साताका ७ स्टोरी
#NepalMag साताका ७ स्टोरीमा कमेडी च्याम्पियनका विजेता हिमेश पन्तदेखि मानव जातिको साझा चुनौती बनेको कोरोना भाइरससम्म ।

१) तालाचाबी केन्द्रले लिएर प्रदेश सरकारले कहाँ काम गर्ने ?

प्रदेश सरकारहरुसँग आफ्नो शासन, प्रशासन हाँक्ने तालाचाबी नै छैन । उनीहरुलाई अपांग बनाइएको छ । अपांग बनाउने अनि दौडिन सकेनन् भन्नु दोहोरो चरित्र हो । पढ्नुस् समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको अन्तर्वार्ता
२) यसो गरे नेपाल कोरोना रोक्न सफल देश बन्न सक्छ

यो नयाँ रोगको औषधी र भ्याक्सिन छैन । तर यसबाट संक्रमित करिब ८२ प्रतिशत रोगी आफैँ निको हुन्छन् । १३ प्रतिशतजति अस्पतालमा निको भएका छन् भने ५ प्रतिशतजति गम्भीर अवस्थामा पुग्न सक्छन् । पढ्नुस् महेश मास्केको विशेष लेख
३) कमेडी च्याम्पियन विजेता हिमेश पन्तलाई १० प्रश्न #Video
लजिकल कमेडियन हुन्, हिमेश । प्रतिस्पर्धामा रहुन्जेल सुरुदेखि अन्तिमसम्म सबभन्दा अब्बल उनै ठहरिए । उनका जोक सामाजिक, आर्थिक र बढी राजनीतिक क्षेत्रका हुन्थे । साथमा शेरबहादुर देउवा, प्रचण्ड, केपी ओलीलगायत बलिउड हिरोहरुको पनि क्यारिकेचर गरे । अन्तत: टाइटल उनले नै जिते । हेर्नुस् नेपाल म्यागजिनका १० प्रश्नमा हिमेशको जवाफ
४) कोरोना अर्थात् मानव जातिको साझा नियति

कोरोनाले सीमा नाघेर शक्तिशाली भनिएका अरु राष्ट्रहरुलाई पनि हायलकायल बनाउन थालेपछि बुझ्नुपर्छ, एकअर्कालाई हेपेर होइन कि सम्मान गरेर हातेमालो गर्नुपर्छ । पढ्नुस् लक्ष्मी लम्सालको विचार
५) प्रधानमन्त्रीको स्वास्थ्य र राजनीतिको अर्थ

प्रधानमन्त्री ओली आफैँले गरेका कतिपय निर्णय र उनका निकट सहयोगीहरुको भूमिका विवादास्पद देखिएका छन् । आफ्ना सहयोगी मुछिएका भ्रष्टाचार र अनियमितताका काण्डमा ओलीले उनीहरुको खुला बचाउ गरेका छन् । यसबाट ओलीको सुशासन र पारदर्शिताप्रतिको प्रतिबद्धतामा प्रशस्त शंका उत्पन्न भएको छ । पढ्नुस् सञ्जीव पोखरेलको विचार
६) नेपालमा डिजिटल बैंकिङ प्रयोगको अवस्था #Infographic
केही वर्षयता नेपालमा डिजिटल बैंकिङको प्रयोग बढ्दो छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ६८ लाख १९ हजार ६ सय २ जनाले डेबिट कार्ड प्रयोग गर्छन् भने एक लाख ३७ हजार ६ सय ५६ जनाले क्रेडिट कार्ड प्रयोग गर्छन् । ९ लाखभन्दा बढीले इन्टरनेट बैंकिङ सुविधा लिएका छन् । हेर्नुस् इन्फोग्राफिक

७) हरेक विकास आयोजना बिचौलियाको प्रभावमा

एजेन्टहरुले कमिसनको प्रलोभनमा पारेकै कारण सरकारले उपत्यकामा ठूल्ठूला गाडी खरिद गर्नुको साटो मेट्रो रेल, मोनो रेललाई राष्ट्रिय गौरवका आयोजनाभित्र पारेको छ । जबकि उपत्यकाको आवश्यकता मोनो रेल होइन । माथिल्लो कर्णाली, अरुण तेस्रो पनि एजेन्टकै कारण वर्षौंदेखि अलपत्र छन् । पढ्नुस् माधव बस्नेतको रिपोर्ट