कोरोनाको मारमा अमेरिकाका आप्रवासी
अमेरिकामा कागजपत्रविहीन आप्रवासीको संख्या झन्डै १ करोड २० लाखसम्म भएको तथ्यांक छ । धेरैजसोले रोजगारी गुमाएका छन् भने अरूको पनि काम गर्ने अवधि काटिँदै गएको छ
रेमिट्यान्सको हिसाब राख्ने सरकारले आफ्नै नागरिकहरूलाई फरक चस्माले हेर्यो । राष्ट्रपतिले समेत अमेरिका बस्ने नेपालीलाई सचेत रहन अनुरोध गर्नुभयो तर खाडीलगायत मुलुकमा रहेका नेपालीले आश्वासन पनि पाएनन् ।
जुनसुकै किसिमको विपद्, महामारी, दैवीप्रकोप कसैको वशको कुरा होइन । दु:खमा परेका बेला विदेशका रहेका नेपालीहरूले कुनचाहिँ विपद्मा हातेमालो गरेका छैनन्– भूकम्प आउँदा होस् अथवा आँधीबेहरीले तराई डुबाउँदा, पहिरोले पहाड बगाउँदा । सरकारभन्दा पहिला देश संकटमा फस्यो भन्दै हारगुहार गर्ने ती नेपाली विदेशमा श्रम गरिरहेका छन् ।
हामी सोच्ने गर्थ्यौं, सरकार भनेको हाम्रो असल अभिभावक हो । तर यस पटक सरकारले विदेशमा रहेका आम मानिसलाई जुन व्यवहार गर्यो, हाम्रो सोच विपरीत देखियो ।
दु:खमा सम्झिने सरकारले यसपालि नागरिकलाई यस्तो पर्दा चासो गरेन । सीमामा आइपुगेका नेपालीलाई समेत फर्काउने चेस्टा गर्यो । देशको माटोमा टेक्न महाकालीमा हाम फाल्नुपर्ने बाध्यता बनायो । उल्टै विदेशबाट आउनेले कोरोना ल्यायो भनेर भ्रम फैलाई घर फर्किएकाहरूको अपमान गर्यो ।
यो त केटाकेटीले पनि अन्दाज गर्न सक्ने विषय थियो । सुरुआतमै संयमता अपनाएको भए क्वारेनटाइनको व्यवस्था गर्नतिर लागेको भए आरोप–प्रत्यारोप केही लगाउनुपर्ने थिएन । नागरिक र सञ्चार माध्यमले पटक–पटक झक्झकाइरहँदा पनि त्यसबेला सरकार विशेषत: स्वास्थ्यमन्त्री पाहुनाको हेरविचारमा लागे ।
आम नागरिकले भनेको नसुन्ने/नटेर्ने देखियो । सरकारलाई आकाशवाणी भएर अब अनिष्ट हुँदै छ नभनेसम्म तयारीमा नजुट्ने देखियो । जुन रूपमा पछिल्लो समय सरकारले सम्पूर्ण संयन्त्र प्रयोग गर्यो, त्यो भानुभक्त ढकालको घरमा पाहुना आएको बेला यो किसिमको तयारी भएको भए कोरोनाबाट यतिविघ्न डर–त्रास हुने थिएन ।
युएईबाट साथीले फोन गर्यो, ‘नेपाल फर्किन तयार थिएँ । लकडाउन भयो । भिसा सकियो ।’ ‘धैर्य गर, केही समय,’ मैले सम्झाएँ । ऊ नराम्रोसँग भक्कानियो । हामी सरकारले जस्तो किसिमको मापदण्ड बनाए पनि हामी त्यो गर्न तयार थियौँ । किन यस्तो किसिमको व्यवहार गर्यो ।
यो पनि पढ्नुस
अमेरिकामा कागजपत्रविहीन आप्रवासीको संख्या झन्डै १ करोड २० लाखसम्म भएको तथ्यांक छ । धेरैजसोले रोजगारी गुमाएका छन् भने अरूको पनि काम गर्ने अवधि काटिँदै गएको छ
भारतको सीमामा अलपत्र परेका नागरिकको अझै उद्धार हुन सकेन । अन्य देशका नागरिकलाई त्यस्तो विपद् परे तुरुन्तै उद्धार गरिन्छ । हाम्रो सरकार म विपद्मा परेँ भनेर आर्तनाद गर्दासमेत किन न्यूनतम मानवीयताको ख्याल गर्दैन ?
मलेसियामा पनि भिसा सकिएर घर फर्किन तयार भएर बसेका नेपालीहरू हामीसँगै होस्टलको क्वारेनटाइनमा छन् । उनीहरूलाई कुनै किसिमको दु:ख छैन । कम्पनीले बुझेको छ । तर सबै कम्पनी हाम्रोजस्तै बुझ्ने हुँदैनन् । पासपोर्ट हातमा थमाइदिएपछि गलहत्याउने कम्पनीहरू पनि हुन्छन् । युएई तथा कुवेतमा रहेका र भारतीय सीमामा आइपुगेका नेपाली पीडामा परेका हुन् । आफ्ना नागरिकलाई रुवाएर हाँस्न सक्ने संसारकै कठोर मनोभाव देखेँ, मैले ।
राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि सम्झिनु भएछ, अमेरिका बस्ने नेपालीलाई । अन्य राष्ट्रमा नेपाली छन् भन्ने कुरा पनि उहाँले भुल्नुभयो कि ? आफन्त, नातेदार अमेरिकामा भएर पो सम्झिनुभएको हो कि महामहिम राष्ट्रपतिले । होइन भने इटाली, स्पेन, जर्मनलगायत युरोपका अधिकांश मुलुकमा नेपाली छन् ।
सबैभन्दा कोरोनाग्रस्त क्षेत्र इटाली हो तर राष्ट्रपतिले इटाली छाडेर अमेरिका सम्झिन पुग्नुभयो । खाडीका रहेका नेपाली त झन् नेपाली नै होइनन् जस्तो किसिमको व्यवहार देखियो ।
यो पनि पढ्नुस
कुनै न कुनै रूपमा पर्यटन उद्योग सम्बद्ध क्षेत्रमा कार्ययरत नेपालीहरूको रोजगारी संकटमा छ ।
राज्यबाट यस्तो किसिमको व्यवहारको अपेक्षा कुनै पनि नेपालीले राख्दैनन् र यो विपद् घडीमा सरकारले केसम्म गर्न सक्छ भन्ने अपेक्षा अवश्य गरिरहेका हुन्छन् ।
पक्कै पनि विदेशको क्वारेन्टाइन सजिलो छैन तर हामीले सरकार हामीलाई उद्धार गर भनेर रोइ–कराई गरेका छैनौँ । जो विपद्मा परेका छन्, जो अलपत्र स्थितिमा छन्, तिनको उद्धार गर । त्यसपछि मापदण्डअनुसार कति दिन कता राख्ने, राख भनेका हौँ ।
मलेसिया लकडाउनको २४ चैत १९ औँ दिन भयो । सुरुआतमा मलेसियाले दुई साताका लागि बन्द घोषणा गरेको थियो । मार्च १८ देखि मार्च ३१ सम्म बन्द घोषणा गरे पनि संक्रमितको संख्या बढ्दै गएपछि फेरि दुई साता थपियो । अप्रिल १४ सम्मका लागि मलेसिया सरकारले लकडाउनको घोषणा गरेको छ । मलेसियामा एक–दुई जनामा देखिनेबित्तिकै बन्द गरिएको थियो । तर, संक्रमितको संख्या कम छैन । हालसम्म ३ हजार ६ सयभन्दा माथि पुगिसकेको छ भने मृत्यु हुनेको संख्या ६१ ।
लकडाउन कमजोर छैन । बाहिर हिँडेको देखे, यहाँको सरकारको नियमलाई उल्लंघन गरे तीन महिना जेल र १ हजार जरिवाना भनी सूचना जारी गरिएको छ । अवश्य पनि सरकारको नीति–नियमलाई सबैले पालना गरेका छन् । होस्टलको गेटबाट बाहिर निस्किन दिइएको छैन ।
भित्रको भित्र बस्नू भनी कम्पनीले पनि सम्झाइरहेको छ । यसरी भित्रको भित्र हुँदा पनि संक्रमितको संख्या बढिरहेको छ भने नेपालले खुलम खुला हिँड्न दिए ठूलो मूल्य चुकाउनुपर्छ । घरभित्रको भित्र बसेको १९ दिन भयो । दिनरात उस्तै लाग्न थालेको छ । पट्यारलाग्दो दिन भएको छ । र, पनि नियमलाई मान्नैपर्यो । यदि उल्लंघन गरे सीधै प्रहरीले लगेर चिसो भुइँमा राखिदिन्छ– त्यो पनि तीन महिना । नियमलाई कडाइ गरेपछि पालना हुँदो रहेछ त ।
विदेशको लफडामा परेर महिना दिन कस्टडीमा बसेर आएको साथीले उसले भोगेको दिनको व्यथा सुनायो । खान पनि दिँदैन, सुत्ने ठाउँ पनि हुँदैन । उसले हामीले प्रयोग गर्ने बाथरुम देखाउँदै भन्यो, ‘यति ठूलो ठाउँमा त २० जना मानिस अट्छन्, यति सफा भइदिए । एउटा कुराचाहिँ विदेशका बाथरुम, ट्वाइलेट सफा हुन्छन् ।’ उसले त्यति भनेपछि मन आत्तिन छाड्यो । नत्र महिना दिन कसरी कटाउने, छटपटी भएको थियो । जब छटपटी लाग्छ, म साथीले महिना दिन कस्टडीमा भोगेको दिन सम्झिन्छु र क्वारेन्टाइन बसाइ अलि सहज ठान्छु ।
भित्रको भित्र भएपछि कुनै योजना छैन । एक–दुइटा किताब नभएका हैनन् तर ती सब पढिसकेका छन् । अब फिल्म, युट्युब यस्तै हेरेर दिन बितिरहेको छ । बेलुका सुत्नुअघि बिहान ड्युटीको पीर हुन्थ्यो । झुपुक्क निद्रा आउँथ्यो । तर अहिले बेलुका सुतेपछि बिहान उठेर आराम गर्नेबाहेक अरू काम छैन । सुतेर दिन बिताउन काम गरेभन्दा भयंकर चर्को भएको छ ।
चीनको वुहानबाट फैलिएको महामारी कोभिड–१९ अहिले विश्वभर फैलिरहेको मात्र हैन, विकसित मुलुकको पनि टाउको दुखाइको विषय बनेको छ । शक्तिशाली देशहरूको दम्भ, अहंकार कोरोनाले तोडिदियो । आशा छ, कोरोना कहर सकिएपछि विभिन्न शक्तिशाली देशहरूबीचको दूरी अझ निकट हुनेछ, भाइचारा कायम रहनेछ ।
यो पनि पढ्नुस
विदेशका अस्पतालहरूमा कार्यरत चिकित्सकहरूको सुझाव छ- नेपालमा लकडाउन अझै लम्ब्याउनु उचित हुन्छ ।
यतिबेला मान्छेहरू सबथोक भुलेर आफ्नो स्वास्थ्यको कामना गरिरहेका छन् । मानव जातिलाई मानवीयता सिकाइदियो । आफूलाई रत्तिभर परिवर्तन गर्न नचाहनेहरूलाई परिवर्तन गरिदियो । कोरोनाले मानिसको दैनिकी उल्टाइदियो । काम गर्ने, खाने, सुत्ने, उठ्ने, भेटघाट गर्ने सबै परिवर्तन गरिदियो । स्वतन्त्र मानिसलाई पिँजडाको सुगा बनाइदियो । कोरोना एकाएक कति शक्तिशाली महामारी बन्यो ! संसार हल्लाएर छाड्यो ।
निडर मानव जातिलाई के प्रलय हुन लाग्यो भनेर सोच्न बाध्य बनायो । तर्साएको मात्र छैन, ज्यान पनि लिइसक्यो । सिक्नैपर्ने कुरा– आत्तिन पनि नहुने, मात्तिन पनि नहुने । रुन पनि नपाइने, हाँस्न पनि नपाइने स्थिति सिर्जित भयो । कोरोनापछिको दिनचर्या फेरियो । कुनै पनि हालतमा परिवर्तन गर्न नसकिने दैनिकी ठाउँको ठाउँ परिवर्तन गरिदियो । समयमा उठ्ने, सुत्ने काम गर्ने, खाने, आराम गर्ने सबै बर्बाद गरिदियो । लकडाउनको प्रभावकारी कार्यान्वयन भएको छ । कसैले उल्लंघन गरेका छैनन् । यसबाट सबैले पाठ सिक्नुपर्छ ।
१९ दिनदेखि बिहान अलार्म बज्न छाडेको छ । त्योभन्दा अगाडि हरेक बिहान जीवन अलार्ममा समर्पित थियो । त्यति मात्र हैन, कुन दिन, के बार सबै भुलाइदिएको छ । समय तालिका फेरिदिएको छ । स्वतन्त्र जीवनलाई एउटा कोठाभित्र थुनिदिएको छ । जीवन बहुत सकस र पट्यारलाग्दो भएको छ । तर मानिसले सिक्नुपर्ने ज्ञान यही रहेछ । हामीजस्ता सभ्यता भएका तर धैर्य नभएकाहरूलाई कोरोनाले पाठ सिकायो ।
रफ्तारमा चल्ने सेकेन्ड सुईजस्तो जिन्दगी लकडाउन भएयता बहुत सुस्त र अल्छी भएको छ । घन्टा सुईजस्तो घिस्रिँदै चल्न थालेको छ ।
यो पनि पढ्नुस
पर्यटन, होटल व्यवसायमा कार्यरत कयौँ नेपालीले रोजगारी गुमाइसकेका छन् भने कतिपय नेपाल फिर्तीको प्रयासमा छन् । कोरोना संकटका कारण धेरै नेपालीको रोजगारी र व्यापारमा प्रभाव पर्ने निश्चित छ ।
कोरोनाले पूरै समय तालिका बदलियो । आजकल टेबलको अर्लाम बज्दैन । बिहान कहिल्यै चुलो बल्दैनथ्यो । हामी बिहानको खान सधैँ कम्पनीको क्यान्टिनमा खान्थ्यौँ । १९ दिनयता चुलो खाली हुँदैन ।
पहिलेजस्तो खानेकुरामा स्वाद छैन– खै के नपुगेजस्तो खल्लो लाग्छ । पहिलेजस्तो विभिन्न परिकारका तरकारी पाक्न छाडेको निकै दिन भयो । लकडाउनको हल्ला सुनेको पहिलो दिन दुई–तीन घन्टा लाइन बसेर लिएको तरकारीका परिकार साता दिन टिकेन । तर हामी अझै खानामा त्यति लोभ गरिरहेका छैनौँ । दाल–भात खाएर पनि चल्ने रहेछ, जुन कुरा केही दिनयता प्रमाणित हुँदै छ ।
पोख्नैपर्ने दु:खचाहिँ रोग र भोकको भन्दा अर्कै छ । जसरी अस्ट्रेलियाका विद्यार्थीहरूले खान/ बस्न पाएनन् भनेर कोलाहल गरिरहेका छन्, त्यहाँका केही साथीले त्यतिविघ्न खानै नपाउने स्थिति भएको छैन । त्यो हल्ला बढी भनिरहेका छन् । जेहोस्, आफ्ना नागरिकले दु:ख पाएको खण्डमा सरकारले तिनलाई हामी छौँ, सरकार छ भन्ने ढाडसचाहिँ दिनुपर्छ ।
खाडीमा खान नपाउनेहरू त कोरोना आउनु अघिदेखि नै थिए । जति खाडीका श्रमिकलाई युरोप, अमेरिका, नेपालमा बस्ने केही–केहीले खुब निन्दा गर्छन्, मानिस नै हैनजस्तो व्यवहार गर्छन् । यसपालि झन्डै राष्ट्रपतिबाट पनि उस्तै किसिमको भनाइ आयो । यसले चाहिँ खाडीमा रहेका तमाम मनहरूमा चोट लाग्यो । देशको सर्वाेच्च पदमा रहने, सरकारको कुनै पनि अंगको नेतृत्व गर्नेले भेदभाव गर्नु हुँदैन । सुरुआतमा चीनको वुहानबाट नेपाल सरकारले जसरी आफ्ना नागरिक ल्यायो, उसैगरी सान्त्वना दिनुपर्थ्यो । सरकारले भनुँ अथवा कुनै सम्मानित पदमा रहनेहरूले यसपालि भेदभाव गरे । नागरिकलाई धैर्यको साथ बस्नू भनी ढाडस दिन सकेनन् ।
यो पनि पढ्नुस
विदेशमा डराइडराइ काममा गइरहेका नेपाली कोरोना भाइरस संक्रमणले निम्त्याएको संकटका कारण रोजगारी नै गुम्ने हो कि भन्ने त्रासमा छन् ।
रेमिट्यान्सको हिसाब राख्ने सरकारले नागरिकलाई समान दृष्टिकोणले हेरेन, फरक चस्माले हेर्यो । हैन भने चीनभन्दा इटाली, स्पेन र अन्य युरोपेली राष्ट्रको स्थिति भयावह छ । राष्ट्रपतिले अमेरिका बस्ने नेपालीलाई सचेत रहन अनुरोध गर्नुभयो तर खाडीलगायत इटाली, स्पेन, जर्मनका नेपालीचाहिँ नेपाली हैनन् र ? मनको बह पोखे यसको उत्तर कसैले दिने छैनन् । अन्तमा के भान भयो भने देशको सरकारले कुनै पनि विपद् परे उद्धार गर्न कोसिस पनि नगर्ने रहेछ भन्ने भयो । नत्र विश्वभर रहेका नेपालीलाई सम्झिनुपर्थ्यो ।
सीमामा आएर कति आर्तनाद गरिरहे । कोलाहल मच्चियो । नाकाबाट छिर्न दिईएन । आफ्नो देशबाट अपमानित हुनुपर्ने कस्तो विडम्बना !
कुनै पनि देशमा नेपाली पुग्नु भनेको चर्न गएको गोठको गाईजस्तो हो । अझ भनुँ गुँडमा बचेरा राखेर आहारा खोज्न गएको जुरेली चरीजस्तै हो । आहार लिएर ऊ अवश्य गुँडमा फर्किन्छ ।
यहाँ के देखियो भने गोठबाट छाडेको गाई अब फर्की आउँदैन भनेर गोठ नै भत्काइदिने चेस्टा भयो । कमसेकम यतिबेला विश्वभर रहेका नेपाली त्रासमा छन्, को मर्ने, को बाँच्ने । त्यो अलगै कुरा हो ।
यतिबेला सरकारको तर्फबाट आश्वासन मात्र पाए पनि ठूलो शक्ति प्राप्त हुन्छ । सरकारले संकटकालीन अवस्थामा हाम्रा नागरिकलाई स्थिति हेरेर फर्काउन सक्छौँ भन्ने प्रण पनि गर्न सकेन । बरु उल्टै विदेशबाट आउनेहरूलाई गरिएको व्यवहारले त्यहाँ रहेका आम नेपालीको मन अवश्य दु:खेको छ ।
विपद्को बेलामा नागरिकले पनि सरकारलाई सघाउनुपर्छ । विदेशबाट आउनेले पनि भाग्नु हुँदैन । जे–जस्तो सरकारको मापदण्ड छ, त्यसलाई पालना गर्नुपर्छ । तर हेर्ने दृष्टिकोण विदेशबाट आउने नेपालीलाई नै कोरोना भाइरसजस्तो व्यवहार गरेपछि मानिसले रोग ल्याए पनि कसरी व्यक्त गर्न सक्छ ?
नेपाल सरकारलाई यो लेखमार्फत अनुरोध गरेँ– मान्छेहरू आत्तिएका छन् । तुरुन्तै झिकाउन सक्ने सामर्थ्य नभए पनि सरकार कुनै विपद्को घडीमा आफ्ना नागरिकलाई उद्धार गर्न तयार छ भन्नुपर्छ नि ।
यो पनि पढ्नुस
अस्ट्रेलियालाई लकडाउन गरिएको भए पनि नेपालमा जस्तो छैन । ठूलठूला जहाजहरूबाट कोरोना संक्रमितहरू सिड्नी ओर्लिरहेका । संक्रमितहरूको संख्या बढिरहेको छ । मानिसहरूको चहलपहल उस्तै छ ।
गैरजिम्मेवार भएर जो जहाँ छ, त्यही बस्ने भनेर उम्किन पाइन्छ ? न्यूनतम मानवीयताको पनि ख्याल गर्नुपर्छ । सीमामा आइपुगेका नेपालीलाई मापदण्डअनुरूप कति दिन क्वारेनटाइनमा राख्ने हो ? राज्यले अभिभावको भूमिका वहन गर्नुपर्छ ।
मान्छेहरू भिसा सकिएर अलपत्र परेका छन् । विभिन्न देशका दूतावासमार्फत समस्याको समाधान गर्नुपर्छ । सत्य कुरा यही हो– दु:ख परेका बेला हर कोहीले आमा सम्झिन्छ । देश भनेको आमा हुन् । त्यसैले यो विपद्को घडीमा कसैले पनि कटु शब्द प्रयोग नगरौँ, दु:ख–सुख कोरोनासँग सामना गरौँ ।
विदेशमा रहेकाले कोरोना ल्यायो भनेर आरोप–प्रत्यारोप बन्द गरौँ । विदेशबाट आएकाहरूका लागि के कसरी तिनलाई सुरक्षित स्थानमा राख्ने, यो विषयमा सरकार अनभिज्ञ थिएन । त्यतिबेला सतर्क भइदिएको भए नेपालमा डर–त्रास हुने थिएन ।
मनमा अनेक कुरा खेल्छन् । आफ्नो मात्र होइन, देशको चिन्ता लाग्छ । माथि भनेझैँ हामीले हाम्रा परिवार छाडेर यहाँ आहार लिन आएका हौँ । हामी अवश्य आफ्नो गुँडमा फर्किन्छौँ । परिवारको पीरचिन्ताले सताउँछ ।
अन्तमा, देश/विदेशमा रहने सम्पूर्ण नेपालीको तर्फबाट सरकारलाई सम्झिन चाहन्छु । सरकारलाई त फुर्सद नहोला यतिबेला । तर सुझाव दिन चाहन्छु– सरकार र गैरसरकार, जो विपद्को घडीमा पनि मानिसलाई अझ चोट दिने काम गर्छन्, यसबेला पहुँच र शक्तिको आधारमा हैन, मानवीयताको आधारमा व्यवहार गरिनुपर्छ । युरोप, अमेरिका, कुनै एक देशको नेपालीलाई हैन, विश्वभर रहेका नेपालीलाई समान व्यवहार गरिनुपर्छ ।
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...