साताका ७ स्टोरी
साताका ७ स्टोरीमा परीक्षण सुस्त हुँदा बढेको कोरोना संक्रमणदेखि लिपुलेकमा भारतको बलमिच्याइँ, चीनको मौनतासम्म

१. सृष्टिमा अन्तिम सेतो जिराफ (आहुतिको कविता)

मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु
अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ?
म सेतो जिराफ
सृष्टिमा अन्तिम सेतो जिराफ !
२. अमेरिकालाई गाली गर्नु पहिले अमेरिका बुझौं

सुविधासम्पन्न जीवनयापन बाँचेको अमेरिका देख्दा सबैमा आफूसँग केही नहुनुले पश्चात्ताप हुन्छ । नेपालमा रहँदा अभिमान र गफले चलेको जीवनशैली एवं स्वाभिमान त्यतिखेर बबुरो भएको महसुस हुन्छ । पढ्नुस् प्रकाश स्पर्शको ब्लग
३. म्याद गुज्रिएको औषधीजस्तो विद्यार्थी नेतृत्व

राष्ट्रियताको विद्यार्थी आन्दोलन कर्मकाण्डी बन्दै गइरहेको छ । कुनै बेला पाकिस्तानी पूर्वप्रधानमन्त्री जुल्फिकर अली भुट्टोको फाँसीविरुद्ध जाग्ने विद्यार्थी आन्दोलन अहिले शिथिल छ । कुनै बेला त्रिपक्षीय दिल्ली सम्झौताविरुद्ध खुलेआम सडक कब्जा गर्ने विद्यार्थी शक्ति अहिले ओझेलमा छ । कुनै बेला कोसी, गन्डक, महाकाली सन्धिविरुद्ध उठ्ने विद्यार्थी आन्दोलन अहिले कर्मकाण्डीजस्तै छ । पढ्नुस् रञ्जीत तामाङको लेख
४. लिपुलेकमा भारतलाई चीनको भरोसा ?

६६ वर्षमा भारत र चीनबीच नेपालको लिपुलेक उपयोग गर्नेबारे ६ पटकसम्म भएको उच्चस्तरीय सहमतिको प्रतिफल हो, हालै उदघाटित पिथौरागढ–लिपुलेक–मानसरोवर सडक खण्ड । पढ्नुस् योगेश ढकालको रिपोर्ट
५. मनै लोभ्याउने मध्यपहाडी लोकमार्गको सेरोफेरो

कोरोना संक्रमणको त्रास बढेसँगै सरकारले जारी गरेको लकडाउनपछि यो सडक खण्डमा निर्माणको काम अहिले ठप्प छ । अत्यावश्यकबाहेकका सवारी साधन फाट्टफुट्टबाहेक चलेका छैनन् । यात्राका क्रममा हिउँदे खेती भित्र्याउन र बर्खे खेती लगाउन श्रम पोखिरहेका किसानहरूको व्यस्तता र सुनसान वनमा चराहरूको चिरबिर आवाज अनि वसन्ती वनसँगको अन्तरंगले छुट्टै आनन्दानुभूति दिलाउँछ । महेश केसीका तस्बिरहरू हेर्नुहोस्
६. बोजुबजै, वर्ष ४

भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फी विमर्शभन्दा बिलकुलै भिन्न छ । सुनिता लोहनीको रिपोर्ट
७. कोरोना प्रभाव अध्ययनका लागि किन गठन गरिएन विज्ञ समूह ?

तथ्यांकहरू आफैँ बोल्छन्, कोरोना सन्त्रासका कारण घोषणा गर्नु परेको लकडाउनका बाछिटाले दुष्प्रभावका लक्षणहरू देखाउन थालिसकेको छ । श्रमका लागि बाहिरिएकाहरूको रोजगारी गुम्ने खतरा त छँदै छ, स्वदेशकै ठूल्ठूला उद्योगहरूले समेत श्रमिक कटौतीको चेतावनी दिइरहेका छन् । तर सरकारले कोरोना त्रासले पार्ने प्रभाव अध्ययन गर्न एकीकृत विज्ञ समूह गठन गर्नुको साटो मौनता साँधिरहेको छ । माधव बस्नेतको रिपोर्ट