साताका ७ स्टोरी

- नेपाल संवाददाता

१) बलिउडमा हिरोइनको मानक भत्काउँदै छिन् भूमी पेड्नेकर

डेब्यु फिल्ममा शरीरको वजन घटाएर चिरिच्याट्ट देखिन मरिहत्ते गर्छन्, हिरोइनहरू । ‘राम्री’ नदेखिए किनारा लाग्ने भय हुन्छ । ग्ल्यामर क्षेत्र हुनुको नाताले हिरोइनलाई ‘स्लिम’ हुनैपर्ने दबाब हुन्छ तर भूमी पेड्नेकरले यी सब मान्यतालाई चुनौती दिइन् । पहिलो फिल्म दम लगाके हैसाका लागि झन्डै ३० केजी वजन बढाइन् । फिल्ममा मोटी दुलहीको भूमिकामा थिइन् । फिल्म ‘स्लिपर हिट’ को सूचीमा दरियो । समीक्षकले खुलेर प्रशंसा गरे, ‘भूमीको चरित्र साहसिक र अभिनय जीवन्त छ ।’ गोकर्ण गौतमको स्टोरी विस्तृत पढ्नुस्

२) भट्टीपसलमा उमिरहेकी बूढी [नारायण ढकालको कथा]

गल्पकारले फूलमाया थसुल्लीको प्रश्नको जवाफ नदिंदै भट्टीपसलमा एउटा सत्तरी वर्ष नाघेको बूढो मानिस पाइलट चुरोट फुसफुस फुक्दै आइपुग्यो र सामुन्ने उमिरहेकी बम्बैबुढीलाई एकपल्ट क्रूरतापूर्वक घुर्दै अर्को छेउमा गएर बस्यो । ऊ गल्पकारभन्दा लगभग बीस वर्षजति जेठो थियो । उसले खैरा कमिजसुरुवाल र कालो इस्टकोट लगाएको थियो । टाउकोमा खजमजिएको पुरानो ढाकाटोपी थियो । खुट्टामा तलुवा खिइएको चप्पल थियो । उसको अनुहारमा चाउरीका अनेक राजमार्ग देखिन्थे । नियमितजसो रक्सी खानाले उसका चिम्से आँखाका दुवै डिल सुन्निएका थिए । नारायण ढकालको प्रकाशोन्मुक कथासंग्रह 'तमस' को एउटा कथा 'भट्टीपसलमा उमिरहेकी बूढी' विस्तृत पढ्नुस्

३) विनयशील जीवनको अन्त्य

पञ्चायतकालदेखि नै कसजू अनुत्तरदायी शासन व्यवस्थाबाट विरक्तिएका थिए । त्यसैले बहुदल आएपछि नेताका भाषणवाजी, खोक्रो आश्वासन र शक्तिपूजावरिपरि गरिने पत्रकारिताबाट उनी टाढा रहे । सशक्त जनगणको निर्माण नै उनको पत्रकारिता–ध्येय बन्यो । पत्रकार तथा साहित्यकार विनय कसजूको सम्झनामा भास्कर गौतमको लेख विस्तृत पढ्नुस्

४) उपनिर्वाचन : अन्तिममा म:म र चाउमिन !

मुख्य प्रतिस्पर्धी ठानिएका नेकपा र कांग्रेसका शीर्ष तहका सबैजसो नेताहरू चुनाव प्रचारमा खटिए । ठूलासाना चुनावीसभा गरिए । पार्टीहरूले गच्छेअनुसार कार्यकर्ता परिचालन गरे । तर स्वतन्त्र निकायबाट चुनावी अनुगमन तथा पर्यवेक्षण भने भएको देखिएन । उपनिर्वाचन जितेर कांग्रेस सरकारमा पुग्ने अवस्था होइन, न त हार्दैमा नेकपाको सत्ता खोसिने स्थिति छ । तैपनि पार्टीहरूले चुनावलाई प्रतिष्ठाको विषय बनाउँदा अस्वस्थ प्रतिस्पर्धा चिलएको छ । तस्बिरमा कास्की २ मा नेकपा उम्मेदवार विद्या र कांग्रेस उम्मेदवार खेमराज। पढ्नुस् जनक नेपालको रिपोर्ट विस्तृतमा

५) मेडिकल शिक्षा : सरकार कि बजारको नियन्त्रणमा ? [नेपाल राउन्ड टेबल]

मेडिकल कलेजहरूले सरकारले तोकेभन्दा बढी शुल्क लिएपछि चिकित्साशास्त्रका विद्याथीहरू आन्दोलित भए । विद्यार्थीसँग लिएको थप शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकहरूले सरकारसँग सहमति नै गरेका छन् । तर विद्यार्थी आन्दोलन रोकिएको छैन । चिकित्सा शिक्षामा राज्य कहाँ चुक्यो ? नियमनकारी निकायहरूको दायित्व के हो ? मेडिकल कलेजहरू विद्यार्थीबाट मनोमानी शुल्क किन उठाउँछन् ? विस्तृत पढ्नुस् राउन्ड टेबलमा वक्ताहरूको निष्कर्ष

६) बाँसुरीमा औंला नचाउँदै ग्रामी अवार्डमा मनोनित मनोजसिंह नेवा को हुन् ?

संगीतका लागि विश्वकै सर्वोच्च पुरस्कार मानिने ग्रामी अवार्डमा नेपाली संलग्न संगीत सिर्जना मनोनयनमा परेको यो पहिलो अवसर हो । अमेरिकाको सानफ्रान्सिस्कोमा बस्दै आएका मनोज, जर्मनीकी देवा प्रेमल र बेलायतका मिटेनको संयुक्त एल्बम ‘देवा’ ग्रामीको ६२ औं संस्करणको 'बेस्ट न्यु एज एल्बम' विधामा छानिएको हो । बौद्धमा जन्मे-हुर्केका मनोज बाँसुरीको धुनसँगै कसरी ग्रामीसम्म पुगे ? यात्रा रोचक छ । गोकर्ण गौतमको विशेष सामग्री विस्तृतमा पढ्नुस्

७) सीले तोडेको प्राचीन निषेधाज्ञा

चीनमा जनगणतन्त्र आएको यतिका वर्ष भइसक्यो । तर फर्बिडन सिटी भनिने यो दरबारमा चिनियाँ राष्ट्रप्रमुखहरू कहिल्यै पनि छिरेनन् । पटकपटक उनीहरू सो दरबारको नजिकसम्म पुगेर बार्दलीबाट चोकमा रहेका जनतालाई सम्बोधन गरे तर भित्रैसम्म कहिल्यै पुगेनन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरूमा पनि ‘माओलगायतका केही नेता यति मिटरभित्रसम्म छिरे, उति मिटर बिच्छ्याएको रातो कार्पेटमा टेके’ भन्ने खालका समाचार देखिन्थ्यो । तर सन् २०१७ को नोभेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पती र चिनियाँ राष्ट्रपति सी चिनफिङ दम्पती ६ सय वर्ष पुरानो चीनको निषिद्ध दरबारमा देखा परे । लक्ष्मी लम्सालको साम्रग्री विस्तृत पढ्नुस्

प्रकाशित: मंसिर १३, २०७६

×