साताका ७ स्टोरी
साताका ७ स्टोरीमा दुर्गानाथ शर्माको सम्झनादेखि भारतमा कोठीमा बेचिन बाध्य नेपाली चेलीसम्म

आफ्नै सुनको झ्यालबाट नेपालले के सिक्न सक्छ ? (ब्रुनो मासाई)

नेपालले आज समान रुपमा विविध भूराजनीतिक परिदृश्यको सामना गरिरहेको छ । यसका शासक पनि मल्ल राजाहरुले सामना गरेजस्तै समस्यालाई सम्बोधन गर्न बाध्य छन् । विपरीत सत्यलाई समेट्ने र सम्बोधन गर्ने तथा सबैलाई खुसी बनाउने गरी राजनीतिक प्रस्तुतीकरणको विम्ब कसरी निर्माण गर्ने ? अहिलेको प्रश्न यो हो ।
पेन्सनबिनाको ४० वर्षे सरकारी पत्रकारिता (ध्रुवहरि अधिकारी)

०२६ साललाई पत्रकारिता क्षेत्रको प्रवेशवर्ष मानेर हिसाब गर्दा ४० वर्ष दुर्गानाथ शर्मा गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमा क्रियाशील रहनुभयो । उहाँले मुलुकको जेठो अखबार, पहिलो रेडियो प्रसारण संस्था र पहिलो टेलिभिजन प्रसारण केन्द्रमा आबद्ध भएर काम गर्ने दुर्लभ अवसर पाउनुभएको हो । ०६१ मा नेपाल टेलिभिजनको महाप्रबन्धकबाट सेवानिवृत्त हुँदाको प्रसंगमा शर्मा आफैँले लेख्नुभएको छ : ‘सरकारी पत्रकारिताको यो मेरो ४० वर्षको अवधि हो, पेन्सनबिनाको ।’
घरेलु मैदानमा भएको पहिलो अन्तर्राष्ट्रिय वान डेमा किन चलेन नेपालको ब्याटिङ ?
%20(1).jpg)
क्रिकेटमा खेल जित्न आत्मविश्वास र घरेलु मैदान मात्रले पुग्दैन, आवश्यक रन पनि चाहिन्छ । त्यसैमा चुक्दा नेपाल ओमानसँग पराजित हुन पुग्यो ।
दुर्गानाथ शर्मा भन्थे : सरकारी मिडियामा स्वतन्त्र पत्रकारिताको समय आएकै छैन (कुन्दन अर्याल)

दुर्गानाथ शर्माको निधनसँगै नेपाली टेलिभिजन पत्रकारिता इतिहासको प्रारम्भिक अध्यायको अन्त्य भएको छ । ७२ वर्षसम्मको आयुमा उनले छापा पत्रकार, लोकप्रिय समाचार वाचक, सक्रिय प्रसारण पत्रकार र प्रशासकको भूमिका कुशलतापूर्वक निर्वाह गरे ।
कोठी नं ६४

दलालको चंगुलमा परेर धेरै युवती भारतमा बेचिने गरेका छन् । दलालहरुले फोनबाट युवतीको मन जित्ने, भेट्न बोलाउने, जबर्जस्ती यौनसम्बन्ध राख्ने, बिहेको नाटक गर्ने, घुम्न भनेर भारत पुर्याउने र कोठीमा बेच्ने गर्छन् । सामाजिक सञ्जालबाट चिनजान भएका व्यक्तिलाई विश्वास गर्दा पनि युवती बेचिने गरेका छन् ।
बालुवाटारमा प्रधानमन्त्रीका अर्थपूर्ण आग्रह

‘बडी ल्यांग्वेज’ बाटै थाहा हुन्थ्यो, प्रधानमन्त्री पछिल्ला महिनाहरुमा मिडियासँग चिसिएको सम्बन्ध सुधार्न चाहन्छन् । पछिल्लो पार्टी केन्द्रीय कमिटी बैठकपछि ओलीले थप एक्लिएको अनुभूति गरेका छन् । नेकपाको सचिवालय, स्थायी कमिटी उनका लागि आजका दिन उति अनुकूल छैन । पोलिटब्युरोले आकार पाउन बाँकी छ । यस्तो प्रतिकूलतामा पनि के ‘सम्पादकहरुको मुटु’ खोजेर बसिराख्नु !
समाजवादले आलोचनाबाहेक के दिन सकेको छ ? (पोडकास्ट)

ट्रिकल डाउन नवउदारवादको यही दाबीको पछाडि हामी लाग्यौँ र रोटी बढाउनमा सबै कुदेको कुदेकै भयौँ । रोटी बढेकै हो र भागमा पनि परेकै हो । तर समाजवादले सतर्क गराएजस्तै रोटी बढाउने ९९ प्रतिशतको भागमा १ प्रतिशत पर्यो भने बाँकी ९९ प्रतिशत सबै १ प्रतिशतको भागमा । दोभान राईको लेख पोडकास्टमा