हिजो ठट्टा ठानिएको कोरोनाले थर्किएको बेलायत
केही समय अघिसम्म बेलायत मात्र होइन, पूरै युरोपभरि कोरोना ठट्टा बनेको थियो, भट्टीहरूमा चुट्किला बन्थ्यो र हाँसोको फोहरा बनेर सडकका पेटीहरूमा गुन्जिन्थ्यो । तर आज ?
कोरोना संक्रमित बिरामी स्वास्थ्यकर्मीबाटै अमानवीय व्यवहार झेल्न बाध्य
बिरामीलाई नछोई पनि उपचार हुन्छ ? सुन्दा अचम्म लाग्न सक्छ । तर कोरोना भाइरस नेपाल भित्रिएदेखि अस्पतालमा स्वास्थ्यकर्मी बिरामीको नजिक पर्न डराउँछन् । त्योमध्येको एउटा हो– धनगढीको सेती प्रादेशिक अस्पताल ।
प्रादेशिक अस्पतालमा कोडिभ–१९ को आशंकामा आइसोलेसन कक्षमा १० बिरामी छन् । देशभर उपचार गराइरहेका बिरामीको संख्या ७१ छ । मुख र नाकको र्याल निकाल्दा नजिक जान्छन् । अरू बेला टाढैबाट बिरामीको स्वास्थ्य अवस्था बुझ्छन् र औषधी दिन्छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार कोभिड–१९ बाट संक्रमित व्यक्तिले खोक्दा र हाच्छ्युँ गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । एउटा भाइरस तीन जनालाई सर्दछ । त्यसपछि गुणात्मक रूपमा फैलिन्छ । यसका लागि सतर्कता अपनाउनुपर्छ ।
अहिले अस्पतालमा राखिएका कोरोना शंकास्पद तथ संक्रमित बिरामीको अवस्था सामान्य छ । दूरी कायम गर्दा समस्या नहोला । तर बिरामीको अवस्था जटिल बन्दा पनि दूरी कायम भयो भने ठूलो दुर्घटना निम्त्याउँछ ।
सेती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) जोगाउनका लागि बिरामीसँग दूरी कायम गर्दा तिनमा मनोवैज्ञानिक त्रास बढेको छ ।
“पछिका लागि जोगाउन सीमित मात्रामा पीपीईको प्रयोग गरेका छौँ,”अस्पतालकी नर्स निरीक्षक यशोधा ढकाल भन्छिन्, “उपचाररत सबै बिरामीको अवस्था सामान्य भएकाले दूरी कायम गरेका हौँ ।”
डब्लुएचओका अनुसार एक मिटरको दूरीमा बसेर बिरामीसँग कुरा गर्नुपरे सर्जिकल मास्क मात्रै लगाए पुग्छ ।
बिरामी निको हुन औषधोपचारसँगै माया र साथको पनि आवश्यक पर्छ । तर पीपीई जोगाउनका लागि बिरामीसँग दूरी कायम गरेको सेती प्रादेशिक अस्पतालले कोरोना शंकास्पद एक बिरामीको रिपोर्ट पोजेटिभ आएपछि छुट्टै कोठामा बन्द गरेर राखेको छ ।
कोरोना आशंकित बिरामी स्वास्थ्यकर्मीबाटै अमानवीय व्यवहार झेल्न बाध्य छन् । कोभिड–१९ को त्रासमा रहेका स्वास्थ्यकर्मीले ती व्यक्तिलाई च्यानल गेट बाहिरबाटै वाच गर्ने र फर्किने गरेका छन् । कोरोना पोजेटिभ देखिएपछि अस्पतालले तातोपानीसमेत नसोधेको उनी गुनासो गर्छन् ।
यो पनि पढ्नुस
केही समय अघिसम्म बेलायत मात्र होइन, पूरै युरोपभरि कोरोना ठट्टा बनेको थियो, भट्टीहरूमा चुट्किला बन्थ्यो र हाँसोको फोहरा बनेर सडकका पेटीहरूमा गुन्जिन्थ्यो । तर आज ?
कोरोना भाइरसबाट विश्वमा ९ लाख ३६ हजार १ सय ७० जना संक्रमित भएका छन् (चैत २० सम्मको विवरण) । तीमध्ये ४७ हजार २ सय २९ को मृत्यु भएको छ । १ लाख ९४ हजार ५ सय ७८ जना निको भइसकेका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्याभन्दा निको हुनेको संख्या बढी भएकाले पनि यस रोगबाट डराउनुपर्ने अवस्था देखिँदैन । तर कोरोनालाई डरलाग्दो रोगका रूपमा चित्रण गरिँदा स्वास्थ्यकर्मीदेखि सर्वसाधारणसम्म यसको त्रासमा छन् ।
कोरोना शंकास्पद तथा संक्रमित बिरामी र तिनका परिवारले सामाजबाट झेलेको मानसिक यातना थामिनसक्नु छ । स्वास्थ्यकर्मीमा पनि कोरोना शंकास्पद तथा संक्रमित बिरामीलाई हेर्नेबित्तिकै रोग सरिहाल्छ कि भन्ने मनोविज्ञानले डेरा जमाएको छ ।
बिरामीको स्वास्थ्य अवस्था जटिल हुँदा पनि स्वास्थ्यकर्मीले डरले राम्रोसँग उपचार नगर्दा अहिलेसम्म ५ जनाले ज्यान गुमाएका छन् । १६ चैतमा बुटवलको कोरोना अस्पतालमा ज्यान गुमाएका ३३ वर्षीय बाबुराम थापाको मृत्युलाई स्वास्थ्यकर्मीको डरको उपजको रूपमा लिन सकिन्छ ।
निमोनियाबाट पीडित थापालाई कोरोना आशंका गरिएको थियो । उनको स्वाबको रिपोर्ट ढिलो आएका कारण स्वास्थ्यकर्मीले ढुक्क मानेर उपचार गर्न सकेनन् । अवस्था जटिल हुँदासम्म आईसीयुमा भर्ना गरिएन ।
यो पनि पढ्नुस
नेपालमा रहेका भारतीय यतै र भारतमा रहेका नेपाली लकडाउनभरि उतै बस्नुपर्ने गरी लकडाउन भएपछि सीमामा आइसकेका नेपाली रोकिनुपर्यो।
रिपोर्ट नआईकन आईसीयु भएको अस्पतालमा लैजान व्यावहारिक रूपमा पनि सम्भव नभएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र खनालले बताए । यसले के प्रस्ट पार्छ भने कोरोना आशंकामा विशेष अस्पतालमा भर्ना गरे पनि उनको आवश्यक उपचार गरिएको थिएन । कोरोना फोकल पर्सन सुदर्शन थापाका अनुसार अस्पतालमा अक्सिजन र नेबुलाइजरबाहेक अरू उपकरण नहुँदा उपचार गर्न नसकिएको हो । डब्लुएचओले नेपाललगायत विकासोन्मुख मुलुकमा हावा पास ‘हेपाफिल्टर’ सहितको आइसोलेसन कक्ष हुनुपर्छ भनिएको छ ।
सरकाले प्रत्येक प्रदेशमा एक– एक हजार पीपीई पठाएको छ । कोरोनाको उपचार हुने अस्पतालमा भने पर्याप्त मात्रामा पुगेको छैन । पीपीईलाई बहाना बनाउँदै केही निजी तथा सरकारी अस्पतालले बिरामीको उपचार नगरी फिर्ता पठाउँदा रुघाखोकी र ज्वरोका बिरामीले पनि ज्यान गुमाउनुपर्ने अवस्था देखिएको छ ।
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको स्वास्थ्यकर्मीको संख्या चीनमा ७१, पाकिस्तान १ र इटालीमा ६१ छ । विज्ञका अनुसार ती देशहरूमा कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएकाले अस्पतालले समेत धान्न नसक्ने अवस्था आएको थियो । संक्रमितको संख्या बढेपछि उपचार गरिरहेका स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण भएको थियो । त्यसै कारण स्वास्थ्यकर्मीले ज्यान गुमाउनु परेको हो ।
बाहिरै संक्रमण फैलिएपछि भित्र अस्पताल र स्वास्थ्यकर्मीले जति सुरक्षा उपाय अपनाए पनि काम लाग्दैन । तर नेपाल भने अहिले त्यस्तो अवस्था आइसकेको छैन ।
यो पनि पढ्नुस
नागरिकको अपेक्षामा खरो उत्रिएलान् जनप्रतिनिधि ?
अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार ६० नमुना परीक्षण गरिएको छ । त्यसमध्ये १ हजार ५५ नमुना नेगेटिभ र ५ वटा मात्रै पोजेटिभ देखिएको छ । तीमध्ये एक जनालाई निको भइसकेको छ, जुन ०.४७ प्रतिशत हो ।
तर नेपालका निजी अस्पतालले कोरोना डरले शंकास्पद बिरामीको उपचार गर्न मानेका छैनन् । अरू नै रोग लागेर अस्पताल आएका बिरामीलाई पीपीईको नभएको बहाना बनाएर गेटबाट फर्काउने गरेका छन् । कतिपय अस्पतालले कोरोना नेगेटिभ भएको रिपोर्ट लिएर आए मात्रै उपचार गर्ने सर्त राख्ने गरेका छन् । एउटै अस्पतालमा पनि छुट्टै वार्ड बनाएर कोरोना संक्रमितको उपचार गर्न सकिन्छ ।
कोभिड–१९ को उपचार विधिबारे स्वास्थ्यर्मीलाई प्रशिक्षण नदिँदा सामान्य रुघाखोकी र ज्वरोका बिरामी देख्दा तर्सिने गरेका घटनाबाट कोरोनाबारे जानकारी दिन सरकार असफल भएको बुझ्न सकिन्छ ।
जनस्वास्थ्यविद् डा. ल्यामो याङचेन शेर्पाका अनुसार चीनमा कोरोना फैलिँदा सुरुआती चरण भएकाले बिरामीको उपचार कसरी गर्ने भन्ने थाहा नहुँदा धेरै स्वास्थ्यकर्मी संक्रमित भएका थिए । नेपालमा भने त्यस्तो अवस्था छैन । “त्यस्तो भएको भए टेकु अस्पतालका स्वास्थ्यकर्मी संक्रमित भइसक्नुपर्थ्यो,” शेर्पा भन्छिन्, “यसको लक्षण र बिस्तारित स्वरूपबारे धेरै जानकारी बाहिर आइसकेको छ ।”
उनको भनाइमा ट्राभल हिस्ट्र नभएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएको भए डराउनुपर्ने अवस्था थियो । त्यो संक्रमण ज्यामितीय रूपमा फैलिन्थ्यो । “हामीकहाँ त्यो अवस्था नभएकाले डराइहाल्नु पर्दैन,” उनले भनिन् ।
यो पनि पढ्नुस
कोरोना अस्पतालमा मृत्यु भएका बाबुरामकी पत्नीको पीडा
पीपीईको हाउगुजी
व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) बारे स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य संस्थाहरूको एक अन्तर्क्रियामा स्वास्थ्यर्कीलाई लक्षित गरेर एउटा अभिव्यक्ति दिए, ‘कस्तो मनोविज्ञान भयो पीपीईबिना घरमा भात पकाउन पनि खतरा हुन्छ ।’ उनको यो अभिव्यक्तिको धेरै आलोचना भयो ।
चीनबाट ल्याइएको पीपीई अहिले पनि पर्याप्त मात्रामा नपुग्दा स्वास्थ्यकर्मी भने चिन्तित छन् । पीपीई अभावमा स्वास्थ्यकर्मीले बिरामी छुन पनि डराएका थिए । केही स्वास्थ्यकर्मीहरू पीपीई लगाएर पनि बिरामीको नजिक जान डराएका छन् । स्वास्थ्यकर्मीलाई कस्तो अवस्थामा लगाउने भनी बुझाउन नसक्दा पीपीईबारे भ्रम सिर्जना भएको छ । नोबेल कोरोना नयाँ सरुवा रोग भएकाले पनि यसबारे धेरैलाई जानकारी नहुँदा आतंकित बनेका हुन् । विश्व स्वास्थ्य संगठनले पीपीईबारे भ्रम चिर्नका लागि मापदण्ड बनाएको हो ।
डब्लुएचओका अनुसार कोभिड–१९ का शंकास्पद तथा संक्रमित बिरामीको उपचार र सम्पर्कमा रहने स्वास्थ्यकर्मीका लागि मात्रै पूरै सेट पीपीई आवश्यक छ । तीन श्रेणीमा वर्गीकरण गरिएको पीपीई सुरक्षित तरिकारले लगाए कोरोनाबाट बच्न सकिन्छ भनिएको छ ।
अहिले विश्वले पीपीई अभाव झेलिरहेको छ । पीपीई प्रयोगलाई व्यवस्थित बनाउन विज्ञहरूको सल्लाहमा मन्त्रालयले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार बनाइएको स्वास्थ्य तथा जनसंख्यामन्त्रीका स्वास्थ्य सल्लाहकार डा. खेम कार्की बताउँछन् ।
यो पनि पढ्नुस
काम गरिरहेका कम्पनी बन्द भएसँगै मालिकले धपाउन थालेपछि मुग्लान छाडेर स्वदेश फिर्ता हुनेहरूमाथि राज्यको व्यवहार
कोरोनाका शंकास्पद तथा संक्रमित बिरामीको मुखभित्र पाइप छिराएर हेर्नुपर्ने भएमा, आँखा, नाक, मुख हेर्नुपर्ने भएमा, नेबुलाइजर (बाफ दिने, सीपीआर (छातीमा पम्प गर्ने) र स्वाब निकाल्नुपर्ने अवस्था आए एन–९५ मास्क, चस्मा, पन्जा, पानी नर्छिने डिस्पोजेवल गाउन र टोपी (प्रथम श्रेणीको) सुरक्षा सामग्री लगाए पुग्ने भनिएको छ ।
गम्भीर अवस्था नभएका बिरामीको सम्पर्कमा बस्ने र उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीले बिरामीको नजिक जाँदा सर्जिकल मास्क, पन्जा, चस्मा, गाउन र टोपी (दोस्रो तहको) पीपीई प्रयोग गरे पुग्छ ।
त्यस्तै, फिबर क्लिनिकमा बिरामी उपचार गर्ने स्वास्थ्यकर्मी, जो बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहेका हुन्छन्, तिनका लागि तेस्रो तहको सर्जिकल मास्क, चस्मा, पन्जा, डिस्पोजबल गाउन र टोपी आवश्यक पर्छ । तर एक मिटरको दूरीमा बसेर बिरामीबारे जानकारी लिएमा सर्जिकल मास्क मात्रै लगाए पुग्छ ।
ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीलाई भने सर्जिकल मास्क, पन्जा, चस्मा, आँखा सुरक्षा सामग्री, गाउन र टोपी आवश्यक हुन्छ । एम्बुलेन्स चालकले सर्जिकल मास्क, गाउन र पन्जा मात्रै लगाए पुग्छ ।
समय–समयमा हातलाई सेनिटाइजरले सफा गर्नुपर्छ । तर बिरामीसँग ६ फिटसम्मको दूरी कायम गर्दा संक्रमणबाट बच्न सकिन्छ । कोरोना संक्रमित बिरामीको सम्पर्कमा नआउने स्वास्थ्यकर्मीलाई भने पीपीई आवश्यक नभएको मापदण्डमा उल्लेख छ ।
रोगको संक्रमणबाट बच्नका लागि पीपीई लगाइन्छ । राम्रोसँग प्रयोग गर्न नजानेमा रोगको संक्रमणबाट बचाउन सक्दैन । सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदीको भनाइअनुसार अस्पतालहरूले पनि पीपीईबारे स्वास्थ्यकर्मीलाई बुझाउन नसक्दा भ्रम सिर्जना भएको हो ।
कोरोनालगायत सरुवा रोगका बिरामीको नजिक जानुपरे र उपचार गर्नुपरे मात्रै पीपीई लगाए पुग्छ । “अति आवश्यक परे मात्रै पीपीई सेटको प्रयोग गर्नुपर्छ,” अनुप भन्छन्, “जुनसुकै रोगका बिरामीको उपचार पनि पीपीई नभई हुदैन भन्ने मनोविज्ञानले घर गरिसकेको छ ।"
धेरै अस्पतालमा कोरोना बिरामीलाई राखिएको वार्डमा साबुन, पानी र सेनेटाइजरसम्म राखिएको छैन । यस्ता कुरामा अस्पतालले ध्यान दिएको देखिँदैन । डा. सुवेदी कोरोनाका बिरामी राख्नका लागि आइसोलेसन कक्षलाई ‘नेगेटिभ प्रेसर च्याम्बर’ बनाउँदा संक्रमणबाट जोगिन सकिने तर्क गर्छन् । भन्छन्, “अस्पतालले च्याम्बर बनाउनतिर ध्यान दिनुपर्छ ।”
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...