साताका ७ स्टोरी
माननीयको होटलमा बालमजदुरदेखि वैदेशिक रोजगारीलाई बिचौलियामुक्त बनाउन खोज्दा पदमुक्त श्रममन्त्रीसम्म ।
१) बिचौलियालाई ‘क्रस’ गर्न खोज्दा अटाएनन् विष्ट
वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणमा संस्थागत तथा कानुनी कदम चालेका गोकर्ण विष्ट मन्त्रिपरिषद् पुनर्गठनमा अटाएनन् । उनले सम्हालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मा रामेश्वर राय यादवलाई दिइएको छ । शून्य लागतमा कामदार पठाउने गरी उनले गन्तव्य मुलुकहरुसँग श्रम सम्झौता गरिरहेका थिए । यसबाट बेखुस व्यवसायीहरु विष्टविरुद्ध शक्तिकेन्द्र धाएको उनीहरु स्वयंले अप्रत्यक्ष रुपमा स्वीकारेका छन् । पढ्नुस् रविराज बरालको स्टोरी ।
२) के त्यो म्याच फिक्सिङ थियो ?
भुटानमा कुवेतविरुद्धको खेलमा नेपाली फुटबल टोलीको पहिलो रोजाइका स्ट्राइकरद्वय विमल घर्ती मगर र अञ्जन विष्टबिनै मैदान उत्रियो । उनीहरुसहित सन्तोष तामाङ र दिनेश राजवंशी टोलीमा परेनन् । बिदाइको दिन एक्कासि उनीहरुको नाम काटियो । एन्फाले उनीहरूमाथि अनुशासनको कारबाही गर्ने निर्णय गर्यो । कारण थियो– चारै जना खेलाडी २९ कात्तिक राती अबेरसम्म ठमेलको रेस्टुराँ चहार्दै मादक पदार्थ सेवन गरी मोटरसाइकल दुर्घटनामा परेका थिए । अनुशासनको कारबाही भनिए पनि कतै त्यो म्याच फिक्सिङ त थिएन भन्ने शंका धेरैको छ । के यसमा सत्य छ ? पढ्नुस् पवन आचार्यको स्टोरी ।
३) केही फाइदा बालाई भयो होला, केही फाइदा संग्रौलालाई (शिशिर वैद्य)
खगेन्द्र संग्रौलाका धारिला शब्द, कटाक्षपर्ण तर्कले भरिएका लेखरचना चाख मानेर पढ्ने म सामान्य पाठक हुँ । सामाजिक सञ्जालतिर उनलाई कुण्ठाले भरिएको लेखक भनेर गरिने गाली पढ्दा बडो दु:ख लाग्थ्यो मलाई । तर त्यो कुण्ठा अनायास मेरा बामाथि पनि तेर्सिएकामा अचम्मित छु । मेरा बा बितिसके । संग्रौला आफैँले भनेका छन्– म उनीप्रति कृतज्ञ छु । बासँगको लामो संगतमा पक्कै पनि तीतामीठा घटना घटे होलान् । केही फाइदा बालाई भयो होला, केही फाइदा संग्रौलालाई । पढ्नुस् खगेन्द्र संग्रौलाको दाबीमा शिशिर वैद्यको प्रतिवाद ।
४) मित्र शिशिरलाई दुई प्रश्न (खगेन्द्र संग्रौला)
जब यो ठगी र कृतज्ञताको विरोधाभासी कथा रचिादै थियो, त्यो बेला मित्र शिशिर बालखै थिए । अहिले अविदित क्षेत्रमा प्रवेश गेरेर शब्दवाणले ब्ल्याङ फायर गर्न खोज्दा शब्दहरु बुमराङ भई उनीतिरै फर्केको देख्दा मलाई बडो नमज्जा लागेको छ । पढ्नुस् शिशिर वैद्यलाई दुई प्रश्नसहित खगेन्द्र संग्रौलाको लेख ।
५) महिला बन्छन् ट्रोलको सिकार
कसैलाई नियतवश चिढ्याउने गरी इन्टरनेटमा राखिएको आपत्तिजनक सन्देश ट्रोल हो । कसैलाई दुरुत्साहित गर्न वा बेइज्जत गर्न ट्रोल बनाउने गरिन्छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नेपाल पनि यसबाट अछुतो छैन । महिलालाई विषय बनाएर इन्टरनेटमा फैलिएका ट्रोलको शिकार नेपाली महिला पनि हुने गरेका छन् । तस्बिरमा ‘बोजु बजै’ को कार्यक्रमका सहभागीहरू । सुनिता लोहनीको स्टोरी विस्तृतमा पढ्नुस् ।
६) ५० करोडको कृषि अनुदानमा स्थानीय सरकारलाई ‘बाइपास’
ग्रामीण एवं कृषि क्षेत्रबाट युवा पलायनलाई न्यूनीकरण गर्ने उद्घोष गरिए पनि कृषिमा युवा कार्यक्रमलाई केन्द्र सरकारबाट बाहिर जान दिइएको छैन । कतिसम्म भने प्रदेश सरकार मातहत रहेका कृषि ५१ कृषि ज्ञान केन्द्र र स्थानीय तहमा रहेका कृषि शाखालाई कार्यक्रम सञ्चालनमा भूमिकाविहीन बनाइएको छ । व्यवसाय सञ्चालनका लागि सिफारिस दिने भूमिकामा खुम्च्याइएको छ, स्थानीय तहलाई । तस्बिरमा राजधानीको पुरानो नैकापमा गोलभेडाँ खेती स्याहार्दै किसान । यम बमको स्टोरी विस्तृतमा पढ्नुस् ।
७) माननीयकै होटलमा बाल श्रमिक
संविधानको धारा ३९ मा बालबालिकाको हकलाई मौलिक हकमा राखिएको छ, जसअनुसार कुनै पनि बालबालिकालाई कलकारखाना, व्यावसायिक प्रतिष्ठानमा काममा लगाउन पाइँदैन । तर मुगु जिल्लाबाट निर्वाचित नेकपा सांसद गोपाल बमले सञ्चालन गरेको होटलमा तीनजना बालबालिका काम गर्छन् ।तस्बिरमा नेकपाका सांसद गोपाल बमले रारा ताल छेउ खोलेको होटल डाँफेमा कामदार बालबालिका । शरद ओझाको स्टोरी विस्तृतमा पढ्नुस् ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...