साताका ७ स्टोरी
#NepalMag साताका ७ स्टोरीमा पुस्तकमा थोपरिएको करको भारीदेखि साझा पार्टीले मागेको जनमतसंग्रहसम्म ।

कोरोनाविरुद्ध लड्न हामी कति सक्षम ?
यो असाधारण संकटको समय हो । असाधारण संकटलाई अरु बेलाका उपाय प्रयोग गरेर हुँदैन । सरकारको काम गराइ अहिलेभन्दा चुस्त देखिनुपर्छ । जुन कुरा एक महिना पहिला हुनुपर्थ्यो, त्यसमा अहिले राम्रो तदारुकता देखिएको छ । अझै पनि के डर छ भने अहिले गरिहाल्नुपर्ने काम दुई–चार हप्ता ढिला जाने हो कि ! हेर्नुस् अनुप सुवेदीको भिडियो
चेतनामा बन्देजविरुद्धको आक्रोश

सरकारले हाम्रो माग सुन्नभन्दा बढी जनताले किताबमा कर लगाउनु किन गलत हो भन्ने कुरा बुझ्न जरुरी थियो । हामी चाहन्थ्यौँ, किताबमाथिको करको विषयमा बहस होस् । हामी मानिसलाई बुझाउन चाहन्थ्यौँ कि चेतनामा बन्देज लगाएर किन सरकार उसको मात्रै भजन गाओस् भन्ने चाहन्छ । पढ्नुस् सौरभ कार्कीको टिप्पणी
कोरोनाबाट आत्तिनु पर्दैन तर...

कोरोना भाइरसको संक्रमणबाट विश्वभर नै आतंक छ । अब हामीले रोगबारे जानकारी लिनुपर्छ । रोगबाट कसरी बँच्ने भन्ने सिक्नुपर्छ र त्यहीअनुसार सतर्कता अपनाउनुपर्छ । सरकारले जनतालाई आश्वस्त बनाउन सके आत्तिने अवस्था रहँदैन । पढ्नुस् अनुप सुवेदीको लेख
साझा पार्टीले कसका लागि माग्दै छ जनमतसंग्रह ?

आफ्नो राजनीतिक शक्ति विस्तार गर्न र निर्वाचन जित्न पार्टीहरु आम जनताले रुचाउने वा उनीहरुको चासो रहेको कुरामा आफ्नो मत प्रस्तुत गर्छन् र निश्चित वर्ग वा समूहलाई हातमा लिएर राजनीतिक अवसर प्राप्त गर्न प्रयास गर्छन् । यद्यपि, राजनीतिक पार्टीहरुले जनता खुसी पार्ने क्रममा देशका राजनीतिक, सामाजिक मुद्दालाई कत्तिको गहिरिएर हेर्ने र देशको अन्तर्विरोधप्रति कति संवेदनशील हुने भन्ने कुरा तिनको क्षमता र विवेकमा भर पर्छ । साझा पार्टीको घोषणापत्र अध्ययन गर्दा उसले आफ्नो विवेक सम्पूर्ण रुपमा गुमाएको प्रस्ट हुन्छ । पढ्नुस् सञ्जीव पोखरेलको विचार
कन्हैया कुमारविरुद्ध देशद्रोहको पुरानो मुद्दा किन ब्युँताइयो ? बुझ्नैपर्ने १० विषय

सरकारको छिस्स विरोध गरे पनि देशद्रोहको मुद्दा लगाउन सकिने ब्रिटिसकालीन कानुन भारतमा राजनीतिक प्रतिद्वन्द्वीलाई तह लगाउन प्रयोग भइरहेको छ । त्यसैको पछिल्लो उदाहरण हो– कन्हैया कुमारसहित १० जनाविरुद्ध ब्युँताइएको चार वर्ष पुरानो मुद्दा । पढ्नुस् रविराज बरालको रिपोर्ट
कोरियामा रहेका नेपाली कोरोनाबाट कति सुरक्षित ?

पछिल्लो एक सातादेखि कोरिया कोरियाजस्तो छैन । कोरिया रहर हैन, कहर भएको छ, यतिबेला । यहााको सामान्य जीवनशैली अब असामान्य बनिसकेको छ । अति व्यस्त हुने सडक रित्ताप्राय: भइसकेका छन् । पाइलो टेक्ने ठाउा नहुने मेट्रो रेल अब खाली खाली गुडिरहेछन् । टनाटन हुने पार्क रित्ता देखिन्छन् । पढ्नुस् गणेश पौडेलको रिपोर्ट
वुहानको कोरोना प्रकोप : गरे के हुन्न ?

त्यस्ता केही अत्यावश्यक कुरा चीनले बिनाअलमल झटपट पूरा गर्न सकेको छ । महामारीका बेलामा राजनीतिक नेतृत्व, जिम्मेवार निकाय र स्रोतसाधनको परिचालन अरु मुलुकका लागि पनि उदाहरण बन्न सक्छ । पढ्नुस् लक्ष्मी लम्सालको विचार