होलेरीमा फर्किएको हाँसो
माओवादी जनयुद्धको उद्गम थलो होलेरी अहिले समृद्धिको लक्ष्य पछ्याइरहेको छ ।
साताका ७ स्टोरीमा कमिसन सेटिङको अडियो बाहिरिँदा पद गुमाएका गोकुल बाँस्कोटादेखि लोकतन्त्रको विमर्शसम्म
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलन होस् वा सार्वजनिक कार्यक्रम, सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा ‘कन्फिडेन्ट’ देखिन्थे । तर उनको त्यो ‘कन्फिडेन्स’ पत्रकारहरुलाई थर्काउन, मिडियाहरुलाई मानमर्दन गर्न र जनसाधारणमा आलोचित सरकारका कदमको ढाकछोप गर्नमा प्रयोग भइरह्यो । बाँस्कोटालाई धाप दिइरहे, प्रधानमन्त्री केपी ओलीले । रविराज बरालको विश्लेषण पढ्नुहोस् ।
युद्धताका होलेरीबासी रातभर निदाउन सक्दैनथे । युद्धले आक्रान्त यहाँका बासिन्दा होलेरीलाई युद्ध पर्यटनको गन्तव्यका रुपमा विकास गर्न खोज्दै छन् । मुलुकको राजनीति फेर्न आफन्तजन गुमाएका सर्वसाधारणको दैनिकीमा केही बदलाव आएको छैन । होलेरी गाउँपालिकाको केन्द्र त हो तर अहिले पनि डाक्टर खोज्दै दाङको घोराही पुग्नुपर्छ । होलेरीमा राम्रो अस्पताल, गुणस्तरीय सडक र युद्धको घाउ बिर्साउने विकासका कार्यक्रम चाहिएको छ । दुर्गालाल केसीको रिपोर्ट पढ्नुहोस् ।
यो पनि पढ्नुस
माओवादी जनयुद्धको उद्गम थलो होलेरी अहिले समृद्धिको लक्ष्य पछ्याइरहेको छ ।
सात दशकयता बन्दै, बिग्रँदै र फेरि बन्दै गरेको लोकतन्त्रबारेको विवेचना र सातै प्रदेशमा गरिएको सर्वेक्षणको नतिजा भिडियोमा हेर्नुस् ।
राजा गइसके, अब तिनलाई देखाएर दलहरुले आफ्ना गलत क्रियाकलापको ढाकछोप गर्न सक्दैनन् । विदेशी शक्तिको हौवा पिटाउँदैमा पनि अब नागरिकले पत्याइहाल्ने स्थिति छैन । नेपाल म्यागजिनको प्रजातान्त्रिक क्रान्तिका ७० वर्षमाथि विमर्श गरिएको विशेष अंकमा के छ ? भिडियो हेर्नुस् ।
इङ्लिस प्रिमियरसिपको डिफेन्डिङ च्याम्पियन तथा विश्वकै सबैभन्दा धनी फुटबल क्लबमध्येको एक म्यान्चेस्टर सिटीलाई युरोपेली फुटबल महासंघ (युफा) ले आगामी दुई सिजन च्याम्पियन्स लिग खेल्नबाट प्रतिबन्ध लगाएको छ । युफाको आरोप छ– सिटीले युरोपेली फुटबलको आर्थिक नियमावलीको गम्भीर उल्लंघन गरेको छ । साथै, उसले क्लबलाई तीन करोड पाउन्ड जरिवाना पनि तिर्न भनेको छ । लाइसेन्सिङ प्रक्रिया र आर्थिक सुशासनका पक्षमा क्लबले ध्यान पुर्याउन नसकेको उसको ठहर छ । युफाले आर्थिक नियमावली बनाएपछि कुनै क्लबमाथि गरेको यो नै एक दशकयताकै सबैभन्दा ठूलो कारबाही हो । सिटीले एक सिजन च्याम्पियन्स लिग नखेल्दा १० करोड डलरभन्दा बढी घाटा हुन्छ । यसबाट क्लबले अनुबन्ध गर्ने खेलाडी र प्रशिक्षक पेप ग्वार्डिओलाकै करिअरमा पनि धक्का पर्न सक्छ । पढ्नुहोस् पवन आचार्यको रिपोर्ट
हुबेई प्रान्तको वुहान सहरलाई केन्द्रबिन्दु बनाएर फैलिएको नयाँ कोरोना भाइरसका कारण चीन यतिबेला आन्तरिक विपत्तिमा छ भने यसैका नाममा चिनियाँमाथि भएको विभेदका कारण बाह्य जगत्बाट आक्रान्त पनि । यसै पनि उदाउँदो चीनप्रति पश्चिमा दृष्टि अनुदार नै देखिन्छ । चीनका सकारात्मक कुराहरु ’अनदेखा’ गर्ने पश्चिमा मिडिया चीनको आत्मसम्मानमाथि ठेस पुर्याउने सामग्रीका लागि यतिखेर यथेष्ट ’स्पेस’ दिन तयार देखिन्छन् । पढ्नुस् लक्ष्मी लम्सालको विचार
लोकतन्त्र मूलत: दलहरुले सञ्चालन गर्ने व्यवस्था हो । तर हाल दलको दबदबा यति गहिर्याइएको छ कि स्वविवेकी नागरिकको खडेरी नै परेको छ । दलका प्रतिनिधिले के भन्लान्, दल र सरकारबाट केही झार्न सकिन्छ कि, दलमै उल्लेख्य ठाउँ ओगट्न पाइन्छ कि, पदोन्नति हुन्छ कि, पेन्सनपछि पनि पद पाइन्छ कि, कर कम गर्न सकिन्छ कि आदिले गाँज्दा दल तथा यिनका हातगोडाले साथ दिँदा र च्याप्दा नागरिक स्वतन्त्रता, स्वविवेक, समालोचनात्मक दृष्टिकोण, व्यवसायधर्मिता, उत्कृष्टता आदि सबै बन्धकमा परेका छन् । यी सबै लोकतन्त्रका ऐँजेरु हुन् । नेपाल म्यागजिन पोडकास्टमा सुन्नुहोस् चैतन्य मिश्रको विचार