कोरोना कहरपछिका प्रश्न
भविष्यमा पनि मानव जातिले पटक-पटक महामारी वा यस्ता समस्यासँग जुधिरहनु पर्ने हुन्छ। कोरोनासँगको लडाइँमा अहिले देखिएका प्रश्नहरूको हल खोज्ने हो भने आउने दिनमा हाम्रो मोर्चा थप बलियो हुन्छ।
गाउँले भन्छन् : “खुट्टै ढोग्दा पनि क्वारेन्टाइनमा बस्न मानेनन् । उनीहरूका कारण अहिले सिंगो गाउँ जोखिममा छ ।”
पाल्पा, पूर्वखोलाबासीको मुख्य आयस्ता खेतीकिसानीबाहेक वैदेशिक रोजगार हो । घरको गर्जो टार्न मेसो मिलाएर भारत छिर्नेहरु थुप्रै छन् । उनीहरु लाखौँ खर्चेर मलेसिया र खाडीतिर आँखा लगाइहाल्न पनि सक्दैनन् ।
लाहुर जाने नौजवानको कुरा अलिक फरक भइहाल्यो । अधबैंसेहरू भारत छिरी दुई–चार हजार कमाएर नुनतेलको जोहो गर्छन् । अनि चाडपर्वमा आउँछन् । तर अहिले अलिकति फेरिएको छ, दृश्य । दसैँ–तिहारमा फर्किनेहरू कोरोना त्रासले सरकारले लकडाउन गर्नुअघि फर्किरहेका थिए ।
चैत पहिलो साता गाउँ फर्किनेको ठूलै लर्को थियो । भारतबाट मात्र होइन, मलेसिया, कतार, दुबईलगायत मुलुकबाट पनि आइरहेका थिए । पूर्वखोला गाउँपालिकामा २ चैतदेखि १६ चैतसम्म भारतबाट मात्रै १ सय ६६ जना फर्केका थिए ।
दुबईबाट १६ जना, कतारबाट ३ जना तथा मलेसिया र कुवेतबाट एक–एक जना छन् । सरकारी भनाइ मानिदिएको भए, ती सबै अहिले क्वारेन्टाइनमा हुनुपर्ने थियो । स्थानीय विद्यालयमा बनाएको क्वारेन्टाइनमा केही बसेका छन् । कसैले अटेर मात्र गरेका छैनन्, परिवार, आफन्त, गाउँलाई नै त्रसित बनाएर हिँडडुल गरिरहेका छन् ।
एक स्थानीयका अनुसार भारतबाट आएकाहरू क्वारेन्टाइनमा बस्नै मानेका छैनन् । “यति अनुनयविनय गरियो कि खुट्टै ढोग्दा पनि क्वारेन्टाइनमा बस्न मानेनन्,” ती स्थानीय भन्छन्, “उनीहरूका कारण अहिले सिंगो गाउँ जोखिममा छ ।”
केहीको अटेरीले त्रसित गाउँको पारिपट्टिको कुमाल गाउँको कथा पनि त्योभन्दा भिन्न छैन । त्यहाँ युवाको चर्तिकला झन् जोखिम निम्त्याउने थियो । सरकारले लकडाउन सुरु गरेको के थियो, स्थानीय क्लबले भलिबल प्रतियोगिता आयोजना गरिदियो, विदेशबाट आउनेहरूको खुसीयालीमा ।
यो पनि पढ्नुस
भविष्यमा पनि मानव जातिले पटक-पटक महामारी वा यस्ता समस्यासँग जुधिरहनु पर्ने हुन्छ। कोरोनासँगको लडाइँमा अहिले देखिएका प्रश्नहरूको हल खोज्ने हो भने आउने दिनमा हाम्रो मोर्चा थप बलियो हुन्छ।
कोराना संक्रमणको त्रासले देश नै लकडाउन भएका बेला त्यहाँका क्लब अग्रसरताको भलिबल प्रतियोगिता रोक्न स्थानीय सरकारले नसकेर नै हुनुपर्छ, सम्झाउन सुरक्षाकर्मीको टोली नै पुग्नुपर्यो । चार दिनअघिको त्यो प्रतियोगिता रोक्न स्थानीयभन्दा बढ्ता सक्रिय त्यही क्षेत्रका काठमाडौँबाट गएका बासिन्दा भए । उनीहरूले रामपुर नगरपालिका मेयर रमण थापालाई दबाब दिएपछि बल्लतल्ल प्रतियोगिता रोकियो ।
कोरोनाबीचमै रोधी पाल्पाकै निस्ती गाउँपालिकामा भारत, मलेसिया, कतार, दुबईबाट आएका युवाको जमात रोधीमा रमाइरहेको छ । खोला–किनारामा माछा मार्न हुल बाँधेर निस्कन्छन् ।
एकअर्काको संसर्गबाट संक्रमित हुने जोखिम बढ्ता भएकै कारण विश्व स्वास्थ्य संगठनले सामाजिक दूरी कायम राख्न भनिरहेको छ । तर ती युवाको गतिविधि संक्रमणको फैलावटलाई ज्यामितीय आकार दिन उद्यत छ । एकातिर क्वारेन्टाइनमा नबस्ने, अर्कातिर सामाजिक दूरी पनि कायम नराख्ने परिस्थितिले रोगको दूरी टाढा नरहेको संकेत गर्छ ।
यो पनि पढ्नुस
प्रकोपका बेला कुनै व्यवस्थालाई दोष दिनु उपयुक्त नहोला तर यो उदार अर्थव्यवस्थाको उपज हो भन्ने अनुभवले पुष्टि गरेको छ ।
पश्चिम पाल्पाकै जस्तो दृश्य देखिएको छ, पूर्वको खोटाङमा । त्यही हविगत त छैन तर सरकारको ट्रयासिङ प्रणालीमाथि भने प्रश्न उठाइरहेको छ ।
२९ फागुन ०७६ मा दुबईबाट काठमाडौँ आएका २६ वर्षीय युवा अहिले साकेला गाउँपालिकाको रतन्छास्थित क्वारेन्टाइनमा छन् ।
गाउँपालिका अध्यक्ष अर्जुनबहादुर खड्का, वडाध्यक्ष उन्नत राईसहितको पहलमा ती युवा क्वारेन्टाइनमा त छन् तर उनको जाँच भएको छैन ।
दुबईबाट काठमाडौँ तथा राजधानीबाट बस यात्रामार्फत गाईघाट र गाईघाटबाट दुई दिने पैदल यात्रा हुँदै रतन्छा पुगेका थिए । सोही कारण ती क्षेत्रमा स्थानीय आतंकित छन् ।
स्थानीय स्वास्थ्यकर्मीले जोखिम मोलेरै सानोतिनो प्रयास त गरेका छन् तर खोकी लागेको, ज्वरो आएकाको अवस्थामा कोरोना आशंकामा थप उपचार पनि भएको छैन र स्वाब संकलन पनि हुन सकेको छैन ।
ती युवाका कारण साकेला गाउँपालिका जति त्रसित छ, त्योभन्दा बढ्ता त्रसित जन्तेढुंगा गाउँपालिका, काहुलेका स्थानीय छन् । ४ चैत ०७६ मा दुबईबाट कतार एयरलाइन्समार्फत काठमाडौँ आएका ती युवा अहिले घरमै क्वारेन्टाइनमा छन् ।
यो पनि पढ्नुस
बिरामी जाँच्नुपर्ने डाक्टरद्वारा कोरोना आशंकामा बिरामीलाई घरमै बस्न सुझाव
फ्रान्सबाट काठमाडौँ आएकी २१ वर्षीया युवतीमा कोरोना संक्रमण भएको पुष्टिपछि त्यही विमानबाट आएका ती युवा मात्र होइन, गाउँ नै त्रसित छ । सरकारले भनाइअनुसार त उक्त विमानमा आएका १ सय ५८ जनालाई ट्रयासिङ गरिसक्यो । विमानबाट आउने यात्रुको नाम र संख्या पत्ता लगाउनुबाहेक सरकारले अहिलेसम्म केही गर्न सकेको छैन ।
सोही विमान प्रयोग गरेर बेल्जियमबाट आएकी बाग्लुङकी १९ वर्षीया युवतीसमेत कोरोना संक्रमित पुष्टिले जति सन्त्रास थपेको छ, सरकारको ढिलासुस्तीले संकटलाई निम्ता गरिरहेको छ ।
संक्रमित देशबाट आएकाले आफन्तलाई मिठाई बाँड्दै गाउँघर डुल्ने, रोधीमा रमाउँदै हिँड्ने अनि सामाजिक क्लबका प्रतियोगितामा सहभागी हुनेजस्ता घटनाले संक्रमणको त्रासलाई कतिसम्म खेलाँची ठानिएको छ भन्ने मात्र पुष्टि गर्दैन, स्थानीय युवाको सचेतना अभाव पनि प्रदर्शित हुन्छ । त्यसबाहेक सरकारको ट्रयासिङ सक्रियता र क्षमतामाथि पनि प्रश्न उठाउँछ ।
यो पनि पढ्नुस
कोरोनाको संकट त छँदैछ तर तपाईँ मान्नुहुन्छ, परिवारमा रमाउने, घुलमिल हुने, अनुभव साटसाट गर्ने, बच्चाहरूलाई अभिभावकत्व महसुस गराउने समय धेरैपछि आएको छ ?
जोखिममा खेलाँची
४ चैत ०७६ मा कतार एयरलाइन्सबाट आएका १ सय ५८ जना यात्रुको पहिचान भएको छ । उनीहरूको घरठेगाना त पत्ता लागेको छ तर अहिले कहाँ बसेका छन् भन्नेचाहिँ सरकारले प्रस्ट पार्न सकेको छैन । त्यस बिहान आएको कतार एयरलाइन्सका दुई यात्रु कोरोना संक्रमित भइसकेको पुष्टि हुँदासम्म सरकारले अन्य यात्रुलाई ट्रयासिङ र टेस्ट गर्न नसक्दा जोखिम बढ्ने स्वास्थ्यकर्मीको टिप्पणी छ ।
त्यसबाहेक ६ चैत ०७६ मा एयर अरेबियाको उडानबाट काठमाडौँ आएका धादिङका एक युवा पनि कोरोना संक्रमण पुष्टिपछि टेकु अस्पतालमा उपचाररत छन् । र, उनी आएका एयरलाइन्सका यात्रुको पहिचान हुन सकेको छैन, परीक्षण त धेरै परको कुरा ।
सरकारले कतिसम्म हेलचेक्र्याइँ गरिरहेको छ भने अहिलेसम्म संक्रमित भनिएका व्यक्तिको सम्पर्कमा भएका परिवारका सदस्यबाहेकलाई परीक्षण नै गरेको छैन । जस्तो, बाग्लुङकै युवतीले आफन्त मात्र होइन, गाउँघरमै मिठाई बाँड्दै हिँडेकी मात्र थिइनन्, अस्पतालमा जाँच गर्न आउन पनि मानेकी थिइनन् । तर अहिलेसम्म सरकारले अन्य सदस्यको परीक्षण गरेको छैन । आम रूपमा परीक्षण नगर्दासम्म संक्रमणको फैलावट पत्ता लाग्दैन ।
जनस्वास्थ्यविज्ञ शरद वन्त सरकारको लकडाउनलाई सदुपयोग गरेर आम रूपमा परीक्षण गर्नुपर्ने बताउँछन् । भन्छन्, “अहिलेसम्म आयातीत चरणमा मात्रै भएको देखिन्छ, यसबाट समुदायमा नफैलियोस् भन्नका लागि पनि आम रूपमा परीक्षण गर्नुपर्छ ।”
वन्तले भनेजस्तै अहिलेसम्मका ५ जना संक्रमित संक्रमित देशबाट आएका मात्रै छन्, जसलाई नियन्त्रण गर्न सजिलो पनि हुन्छ । संक्रमित देशबाट आएकाहरू नै फुक्काफाल भएर हिँडिरहने र सरकारले ट्र्रयासिङ गर्न नसक्ने हो भने समुदायमा पनि युरोप र अमेरिकाझैँ फैलिन बेर लाग्दैन ।
यो पनि पढ्नुस
आठ महिनादेखि मिर्गौलाको उपचार गराइरहेका सन्तोष यादव फलोअपका लागि भरतपुर पुगेका थिए । तर कोरोनाको शंकैशंकामा थुनुवाझैँ बनाएर राखियो । राम्रो उपचार नपाएरै उनको ज्यान गयो ।
विमानका यात्रु, संक्रमितले भेटघाट गरेका व्यक्ति मात्र होइन, विमानस्थलमा कार्यरत कर्मचारी पनि परीक्षण गर्नुपर्ने सूचीमा पर्छन् । तर अहिलेसम्म परीक्षण भएको छैन । कतिसम्म भने विमानस्थलमा यात्रुहरूको राहदानीमा छाप लगाउने कर्मचारीदेखि जाँच गर्ने सुरक्षाकर्मीसमेत परीक्षणमा परेका छैनन् ।
अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार ती एयरलाइन्सका यात्रु आएका बेला खटिएका कर्मचारीको परीक्षण भएको छैन । “विभागबाट विमानस्थलमा खटिएका कर्मचारीमध्ये कोरोना संक्रमित यात्रु आएका बेला खटिएका कर्मचारीको परीक्षण गर्नेबारे स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छैन,” तिवारी भन्छन् ।
जनशक्ति, प्रयोगशाला, परीक्षणका लागि आवश्यक किटजस्ता अत्यावश्यक वस्तुको अभाव देखाएर सरकारले परीक्षणमा ढिलाइ गरिरहेको छ र संक्रमण फैलिन सक्ने जोखिमलाई न्यून गरेको छैन । कमिसनको चक्करमै केही वर्ष पहिला खरिद गरेका ६ वटा प्रयोगशालाका उपकरणमध्ये बल्लतल्ल एउटा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगियो । अहिले पनि ५ वटा उपकरण उपयोगविहीन छन् । र, तत्काल प्रयोगमा ल्याउने प्रयास पनि देखिँदैन ।
यो पनि पढ्नुस
लकडाउनको यो चरणको पर्याप्त तयारी र त्यसको प्रभावकारी कार्यान्वयन् हुन नसके धेरै नागरिकहरूको लागि लकडाउन आफैँ कोभिड—१९ को प्रकोप जत्तिकै पीडादायी हुन सक्छ ।
वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालमा ती उपकरण उपयोग गर्न नसकिने होइन । उपयोगकै लागि भने केही दिन पहिले स्वास्थ्यमन्त्रीका सल्लाहकार डा. खेमबहादुर कार्कीले पहल गरेका थिए । लकडाउन सुरु हुनुभन्दा पहिलाको त्यो प्रयास १० दिन नाघ्दा पनि उपयोगमा आउन सकेको छैन ।
सल्लाहकार डा. कार्की प्रयोगशालाका लागि खरिद गरिएका उपकरण उपयोगको प्रयास भइरहेको दाबी गर्छन् । त्यति मात्र होइन, कार्कीले परीक्षणको सन्दर्भमा पनि सन्तुष्टि व्यक्त गरिरहेका छन् । विगतमा किटको अभावमा पर्याप्त परीक्षण हुन नसकेको उनको दाबी छ । भन्छन्, “संक्रमित यात्रु आएका विमानका सबै यात्रुको ट्रयासिङ भइसकेको छ । उनीहरू हाम्रो सम्पर्कमा छन् । जब संक्रमणको लक्षण देखिन्छ अनि मात्रै परीक्षण गर्छौं ।”
आम रूपमा परीक्षण गर्न नसक्ने कार्कीको भनाइले संक्रमणलाई फैलिन सजिलो बाटो दिने प्रयासमा सरकार देखिन्छ । लक्षण देखिएपछि मात्रै परीक्षण गर्ने कार्कीको तर्क भए पनि अधिकांशमा लक्षण नदेखिने तर कोरोनाबाट संक्रमित भने हुने गरेको अन्तर्राष्ट्रिय विज्ञहरूले बताइरहेका छन् । परीक्षणमा ढिलाइ गर्दा ज्यामितीय आकारमा फैलन सक्ने संक्रमणको त्रासले एकातिर मानिस त्रसित भइरहेका छन् भने अर्कातिर संक्रमण नियन्त्रणमा पनि ढिलाइ हुन सक्छ ।
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...