तस्विर/भिडियो

रातो रौनक

सरोज बैजु, आश्विन २६, २०७६

दसैँको मौका छोपेर निरीह नागरिकको ढाड सेकाउने कालाबजारीदेखि यातायातको चर्को भाडा असुल्ने पनि कम देखिएनन् ।
पुरा पढ्नुहोस्

सीमा सकस

विप्लव भट्टराई/इलाम, आश्विन २६, २०७६

रोङ गाउँपालिकाको मेचीखोलादेखि सन्दकपुरसम्मको साढे ५२ किलोमिटर लामो सीमा क्षेत्रको निगरानीका लागि गत वर्षदेखि पशुपतिनगर फाटकमा बोर्डर अब्जरवेसन पोस्ट (बीओपी) राखिएको तर लामो दूरी कठिन भौगोलिक अवस्थितिका कारण सबै सीमा क्षेत्रको नियमित निगरानी गर्न एउटै मात्र क्याम्प पर्याप्त छैन भारतीय क्षेत्रमा देखि किलोमिटरको फरकमा एसएसबी क्याम्प छन् जनस्तरको पहरेदारीकै भरमा भारतीय पक्षलाई टसमस गर्न नदिएको इतिहास पूर्वी सीमावर्ती क्षेत्रका बासिन्दासँग

पशुपतिनगर, हिले, गुफा पातललगायत क्षेत्रमा इलामबासीले यसअघि खबरदारी गरेर सीमा कायम गरेका हुन् भारतीय पक्षले सीमा सडकसँगै कतिपय स्थानमा एसएसबी क्याम्प अन्य पूर्वाधार विकासका काम नेपाली क्षेत्रमा बिनाअवरोध गरेको तर नेपाल पक्षले पूर्वाधारको काम गर्दा भारतीयले यसरी अवरोध गर्न नमिल्ने कतिपयको भनाइ

राज्यका लागि यसअघि उति चासोको विषय नरहेको यो क्षेत्रमा अहिले भने गतिलै गरी दाँतमा ढुंगा लागेको जब सन्दकपुरसहित विभिन्न क्षेत्रमा पर्यटकीय पूर्वाधार विकास थालियो, भारतीय पक्षले सीमा यकिन नभएको भन्दै अवरोध गर्यो यो क्षेत्रको सीमा समस्यालाई वैज्ञानिक ढंगले समाधान नगरिए स्थानीय प्रदेश सरकारले ल्याएका पर्यटन पूर्वाधार विकास कार्यक्रमलाई प्रत्यक्ष असर पर्ने देखिन्छ

३७ सीमास्तम्भ गायब

क्याम्पको पछिल्लो सर्वेक्षणअनुसार कतिपय सीमास्तम्भ हराएका छन् भने कतिपय सुधार्नुपर्ने अवस्थामा छन् इलामको सीमावर्ती क्षेत्रमा ३७ सीमास्तम्भ छैनन् यो क्षेत्रमा जंगे पिलर १७ हुनुपर्नेमा १६, सहायक पिलर ८३ हुनुपर्नेमा ७२ साना पिलर ४६ हुनुपर्नेमा २१ मात्र छन् सीमा पिलर नै कतिपय ठाउँमा गायब भएका कारण पनि सीमामा समस्या बल्झने गरेको जानकारहरू बताउँछन्

(एसएसबी) को अवरोधपछि रोकिएको निर्माण


सीमा स्तम्भ नभएका स्थानमा पानीढलोको सिद्धान्तबमोजिम मानिँदै आएको सीमा क्षेत्रलाई भारतीय पक्षले गुगल म्याप देखाउँदै आफ्नो दाबी गरेको हो भारतीय पक्षले देखाएको गुगल म्यापलाई आधार मान्ने हो भने सन्दकपुरको मुख्य डाँडासहित धेरै नेपाली भूभाग भारतमा पर्छ सोही कारण स्थानीय पनि सशंकित छन् त्यस्तै, कालपोखरीसहित त्यहाँ व्यक्तिले बनाएका संरचनामा पनि दसगजामा पर्ने देखिएको स्थानीय बताउँछन् यो समस्या पानीढलोलाई आधार मानिएका हरेक क्षेत्रमा आउने अनुमान गर्दै दुवै देशका विज्ञमार्फत तत्काल समस्या समाधान गर्नुपर्ने बताउँछन्, सशस्त्र प्रहरीका सशांक कार्की स्थलगत रूपमा सबै क्षेत्रको अध्ययन गर्दा विभिन्न ठाउँमा अन्योल देखियो,” उनी भन्छन्, “यस्तो अवस्थामा सरकारी पक्षबाटै पहल गरेर मात्र विकास योजनालाई अघि बढाउँदा उचित हुन्छ

स्थानीय प्रशासनले ०६५ मा गरेको अनुगमनअनुसार इलामको सन्दकपुरदेखि जिर्मलेसम्मको ४४ किलोमिटर क्षेत्रमध्ये सन्दकपुर, मानेभन्ज्याङ, सिमाना, बजार, पुलखोला, फाटक, पेनल, हिले, गुफापातल छब्बिसे, पशुपतिनगरलगायत क्षेत्रमा समस्या

पूर्वी सीमावर्ती सन्दकपुर क्षेत्रमा भारतले पर्यटनमार्फत उल्लेख्य फाइदा लिएको भारत भएर आउने पर्यटकले कतिपय स्थानमा नेपालतर्फको सडक प्रयोग गर्छन् भने दृश्यावलोकनसहित विभिन्न पर्यटकीय गतिविधिका लागि नेपाली भूमि पनि प्रयोग हुन्छ

नेपालतर्फ पर्याप्त पूर्वाधार विकास नहुनु प्रचारसहित पर्यटन प्रवद्र्धनमा ठोस काम नभएकै कारण पर्यटनमार्फत फाइदा लिन नसकेको अवस्थामा पछिल्लो समम सीमा क्षेत्रमा पूर्वाधार विकासका काम थालिएको हो तर सीमावर्ती क्षेत्रका भारतीय एसएसबीले दसगजामा नेपालले एकलौटी संरचना बनाएको भन्दै अवरोध गरिदिँदा निर्माणाधीन संरचना अलपत्र छन्

इलामको सबैभन्दा अग्लो सन्दकपुर डाँडामा भारतीय सुरक्षा बल 


प्रदेश सरकारले पूर्वाधार विकास कार्यक्रमअन्तर्गत छुट्याएको रकमबाट सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडामा करिब एक करोड रुपैयाँ बराबरको पूर्वाधारको काम थालिएको थियो जिल्लाकै अग्लो सन्दकपुर डाँडामा भ्यु प्वाइन्ट बनाउनेसहित त्यहाँसम्म पुग्ने ओर्लने करिब सय मिटरको पैदलमार्ग, प्रवेशद्वारलगायतका पूर्वाधार निर्माण क्रममै रोकिएका छन्

नेपालतर्फ आहालटारमा निर्माण गर्न लागिएको आवासगृहमा पनि अवरोध पुगेको करोड रुपैयाँको लागतमा बन्ने आवासगृहका लागि टेन्डरसमेत भएको अवस्थामा भारतीय पक्षले सीमा यकिन नभएसम्म पूर्वाधार नबनाउन भनेपछि अन्योल थपिएको पाँचथर सीमानजिकै इलामकै क्षेत्रमा भवन बन्ने यकिन भए पनि पछिल्लो भारतीय भनाइले काम अघि बढाउन अप्ठेरो भएको भवन कार्यालयका प्राविधिक प्रशान्त राई बताउँछन् गुगल म्याप देखाएर भवन बनाउन लागिएको क्षेत्रमा काम अघि नबढाउन भनेका छन्”, उनी थप्छन्, “सदियौँदेखि मानिएको पानीढलोको आधार स्थानीयको दाबीअनुसार भवन बनाउन लागिएको क्षेत्र नेपालमै पर्छ

हिमालय दृश्यावलोकनसहित नेपाल, भारत भुटानका अनेकौँ स्थान नियाल्न सकिने यो समतल क्षेत्रमा भवन बनाउन नपाए अपायक अप्ठेरो स्थानमा बनाउनुपर्ने बाध्यता हुन सक्छ प्रदेश सरकारमार्फत अन्य सीमावर्ती क्षेत्रमा पनि पूर्वाधार निर्माणका काम हुन लागेका छन्

निरन्तर बलमिच्याइँ

सन्दकपुरमा नेपालतर्फबाट कच्ची मोटर सडक पनि निर्माण भइसकेको तर मुख्य पर्यटकीय स्थलमा भारतको अवरोधले नेपालतर्फबाट पर्यटक आवागमन वृद्धि हुँदा नकारात्मक असर पर्ने देखिएको नेपालतर्फ होटल, शौचालयजस्ता पूर्वाधार बनाउँदा पनि अवरोध पुगेको स्थानीयको भनाइ भारततर्फ रहेको सडकबाट निर्माण सामग्री ल्याउन कडाइ गरिएपछि समस्या भएको स्थानीय बताउँछन् दुवै देशका नागरिक सुरक्षाकर्मीसमेतले छलफल चलाएका पनि छन् सीमा विवादका कारण एकआपसको दूरी बढाउन कोही चाहँदैनन् तर पछिल्लो अवस्थाले भने स्थानीयसँगै सरोकारवाला सशंकित छन्

पर्यटकीय स्थल सन्दकपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा अवरोधपछि स्थानीयमा पर्यटन विकाससम्बन्धी पलाएको आशा सेलाउँदै गएको सन्दकपुर क्षेत्रलगायतका अन्य स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाएकाले नेपालले बनाउँदा आपत्ति उठाउने विषय नभएको सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईको भनाइ एकाएक निर्माणमा अवरोध पुर्याएपछि हामी सशंंकित बन्यौँ,” उनी भन्छन्, “झुल्के घामसँगै हिमशृंखला दृश्यावलोकनका लागि अब्बल मानिएको डाँडामा पुग्न सहज बनाउन खोजेका थियौँ

इलामको सबैभन्दा अग्लो सन्दकपुर डाँडा 


शेर्पा च्यालेट होटलअगाडि जंगे पिलर रहे पनि त्यसमाथिका सहायक सानो पिलर नहुँदा सीमा यकिन नभएको हो यही डाँडामा जुनसुकै देशबाट पुग्ने पर्यटकले दृश्यावलोकन गर्छन् यस क्षेत्रलाई गतिलो पर्यटकीय गन्तव्य बनाउन अन्य पूर्वाधार विकासका थुप्रै काम अघि बढाउनु ,” राई थप्छन्, “नेपाल भारतका सरोकारवाला निकायले संयुक्त रूपमा यो समस्या सुल्झाउन ढिलो गर्नु हुँदैन

निर्माणमा अवरोधपछि स्थानीयले बर्षौदेखि बल्झिरहेको सीमा विवाद सधैँका लागि समाधान गरिदिन माग गरेका छन् सीमा क्षेत्रमा भारतीय पक्षले किलोमिटरको अन्तरमा सुरक्षा क्याम्प राखेर नियमित अनुगमन निगरानी गर्छन्,” सन्दकपुरका छिरिङसमी शेर्पा भन्छन्, “नेपालले पनि त्यसरी नै निगरानी बढाउने हो भने यस्ता समस्या कम हुने थिए

यस क्षेत्रको अधिकांश सीमा क्षेत्रलाई पानीढलोको आधारमा बुझिने गरेको तर पछिल्लो समय भारतीय पक्षले गुगल म्यापअनुसार नेपालका धेरै क्षेत्र बस्ती नै भारतमा पर्ने जनाउँदै आएकाले स्थानीयमा त्रास बढेको हो मेचीखोलामाथिका अधिकांश सीमा क्षेत्रको भूगोल यस्तै

काममा अवरोध भएपछि पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालय सशस्त्र प्रहरीको बीओपीले स्थलगत अनुगमन गरेको थियो भारतीय सुरक्षाकर्मीसहित भएको छलफलपछि पनि समस्या टुंगो लागेको छैन दसगजा क्षेत्रका धेरै स्थानमा निजी पूर्वाधारसमेत बनेका छन् । सरकारी तबरबाटै भौतिक विकासका काम थालिएपछि भने भारतबाट खबरदारी बढाइएको देखिन्छ यो विषय तत्काल केन्द्रसम्म पुर्याएर समाधानको प्रयास गरिने इलामका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीको भनाइ

पुरा पढ्नुहोस्

चमेरोको चोरीसिकार

मैत्या घर्ती मगर, आश्विन १२, २०७६

मुस्किलले ३ सय ग्रामसम्मको हुने यो चमेरोलाई स्थानीय औषधीका लागि सिकार गर्छन् ।
पुरा पढ्नुहोस्

नदी तर्न बीस किलो धान

राजकुमार राउत/लहान, आश्विन ५, २०७६

कमला नदीमा पुल अलपत्र परेपछि सिरहा र धनुषाका करिब ६ सय मानिस दैनिक जोखिम मोलेरै डुंगामार्फत नदी आउजाउ गर्छन् ।
पुरा पढ्नुहोस्

गिरहतले दिएको पुस्तैनी पीडा

भरत जर्घामगर/सिरहा, भाद्र २९, २०७६

"सानैदेखि भोगी मालिकको काम गरेँ । अहिले पनि मालिक भोगीकै निगाहमा चुल्हो बलेको छ ।"
पुरा पढ्नुहोस्

अलग भाषा

रवि मानन्धर, भाद्र २२, २०७६

राजधानीमा फोटो प्रतियोगिता भइरहेकै हुन्छन् । तर यस पटक भने अलि भिन्न शीर्षकमा फोटो प्रतियोगिता आयोजना भयो । शीर्षक थियो, नेपाल बहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि । शीर्षक साधारण थिएन ।
पुरा पढ्नुहोस्

राम्ली लेकका गोठाला

महेश केसी/रुकुम पूर्व, भाद्र १५, २०७६

रुकुम पूर्वका लेकाली भेग, खर्क अनि वनजंगल यतिबेला खुबै रमाइला हुन्छन् । रमाइला त अरू बेला पनि हुन्छन् नै । तर साउनमास वस्तुभाउ र गोठालाको चहलपहलले यहाँको लेकाली वातावरणमा छुट्टै रौनक छाउँछ ।
पुरा पढ्नुहोस्

हरियो–परियो राजापुर

शब्द/तस्बिरः विशाल रानामगर, भाद्र ८, २०७६

गुलरिया–राजापुर बाटो छेउछाउका खेतमा धानको हरियाली छ । धान हुर्किसकेको हुनाले धेरैजसो किसान गोड्न, मल छर्न या पानी लगाउन व्यस्त देखिन्छन् ।
पुरा पढ्नुहोस्

भीरलाई डोजरले कोपरेजस्तो

तस्बिर : सरोज बैजु , शब्द : यम बम, भाद्र १, २०७६

बनजंगलको अधिक दोहनलाई राज्यले नै कसरी वैधानिकता दिन्छ भनेर बुझ्न चन्द्रागिरि हिल्सलाई भाडामा दिइएको प्रकरण हेरे पुग्छ ।
पुरा पढ्नुहोस्

खुसी लिएर घर फिर्ती

राजबहादुर शाही/मुगु, श्रावण २६, २०७६

प्रसूतिगृहको भरपर्दो व्यवस्था नहुँदा यहाँका गर्भवती गाईगोठ र ओडारमा असुरक्षित तरिकाबाट बच्चा जन्माउन बाध्य थिए । त्यसरी बच्चा जन्माउँदा धेरै महिलाले अकालमै ज्यान गुमाउँथे ।
पुरा पढ्नुहोस्

लुकुम मेलामा झाँक्री भेला

महेश केसी/रुकुम, श्रावण १९, २०७६

मगर जातिको मौलिक संस्कृति हो, झाँक्री मेला ।
पुरा पढ्नुहोस्

खुम्चियो खेती, थलिए उद्योग

माधव घिमिरे/विराटनगर, श्रावण १२, २०७६

कुनै बेला पूर्वी तराईका मोरङ, सुनसरी र झापामा जुट खेती मनग्य हुन्थ्यो । उत्पादित जुट कच्चा पदार्थका रूपमा प्रयोग गरी दर्जनभन्दा बढी उद्योग सञ्चालनमा थिए । तर पछिल्लो समय जुट खेती खुम्चिँदै जाँदा केही उद्योग बन्द छन्
पुरा पढ्नुहोस्