, नेपाललाई चाहिँ समानुपातिक समावेशी तरिकाले डीभी दिनूस् ।
कोही मरेपछि बन्द–हडताल भयो भने उसलाई सहिद घोषणा गरिने हाम्रो गौरवशाली परम्परा छ । चरा मरेपछि डेढ घन्टा विमानस्थल बन्द भयो । जसरी भएको होस्, बन्द त भयो नि ! अनि, चरालाई सहिद घोषणा नगरी भो ?
उपाय अनेक हुनसक्छन् तर, भुलेर पनि प्रधानमन्त्री परिवर्तन भएपछि काम गरिदिउँला या ऋण तिरौँला नभन्नुहोला ।
बिचरा सांसदहरूले कुखुराको साँप्रो खाजा खान नपाउने रे ! जुस र कोकपेप्सी खान नपाउने रे ! संसद्मा फोकटमा खाजा र खाना नदिने हो भने किन नेता भनेर सांसद निर्वाचित गर्नु ?
ल हेर्नूस् त, ‘चीन र चिसो’ शब्द पनि उस्तैउस्तै छ । हिउँ नै हिउँको बाटोबाट आएको रेलले ल्याएको चिसोबाट बच्न के गर्ने त ? जनतालाई हिटर बाँडौँ भने बिजुली छैन ।
त्यसपछि मोदीजीले भन्नुभयो, ‘तपाईंलाई केमेस्ट्रीमा, मलाईचाहिँ पाल्मेस्ट्रीमा रुचि छ ।’
विचरा कुर्सीमा छैनन्, नभएपछि गफ पनि नआउँदो रै’छ !
वार्ता ट्याब्लेट : यो ट्याब्लेट खाएर वार्ता गर्न बसेपछि एकैछिनमा सहमति हुन्छ । जस्तै विवादको विषय किन नहोस्, समाधान निस्कन्छ ।
खाली सिट चाहिनेले आफ्नै गाडी किनेर चढ्नू । होइन, तपाईंले निहुँ खोजेको ? पछाडि सर्नुहुन्न ? दुइटा खुट्टा सीधा पारेर उभिनूस् त !
तपाईंका पार्टीको केन्द्रीय समितिमा दुई–तीन हजार सदस्य अट्छन् भने हाम्रो बसमा चक्का नफुटुन्जेल यात्रु किन अट्दैनन् ?
भएभरको पदक समानुपातिक भागबन्डाका आधारमा सबै देशले पाउने व्यवस्था गर्नुपर्छ ।
ओलीको खल्तीमा उखाने वाण हुन्थ्यो, मेरो खल्तीमा क्षमायाचना र खण्डन विज्ञप्ति हुन्छ ।
छिमेकी मित्रले हाम्रो टुप्पी समातेर जुरुक्क उचालेकाले पार्टीको उचाइ बढेको भन्दै जोरीपारीहरू छाती पिटिपिटी बिलौना गर्दै छन् ।
लरतरो होइन, गुगुलबाबु पो त, उनले भनेको कुरा कानधनीबाहेक अरूले सुन्न सक्दैन ।
हे भगवान्, नेपालीले गफ गर्न कति जानेका ! यिनले जानेको काम गफ मात्र हो कि क्या हो ? जो पनि गफ दिन व्यस्त छन्, गफमा मस्त छन् ।