कसले पो सुनिदेला कालापानीवासीको मर्का ?
कालापानीको नेपाली भूमि भारतीय कब्जामा पुगेको कुरा राष्ट्रिय राजनीतिमा चर्कोसँग उठे पनि त्यहाँ बाँचिरहेका नागरिकको दैनिक व्यथाले भने विरलै ठाउँ पाउँछ
खास सन्दर्भबारे ध्यान नदिईकन निरपेक्ष रूपमा बीपी वा महेन्द्रको व्यक्तित्वको कारणले मात्र चीन र भारतले ०४७ पछिका नेताभन्दा फरक र विशेष व्यवहार गरेको निष्कर्ष मिथ्या ज्ञानको उपज हो
अज्ञानतालाई गलत ज्ञानले विस्थापन नगरेसम्म त्यो ज्ञान नै मानिन्छ । यसबारे जर्ज बर्नाड शाको प्रख्यात भनाइ छ, ‘मिथ्या ज्ञानदेखि सावधान होऊ, यो अज्ञानताभन्दा खतरनाक हुन्छ ।’
विदेश मामिलाबारे नेपाली समाजमा यो कुरा उत्तिकै लागू हुन्छ ।
सन्दर्भ हो, कालापानी क्षेत्रमा चीनसँग सम्झौता गरेर भारतले नेपाली भूमि अतिक्रमित गरी कैलाश मानसरोवर जाने बाटो बनाएको विषयलाई लिएर तत्कालीन नेपालका प्रधानमन्त्री बीपी कोइराला एवं राजा महेन्द्रको तुलना ०४७ पछिका प्रधानमन्त्रीसँग सामान्य र गणतन्त्रपछिका प्रधानमन्त्रीसँग विशिष्ट रूपले गरिएको तुलना ।
यो टिप्पणीको उद्देश्य को ठीक वा को गलत भन्ने कित्ताकाँट गर्ने होइन । तत्कालीन विद्यमान राजनीतिक पृष्ठभूमिबारे चिन्तन गर्नुपर्छ भन्ने तर्क गर्नु हो ।
अहिले एकथरी अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषकहरूले बीपी महान नेता थिए, उनले चिनियाँ नेता माओ त्सेतुङ, चाउ एन लाई, भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुसँग कुममा कुम मिलाएर व्यवहार गर्थे भन्ने दलिल पेस गर्दै छन् । त्यस्तै, राजा महेन्द्र पनि त्यो समयको विश्वका नेतासँग आँखामा आँखा मिलाएर व्यवहार गर्थे भन्ने तर्क छ । यी दुवै तर्कसँग विमति राख्नुपर्ने कारणै छैन ।
यो पनि पढ्नुस
कालापानीको नेपाली भूमि भारतीय कब्जामा पुगेको कुरा राष्ट्रिय राजनीतिमा चर्कोसँग उठे पनि त्यहाँ बाँचिरहेका नागरिकको दैनिक व्यथाले भने विरलै ठाउँ पाउँछ
तर यो सापेक्षिक सत्य हो । यसतर्फ धेरैले विचार गरेका छैनन् । त्यसैले हामी एक मिथ्या ज्ञानको सिकार भएका छौँ । निरपेक्ष भएर नेपालको तत्कालीन नेतृत्व विश्व राजनीतिमा सक्षम भएको र ०४७ पछिको नेतृत्व अक्षम भएको निष्कर्ष निकाल्न पुग्यौँ भने त्यो गलत चिन्तनको उपज हो ।
बीपी एक खास विश्व राजनीतिक सन्दर्भमा नेपालका प्रधानमन्त्री भएका थिए । उनका भारतीय समकक्षी जवाहरलाल नेहरु भर्खरै स्वतन्त्रता हासिल गरेको विश्व राजनीतिक सन्दर्भमा थिए ।
उता, अध्यक्ष माओ त्सेतुङ र बीपीका चिनियाँ समकक्षी चाउ एन लाई चिनियाँ क्रान्तिको सन्दर्भ र त्यसमाथि विश्वको प्रतिक्रियात्मक अवस्थामा थिए । र, यी तीनै देशका नेताहरू समान अन्तर्राष्ट्रिय सन्दर्भ र आ–आफ्नै विशिष्टीकृत राष्ट्रिय सवालका थिए ।
त्यस्ता सापेक्षित खास सन्दर्भबारे ध्यान नदिईकन निरपेक्ष रूपमा बीपी वा महेन्द्रको व्यक्तित्वको कारणले मात्र चीन र भारतले ०४७ पछिका नेताभन्दा फरक र विशेष व्यवहार गरेको निष्कर्ष मिथ्या ज्ञानको उपज हो ।
सन् १९४९ अक्टोबर १ मा सम्पन्न चिनियाँ क्रान्तिका कारण विश्व राजनीतिक मञ्चहरूमा मुख्य भूमि चीन परिदृश्यमा थिएन । अमेरिकालगायत पश्चिमा देशहरूले चीनलाई मान्यता दिएका थिएनन् । संयुक्त राष्ट्रसंघमा ताइवानले अहिलेको चीनको भूमिका वहन गर्थ्यो । चीन ‘आइसोलेसन’ मा थियो, अहिले कोरोना लागेका बिरामी राखेजस्तो । धेरैलाई थाहा नहोला, चिनियाँ क्रान्तिपछि डिसेम्बरमा उनले मस्को भ्रमण गरेका थिए, स्टालिनको ७० जन्मोत्सवमा भाग लिन । दोस्रो पटक उनी १९५७ को नोभेम्बरमा तीन साता लामो रुस भ्रमणमा निस्किए, रुसी अक्टोबर क्रान्तिको रुवी महोत्सवमा भाग लिन । त्योभन्दा कहिल्यै पनि माओ विदेश भ्रमणमा गएनन् ।
यो पनि पढ्नुस
६६ वर्षमा भारत र चीनबीच नेपालको लिपुलेक उपयोग गर्नेबारे ६ पटकसम्म भएको उच्चस्तरीय सहमतिको प्रतिफल हो, हालै उदघाटित पिथौरागढ–लिपुलेक–मानसरोवर सडक खण्ड
त्यस्तै, सन १९५६ देखि १९५७ सम्म प्रधानमन्त्री चाउ एन लाईले अफगानिस्तान, कम्बोडिया, भियतनाम, नेपाल, पाकिस्तान, भारत, श्रीलंका र बर्मा भ्रमण गरेका थिए । सन् १९६० मा उनले कम्बोडिया, भियतनाम, नेपाल, भारत, मंगोलिया र बर्मा भ्रमण गरे । भ्रमणमा उनी चीनलाई मान्यता दिलाउने प्रयास गर्थे ।
त्यसपछि सन् १९६३/६४ मा अफ्रिकाका इजिप्ट, घाना, गिनिया, सोमालिया, अल्जेरिया, मोरक्को, सुडान, इथोपिया, ट्युनिसिया, माली एवं एसियाका पाकिस्तान, श्रीलंका र बर्माको भ्रमण गरेका थिए । यसले के देखाउँछ भने उनलाई कुनै पनि पश्चिमा देशले ‘इन्टरटेन’ गरेनन् ।
अर्कोतर्फ नेहरुले संसारको सबभन्दा ठूलो लोकतान्त्रिक मुलुकको प्रधानमन्त्रीको हैसियतले चिनियाँ नेताले भन्दा धेरै पश्चिमा देशको भ्रमण गरे । तर पनि उनले संख्यात्मक रूपले धेरैजसो विकासशील देश वा तत्कालीन कम्युनिस्ट मुलुकको भ्रमण गरेको देखिन्छ । नेहरुको शासनकालमा भारतको राजकीय भ्रमण गर्ने उल्लेख्य विदेशी नेतामा साउदी राजा साउद (१९५५), अमेरिकी राष्ट्रपति ड्विट आइजनहावरले (१९५९) र बेलायती महारानी एलिजावेथ (१९६१) मात्र थिए । अन्य एसियाली र अफ्रिकी नेताहरू नै भारत आउँथे । त्यसबेला भारतमा मुस्किलले वर्षमा ४/५ वटा राजकीय भ्रमण हुन्थे । नेहरु पनि नेपाल, सिक्किम, भुटान, पाकिस्तान, श्रीलंका जान्थे ।
साथै, भारतको गणतन्त्र दिवसको अतिथिमा पनि महारानी एलिजावेथले सन् १९६१ मा र डेनमार्कका प्रधानमन्त्री भिग्गो क्याम्पम्यानले १९६२ मा भाग लिएका थिए । नत्र नेपालका राजा त्रिभुवन, इन्डोनेसियाका राष्ट्रपति सुकार्नाे र भुटानका राजा जिग्मे दोर्जी वाङचुक अतिथि थिए ।
यो पनि पढ्नुस
साढे छ दशकयताको नेपाल–भारत सीमा विवाद सधैंका लागि टुंग्याउने हो भने नेपालले ठोस रुपमा ६ वटा पहलहरु गर्नुपर्छ
यसले के देखिन्छ भने त्यसबेलाको राजनीतिक सन्दर्भ नै अर्कै थियो । भारत विश्व राजनीतिमा खासै अर्थ राख्दैनथ्यो । आर्थिक रूपमा त भारतको गणनै हुँदैनथ्यो । सामरिक रूपमा पनि भारत रुसको सहयोगी मानिन्थ्यो । प्रविधिमा भारतको नामै आउँदैनथ्यो । भारत बाध्यात्मक रूपमा साना र गरिब राष्ट्रसँग बसउठ गर्न बाध्य थियो ।
भारतलाई विकसित देशले चासो दिन थालेको इन्दिरा गान्धीको समयमै हो । सबभन्दा चासो दिने स्तरमा भारतलाई ल्याउने डा मनमोहन सिंह नै हुन् । पहिला, देशको २२ औँ अर्थमन्त्रीको रूपमा र पछि १३ औँ प्रधानमन्त्रीको रूपमा आर्थिक सुधारमार्फत । भारत अहिले २.७ ट्रिलियन डलर अर्थतन्त्र भएकाले हो, पश्चिमा विश्वले चासो दिएको । बिल क्लिन्टन, जर्ज बुस, बाराक ओबामा भारत आउने कारण आर्थिक विकास भएपछि नै हो ।
उता, चीनमा पनि वर्षमा मुस्किलले ४/५ जना विदेशी नेताले राजकीय भ्रमण गर्थे । ती पनि चाउ एन लाईले भ्रमण गरेका देशबाट आदानप्रदानको रूपमा । त्यो समय नेपालले मुख्य भूमि चीनलाई आधिकारिक चीन मानेको थियो । यसले चिनियाँ क्रान्तिलाई नेपालले अनुमोदन गरेको रूपमा प्रचार गरिन्थ्यो । चिनियाँ नेतृत्वले सानो होस् वा ठूलो देश, जो भए पनि सरकारी सञ्चार माध्यममा विदेशी पाहुना आयो भन्ने प्रचार गर्ने मौकाको रूपमा प्रयोग हुन्थे, यस्ता भ्रमण ।
पछि सन् १९७१ मा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरले चीनको गोप्य कूटनीतिक भ्रमण गरे । यसलगत्तै ताइवानबाट संयुक्त राष्ट्रसंघको सदस्यता बेइजिङतर्फ फर्कियो । सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले चीन भ्रमण गरे । माओको मृत्युपछि मात्र चीनले अझ बढी देङ सियाओ पेङले पश्चिमा विश्वसँग सम्बन्ध बढाएको हो । होइन भने नेपालका प्रधानमन्त्री गए पनि ७ दिनसम्म चिनियाँ नेताले घुमाउँथे ।
तर अहिले चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो भने भारत सातौँ । अहिले दुवै देश सामरिक र रणनीतिक शक्तिमा माओ–नेहरुकालभन्दा धेरै अगाडि गइसकेका छन् । यो कुरा ख्याल नगर्नुचाहिँ हाम्रै कमजोरी हो, उनीहरूको होइन ।
यो पनि पढ्नुस
छिमेकीहरूसँगको मित्रता नयाँ उचाइमा पुगिसकेको सरकारी दाबीमा शृंखलाबद्ध प्रश्नहरू उठेका छन्
अहिले चीनका राष्ट्रपति सी चिनफिङ वा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग १ घन्टे भेटघाट समय सानो र गरिब देशका लागि माओ–नेहरुकालीन बेलाको २४ घन्टाभन्दा पनि बढी तथा मूल्यवान् हो । कोरोना महामारी आउनुअघिसम्म बेइजिङमा हरेक साता २/३ जनासम्म विदेशी सरकार वा राष्ट्रप्रमुखको भ्रमण हुने गर्थ्यो । दिल्लीमा यस्तो भ्रमण हरेक महिना दुई जनाभन्दा धेरैको हुन्छ । भारत र चीनको विश्व राजनीतिक सान्दर्भिकतामा जमिन आकाशको उलटफेर भइसकेको छ ।
यसबाट के स्पष्ट हुन्छ भने हामी बीपी वा राजा महेन्द्रले चीन र भारतबाट पाएको व्यवहारको तुलना अहिलेका नेताहरूसँग गर्छौं भने त्यो मिथ्या ज्ञानको सिकार भएका हौँ । त्यस्तो ज्ञान जर्ज बर्नाड शाले भनेजस्तो खतरनाक हुन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भारत र चीनमा पाएको व्यवहार उनले पाउने सत्कारभन्दा कम किमार्थ होइन । माधव नेपाल, झलनाथ खनाल, सुशील कोइराला, पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी ओलीले पाएको व्यवहार बीपी र राजा महेन्द्रले पाएभन्दा कम कहिल्यै पनि होइन ।
यदि हामी फरक मान्छौँ भने चीन र भारतलाई माओ–नेहरुकालीन चस्माले निरपेक्ष सन्दर्भमा हेरिरहेका छौँ । यो मिथ्या भ्रम हो । सापेक्षतामा हेरिएन भने त्यो हाम्रो ‘इग्नोरेन्स’ मात्रै हुनेछ ।
सीमा समस्याबारे नेपाल को कभरेज पढ्नुस्ः
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...