साताका ७ स्टोरी
साताका ७ स्टोरीमा काठमाडौंलाई साइकल सिटी बनाउने अवधारणादेखि महिलाप्रति रहेको पूर्वाग्रही धारणाको चिरफारसम्म ।

नारीप्रति किन पूर्वाग्रही ?

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले गरेको एक अध्ययनले करिब ९० प्रतिशत मानिसले महिलाप्रति पूर्वाग्रही धारणा राख्ने गरेको देखाएको छ । ७५ वटा देशमा गरिएको अध्ययनमा पुरुष र महिला दुवै महिलाप्रति पूर्वाग्रही धारणा राख्छन् भन्ने देखाएको हो । एक तिहाइ पुरुष र महिलाले पतिले पत्नीलाई पिट्नु सामान्य ठानेका छन् । पढ्नुस् सुनिता लोहनीको स्टोरी
नेपालमा सिँचाइयोग्य जमिन कति छ ? #Infographic
नेपालमा बाह्रै महिना सिँचाइ हुने ४ लाख ३० हजार हेक्टर जमिन छ । २२ लाख ६६ हजार हेक्टर जमिन सिँचाइयोग्य छ । १४ लाख ७३ हजार हेक्टरमा सिँचाइको पूर्वाधार पुगेको छ । हेर्नुस् इन्फोग्राफिक

काठमाडौँ उपत्यकामा साइकल लेन सम्भव छ ?

काठमाडौँ उपत्यकाका कतिपय स्थान उकालाओराला छन् । तर यी उकालाओरालाको औसत स्लोप ४ डिग्री कोणको छ । ५ डिग्री भूधरातलीय स्लोपभन्दा बढी भए साइकल चलाउन गाह्रो हुन सक्छ । यहाँको तापमान र हावापानी न धेरै गर्मी, न त धेरै जाडो ! संसारमा साइकल यात्राका लागि भूगोल, जमिन र हावापानी नै अनुकूलताका प्रमुख विशेषता हुन् । रत्नराम श्रेष्ठको लेख पढ्नुस्
युरोपको सपना देखाएर करोडौँ ठगी

म्यानपावरबाट ठगीमा पर्ने युवाको संख्या बढी भए पनि उजुरी कमै पर्ने गरेको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार आव ०७४/७५ मा उजुरी गर्ने युवाको संख्या ७ सय ६९ छ । आव ०७५/७६ मा १ हजार २ सय ६३ मात्रै । युरोप र अमेरिकामा जान भनेपछि विश्वासमा परेर रकम बुझाउँदा धेरै ठगीमा पर्ने गरेका छन् । पढ्नुस् कल्पना भट्टराईको रिपोर्ट
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो

एसिया कप छनोटका रुपमा रहेको प्रतियोगिता खेल्न जानुअघि नेपाली टोलीको मनोबल उच्च थियो । हङकङ, सिंगापुर, मलेसिया र थाइल्यान्ड रहेको इस्टर्न रिजन प्रतियोगिता नेपालले सजिलै जित्ने र एसिया कपको छनोट खेल्ने अनुमान धेरैको थियो । तर नेपाल एक खेलअगावै प्रतियोगिताबाट बाहिरियो । पढ्नुस् पवन आचार्यको रिपोर्ट
खास कारण, जसले माटोको सहर मुस्ताङलाई विशेष बनायो

मुस्ताङका चारै दिशा हिमालले छुट्याउँछन् । पूर्वमा मुक्तिनाथ हिमाल र दामोदर हिमालले मनाङ, पश्चिममा मुकुट हिमालले डोल्पा, दक्षिणमा निलगिरि साउथ र धौलागिरि हिमालले म्याग्दी र उत्तरमा मुस्ताङभोट हिमाल (धाङधुङमर) चीनको तिब्बतसँग सीमा जोडिएको छ । हिमालबाहेक यस्ता धेरै कुरा छन्, जसले मुस्ताङलाई विशेष बनाएका छन् । घनश्याम खड्काको रिपोर्ट
तराईमा यस्तो देखियो होली #Photos

प्रदेश २ को जनकपुर होलीले रंगियो । सडकमा रङ दल्दै शुभकामना साटासाट गर्नेहरूको भीड थियो । सडकमै होलीका गीत घन्किए । पहाडी जिल्लामा फागुपूर्णिमाका दिन मनाइएको रङको पर्व होली मंगलबार तराईका जिल्लामा धुमधामले मनाइयो । हेर्नुस् सरोज बैजुका तस्बिरहरू