बन्दाबन्दी, लकडाउन र घरबन्दी
भाषालाई माया गरौँ तर यस्तो अतिशयोक्ति पनि नगरौँ, त्यसलाई प्रयोग गर्नुपहिले नै कसैले लघुताबोध गरोस् । ऊ भाषासँग मस्त प्रेममा परोस् । जबर्जस्तीको सम्बन्धमा बस्नु परेजस्तो अमानुषिक भाषिक अनुभूति कसैलाई नहोस् ।
लकडाउन गर्दा समय र समस्याको मापन गरिएन । जे भयो राम्रो भयो, नागरिकले पनि सहजै लिए । अब हामीले छलफल गर्नुपर्छ– यस्तो देशव्यापी लकडाउन कहिलेसम्म गर्ने ?
लकडाउन नेपाली शब्द थिएन । यसैगरी जनस्वास्थ्य शास्त्रको प्राविधिक शव्दावली पनि थिएन । तर अब भयो ।
चीनले वुहान बन्द (वुहान फङ्ग छङ्ग) गर्यो । पश्चिमा दुनियाँले मानव अधिकार हनन भन्यो । विश्व स्वास्थ्य संगठनले "जनस्वास्थ्यको इतिहासमा अनपेक्षित निर्देशिका भन्दा परको" भन्दै विरोध जनायो । तर अनेकन क्षेत्र र तर्कहरूको बेवास्ता गर्दै चीनले अन्य सहरमासमेत विस्तार गर्दै गयो ।
सुरुमा विरोध गरिरहेका पश्चिमाहरू आफ्ना मुलुकमा भाइरसको अचाकली बिस्तारसँगै लकडाउन गर्न बाध्य भए । विश्व स्वास्थ्य संगठनको पनि श्वर बदलियो । त्यसले विश्वव्यापी प्रकोप भएको घोषणा गर्दा 'संक्रमितको संख्यालाई नियन्त्रित गर्न र भाइरसको प्रसारलाई रोक्न मुलुकहरूले अपनाएका प्रयासहरूलाई चालु गर्न' समेत भन्नै पर्यो ।
चिनियाँ फङ्ग छङ्गको विश्व संस्करण– लकडाउन
चिनियाँको "फङ्ग छङ्ग" शब्द लकडाउन बन्यो । विश्वका अनगिन्ति भाषा–भण्डारमा जवर्दस्ती घुस्यो । नेपालमा बन्दाबन्दी, घरबन्दी, नजरबन्दी आए । तर जसरी "ट्वीटर" नेपालीमा ट्वीटर नै भयो, त्यसरी नै लकडाउन नेपालीका जिब्रोमा लड्कन पुग्यो । जब शब्दले अर्थको भार बोक्न सक्दैन, अरु भाषा भित्र्याउनै पर्छ । लकडाउन पनि त्यस्तै नै होला ।
लकडाउनको प्रयोगबारे केही समझदारी आउन बाँकी नै छ । तर लकडाउन शब्द जनस्वास्थ्य शास्त्रमा पनि घुस्यो ।
यसरी घुस्यो कि विश्व नै विभिन्न स्वरुप र स्तरका लकडाउनले बन्द हुनुपर्यो । यसलाई कसैले सोझै, कसैले घुमाउरो पाराले स्वीकारे । नेपालले सोझै लकडाउन स्वीकार्यो । भारतले ऐच्छिक "जनता कर्फ्यू" रोज्यो । तर त्यसको असफलतापछि भारतले कडा लकडाउन रोज्नै पर्यो । यसरी नै फ्रान्स, इटाली, न्युजिल्यान्ड, पोल्यान्ड र बेलायतले औपचारिक रुपमा नै कडा लकडाउन रोजे । घुमाउरो तरिकाले अमेरिका, दक्षिण कोरिया, क्यानडाले लकडाउन नै रोजेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले 'अमेरिका बन्दका लागि होइन' भने । तर त्यहाँका अन्य राज्यहरूले लकडाउन नै रोजे । यसरी अमेरिकाले लकडाउन रोजेन तर अमेरिकाका राज्यहरू लकडाउनमा छन् । क्यानडाले लकडाउन त भनेको छैन तर हप्तामा एक पटक अत्यावश्यक सामग्री किन्नमात्र घरबाहिर निस्कन भनेको छ । त्यसका पनि अन्तर्राष्ट्रिय हवाइमार्गहरू बन्द छन् । दक्षिण कोरियाका अन्तर्राष्ट्रिय हवाइ उडानहरू, प्राथनास्थलहरू बन्द छन् । साना नानीहरू स्कुल पठाउने नपठाउने आफैं निर्णय गर्न अभिभावकलाई भनिएको छ । विश्व नै आतङ्कित र रोइकराइ रहेका बेला स्कुलहरू स्वतः बन्द हुन्छन् नै । घुमाउरो हिसाबले यी सबै लकडाउन नै हुन् । यसरी विश्व नै लकडाउनमा छ ।
यो पनि पढ्नुस
भाषालाई माया गरौँ तर यस्तो अतिशयोक्ति पनि नगरौँ, त्यसलाई प्रयोग गर्नुपहिले नै कसैले लघुताबोध गरोस् । ऊ भाषासँग मस्त प्रेममा परोस् । जबर्जस्तीको सम्बन्धमा बस्नु परेजस्तो अमानुषिक भाषिक अनुभूति कसैलाई नहोस् ।
लकडाउन थरिथरिका
विद्यालय बन्द गर्नु के हो ? अन्तर्राष्ट्रिय हवाइ उडान बन्द गर्नु के हो ? भेला जमघट बन्द गर्नु के हो ? रेल र बस यात्रा बन्द गर्नु के हो ? निश्चित समय वा दिनमा र अत्यावश्यक सामान बन्दोवस्त गर्नु भनेको के हो ? स्पष्ट छ–चाहे सरकारी आदेशले होस् या ऐच्छिक हिसाबले, व्यापक या सीमित क्षेत्रका, ती सबै लकडाउन नै हुन् ।
छात्रावासमा हुनुहुन्छ बाहिर निस्कनु पाउनुहुन्न- छात्रावास लकडाउन हो । प्रदेशभित्र हुनुहुन्छ, प्रदेशबाहिर जान पाउनुहुन्न- प्रदेश लकडाउन हो । मुलुक भित्रबाहिर ओहरदोहोर गर्न पाउनुहुन्न- मलुक लकडाउन हो । अन्तर्राष्ट्रिय हवाइमार्ग र जमिनी सीमा विच्छेद गर्नु पनि लकडाउन हो । यसरी नै चीनदेखि दक्षिण कोरिया लकडाउनमा छन् भनेर भनिएको हो ।
अझ भनौँ, लकडाउन संक्रमण प्रसारको बाटो रोक्ने काइदा हो । मानौँ कर्नालीको पुल काटेर वा हवाइमार्ग विच्छेद गरेर भाइरसलाई वारीपारी गर्न नदिनु हो । लकडाउन सीमाभित्र पसेका भाइरसबाहकलाई लक्षणका आधारमा प्रकट हुने या ट्रेसिङ गरेर खोज्ने अवधि हो । या पहिचान नभइसकेकाको चलायमानतालाई रोकी अन्यत्र संक्रमण प्रसार गर्न नदिने उपाय हो । यी सबै जनस्वास्थ्यमा महामारीको रोकथामका तौरतरिका हुन् ।
वासिङटन कानुन कलेजका स्वास्थ्य–कानुनका प्राध्यापक लिन्डसे विलीको यस्तै भनाई छ । उनी भन्छन्– जनस्वास्थ्य अधिकारीले "लकडाउन"लाई प्राविधिक शब्द भनेका छैनन् । तर यसमा कानुनी आदेशबाट निश्चित भूभाग भित्र क्वारेन्टाइन गर्ने कुरा छ । यसैगरी घरमा बस्ने, खासखास बन्दव्यापारहरू बन्द गर्ने वा चाड महोत्सव तथा भेला बन्द गर्ने जस्ता अकानुनी सुझावहरू छन् ।" त्यसैले उनले भने- अब जनस्वास्थ्यमा प्राविधिक शब्द बन्यो (भक्स अनलाइन मार्च १०, २०२० मा ब्रेन रेस्निकको उद्दरण) ।
यो पनि पढ्नुस
मान्छेहरूले रोजगारी गुमाएनन् र ज्याला पाइरहे भने उनीहरूसँग खर्चिनका लागि पैसा रहनेछ, जुन अर्थतन्त्रमै खर्च हुने हो । तर यसको विपरीत धेरै जना बेरोजगार भए भने त्यसले अवस्था झन् जटिल हुनेछ ।
यसरी लकडाउन पहिलो कुरा, जनस्वास्थ्य शास्त्रमा एक प्राविधिक शब्दका रुपमा प्रवेश गर्यो । दोस्रो, महामारीविरुद्ध लड्न विविध हतियारयुक्त पुलिन्दा बन्न गयो । यस पुलिन्दाभित्र समस्याबमोजिममा उपयोगी हुने विभिन्न हतियारहरू छन् । जस्तै घर बन्द, विद्यालय बन्द, गाउँ बन्द, ४ वटा पालिका बन्द या हवाइ तथा थल मार्ग बन्द, सामाजिक भेटघाट/उत्सव बन्द आदि । तर के बन्द गर्ने हो– त्यसका लागि कुन समय (अवस्था) मा, कत्रो समस्याको दायरामा र कुन अवस्थासम्म प्रयोग गर्ने हो निश्चित हुनुपर्छ ।
तर नेपालमा लकडाउनका सबै हतियारहरू एकै पटक गरियो । यस्तो गरिँदा लकडाउनका विभिन्न उपायहरू र स्तरबारे अस्पष्टता ल्यायो । यही अस्पष्टताले देशव्यापी लकडाउन "बन्दाबन्दी" वा "घरबन्दी" भयो । वास्तवमा यो 'नेपाल बन्दी' नै थियो, जुन एक संक्रमित व्यक्ति निको भइसकेको अवस्थामा गरियो । समस्याको दायरा मापन नै नगरी देशव्यापी लकडाउन गरियो (अर्घाखाँची र कैलालीले एक दिन अघि गरिएको थियो) । लकडाउन गर्दा समय र समस्याको मापन नै गरिएन । तर जे भयो राम्रो भयो । अब हामीले छलफल गर्नपर्ने विषय छ– यस्तो देशव्यापी लकडाउन कहिलेसम्म गर्ने हो?
लकडाउन कहिलेसम्म ?
भारतले एकै पटक २१ दिने देशव्यापी लकडाउन गर्यो । प्रष्ट थियो– त्यसको कारण विज्ञानसम्मत थियो । संसर्गीत भएको १४ दिनमा कोभिड–१९ का लक्षण/हरू प्रकट भइसक्छन् । त्यसपछि विरामी उपचारको खोजमा आफै आउँछन् । नआए थप ७ दिनमा निगरानी दलले समाएर ल्याउँछ ।
तर विज्ञानको त्यस्तो तथ्य समाजमा त्यसरी नै लागु हुन सकेन । वुहानले नै प्रष्ट गरिदियो । त्यसले ७६ दिन हुँदा पनि सबै क्षेत्र वा इकाइहरूबाट लकडाउन हटाउन सकेन । केही क्षेत्रहरूमा हटायो र केही खुकुलो मात्र गर्यो । यसले के देखायो भने धेरै नै वृद्धि भइसकेको अवस्थामा २१ दिने समयमा फिर्ता लिन नसकिने रहेछ ।
त्यसो भए हामीले के गर्ने ? यसको निर्णय हामी गर्न नै सक्दैनौं । महामारीको सन्दर्भमा नेपाल भारत भारण्ड चरो हौं । हामीले भारततिर हेर्नैपर्छ । त्यहाँ अहिले संक्रमण प्रसार ज्यामितीय स्तर (geometrical) मा होइन अचाकाली स्तर (exponential) मा भइरहेको छ । यसले अप्रील महिनासम्म कडा लकडाउनमा जाने संकेत दिँदैछ ।
यो पनि पढ्नुस
विपद्ले संकटमात्र निम्ता गर्दैन, सपना पनि रेखांकित गरिदिन्छ । त्यसै भनिएको होइन– समस्या नै आविष्कारको जननी । कोरोना महाव्याधिपछिको नयाँ वर्षमा नेपालसँग कस्ता अवसर छन् त ?
अब हामीले आफ्नो स्थिति हेर्नु पर्छ । करिब नेपाल भित्रिएका भाइरसबाहकहरू क्वारेन्टाइन गृह तथा समुदायको निगरानीमा र आइसोलेसनमा छन् । केही अपवादमा उम्केका होलान् । यतिलाई बन्द गर्ने हो भने संक्रमण प्रसारलाई रोक्न सकिन्छ । तर भारतको खुला सीमाले हामीलाई हायलकायल बनाउँदैछ । भारतमा अब संक्रमणले तल्ला वर्गलाई समात्न थालेको छ । हाल त्यहाँ रहेका नेपालीहरूमा पनि संक्रमण हुने क्रम देखिँदैछ । यस्तो परिवेशले देशव्यापी लकडाउन हटाउन नहुने संकेत दिँदैछ ।
निश्चय नै लकडाउनले भाइरसको चलायमानतालाई रोक्छ साथसाथै जनता घरबन्दी बन्छन् । घरबन्दीले भाइरस भन्दा बढी सरकारको चलायमानतालाई रोक्छ उस्तै परे ध्वस्त पार्छ । घरबन्दी खाली दिमागमा शैतान बास बसाउने अवस्था हो । जब सरकारले घरबन्दीको दैनिकीको आम आपूर्तिमा ध्यान दिदैन तब के हुन्छ भन्न सकिदैन ।
यसकारण सरकारले लकडाउनको विशाल घेराभित्र घरबन्दीलाई चल्नसक्ने आधारहरू खोज्नै पर्छ । त्यो विशाल घेरा भनेको छिमेकी मुलुकहरूसँगको सीमाको वृत्त हो, जसलाई हटाउने कल्पना गर्न सकिँदैन । त्यसै भएर यस वृत्तभित्र कडा निगरानीका साथ टोल र बस्ति हुँदै लकडाउनका स्तर र क्षेत्रहरू खुकुल्याउँदै जानुपर्छ ।
कतै पढेको थिएँ– "लकडाउनको म्याद नबढाइयोस्– हामी आशा गर्छौं । तर हटाइयोस् – हामी कल्पना गर्न सक्दैनौ" । त्यसो भए के त ? प्रस्ताव चारैतिरबाट आइरहेको छ, लकडाउनलाई विस्तारै खुकुल्याउँदै जाऊँ । तर कसरी? अब त्यसैमा छलफल चलाऊँ र त्यसका लागि सूचना बटुलौं ।
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...