साताका ७ स्टोरी
साताका ७ स्टोरीमा सूर्यबहादुर तामाङको सम्झनादेखि पीसीआर परीक्षण बढाउन माग गर्दै सडकमा उत्रेका युवासम्म ।

१) पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
ए जिउँदा मान्छेहरू !
मेरो शरीरको पोस्टमार्टम गर्नुअघि
एउटा आग्रह छ
कृपया
मेरो शरिरलाई चक्कु र कैँचीले होइन
कलमले पोस्टमार्टम गर....
००००
२) ढुंगो बोल्ला, प्रचण्ड बोल्दैनन्

कुनै बेला उत्तर कोरियादेखि भेनेजुयलासम्मको चिन्ता गरेर बोल्न भ्याउने प्रचण्ड देशमा पछिल्ला दिनका ठूला घटनाहरूमा समेत चुइँक्क नबोली पर्दापछाडि हराएका छन् । माधव बस्नेतको रिपोर्ट
३) मोदी किन सीमा–वार्ता पन्छाउँदैछन् ?

चीन, अस्ट्रेलियासँग भर्चुअल संवाद गर्न भ्याउने भारतीय प्रधानमन्त्री नेपाललाई भने कोरोनाको कारण देखाउँदै वार्ता पन्छाइरहेका छन् । योगेश ढकालको रिपोर्ट
४) धन्न थेग्दै छन् स्थानीय सरकार

राहत वितरण, क्वारेन्टाइन व्यवस्थापनदेखि अलपत्र यात्रु ओसार्ने जिम्मासमेत स्थानीय सरकारलाई दिएर केन्द्र र प्रदेशहरू महाव्याधिको जिम्मेवारीबाट भाग्दै । जनक नेपालको रिपोर्ट
५) सत्ता, शक्ति र जातीय अहंकारमा रुमलिएको रुकुम हत्याकाण्ड

रुकुम हत्याकाण्डका दोषीलाई सकेसम्म बचाउने, नत्र कम सजायको मात्र भागीदार बनाउनका लागि घटनाको ढाकछोप तथा तोडमोड गर्न सरकार, सत्तारुढ पार्टी र समग्र राज्य नै लागेको छनक मिल्छ । रमेश सुनाको विचार
६) प्रदेश सरकारको सहभागिताबिनै सेनाबाट स्वास्थ्य सामग्री वितरण

सरकारले अह्राएको गैरव्यावसायिक काम स्वीकार्दा सेनामाथि आर्थिक अपचलनसम्मको आरोप । मनबहादुर बस्नेतको रिपोर्ट
७) लकडाउन तोड्दै सडकमा ओर्लनेहरू को हुन् ? छोराछोरीलाई सोध्नुस्

युवाहरूको प्रदर्शनलाई ‘अराष्ट्रिय, अराजक, प्रायोजित’ जस्ता आरोप लगाएको भरमा तपाईंको नागरिक दायित्व पूरा हुने छैन । त्यो नयाँ पुस्तामाथिको घोर अविश्वास र आफ्नै चेतनाप्रतिको धोका सावित हुनेछ । बसन्त बस्नेतको टिप्पणी