विदेशी अस्पतालमा कोरोनाविरुद्ध भिडिरहेका नेपाली चिकित्सकका अनुभव
विदेशका अस्पतालहरूमा कार्यरत चिकित्सकहरूको सुझाव छ- नेपालमा लकडाउन अझै लम्ब्याउनु उचित हुन्छ ।
अमेरिकामा कागजपत्रविहीन आप्रवासीको संख्या झन्डै १ करोड २० लाखसम्म भएको तथ्यांक छ । धेरैजसोले रोजगारी गुमाएका छन् भने अरूको पनि काम गर्ने अवधि काटिँदै गएको छ
कोरोना भाइरसको संक्रमण अनियन्त्रित हुन थालेपछि अमेरिकाको अन्य राज्यले जस्तै म बस्ने कनेक्टिकट राज्यले पनि २३ मार्चदेखि अत्यावश्यक सेवाबाहेक सबै कामधन्दा बन्द गर्ने निर्णय गर्यो । तर, त्यसपछि पनि संक्रमणको ग्राफ उकालो लागेको लाग्यै छ ।
कारण स्पष्ट छ, संक्रमण रोक्न अमेरिकाको पहल नै ढिलो भयो । भएको पनि पर्याप्त छैन । पसलहरू खुलेकै छन्, सार्वजनिक सवारी साधन पनि चलेकै छन्, हाई–वेमा सवारी साधनको भीड खासै घटेको छैन । मानिस हिँडिरहेकै छन् । कनेक्टिकट राज्यमा मात्रै अहिले एक सयभन्दा बढी प्रकार सेवालाई ‘बन्द गर्न नपर्ने’ सूचीमा राखिएको छ, जसमा स्वास्थ्य सेवा, प्रहरी, दमकलदेखि ग्यास स्टेसन, मदिरा र गाँजाजन्य पदार्थ बेच्ने पसलसमेत पर्छन् ।
सरकारले संक्रमण रोक्न घरमै बस्न सुझाव दिइरहेको त छ तर धेरैले अझै ढुक्कले घर बस्न पाउने अवस्था छैन । होम क्वारेन्टाइनलाई कतिसम्म कडाइ गर्ने विषयमा सरकार नै दोधारमा छ । त्यसैले यसलाई ‘ह्वाइट कलर क्वारेन्टाइन’ समेत भन्न थालिएको छ । अर्थात्, प्रशासनिक र ‘डेस्क वर्क’ गर्ने ‘ह्वाइट कलर वर्कर’ लाई घरमै बसेर काम गर्ने सुविधा भए पनि ‘ब्लु कलर वर्कर’, जो काममा भौतिक रूपमै उपस्थित हुनुपर्छ वा शारीरिक रूपमै खट्नुपर्छ, अझै पनि कोरोना संक्रमणको सन्त्रासका बीच काम गरिरहेकै छन् ।
यो पनि पढ्नुस
विदेशका अस्पतालहरूमा कार्यरत चिकित्सकहरूको सुझाव छ- नेपालमा लकडाउन अझै लम्ब्याउनु उचित हुन्छ ।
अमेरिकी अर्थतन्त्रमा काम गर्नैपर्ने बाध्यता किन छ भने ठूलो जनसंख्या बचत गर्नै नसक्ने अवस्थामा छ । सन् २०१६ को एक अध्ययनअनुसार ६३ प्रतिशत अमेरिकीसँग आपतकालीन अवस्थाका लागि ५ सय डलर समेत हुँदैन । त्यस्तै ५६ प्रतिशतभन्दा बढीको बैंक खातामा एक हजार डलरभन्दा कम बचत छ । हरेक हप्ता कामबाट प्राप्त हुने ‘पे चेक’ बाट खर्च धान्नुपर्ने भएकाले धेरैमा एक–दुई हप्ता काम नगर्दा आर्थिक अवस्था नै डामाडोल हुने अवस्था छ ।
कोरोनाभाइरसको ‘हट स्पट’ न्युयोर्कमा एक बेडरुम अपार्टमेन्टकै मासिक दुई हजार डलरभन्दा बढी पर्छ । फोन, इन्टरनेट, यातायात, खाद्यान्न आदिमा पनि खर्च उत्तिकै हुन्छ । अन्य ठूला–साना सहरमा पनि अवस्था उस्तै उस्तै हो । यो विपत्तिको असर मध्यमवर्गीय र कम आय हुने परिवारमै बढी देखिन थालेको छ । न्युयोर्कमा पनि न्यून आय हुने वर्गमै बढी प्रभाव देखिएको छ । त्रासका बीच पनि काम गर्नैपर्ने र त्यसका लागि भौतिक रूपमै उपस्थित हुनुपर्ने बाध्यताका कारण यो वर्गमा संक्रमणको जोखिम उच्च छ ।
अमेरिकी अर्थतन्त्र ओरालो लाग्दै गर्दा धेरैले रोजगारी गुमाएका छन्, अरूको पनि काम गर्ने अवधि काटिँदै गएको छ । कोरोनाका कारण प्राय: चाइल्ड केयरहरू बन्द भएका कारण बच्चालाई त्यहाँ छाडेर काममा जाने अभिभावकलाई दोहोरो मार परेको छ । किनभने, अमेरिकामा सानो उमेरका बच्चालाई घरमा एक्लै छाड्न पाइन्न । त्यसमाथि विद्यालयहरू पनि बन्द भएकाले घरमा कोही न कोही अभिभावक हुनैपर्ने बाध्यता छ । घरबाटै काम गर्न मिल्ने वा केही महिना काम नगरे पनि धान्न सक्ने आर्थिक हैसियत भएकालाई भने तत्काल समस्या छैन ।
यो पनि पढ्नुस
कुनै न कुनै रूपमा पर्यटन उद्योग सम्बद्ध क्षेत्रमा कार्ययरत नेपालीहरूको रोजगारी संकटमा छ ।
कहालीलाग्दो तथ्य त के भने अमेरिकामा स्वास्थ्य सेवा राम्रो भए पनि यो सबैको पहुँचमा छैन । पछिल्लो समय त झन्झन् महँगिदै गएको छ । स्वास्थ्य बिमाबिना उपचार खर्च धान्ने कल्पनासमेत गर्न सकिन्न । स्वास्थ्य बिमा छैन भने एकपटक एम्बुलेन्स चढ्नुपर्यो भने २–३ हजार डलरसम्मको बिल आउँछ । इमर्जेन्सीको खर्च पनि उत्तिकै महँगो हुन्छ ।
अत्यासलाग्दो तथ्य त के भने सन् २०१८ मा झन्डै २ करोड ७५ लाख जनता (८.५ प्रतिशत) सँग स्वास्थ्य बिमा थिएन । बिमा नहुँदा स्वास्थ्य जाँचका लागि क्लिनिक वा अस्पतालमा ‘अपोइन्टमेन्ट’ लिनसमेत असम्भवजस्तै हुन्छ । यस्तोमा कोरोनाको शंका लागेका व्यक्तिले समेत तत्काल स्वास्थ्य सेवा पाउने सम्भावना न्यून रहन्छ ।
क्यालिफोर्नियाको लस एन्जेलसमा कोरोनाका कारण ज्यान गुमाएका १७ वर्षे युवकलाई त्यहाँको एक स्वास्थ्य संस्थाले बिमा नभएकै कारण उपचार गर्न अस्वीकार गरेको थियो । उनलाई अर्को अस्पतालको इमर्जेन्सी त पठाइएको थियो तर बाटोमै ज्यान गुमाए । कानुनत: अमेरिकामा बिमा नभएकै कारण उपचार अस्वीकार गर्न पाइन्न । तर, के सुलभ स्वास्थ्य सेवा भएको भए ती युवा अवस्था जटिल हुँदासम्म उपचार नै नगराई बस्थे त ?
यो पनि पढ्नुस
केही समय अघिसम्म बेलायत मात्र होइन, पूरै युरोपभरि कोरोना ठट्टा बनेको थियो, भट्टीहरूमा चुट्किला बन्थ्यो र हाँसोको फोहरा बनेर सडकका पेटीहरूमा गुन्जिन्थ्यो । तर आज ?
अमेरिकामा कागजपत्रविहीन आप्रवासीको संख्या झन्डै १ करोड २० लाखसम्म भएको तथ्यांक छ । यी आप्रवासीबारे यकिन तथ्यांक अमेरिकी सरकारसँग समेत छैन । यिनीहरू सवारी चालक अनुमतिपत्रजस्ता सामान्य सुविधाबाट मात्र होइन, स्वास्थ्यजस्ता अत्यावश्यक सेवाबाट समेत वञ्चित छन् । समातिने र डिपोर्ट हुने डरले धेरैले आफ्नाबारे जानकारी दिनै रुचाउँदैनन् ।
यी आप्रवासीमा रोगको संक्रमण भएको खण्डमा उपचार त परको कुरा, मृत्युको हिसाबकिताब समेत हुन मुस्किल छ । स्मरणीय के छ भने न्युयोर्क, न्युजर्सीलगायतका राज्यले कागजपत्रविहीन आवप्रवासीका लागि लिएको लचिलो नीतिका कारण त्यहाँ उनीहरूको संख्या अत्यधिक छ । न्युयोर्कमा झन्डै १० लाख र न्युजर्सीमा साढे ५ लाख कागजपत्रविहीन आप्रवासी भएको अनुमान छ । एक आपसमा जोडिएका यीदुई राज्यबीच मानिसको ओहोरदोहोर अत्यधिक हुन्छ ।
कोरोना भाइरसले निम्त्याएको यो महाविपत्ति कसरी मत्थर हुन्छ वा अवस्था कतिसम्म भयावह हुन्छ भनेर अनुमान लगाउन निकै जटिल छ । तर, महाशक्ति राष्ट्र भनिएको अमेरिका र सर्वोत्कृष्ट स्वास्थ्य सेवा भएका युरोपका मुलुकसमेत यस्ता विपत्तिको सामना गर्न तयार रहेनछन् भन्नेचाहिँ स्पष्ट भएको छ । आशा गरौं, अर्कोपटक लागि भने यो विश्व तयारी अवस्थामा रहनेछ ।
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...